प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०५।२० गते ०५:०० बजे देखि ऐ २२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०५-२२

  • A
  • A-
  • A+
Share

ज.ज.क./ज.ज.क.उद्योग,

कैलाली, लम्कीचुहा न.पा.०३ बल्चौर बस्ने अं.वर्ष ३२ को बुवाले आफ्नै छोरी वर्ष ११ की बालिकालाई मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा ओछ्यानमा गई ज.ज.क. गर्न खोजेको भनि ऐ.२० गते बिहान ०९:०० बजे स्थानीय नन्दराम वादीले टे.फो. मार्फत इ.प्र.का.चिसापानीमा जानकारी गराउनासाथ प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई पक्राउ गरी इ.प्र.का.लम्की कैलालीमा पठाईएको, पीडित बालिकालाई आफन्तको जिम्मा लगाएको, घटनास्थल इ.प्र.का.चिसापानी ७ कि.मि. पश्चिम पर्ने ।

 

मकवानपुर, बकैया गा.पा.१ रजुवा बस्ने बर्ष अं.१० की बालिकालाई ऐ. बस्ने बर्ष अं.६२ को प्रेम बहादुर ध्यावाले आफ्नै घरमा डर धम्कि देखाई ज.ज.क.गरेको भनि पिडित बालिकाको आमाले मिति २०८२।०५।२० गते जि.प्र.का.मकवानपुरमा आइ जाहेरी दिए पश्चात उक्त स्थानमा इ.प्र.का. निजगढबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई निज पिडकलाई घर वतन बाटै नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको, बालिकालाई स्वास्थ्य परिक्षण गराइ सेफ हाउसमा राखिएको ।

 

इलाम, सुर्योदय न.पा.१२ तिनघरे बस्ने वर्ष वर्ष ४२ की महिलालाई ऐ.बस्ने वर्ष २४ को मनोज राईले पीडितकै घरको भान्सा घरमा कोही नभएको अवस्थामा हातपात गरी ज.ज.क.प्रयास गरेको भनी ऐ.२१:०० बजे प्र.चौ.तिनघरेमा पीडितले लिखित निवेदन दिएकोमा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.पशुपतिनगरमा राखी आ.अ.भईरहेको ।

 

रोल्पा, रुन्टीगढी गा.पा..८ मेलटाकुरा बस्ने संकेत नाम होलेरी (घ३) को श्रीमती पीडित वर्ष २९ की होलेरी (घ) लाई मिति २०८२।०५।१८ गते राती अं.२३:४५ बजे ऐ.बस्ने निजकै सहोदर जेठाजु संकेत नाम वर्ष २९ को होलेरी (घ६) ले पीडितको सुत्ने कोठामा गई एक्लै सुतिरहेको अवस्थामा ज.ज.क. गरेको भनि पीडितले ऐ.२१ गते बिहान ०९:०० बजे इ.प्र.का.होलेरी रोल्पामा जानकारी हुनासाथ प्र.नि.को  कमाण्डमा टोली खटी गई ऐ.१६:०० बजे (संकेत नाम होलेरी (घ६) लाई निजकै घरबाट नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गरी इ.प्र.का.होलेरीमा राखिएको, पीडित वर्ष २९ की होलेरी (घ) ले इ.प्र.का.होलेरीमा ऐ.१८:०० बजे जाहेरी दिएको, पीडित प्रहरीको सम्पर्कमा, अवस्था सामान्य रहेको

 

कुटपिट

काठमाडौं, का.म.न.पा.८ पशुपती मन्दिर नजिक जि.मकवानपुर घर भई हाल का.जि.पशुपती बस्ने बर्ष ३८ को दिपक कुमार थिङले हाल नामथर,वतन नखुलेको पशुपती एरियामा बस्ने बर्ष अं.२५/३० को पुरुष व्यक्तीलाई काठको लठ्ठिले प्रहार गर्दा घाईते भई तत्काल के.एम.सि.अस्पताल लगी उपचार भईरहेको,टाउको र बायाँ हातमा चोट,बोल्न नसक्ने,अवस्था गम्भिर,उक्त स्थानमा वृत्त गौशाला मातहत अ.प्र.विट पशुपतीबाट प्र.स.ह.को कमाण्डमा २ जनाको प्रहरी टोली खटिगएको,प्रहार गर्ने व्यक्ती वृत्त गौशालाको नियन्त्रणमा रहेको ।

