प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०६।०६ गते ०५:०० बजे देखि ऐ ०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०६-०७

  • A
  • A-
  • A+
Share

ज.ज.क.,

प्युठान, गौमुखी गा.पा.७ नारीकोट बस्ने अं.वर्ष  ७३ को थमन सिंह नेपालीले ऐ.स्थित श्री बाल सुधार आधारभुत बिद्यालयमा अध्ययनरत ऐ.बस्ने पिडित अं.वर्ष १२ की वालिकालाई ऐ. बिद्यालयको शौचालयमा गई नजिक ढिकमा बसिरहेको अवस्थामा ललाई फकाई गरी तानेर लगी पिडकले आफ्नै घरमा ज.ज.क.गरेको भनि पीडितको आमाले ऐ.०६ गते अ.१७:०० बजे जि.प्र.का.प्युठानमा जाहेरी दिए पश्चात इ.प्र.का.पुजालीबासेबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडित र पिडकलाई जि.प्र.का.प्युठानमा ल्याई आ.अ.भईरहेको।

 

GEN Z आन्दोलनको क्रममा जली घाईतेको मृत्यु,

पर्सा, मिति २०८२।०५।२४ गते GEN Z को आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले बिरगंज म.न.पा.१३ स्थित रहेको अनिल रोङ्टाको घरमा आगजनी गर्दा निजको घरमा काम गर्ने जिल्ला पर्सा सखुवा पर्सौनी गा.पा.२ बस्ने लाल बाबु हजाराको श्रीमती अं.वर्ष ४५ की शोसिला देवीको शरिरको विभिन्न भाग (९० प्रतिशत) जली गम्भीर घाईते भइ उपचारको लागि नारायणी मेडकल कलेज बिरगंजमा पठाई सामान्य उपचार पश्चात थप उपचारको लागि किर्तिपुर बर्न अस्पताल काठमाण्डौ पठाई उपचार भइरहेकोमा मिति २०८२।०६।०६ गते अं.०९:२२ बजे उपचारको क्रम मृत्यु भएको।

 

मानव कंकाल फेला परेको,

मोरङ, बिराटनगर महानगरपालिका ६ स्थित रहेको भाटभटेनीमा मिति २०८२।०५।२४ गते Gen-z को अन्दोलनमा आग्जनि भइ क्षति भएको भाटभटेनि भाटभटेनिको कर्मचारिले सफा गर्ने क्रममा  दोस्रो तल्लामा पूर्णरुपमा जली नचिनिने अवस्थाको कंकाल फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ व.प्र.का.बिराटनगरबाट प्र.नि.को कमाण्डमा र  जि.प्र.का.मोरङबाट प्र.उ.को  कमाण्डमा टोलि खटि गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाएकोमा पो.मा.पश्चात ऐ.६ गते १४:३५ बजे उक्त लास पो.मा.पश्चात विराटनगर महानगरपालिकाले सदगत गरेको ।

 

बुलेट राउण्ड फेला,

नुवाकोट, बिदुर न.पा.४ हावाघर पार्क परिसर भित्र रहेको मानिस बस्ने फलामको टेबल माथि कालो रङको हेर्दा कानमा सुन्ने एरपोटको डिपब्बा भित्र 7.62 बुलेट ६ राउण्ड ऐ.बस्ने स्थानीयहरुले देखि जि.प्र.का.नुवाकोटमा जानकारी गराउनासाथ जिजि.प्र.का.नुवाकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई आवश्यक कानुनी प्रकृया पुरा गरि ऐ.१३:३० बजे जि.प्र.का.नुवाकोटमा ल्याई राखिएको ।

 

हा.ह.बरामद,

बारा, निजगढ न.पा.१० लालगाउँमा झैँ-झगडा भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र बेस क्याम्प लालबाट सशस्त्र प्रहरी नायब निरीक्षक थानबहादुर खड्काको कमाण्डमा  टोली गई बुझ्दा घटनास्थलमा रहेका झगडा गर्ने व्यक्तिहरू  फरार रहेको र सो स्थानमा एकनाल भरुवा बन्दुक फेला परेको भनि ऐ.२३:०० बजेको समयमा अ.प्र.पोष्ट रतनपुर बारामा जानकारी गराउनसाथ अस्थायी प्रहरी पोष्ट रतनपुरबाट प्र.स.नि.को कमाण्डमा  टोली खटी गई उक्त फेला परेको १ (एक) नाल भरुवा बन्दुक बरामद गरी अ.प्र.पोष्ट रतनपुर बारामा ल्याई राखिएको अन्य थप अनुसन्धान  कार्य भइरहेको ।

