प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०५।१५ गते देखि ऐ.१६ गते सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०५-१६

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

सिन्धुली, दुधौली न.पा.१४ भौडी बस्ने अं.वर्ष ४० को तुला राज सुनुवारले निजकै आमा वर्ष ६५ की फाल कुमारी सुनुवारसंग अंशबन्डाको विषयलाई लिई वादविवाद हुँदा निज तुला राज सुनुवारले आमालाई फलामको खन्तीले टाउको र छातीमा प्रहार गरी आफ्नै घरको आगनमै मृत्यु भएको भनि प्र.चौ दुधौलीमा ऐ.१४:१० बजे जानकारी प्राप्त हुनासाथ प्र.चौ.दुधौलीबाट प्र.ह.को कमाण्डमा टोली खटी गई तुला राज सुनुवारलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इ‍.प्र.का.डकाहाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल कटारी पठाएको ।

 

बाँके, खजुरा गा.पा.६ गिजरा स्थित ऐ.बस्ने अं.वर्ष २९ को दिनेश रमजालीले निजको सालो पर्ने ऐ. बस्ने अं.वर्ष २२ को अर्जुन राना मगरलाई घरायसी बिषयमा बादबिबाद हुँदा बियरको बोतल प्रहार गरी घाईते भई उपचारको लागि सञ्जीवनी कलेज अफ मेडिकल साईन्स अस्पताल नेपालगंज पठाईएकोमा ऐ.१९:३० बजे उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको, उक्त स्थानमा इ.प्र.का.धनौली बाँकेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजको साथबाट खुकुरी थान १  र फलामको त्रिशुल थान १ बरामद गरी निज दिनेश रमजालीलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।


भरूवा बन्दुक सहित मानिस नियन्त्रणमा,

ललितपुर , मिति २०८२।०५।१२ गते अं. ०६:०० बजे, बाग्मती गा.पा.३ ढुंगेपानी घर भई बस्ने  वर्ष ५० को मान ब. जिम्बा आफ्नो घर नजिकै अं.१०० मिटर टाढा रहेको मकै बारीमा गएको अवस्थामा बँदेललाई थापेको पासोमा परी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. भट्टेडाडाबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा बँदेललाई मार्नको लागी भरुवा बन्दुकमा टार्गेट फिक्स गरी टेगरमा धागोले बाधी राखेको अवस्थामा घास काटन भनि मान बहादुर जिम्बा जाँदा खेरी धागो हल्लिन गई टेगर आफै छड्किएर भरुवा बन्दुक पड्किन गई निज मान बहादुर जिम्बाको बाया खुट्टाको घुडामा चोट लगेको बन्दुक पड्केको आवाज सुनि किशोर भोलन हेर्न  जादा मान्छेलाई लागेको देखी किशोर भोलनले बन्दुक  लिई फरार भएको ऐ.१५:४५ बजे मनमोहन अस्पताल महाराजगंज काठमाण्डौ पठाइएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ट्रमा सेन्टर पठाईएको,भरुवा बन्दुक सहित फरार व्यक्तीलाई ऐ.१५ गते १८:१० बजे जि. ललितपुर बाग्मती गाँउपालिका ०२ माल्टा बाट ऐ. गाँउपालिका ०३ ढुंगेपानी घर भई बस्ने बर्ष ५९ को किशोर भुलुनलाई भरुवा बन्दुक सहित प्र.चौ. भट्टेडाडाबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिई प्रहरी वृत्त चापागाँउमा ल्याई  राखिएको ।

ज.ज.क.,

तेह्रथुम , फेदाप गा.पा. ५ ईसिबु बस्ने वर्ष १२ की बालिकालाई निजकै घरमा सानै उमेर देखि (मावली) बस्दै आएको वर्ष अं. १८ को बालकले मिति २०८२।०५।१४ गते अं.१८:०० बजे, ज.ज.क.गरेको भनी प्र.चौ.सम्दुमा जानकारी गराउनासाथ प्र.चौ.सम्दुबाट प्र.ह. र इ.प्र.का.आठराईबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजलाई नियन्त्रणमा लिई ऐ.१५ गते ५  दिनको म्याद थप गरी जि.प्र.का.तेह्रथुमको हिरासतमा राखिएको ।