 

जनावर आक्रमण,

सुनसरी, कोशी गाँउपालिका ०८ कोशी बान्द ३ नं. नोज स्थितमा माछा मार्न र दाउरा झिकन गएको ऐ. वडा नं. ७ बस्ने वर्ष अं. ४५ को सराचन सदा ऐ. बान्द नजिकै सुतिरहेको अबस्थामा हात्तीले ढाडमा टेकी जंगल तर्फ गएको, निजको ढाडमा चोट लागी कोशी हेल्थ केयर भाण्टावारीमा उपचार भईरहेकोमा थप उपचारको लागी ग्लोबल कार्डियो एण्ड न्युरो असस्पताल लगी डाक्टले चेकजाचँ गर्दा ऐ ०३:२४ बजे मृत्यु भएको भनि घोषणा गरेको , लाश पो.मा.को लागी जिल्ला अस्पताल ईनरुवा सुनसरीमा ल्याई शव गृहमा राखिएको, संगै गएका ऐ. बस्ने वर्ष ४४ को गणु सदा र ऐ. बस्ने वर्ष ३८ को सैनी सदा भागन सफल रहेको, दुबै जना उपचारमा संलग्न रहेको भनि ऐ. ०१:३० बजे इप्रका भाण्टावारीमा जानकारी प्राप्त हुनसाथ प्र.बा.ना.नि पुण्य अधिकारीको कमाण्डमा ४ जना प्रहरी टोली खटिगएको ।

 

प्रहरी कर्मचारी मृत्यु,

बाँके, मिति २०८२।०५।२१ गते गणेश मूर्ति बिसर्जन कार्यक्रम रहेकोले नेपालगंज बजार,फुल्टेक्रा, कान्तिताल,पुरैनी हुदैँ राप्ती नदीमा गणेश मूर्ति बिसर्जन कार्यक्रम रहेको हुँदा सोही कार्यक्रमको सुचना संकलन तथा वस्तुस्थिति बुझ्नका लागि व.प्र.का.नेपालगंजबाट जि.रोल्पा रोल्पा न.पा.१० घर भई हाल जि.बाँके नेपालगंज उ.म.न.पा.४ बसपार्क बस्ने इ.प्र.का.मोतिपुर बर्दिया दरबन्दी भई व.प्र.का.नेपालगंज बाँकेमा कार्यरत वर्ष ४७ को प्र.ना.नि.धन बहादुर थापा(कम्युटर कोड ३०६६६३, संकेत नं.C-०००४३८३७) जि.बाँके नेपालगंज उ.म.न.पा.२२ कान्तिताल स्थित ऐ.०६:०५ बजे अचानक बेहोस भई ढलेको हुँदा उपचारको लागि व.प्र.का.नेपालगंज बाँकेबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले भेरी अस्पताल नेपालगंज ल्याएकोमा ऐ.०६:३० बजे ECG गर्दा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, ।

 

बाँके, मिति २०८२।०५।१९ गते ०९:०० बजे जि.सुर्खेत गुर्भाकोट न.पा.१४ स्थाई वतन, प्रहरी चौकी डिल्लीचौर जुम्ला दरबन्दी भई नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेमा कार्यरत प्र.स.ह. प्रकाश पुन मगर कार्यालयको मुल गेटमा बिहान ०६:००-१०:०० बजेसम्मको डिउटी खटिएकोमा भुँईमा लढेर बेहोस भई उपचारको लागि लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज पठाई सामान्य उपचार पश्चात ऐ.२१ गते ०६:२५ बजे (नर्सिङ होम) संजिवनी अस्पताल नेपालगंज रिफर गरिएकोमा ऐ.०७:२० बजे डाक्टरले मृत घोषणा गरेको भनी नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुरबाट जानकारी प्राप्त भएको, शव सोही अस्पतालमा रहेको ।