 

तेजाव (ACID) प्रहार,

मोरङ, बिराटनगर म.न.पा.०९ धोवियारी बस्ने संन्तोष साहको श्रीमती वर्ष २९ की रागिनी साहलाई निजको देवर अं.२२ को छोटु भन्ने श्रवन साहले  सामान्य बिबाद हुदा अनुहारमा तेजाव (ACID) प्रहार गरी घाईते भई न्युरो अस्पताल बिराटनगरमा ल्याई उपचार भई‍रहेको, अवस्था सामान्य, उपचारमा निजको श्रीमान संग्लन रहेको भन्ने सोही अस्पतालमा खटिएको प्र.क.ले जि.प्र.का.मोरङमा जानकारी गराउनासाथ CRV घोघापुलबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, निज छोटु भन्ने श्रवन साह फरार रहेको खो.त.भईरहेको ।

 

ला.औ.,

पर्सा,  पोखरिया न.पा.७ जगतपुर मननपुर गाउँ स्थित बिषेश सुराकीको आधारमा बि.ओ.पि. प्रसौनी भाठ्ठा बाट खटी गएका स.प्र.नि. चेतन बाह्रकोटीको कमाण्डमा ६ जनाको मो.सा. गस्ती टोलीले सानो बाख्रा राखेने फुसको छाप्रोलाई घेरा हाली सर्च गर्दा २० के.जि.(२ वटा कालो झोला भित्र कार्टुनमा) अबैध लागु औषध चरेस फेला परेको तथा मानिस फेला नपरेको उक्त ला.औ. मुचुलका पश्चात आवश्यक कार्वाहिको लागि ई.प्र.का.पोखरियामा १३:०० बजेको समयमा बुझाइएको ।

 

बारा, जितपुर सिमरा उ.म.न.पा.२१ अमलेखगंज स्थित इ.प्र.का.अमलेखगंजको कार्यालय अगाडि चेक प्वाईन्टमा इ.प्र.का.अमलेखगंजबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले मकवानपुरबाट बिरगंज तर्फ आउदै गरेको बा २ ख ९५६९ नं.को मिनि ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त मिनि ट्रकको छतमाथि सिलिङमा फल्स बटम बनाई त्रृपालले ढाकी लुकाई छिपाई राखेको २८ पोका ला.औ.गाँजा (प्लाष्टिक सहित अं.२३६ किलो ७५० ग्राम फेला पारी उक्त गाँजा, मिनि ट्रक र मिनि ट्रक चालक जि.मकवानपुर कैलाश गा.पा.१० बस्ने सानुलाल रुम्बाको छोरा अं.वर्ष ३८ को रमेश रुम्बालाई समेत नियन्त्रणमा लिई इ.प्र.का.अमलेखगंजमा राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०१।२८ गते ०५:०० बजे देखि २०८३।०१।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२९

