प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०५।१७ गते देखि ऐ १८ सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०५-१८

  • A
  • A-
  • A+
Share

अपहरण शरीर बन्धक/ज.ज.क.,

सुर्खेत, चिङगाड गा.पा.६ घर भई हाल भेरीगंगा न.पा.११ रामघाट आफ्नै सहोदर दिदीको घरमा बिगत १ वर्ष पहिले देखी बस्दै आएकी वर्ष २४ की महिलालाई ऐ.भेरीगंगा न.पा.१२ बस्ने वर्ष २८ को कमल रेग्मीले ऐ.०५/१३ गते राती अं.११:३० बजे ज.ज.क.गरेको भनि पीडितले ऐ.०५/१७ गते इ.प्र.का.छिन्चु सुर्खेतमा लिखित जाहेरी दिएकोले प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.रामघाट बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.छिन्चुमा राखी आ.अ.भईरहेको ।

 

दाङ, घोराही उ.म.न.पा.१० अम्रई बस्ने वर्ष १४ को बालकले ऐ.उ.म.न.पा.२ बालापुर बस्ने वर्ष १६ की बालिकालाई ऐ.०५।१६ गते अं.१३:०० बजे पीडितकै घरकोठामा बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको भनी ऐ.२१:०० बजे जि.प्र.का.मा जानकारी प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई ऐ.उ.म.न.पा.२ बालापुर स्थित सडक बाटोमा फेला पारी पक्राउ गरिएकोमा ऐ.०५।१७ गते पीडितको आमाले बालक बिरुद्ध जबरजस्ती करणी कसुर मुद्दामा किटानी जाहेरी दरखास्त दिए पश्चात पीडित तथा पिडकको बिस्तृत स्वास्थ्य परीक्षण गराई पीडितलाई आमाको जिम्मा लगाई पठाईएको, अवस्था समान्य रहेको, पीडकलाई सम्मानित जिल्ला अदालत दाङमा उपस्थित गराई ऐ.०५।१६ गते देखी लागु हुने गरी दिन ५ (पाँच) म्याद थप भई बाल निग्रानी कक्षमा राखी अनुसन्धान कार्य भईरहेको ।

 

बर्दिया, बढैयाताल गा.पा.८ टेशनपुर बस्ने वर्ष १८ की  सुस्त मनस्थिति भएकी र ऐ.बस्ने वर्ष १४ की बालिकाहरू घरबाट ऐ.०४।१७ गते अं.०९:०० बजे निस्किएकोमा दुबै जनालाई खो.त.को लागि इ.प्र.का.मैनापोखर बर्दियामा मौखिक जानकारी गराई तत्पश्चात पीडितहरुलाई खो.त.गर्दै जाँदा ऐ.०५।१४ गते ऐ.गुलरिया न.पा.७ खाले गुलरिया स्थित ऐ.बस्ने अं.वर्ष ६५ को कल्लुराम यादव र ऐ.बस्ने अं.वर्ष ५५ को राम सागर यादवको घरबाट फेला पारी निज पीडितहरुलाई सोधपुछ गर्दा ऐ.०४।१७ गते १०:०० बजे ऐ. गुलरिया न.पा.११ गणेशपुर स्थितमा  दुबै जना घुमफिर गरेको अवस्थामा ऐ. गुलरिया न.पा.७ खाले गुलरिया बस्ने अं.वर्ष २६ को विनोद यादवले पैसाको प्रलोभनमा पारी ललाई फकाई गरी अटोमा राखी ऐ. गुलरिया न.पा. ७ खाले गुलरिया स्थितमा रहेको आफ्नो छिमेकी कल्लुराम यादव र राम सागर यादवको घरमा पुर्‍याई निजहरु दुबै जनालाई सोही घरको कोठाभित्र राखी लगातार रुपमा बन्धक बनाई राखेको अवस्थामा राम सागर यादवले सोही अवधिमा विभिन्न मितिमा वर्ष १८ की बालिकालाई ४ पटक र अन्तिम पटक ऐ.०५।१२ गते रातको समयमा समेत गरी पीडितलाई ५ पटक सम्म ज.ज.क.गरेको र पीडित वर्ष १४ की बालिकालाई निज बिनोद यादवले ज.ज.क.गर्न खोज्दा पीडितले प्रतिकार गरि करणी गर्न नसकेको भनि ऐ.०५।१७ गते अं.१५:०० बजे पीडितको आफन्तले जि.प्र.का.बर्दियामा जाहेरी दरखास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई निज तिनै जना पिडकहरुलाई निजहरुकै घरवतनबाट नियन्त्रणमा लिई थप अनुसन्धानको लागि दिन ५ म्याद थप गरी जि.प्र.का.राखिएको र दुबै जना पीडितहरुलाई स्वास्थ्य परीक्षण गरी माईती नेपाल शाखा गुलरिया बर्दिया बुझाईएको, अवस्था सामान्य रहेको ।