 

सुनसरी , नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरी दरबन्दी भई कार्यरत कम्प्युटर कोड (३७४७९७) वर्ष ३८ को प्र.ह.सबिर कुमार खाँ मिति २०८२।०५।१६ गते रातको (१२:००-०३:००) ड्यूटी सकेर ब्यारेक तर्फ फर्कदै गरेको अवस्थामा अचानक बाँया खुट्टाको घुँडा भन्दा मुनि पोल्ने दुख्ने भई श्वासप्रश्वास समेतमा कठिनाई आउँदा बेहोस भई लडेकोमा बिराटनगर स्थित बिराट टिचिङ अस्पतालमा उपचार भईरहेकोमा ऐ.२१ गते १६:३७ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, निजको श्रीमति प्रहरी हवल्दार रेनु कुमारी लेखी र परिवार सहित सोही अस्पतालमा रहेको, कानुनी प्रकृयाको जि.प्र.का.मोरङसंग समन्वय भएको ।

 

ला.औ.,

कपिलवस्तु, कृष्णनगर न.पा.२ लिङ्गेट स्थितमा अ.प्र.पोष्ट लिङ्गेटबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ३ जनाको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री जिल्ला कपिलवस्तु बुद्धभुमी न.पा.२ गोरुसिंगे बस्ने हरि प्रसाद घिमिरेको छोरा बर्ष २२ को सुदिप घिमिरेलाई शंका लागी रोकी चेकजांचगर्दा निजले लगाएको कालो रंगको हाप पाइन्टको पछाडी दायाँ तर्फको गोजीमा ROYAL ENFILED लेखिएको कालो रंगको पर्स भित्र कालो रंगको प्लाष्टिकको पोका भित्र लुकाई छिपाई राखेको लागु औषध (खैरो हिरोईन) जस्तो देखिने खैरो गिलो पदार्थ प्लाष्टिक सहित तौल गर्दा १० ग्राम ५२० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा शुद्ध तौल १० ग्राम ६० मिलिग्राम फेला पारी ला.औ. सहित निजलाई नियन्त्रणमा ल्याई इ.प्र.का.कृष्णनगरमा राखिएको,थप अनुसन्धान कार्य भईरहेको

 

तनहुँ, म्याग्दे गा.पा.४ थर्पु बजार स्थित पृथ्वि राजमार्ग सडक खण्डमा प्र.चौ.थर्पु तनहुँबाट प्र.ना.नि.को कमाण्डमा खटिएको ट्राफिक सहीत ५ जनाको चेकिङ टोलीले धादिङबाट पोखरा तर्फ जाँदै गरेको बा ९२ प ५४२८ न.को मो.सा.चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला धादिङ गजुरी गा.पा.-१ बस्ने बर्ष ३८ को अक्कल बहादुर तामाङ र मो.सा.पछाडी सवार ऐ.रोराङ गा.पा.-१ बस्ने बर्ष ४५ को दिल बहादुर तामाङले ४ वटा पोकामा लुकाइ छिपाइ ल्याएको २५ के.जी.२९० ग्राम(कुल तौल गर्दा) लागु औषध(गाँजा)बरामद गरेको भन्ने खबर प्राप्त हुन साथ थप अनुशन्धानको लागी जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गएको मो.सा.र मो.सा.मा सवार दुबै जनालाइ नियन्त्रणमा लिइ आ.अ.को लागी जि.प्र.का.मा ल्याएको ।

 