कर्तव्य ज्यान,संखुवासभा, मकालु गा.पा. ०२ स्थितमा रहेको मकालु हिमाल आरोहण गरी फर्किने क्रममा क्याम्प-३ र क्याम-२ को आसपासमा अमेरिकन नागरिक अ. वर्ष ५३ की SHELLEY JOHANNESEN (पासपोर्ट नम्बर ;- A04487123) को ७,२०० मिटरको उचाईमा हिम पहिरोमा परि घाईते भई आज मिति २०८३।०१।२८ गते ०८:०० बजे मृत्यु भएको भन्ने जानकारी ऐ. १४:४५ बजे सेभेन समिट ट्रेक्स प्रा.लि. काठमाण्डौको कर्मचारी रोशन सिलवाल मार्फत जिप्रका संखुवासभामा जानकारी प्राप्त भएको, थप बुझ्ने कार्य भईरहेको, उक्त घटनास्थलमा प्रहरी जान नसक्ने । उक्त लास एल्टिच्युट एयरको हेलि द्वारा उद्दार गरी सोलुखुम्बु स्थित लुक्ला एयरपोर्टमा ल्याण्ड पश्चात फ्रिस्टेल एयरको हेलि द्वारा काठमाण्डौ स्थित टिचिङ अस्पताल महाराजगंजमा ऐ. १८:०० बजे पुर्याइ उक्त अस्पतालको शव गृहमा सुरक्षित साथ राखिएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, अर्जुनधारा न.पा ५ पाण्डवपुर बस्ने हरि बहादुर कार्कीको मकैबारिमा सांकेतिक नाम “४३(क)-अनारमनी-०८२/०८३” को छोरी बर्ष ४ की सांकेतिक नाम “४३-अनारमनी-०८२/०८३” लाई ऐ बस्ने बर्ष ४४ को हजुरबुबा नाता पर्ने सांकेतिक नाम “४३-बिर्तामोड” ले ललाई फकाई मकैबारिमा लगी हाडनाता करणी (ज.ज.क.) गरेको भनि मिति २०८३।०१।२५ गते इप्रका अनारमनिमा जाहेरी दिए पश्चात निज पिडक सांकेतिक नाम “४३-बिर्तामोड” लाई प्रचौ शनिश्चरे बाट प्रसनि नेत्र प्रसाद चम्लागाईको कमाण्डमा खटिएको २ जनाको प्रहरी टोलीले मिति २०८३।०१।२८ गते अ. ०९:०० बजे निजकै घर वतन बाट नियन्त्रणमा लिई इप्रका अनारमनिमा ल्याई थप अनुसन्धान भईरहेको, । बर्दिया, बारबर्दिया न.पा ६ पथ्थरडाडा बस्ने बर्ष अ ४१ कि संकेत न ६६ (पथ्थरपुर) लाई ऐ.५ चादनी चोक बस्ने बर्ष अ.३८/३९ को काली ब.कामी (संकेत न.६६ K1)ले मिती २०८३/०१/२६ गते अ १४:०० बजे घरमा एक्लै भएको समयमा आई ज.ज.क.प्रयास गरेको भनी यस इ.प्र.का.जयनगर बर्दियामा जाहेरी दरखास्त दिए पश्चात उक्त स्थानमा इ.प्र.का.जयनगर बर्दियाबाट प्र.स.नि.को कमाण्डमा ४ जना खटिएको , ज.ज.क. प्रयास गर्ने ब्यक्ती प्रहरीको नियन्त्रणमा, महिलालाई स्वास्थ्य परिक्षणको लागि बर्दिया अस्पताल गुलरिया पठाइएको  । झुण्डी मृत्यु,पर्सा, बिरगंज म.न.पा.११ श्रीपुर बिधयापति नगर टोल बस्ने धुपेन्द्र प्रसाद कुर्मीको छोरा अं.वर्ष १६ को शनी कुमार पटेलले  SEE परिक्षामा फेल भएको कारण आफ्नै पक्की घर जस्ताले छाएको आफु सुत्ने कोठामा फलामको ‍पाईपमा तन्नाको पासो लगाई  झुण्डी रहेको अवस्थामा निजको आमाबुवाले देखि पासो खोली हेर्दा मृत्यु भईसकेको र मृत शव आँगनमा ल्याई राखेको भन्ने ऐ.२९ गते अं.००:४५ बजे व.प्र.का.श्रीपुरमा खबर प्राप्त हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको । लागु औषध,सुनसरी, धरान उप-मनपा १३ Thousands Big Buddha स्थितमा इलाका प्रहरी कार्यालय धरान, सुनसरीबाट प्रनि बविन राई (९८४३५८६०५५) को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकिङ गर्ने क्रममा ऐ.ऐ. स्थित रोडको छेउमा धरान बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि.धरान १८ द्वारा संचालित को १ च ७३५९ नं.को एम्बुलेन्स रोकी राखेको अवस्थामा शंका लागी उक्त एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्स भित्र लाऔ गाँजा फेला परेकोले लाऔ गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिई इप्रका धरानमा ल्याई राखिएको, उक्त एम्बुलेन्समा रहेको लाऔ गाँजा नापतौल गर्दा ४४० के.जी. रहेको, थप अनुसन्धान कार्य भईरहेको तथा फरार एम्बुलेन्स चालकको खोत कार्य भईरहेको, ।  कास्की, पोखरा म.न.पा.११ तुल्सी मार्ग बस्ने लिला बहादुर सिंहको २ तले पक्की घरको दोस्रो तलामा डेरा गरी बस्ने  जि. लम्जुङ क्व्होलासोथार गा.पा.९ वतन भएका वर्ष २९ को सागर थापा मगरले लागू औषध बिक्री वितरण गर्छ भन्ने गोप्य सूचनाको आधारमा व.प्र.का. रामबजारबाट प्र.व.ना.नि.,जि.प्र.का.कास्कीबाट प्र.व.ना.नि. र ला.औ.नि.व्युरो पोखराबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले निजको डेरा कोठामा कानुनी प्रक्रिया पुर्‍याई  खानतलासी गर्दा  निजको कोठाभित्र रहेको टिनको दराजभित्र सेतो रङको प्लाष्टिकभित्र  लुकाई छिपाई राखेको Tramadol Tablets 50 mg लेखेको -८२ क्याप्सुल, कालो लेडिज झोला भित्र लुकाई छिपाई राखेको  Tapentadol Tablets 100 mg को १४ चक्की   र SLR को लाईभ राउण्ड ७.६२mm लेखेको  थान -१ समेत फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.कास्की तर्फ पठाएको ।

