प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०५।१३ गते देखि ऐ.१५ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०५-१५

  • A
  • A-
  • A+
Share

धारिलो हतियार प्रहार,

भोजपुर, पौवादुङमा गा.पा. १ खोलाखर्क बस्ने स्व.भुपाल राईको छोरा अं.वर्ष ४० को प्रताप राईले के-कुन कारण आफ्नै घर आगनमा निजले आफ्नै आमा, भाई र श्रीमतिलाई खुकुरी प्रहार गरी घाईते बनाएको भनि खबर प्राप्त हुनासाथ इ.प्र.का.तिवारीभञ्ज्याङबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई खुकुरी प्रहार गर्ने  प्रताप राईलाई नियन्त्रणमा लिई निज घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल भोजपुर पठाएको (१ जनाको अवस्था गम्भीर, २ जनाको मध्यम रहेको) र ऐ. १०:५० बजे थप अनुसन्धानको लागि इ.प्र.का.तिवारीभञ्ज्याङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, ।

 

महोत्तरी, पिपरा गा.पा.५ चांदनी चौक स्थित ऐ.बस्ने राजेन्द्र महराको छोरा वर्ष २७ को राम अवतार राम र ऐ.बस्ने रत्न मुखियाको छोरा वर्ष ३० को सुरेन्द्र मुखिया बीच के-कुन कारण झै झगडा हुदा सुरेन्द्र मुखियालाई राम अवतार महराले पिठ्युमा चक्कु प्रहार गरी घाइते बनाएकोमा जानकी हेल्थ केयर जनकपुरमा लगि उपचार भईरहेको, अवस्था गम्भीर, उपचारमा निजको दाई विशेश्वर मुखिया संलग्न, उक्त स्थानमा इ.प्र.का. सहोड्वाबाट प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई चक्कु प्रहार गर्ने राम अवतार रामलाई नियन्त्रणमा लिई जि.प्र.का.महोत्तरी पठाइएको ।

 

प्र.क. मृत्यु,

ताप्लेजुङ, जिल्ला झापा धुलाबारी न.पा.१० धुलाबारी स्थाई वतन भएको जि.प्र.का.ताप्लेजुङ कन्ट्रोल रुम दरबन्दी भई कार्यरत वर्ष अं.४५ को प्र.स.नि. इन्द्र बहादुर भुजेल (क.कोड ३०८८६३) डिउटी जाने क्रममा शौचालय जादै गर्दा अचानक लडि उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङमा लगेकोमा ऐ.०९:३० बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, ऐ.०९:४० बजे निज मृतकको श्रीमति इ.प्र.का.धुलाबारीमा कार्यरत प्र.स.नि. बिनिता शेर्पालाई घटनाबारे जानकारी गराई, जि.प्र.का. ताप्लेजुङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी आफन्त आई पुग्न समय लाग्ने भएकोले सहजिकरणको लागि जि.प्र.का. झापासंग आवश्यक समन्वय गरी लास पो.मा.को लागि ऐ. १०:३५ बजे झापा पठाएको साथमा प्र.स.नि. सहित २ जना प्र.क.गएको ।

ज.ज.क.,

दाङ, घोराही उ.म.न.पा.१८ फुर्सेखाली बस्ने वर्ष ५८ को बिष्णु परियार (ऐ.बंगलाचुली गा.पा.१ खाडा स्थित आफ्नो ससुराली घरमा आएको अवस्थामा) ले मिति २०८२।०५।०६ गते १४:०० बजे ऐ.बंगलाचुली गा.पा.१ खाडा स्थित पीडित अं.वर्ष ६ की नावालिकालाई निजको हजुरबुवाको घरमा गएको अवस्थामा ज.ज.क.गरेको भनी ऐ.१२ गते १५:०० बजे जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिएकोमा ऐ.१३ गते पीडितको आमाले ज.ज.क.कसुर मुद्दामा किटानी जाहेरी दरखास्त दिएको हुँदा पीडित र पीडक दुबै जनाको बिस्तृत स्वास्थ्य परीक्षण गराई पीडितलाई आफन्तको जिम्मा लगाई पठाइएको, बिष्णु परियारलाई सम्मानित दाङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आ.अ.भइरहेको ।

 

मकवानपुर, बकैया गा.पा.८ वंदह बस्ने अं.वर्ष १८ की किशोरीलाई मिति २०८२।०५।०१ गते दिउँसोको समयमा ऐ.बकैया गा.पा.९ चिउलीबास बस्ने अं.वर्ष ३८ को किरण बज्यु(विवाहित)ले ललाई फकाई गरी घरबाट लिई गएको भनी ऐ.२ गते प्र.चौ.हात्तिसुडेमा खो.त.को लागि निवेदन दिएकोमा खो.त.गर्ने क्रममा ऐ.१३ गते प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले आफन्तहरूको सहयोगमा केटाको घरमा दुबैजनालाई फेला पारी आ.अ.को लागि जि.प्र.का.मकवानपुरमा ल्याएकोमा ऐ.१४:०० बजे किशोरीको आफन्तले ज.ज.क.सम्बन्धि जाहेरी दिएको हुँदा पीडकलाई जि.प्र.का.को हिरासतमा राखिएको, पीडितलाई सेफ हाउसमा लगेर राखिएको ।