पक्राउ नियन्त्रण,

भक्तपुर, चाँगुनारायण न.पा.४ दुवाकोटबेसी स्थित मनहरा पुलमा अस्थायी प्रहरी पोष्ट दुवाकोट बेसी बाट खटिएको प्र.स.नि.को टोलीले भक्तपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ५७ प २४३१ नं.को स्कुटर चेकजाँच गर्ने क्रममा सो स्कुटरको बिचमा कपडाको कालो झोलामा कागजपत्र बिनाको अं. २१ के.जि.३९० ग्राम (झोला सहित )बुद्धचित्तको दाना फेला परेकोले  जिल्ला काभ्रे पनौती न.पा.११ घर भई हाल काठमाण्डौ बौद्ध बस्ने वर्ष २५ को राजु तामाङ (मा.प.से.) स्कुटर चालक र जिल्ला काभ्रे तेमाल गा.पा.८ घर भई हाल काठमाण्डौ बौद्ध  बस्ने वर्ष ४५ को दिल बहादुर तामाङ (मा.प.से.) पछाडी सवार मानिसहरुलाई स्कुटर सहित नियन्त्रणमा लिई बृत्त ठिमीबाट प्र.नि. को कमाण्डमा  SOCO सहितको टोली खटि गई मुचुल्का कार्य गरी थप कार्बाहीको लागी वृत्त ठिमीमा ल्याई हिरासतमा राखिएको ।

 

हातहतियार सहित मानिस नियन्त्रणमा,

काठमाण्डौ, काठमाण्डौ म.न.पा.२६ ठमेल स्थित रहेको जि. दोलखा भिमेश्वर न.पा.३ फुलाना बस्ने वर्ष ५७ को रमेश खड्काले संचालन गरेको न्यु भान्सा होटलमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट प्र.नि.र प्रहरी परिसर काठमाडौ, भद्रकालीबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको टोलीले उक्त होटलको चौथो तलाको नम्बर नखुलेको कोठामा सिरक भित्र पोको पारेको अवस्थामा ऐ. होटेलमा बस्ने जि. मुस्ताङ वारागुङ मुक्तिनाथ क्षेत्र गा.पा.१ घर भई हाल का.जि.का.म.न.पा.१५ स्वयम्भु बस्ने वर्ष २१ को कर्म साङ्पो ठकुरीले  हर्नेट जस्तो देखिने 1976 model को  TM-07K.K mdtsushirso JAPAN and foreign patents pending made in japan लेखेको थान १ लुकाई राखेको अवस्थामा फेला परेकोले निजलाई नियन्त्रणमा लिएको, थप आवश्यक सोधपुछको  लागि होटल संचालक रमेश खड्का सहित ३ जनालाई नियन्त्रणमा (कुल ४ जना) लिई आ.अ.भईरहेको ।

 

संखुवासभा, पाँचखपन न.पा. ०४ घतानि गाँउ बस्ने बर्ष ४३ को राम बहादुर श्रेष्ठको घरमा १ वटा बिना लाईसेनको भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा इप्रका वाना संखुवासभाबाट प्रसनिको कमाण्डमा ५ जनाको प्रहरी टोलि खटि गई बुझ्दा निजको बाँसको भाटा र जस्ताले बनेको टिनको छानो भएको १ तले घरमा आफु सुत्ने कोठाको बेडको ओछ्यान मुनि लुकाई छिपाई राखेको अवस्थामा १ थान लोड गरेको भरुवा बन्दुक फेला परेको हुदा, उक्त भरुवा बन्दुक र निज बर्ष ४३ को राम बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको  ।