मिति २०८३।०१।२७ गते ०५:०० बजे देखि २०८३।०१।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२८

कर्तव्य ज्यान,सुनसरी, धरान उ.म.न.पा.१० बेलगाछी स्थित बाटोमा ऐ.बस्ने वर्ष २७ को जिवन भुजेललाई ऐ.धरान उ.म.न.पा.१९ खिम्दिङ पुल चौक बस्ने अं. वर्ष २७ को जिमी भन्ने अर्जुन बिश्वकर्माले धारिलो हतियार छुरी प्रहार गरी जिवन भुजेल घाइते भई उपचारको लागि वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाई सामान्य उपचार पश्चात थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर पठाएकोमा ऐ.१६:३५ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, शव पो.मा.को लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको, उक्त स्थानमा इ.प्र.का.धरानबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,ऐ.२२:०० बजे धरिलो हतियार छुरी प्रहार गर्ने जिमी भन्ने अर्जुन बिश्वकर्मालाई इप्रका धरानबाट  प्रनि बबिन राईको कमाण्डमा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT बाट प्रसह अजय राज पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले जि. मोरङ बेलबारी न.पा.-११ लक्ष्मीमार्ग मुनाल चौक स्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी इप्रका धरानमा ल्याई थप अनुसन्धान भई रहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,वलपरासी पश्चिम, मिति २०८३।०१।२७ गते राती अं.०१:०० बजे बर्दघाट न.पा.१५ शिवालयटोल बस्ने वर्ष २२ की महिलालाई आफ्नै घर कोठामा ऐ.बस्ने छिमेकी वर्ष २० को केशब सुनारी मगरले पिडितको घरको छतबाट भित्र सुत्ने बस्ने कोठाको चुक्कल खोली कोठा भित्र प्रवेश गरी पिडितलाई डर धम्की देखाई ज.ज.क.गरेको भनी ऐ.१७;०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.बर्दघाटबाट प्र.नि.को कमाण्डमा र अ.प्र.पोष्ट केराबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई केशब सुनारी मगरललाई नियन्त्रणमा लिई इ.प्र.का.बर्दघाटमा राखिएको, उक्त स्थान अ.प्र.पोष्ट केराबारीबाट अ.३ कि.मि.पश्चिम पर्ने । विष्फोटक पदार्थ (ग्रिनेट),काठमाण्डौ, का.म.न.पा.९ पशुपति रामन्दिर नजिकै रहेको जंगलमा शंकास्पद वस्तु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशलाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई हेर्दा 36 ह्यान्ड  ग्रेनेट ३ थान बेवारिसे अवस्थामा फेला पारी उक्त स्थल सुरक्षित राखी नेपाली सेनासँग आवश्यक समन्वय गरी नेपाली सेनाको मेजरको कमाण्डमा टोली खटी गएकोमा ऐ.स्थान नजिकै SLR को खिया लागेको लाईभ राउण्ड १ थान र खोका ३ थान समेत थप फेला परेकोमा ऐ.१०:३० बजे उक्त ३ थान ग्रेनेट, १ थान लाईभ राउण्ड र ३ थान खोका नेपाली सेनाको टोलीले लिएर गएको । लागु औषध, काठमाण्डौ, जि.नुवाकोट दुप्चेश्वर गा.पा.७ घर भई हाल जि.काठमाण्डौ तारकेश्वर न.पा.४ लोलाङ हरियाली बस्ति स्थित तिलक बहादुर तामाङको घरमा डेरा गरी बस्ने वर्ष अं.२० को सागर तामाङको डेरा कोठामा ला.औ.को कारोवार भईरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ. कमाण्डमा टोली खटी गई खानतलासी गर्दा उक्त डेरा कोठा भित्र लागु औषधको कारोवार गरीरहेका अवस्थामा ला.औ.Tramadol २४३२ क्याप्सुल, ला.औ.ब्राउन सुगर ३.८१ ग्राम, Digital तराजु थान १, नेपाली रुपैया रु.८६ हजार, बागमती प्रदेश ०२-०५६ प १२५० नं.मो.सा. र बागमती प्रदेश ०२-०३४ प २९८८ नं.को स्कुटर फेला पारी उक्त ला.औ., नगद तथा सवारी साधन सहित जि.नुवाकोट दुप्चेश्वर गा.पा.७ घर भई हाल जि.काठमाण्डौ तारकेश्वर न.पा.४ लोलाङ हरियाली बस्ति बस्ने वर्ष अं २० को सागर तामाङ समेत ४ जना मानिसहरु नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको, उक्त घटनास्थल प्रहरी वृत्त बालाजुबाट अं.३ कि.मि.उत्तर पर्ने ।