 

मकवानपुर, इन्द्रसरोवर गा.पा.३ अदुवा बारी बस्ने वर्ष अं.१५ की बालिकालाई मिति २०८२।०५।०९ गते ऐ.भीमफेदी गा.पा.९ खडदार बस्ने वर्ष अं.३५ को मिलन मोक्तानले ललाई फकाई गरी भगाई लगेकोमा ऐ.१२ गते निज बालिकालाई बालिकाको घरमा ल्याई बुझाएकोमा बालिकाको आमाले ऐ.१३ गते १८:४० बजे प्र.चौ.सिस्नेरीमा आई मेरो छोरीलाई मिलन मोक्तानले ज.ज.क.गरेको भनी निवेदन दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई दुबै जनालाई प्र.चौ.सिस्नेरीमा ल्याएकोमा बालिकालाई ऐ.गाउँपालिका उपाध्यक्षको रोहवरमा आफन्तको जिम्मा लगाई पठाएको, स्वास्थ्य अवस्था सामान्य रहेको, मिलन मोक्तानलाई आ.अ.को लागि इ.प्र.का.भिमफेदी पठाइएको ।

 

कैलाली, कैलारी गा.पा.७ रामपुर बस्ने वर्ष ७२ को बग्गीराम चौधरी डगौराले मिति २०८२।०५।१० गते २०:०० बजे ऐ.वर्ष ३० की महिला (अबिबाहित,बोल्न नसक्ने,मानसिक अवस्था कमजोर भएकी) लाई ललाइफकाइ आफू बस्ने घरको कोठामा लगेर जबरजस्ती हातपात गर्न लागेको(ज.ज.क.उद्योग) अवस्थामा पीडितको सहोदर दाजुले देख्नासाथ पीडक फरार भएको हुँदा पीडकलाई आवश्यक कारवाही गरी पाऊँ भनी ऐ.१३ गते १६:०० बजे पीडितको दाजुले इ.प्र.का.रामपुरमा लिखित निवेदन दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई ऐ.१९:०० बजे नियन्त्रणमा लिई आ.अ.को लागि जि.प्र.का.पठाइएको ।

कैदी मृत्यु,

काठमाण्डौं, का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जि.बझाङ मष्ट गा.पा.०४ स्थायी वतन भएको वर्ष २६ को ज.ज.क.मुद्दामा कैद भुक्तान गरिरहेका गोबिन्द बहादुर कठायत हातको क्यान्सर सम्बन्धी बिरामी भई मिति २०८२।०४।२९ गते केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार भइरहेकोमा मिति २०८२।०५।१३ गते १८:०० बजे उपचारक क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । (कारागार दाखिला मिति:-२०७९।१२।२५ गते, सजाय १२ वर्ष, मुद्दा चलाउने निकाय:-बझाङ जिल्ला अदालत) ।

 

धनकुटा, धनकुटा नपा-६ परिचयमोड स्थित रहेको जिल्ला कारागार धनकुटामा जजक मुद्धामा पुर्पक्षका लागि कारागारमा रहेका थुनुवा जिल्ला धनकुटा छथरजोरपाटी गापा-४ घर भएको वर्ष ४९ को ईन्द्र बहादुर लिम्बु मुटु सम्बन्धी बिरामी भइ स्वासप्रस्वासमा समस्या आई उपचारको लागि जिल्ला धनकुटा पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि  बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएकोमा ऐ.१९:१३ बजे उपचारको क्रममा मृत्यु भएको, जिप्रका धनकुटाबाट प्रसनि अजय राईको कमाण्डमा २ जनाको टोली खटि गएको ,मृतकको बारे आफन्त हरुलाई समेत जानकारी गराई सकेको, लास ऐ. अस्पतालको शव गृहमा रहेको ।

 

सुनसरी, झुम्का कारागार सुनसरीमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरीरहेका जि. सुनसरी गढी गापा ०६ बस्ने बर्ष ४८ को रामदेव उरावलाई श्वास फेर्न गारो भएको हुदा उपचारको लागी प्र.ब.ह.को कमाण्डमा २ जनाको टोलिले बाप्र ०१-००२झ ७१२५ नं. को भ्यानमा बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान, सुनसरीमा लगेकोमा १५ गते अं. ००:०० बजे डाक्टरले चेकजाच गर्दा निज बिरामीलाई मृत घोषणा गरेको, मृत लाश सोही अस्पतालमा रहेको ।

 