 

उदयपुर , बेलका न.पा.२ कंचनजघा स्थित मिति २०८२।०५।१४ गते अं.१०:४५ बजे, हिमशिखर सामुदायिक ईङलिस बोडिङ स्कुलको अफिस कोठामा सोही स्कुलका  प्रधानाध्यापक ऐ.शिवालय टोल बस्ने अं.वर्ष ४७ को युवराज श्रेष्ठले सोही स्कुलको कक्षा ७ मा अध्यनरत छात्रा ऐ.बस्ने अं.वर्ष १४ की बालिकालाई ज.ज.क.गरेकोले निजलाई आवश्यक कारवाही गरी पाउँ भनी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा ऐ.१५ गते अं.१८:०० बजे लिखित जाहेरी प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.२०:३० बजे निज युवराज श्रेष्ठलाई नियन्त्रणमा लिई थप आ.अ.भईरहेको, पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको ।

 

भेलाजम्मा पश्चात झडप, हवाई फायरिंङ,

धनुषा , मिति २०८२/०५/१४ गते अं.१३:५५ बजे जनकपुर उ.म.न.पा.२० रूपैठा स्थित रन चोकमा श्री गणेश पुजाको मुर्ती सेलाउने(विसर्जन गर्ने ) बिषयमा बसहिया मोडमा मुस्लिम समुदायको झण्डालाई हटाई हिन्दुको झण्डा लगाएको विषयमा दुवै पक्ष विच वादविवाद भई झडप भएको बिषयमा मिति २०८२।०५।१५ गते ज.उ.म.न.पा.२० रन चोक स्थित हिन्दु मुस्लिमको झण्डाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा दुवै पक्षका मानिसहरु आई छलफल गरी सार्वजनिक स्थानमा रहेको झण्डा हटाई सो क्षेत्रमा सामाजिक सदभाव कायम राख्ने निर्णय बमोजिम जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा २२९ जना र स.प्र.ना.उ.को कमाण्डमा ८७ जनाको टोली गरी जम्मा ३१६ जनाको टोली खटी गई दुबै पक्षको झण्डा हटाउन खोज्दा उक्त झण्डाको विषयलाई लिएर ऐ.१६:५० बजेबाट हिन्दुवादी समर्थक राष्ट्रिय एकता अभियानका केन्द्रीय कोषाध्यक्ष मनिष पूर्वेको नेतृत्वमा ४००/५०० जना हिन्दुवादी युवाहरू रन चोकमा भेला जम्मा भई झण्डा हटाउन नदिई विरोध गरिरहेको, ऐ.१७:४० बजे प्रहरी माथि ढुङ्गामुढा गर्दा स्थितिलाई नियन्त्रणमा लिनको लागि नेपाल प्रहरीबाट Tear ग्याँसबाट ३१ राउण्ड, SLR बाट ब्ल्याङ्क १४ राउण्ड, ईन्सासबाट ५ राउण्ड, सानो पेस्तोलबाट ११ राउण्ड गरी जम्मा ६१ राउण्ड हवाई फायर र सशस्त्र प्रहरी बल नेपालबाट ७ राउण्ड Tear ग्यास फायर भएको,उक्त झडपमा पर्दशनकारी तर्फ जनकपुर उ.म.न.पा.२० रुपैठा बस्ने वर्ष  २९ को लक्ष्मण मुखियाको दुवै खुट्टाको घुँडा मुनि गोली लागी घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेकोमा ऐ.२२:४० बजे थप उपचारको लागि ट्रमा सेण्टर काठमाडौं रिफर भएको,अवस्था मध्यम,  र प्र.क.तर्फ प्र.ना.उ.बरुण बहादुर सिंह सहित ४ जना  र स.प्र.क. तर्फ १ जना गरी जम्मा ५ जना घाईते भई सामान्य उपचार पश्चात डिस्चार्ज सबै जना  भएका, हालको अवस्था सामान्य रहेको, सम्झाई बुझाई कार्य भईरहेकोमा ऐ. २२:३० बजे सबै जना तितर वितर भएको ।