सिरहा, गोलबजार न.पा.०३ गाग्न खोला स्थित पूर्व पश्चिम लोकमार्गमा गोप्य सूचनाको आधारमा ई.प्र.का.गोलबजारबाट प्र.स.नि. र लागु.औ.नियन्त्रण ब्युरो गोलबजारबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले कसहाबाट गोलबजार तर्फ आउदै गरेको स ७ प २५९५ नं.को मो.सा.लाई शंकाको आधारमा चेकजाँच गर्दा मो.सा.चालक जिल्ला गोलबजार न.पा.१ बल्डडा बस्ने सहदेव यादवको छोरा अं.वर्ष २२ को दिप कुमार यादव र सोही मो.सा.पछाडि सवार जिल्ला सिरहा नरहा गा.पा.०५ बस्ने देवशरण यादवको छोरा अं.वर्ष ३० को ईन्द्रजित कुमार यादव दुबै जनाको शरीरको खानतलासी गर्दा मो.सा.चालक दिप कुमार यादवले लगाएको हरियो शर्टको अगाडिको बायाँ खल्तीमा २ वटा स-साना प्लास्टिकको पोकामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ (प्लाष्टिक सहित तौल गर्दा १७ ग्राम १४० मिली ग्राम, प्लाष्टिक बाहेक तौल गर्दा १६ ग्राम १०० मिली ग्राम) फेला परेको हुँदा निज दुबै जनालाई मो.सा.सहित नियन्त्रणमा लिई ई.प्र.का.गोलबजारमा ल्याइ थप अनुसन्धान कार्य भइरहेको ।

 

बाँके, जानकी गा.पा. ५ वुडियागाउँ बस्ने वर्ष ४१ को नईम खाँले ला.औ. कारोबार गरि रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. कोहलपुर बाँकेबाट प्र.स.नि. को कमाण्डमा २ जना र ला.औ. नि. ब्युरो नेपालगंज बाँके बाट प्र.‍ह. को कमाण्डमा २ जनाको सयुक्त टोली खटि गई जिल्ला बाँके कोहलपुर  न.पा. १४ पार्वतीपुर नजिकै नईम खाँलाई भे १० प ३५३५ नं. को मो.सा.सहित फेला पारी उक्त मो.सा. र निजलाई रितपुर्वक खानतलासी गर्दा निज नईम खाँले लगाएको पाईन्टको दाहिने खल्ती भित्र लुकाई छिपाई गरि राखेको ला.औ. जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल ३३ ग्राम  ९१० मिलिग्राम र मोबाइल थान-१ फेला पारी भे १० प ३५३५ नं. को मो.सा. सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी इ.प्र.का. कोहलपुर बाँकेमा ल्याई राखेको ।

 

धादिङ, गजुरी गा.पा.२ बिहानी पेट्रोल पम्प स्थितमा चालिसेबाट मलेखुतर्फ जाँदै गरेको मे १ च १५२२ न.को दुर्गा प्र.बज्राचार्य स्मृति समाज लेखेको एम्बुलेन्समा लागु औषध गाँजा  छ भन्ने गोप्य सुचनाको आधारमा  इ.प्र.का गजुरीबाट प्र.ना.उ. विकास थापाको (९८५१२९८३००) कमाण्डमा खटिएको टोलिले चेकजाँच गर्ने क्रममा एम्बुलेन्सको फल्स बटम बनाई फल्स बटम भित्र लुकाई छिपाई राखेको  रातो टेपले बेरी पोका पारेको अबस्थामा (८) पोकामा ९०.६४ kg  (नव्बे पईन्ट छयालिस) किलो लागु औषध गाँजाको बरामद गरी निम्न मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

निम्न मानिसहरु

१)      जिल्ला धादिङ मकवानपुर राक्सिराङ गा.पा. ९ खैराङ बस्ने बर्ष अ. २५ को प्रेम तामाङ ।

२)      एम्बुलेन्स चालक जिल्ला काठमाण्डौ का.म.न.पा १४ बल्खु बस्ने बर्ष अ. २४ को  सन्तोष राई

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।