धारिलो हतियार प्रहारद्वारा आत्महत्या,

अर्घाखाँची, मिति २०८२।०५।१३ गते अं.१४:३५ बजे जि.अर्घाखाँची शितगंगा न.पा.१४ पावरा  बस्ने अं.वर्ष २९ को पुर्ण बहादुर मुखियाले आफ्नै घरमा कोही नभएको समयमा आफ्नै घाँटिको अगाडीको भागमा हसिँया प्रहार गरी मृत अवस्थामा रहेको भनी स्थानिय मार्फत जानकारी हुनासाथ प्र.स.नि अवदेश कुमार दसौदी शर्माको कमाण्डमा २ जना खटिगई घटनास्थल सुरक्षित राखेको, आफै हसियाँ प्रहार गर्नुको कारण नखुलेको, घरमा आमा छोरा मात्र वस्दै आएको, दिदि बहिनीको विवाह भई सकेको भन्ने बुझिएको ।

 

नवजात शिशु फेला,

मोरङ, उर्लाबारी न.पा.५ स्कुलडाँडा स्थित अरनिको अस्पताल उर्लाबारीको महिला शौचालयमा अं.६ महिनाको नवजात शिशु (छोरा) फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.उर्लाबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई नवजात शिशुलाई उद्दार गरी ऐ. अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.१०:४५ बजे ऐ.अस्पतालको कर्मचारी संगीता थापाको जिम्मामा किओच बाल अस्पताल दमक पठाएको, अवस्था सामान्य रहेको, उक्त नवजात शिशु को-कस्को भन्ने नखुलेको, थप आ.अ.भईरहेको ।

 

नवजात शिशु मृत्यु,

काठमाण्डौ, काठमाडौँ म.न.पा.३२ नरेफाँट मनोहरा पार्क नजिक सडक पेटीको छेउमा नवजात शीशु (बालक) मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कोटेश्वरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी पो..को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाएको ।

 

ला.औ.,

भोजपुर, न.पा.९ पिङडाँडा स्थितमा गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को ११ प ७६६८ नं. को २२० सिसिको पल्सर मो.सा.को सिट मुनि लुकाई छिपाई ल्याउँदै गरेको ब्राउन सुगर जस्तो देखिने लिसाईएलो पदार्थ  प्लाष्टिक सहित तौल गर्दा २० ग्राम ६०० मिलि ग्राम, प्लाष्टिक बाहेक तौल गर्दा १५ ग्राम ६५० मिलि ग्राम र नाम नखुलेको सेतो कलरको ५२ चक्कि र निलो कलरको २६ चक्कि समेत फेला परी मो.सा.चालक जि.भोजपुर भोजपुर न.पा. १२ बस्ने वर्ष ३० को रिजन श्रेष्ठ, मो.सा.मा पछाडी सवार जि.भोजपुर टेम्केमैयुङ गा.पा.२ बस्ने वर्ष २८ को सनुप राई र मो.सा. समेत नियन्त्रणमा लिई  जि.प्र.का.भोजपुरमा ल्याई अनुसन्धान कार्य भईरहेको ।

 

बारा, सिम्रौनगढ न.पा. २ नयका टोला बाहीटोल स्थित ऐ.ऐ. बस्ने स्व. कृष्ण यादवको श्रीमती बर्ष अं. ३५ की रिता देवी यादवले आफ्नो घर भित्र लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.सिम्रौनगढ बारा बाट प्र.नि. पवन पछाई (९८५५०४५२९९) को कमाण्डमा प्रहरी टोली खटीगई निज रिता देवी यादवको घर भित्र प्रवेश गरी हेर्दा घरको कोठा भित्रको खाट मुनी जुट र प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई राखेको अवस्थामा मान्यता प्राप्त तराजुमा तौल गर्दा उक्त बोरा सहितको १३८ किलो ७०० ग्राम लागु औषध गाँजा बरामद गरी घर धनी जिल्ला बारा सिम्रौनगढ न.पा. वडा नं. २ बस्ने बर्ष अं. ३५ की रिता देवी यादव समेतलाई पक्राउ गरी लागु औषध गाँजा सहित आवश्यक कारवाहीको लागि तालुक जिल्ला प्रहरी कार्यलय बारामा पठाईएको ।

 

सुनसरी, ईनरुवा न.पा.४ बसचोक स्थितमा जि.प्र.का.सुनसरीबाट सादा पोसाकमा खटिएको टोलि र अ.प्र.पोष्ट बसपार्कबाट प्र.ब.ह को संयुक्त चेकीङ टोलीले लौकहीबाट झुम्का तर्फ आउदै बा ४६ प ८४०२ नम्बरको मोसालाइ रोकी चेकजाँच गर्ने क्रममा मोसा चालक जिल्ला मोरङ बेलबारी न.पा ४ बस्ने वर्ष ४० को इन्द्र बहादुर गुरुङको साथबाट प्लास्टिक बाहेक तौल गर्दा १६.३५ ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला पारी मोसा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का.सुनसरीमा ल्याइ राखिएको।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।