 

गौबध,

कास्की , पोखरा म.न.पा. २५ याम्दी स्थित सेती नदीको किनारामा अं. ५ वर्षको गाई मारेको छ भन्ने स्थानीय मार्फत सूचना प्राप्त हुनासाथ अ.प्र.पोष्ट हेम्जाबाट प्र.ह.को कमाण्डमा खटी गएको टोलीले हथौडा प्रयोग गरी गाई मार्ने जि.धादिङ घई भई हाल जि.कास्की पोखरा म.न.पा. १८ धारापानी मार्ग बस्ने वर्ष ४८ को गंगा बहादुर गुरूङलाई हथौडा सहित नियन्त्रणमा लिई व.प्र.का.बगर ल्याईएको, गाई धनी नखुलेको, गाई घटनास्थलमा रहेको, थप अनुसन्धान कार्य भईरहेको ।

कैदि थुनुवा बिरामी,

सुर्खेत , जि.प्र. का. सुर्खेतको हिरासत कक्षमा रहेको जि. सुर्खेत विरेन्द्रनगर न..पा. १२ नेवारे बस्ने वर्ष २८ को लागु औषध मुद्दाको थुनुवा ( मिति २०८२।०५।१४ गते १९;३० बजे नियन्त्रणमा लिई ऐ १५ गते ५ दिन म्याद गरेको ) निरज बाबु राई एक्कासी बेहोस भई उपचारको लागि प्र.स.नि. डम्मर खत्रीको कमाण्डमा ५ जनाको प्रहरी टोलिले कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा पुर्‍याई वेड भर्ना गरी उपचार भईरहेको अबस्था सिरियस, थप अपडेट ;- ऐ २०;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्र.नि. को कमाण्डमा थप ५ जनाको टोलि खटिएको थुनुवाकोको श्रीमती पबित्रा रावल (९८४८०३६४९६ ) ,बहिनि र दाजु समेत साथमा रहेको।थप अपडेट ;- ऐ २१;३० बजे निज थुनुवाको सिटिस्क्यान गरी कर्णालि प्रदेश अस्पतालको भेन्टिलेटरमा राखि उपचार भईरहेको अबस्था सिरियस अन्य बि.बि. पछी ।

ला.औ.,

सुनसरी , रामधुनी न.पा.५ बस्ने वर्ष ३० को सागर राईले खैरो हिरोईनको कारोबार गरीरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको टोली, प्रस्तावित इ.प्र.का. रामधुनीबाट प्र.नि.को कमाण्डमा र इ.प्र.का. पकलीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले निजलाई ऐ.ऐ.बस्ने निजकै दिदी रीना राईको घरमा बसिरहेको अबस्थामा अं.१०० ग्राम प्लाष्टिक सहित खैरो हिरोई जस्तो देखिने लिसाईलो पदार्थ र निज सागर राईलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. पकलीमा लगि राखेको । उक्त खैरो हिरोई जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित ११८.३ ग्राम रहेको र प्लाष्टिक बाहेक १०५.५६ ग्राम रहेको ।

 

मकवानपुर , हेटौडा उ.म.न.पा.३ च्यानडाडाँ स्थित भित्री जंगलको बाटोमा ला.औ.गाँजा ल्याएको छ भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि. को कमाण्डमा दुई वटा मो.सा.मा ४ जना जाँदै गर्दा राक्सिराङ तर्फ बाट पूर्व पश्चिम सडक खण्ड बसामाडी हाइवे तर्फ बोरामा ला.औ.गाँजा बोकी आउँदै गरेको ७/८ जना मानिसले प्रहरी टोलीलाई देख्नासाथ आफुले बोकेको बोरा फाली जंगल तर्फ भागेको, उक्त बोरामा ला.औ.गाँजा १४ पोका रहेको अं.१२० देखि १४० kg रहेको (तौल गर्न बाँकी), फरार मानिसहरूको खो.त.भईरहेको, ला.औ.गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।