बरामद,

काठमाण्डौ, का.म.न.पा. वडा न. २६ सामाखुशी आत्मज्ञान नजिक बर्ष ७८ को विनोद कुमार श्रेष्ठको साढे २ तले आफ्नै घरको दोस्रो तलामा दराज तथा लकर भित्र श्रोत नखुलेको नगद तथा धनमालहरु लुकाई छिपाई राखेको भन्ने बिशेष सूचानाको आधारमा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी वृत्त महाराजगंज तथा मुचुल्का टोली साथै प्रहरी प्रभाग गोँगबुको प्रहरी टोली खटि गई उक्त घर खानतलासी गर्दा  नेपाली नगद रु ४,२५,५०,०००।– अक्षेरुपी (चार करोड पच्चिस लाख पचास हजार), पहेंलो धातुले बनेको सुन जस्तो देखिने विभिन्न किसिमको गर-गहनाहरु मान्यता प्राप्त तराजुले एकमुष्ठ तौल गर्दा ९८३७.९६ ग्राम र सेतो धातुले बनेको चाँदी जस्तो देखिने विभिन्न किसिमको गर-गहनाहरु मान्यता प्राप्त तराजुले एकमुष्ठ तौल गर्दा ३२१८.९२ ग्राम बरामद गरी रितपुर्वक मुचुल्का कार्य सम्पन्न गरी निज घर धनीलाई समेत नियन्त्रणमा लिई थप अ.अ. कार्यको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौंमा पठाईएको ।

 

ला.औ.,

महोत्तरी, बर्दिवास न.पा.३ अ.ट्रा.प्र.पोष्ट गौरीडाडाँ स्थित वि.पि. राजमार्गमा प्र.ना.नि.को कमाण्डमा खटी गएको संयुक्त टोलीले सिरहाबाट काठमाण्डौ तर्फ जाँदै गरेको जि.सिराहा सिराहा  न.पा.-११ बस्ने वर्ष  ४५ को सुरेश पासवानले चलाएको बा.४ ख ६९१ न.को यात्रु वाहक हायस गाडीको अन्तिम सिटमा सवार जि.सिराहा सुखिपुर न.पा.०२ बस्ने वर्ष २४ को राजीव राज महतोलाई शंका लागी चेकजाँज गर्दा निजको साथबाट लुकाई छिपाई गरी राखिएको अवैध लागु औषध (खैरो हिरोईन) जस्तो देखिने पदार्थ तौल गर्दा प्लास्टिक सहित ५० ग्राम र प्लास्टिक बाहेक ४२ ग्राम फेला परी निजलाई ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.बर्दिवासमा ल्याई राखिएको ।

 

मोरङ, सुनवर्षी न.पा.९ स्थित प्रनि को कमाण्डमा खटिएको प्रहरी टोलीले BR11V6734 नं. को भारतीय मो.सा. मा २ जना सवार संकास्पद रुपमा आएको देखि रोक्न खोज्दा नरोकेकोले संकेत नं.C-00103632 कम्प्युटर कोड नं.४०११९९ प्र.चौ. घुर्मी उदयपुर दरबन्दीको प्रसह धर्मध्वोज कार्की र संकेत नं.C-00103416 कम्प्युटर कोड नं.४०१०९७ उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन इलाम दरबन्दीको प्रसह किरण अधिकारीले प्र.१-०२-०४५ प ३३९२ नं. को मो.सा. ले पिछा गर्दै जादा दुई वटै मो.सा. ठक्कर खाई धानवारीमा लड्दा दुबै जना प्रकहरुको दाहिने खुट्टामा चोट लागी घाईते भई उपचारको लागी रंगेली अस्पताल रंगेलीमा उपचार भईरहेको अबस्था सामान्य रहेको निजहरुको मोवाईल पानीमा झरी क्षती भएको, उक्त भारतिय मो.सा. मा सवार मानिसहरु उक्त स्थानबाट भागी फरार रहेकोले खो.त. भईरहेको मो.सा. बाट TRAMADOL क्याप्सुल १७,९४०।- ( सत्र हजार नौ सय चालिस ) (१ पत्तामा १० वटा क्याप्सुलको दरले १,७९४ पत्ता ) ला.औ. फेला परेकोले बरामद गरी मो.सा. नियन्त्रणमा लिई इप्रका रंगेलीमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।