मिति २०८३।०१।२६ गते ०५:०० बजे देखि २०८३।०१।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२७

कर्तव्य ज्यान,दाङ, राजपुर गा.पा.४ फोहोरा बस्ने वर्ष ५६ को भोला यादवलाई ऐ.सन्तपुरुवा बस्ने वर्ष २३ को ईच्छा कुमार रैदासले ऐ.स्थित रामजानकी सामुदायिक वनबाट साल जातको काँचो काठ काटेर ल्याएको बिषयलाई लिएर विवाद हुँदा धारिलो हतियारले निज भोला यादवको टाउकोमा हानी घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. चंगुवाबाट प्र.स.नि. र इ.प्र.का. गढवाबाट प्र.नि.को कमाण्डमा १९ जनाको टोली खटी गएको, धारिलो हतियार प्रहार गर्ने ईच्छा कुमार रैदास फरार खो.त.भईरहेको, धारिलो हतियार प्रहार गर्ने ईच्छा कुमार रैदासको बुवा वर्ष ५६ को देव बहादुर ( रामजानकी सामुदायिक वनको वनपाले रहेको ) र आमा प्र.चौ. चंगुवाको नियन्त्रणमा रहेको, थप व.प्र.का.लमहीबाट प्र.नि.को कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागी लमही अस्पताल लमही दाङ तर्फ पठाईएको । सर्लाही, मिति २०८३।०१।२४ गते अं.२३:०० बजे ब्रहम्पुरी गा.पा.४ बस्ने मो.हसनको श्रीमती वर्ष ३५ की उमैसा खातुनलाई  ऐ.बस्ने वर्ष ३५ को एसाव मो.लगायत एसाव मो.को घर परिवारको सदस्यहरु कुटपिट गर्दा उमैसा खातुन सामान्य घाईते भई भारतको सितामढीमा लगी सामान्य उपचार गराईरहेकोमा ऐ.२६ गते अं.१३:०० बजे उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याएकोमा बाहिरी चोट पटक नरहेको  थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने मानिसहरु तत्काल फरार खो.त कार्य भईरहेको, मृतक मुटुको विरामी समेत  रहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,ईलाम, माइजोगमाई गा.पा.०६ कुलुङ गाउँ बस्ने साङ्केतिक नाम ८२/८३ पशुपति ज १ को श्रीमती बर्ष ५३ की साङकेतिक नाम ०८२/८३ पशुपति ज लाई ऐ.तिनघरे वस्ने वर्ष अं. ३५ को नरेश थेबेले पिडितको घरमा गई घरमा भएको केटा-केटीलाई मोबाइल फोन खेलाउन दिई पिडित सुत्ने कोठा भित्र पसि ज.ज.क गरी फरार भएको भनि पिडित आफैले ऐ.२६ गते १८;३० बजे इप्रका पशुपतिनगर,इलाममा आइ लिखित जाहेरी दिन साथ तत्काल इप्रका नयाँ बजारबाट प्रबह लक्षुमण बस्नेतको कमाण्डमा २ जना प्रहरी टोली खटिगई पिडकको खो.त.कार्य भई रहेको। चोरी/लुटपाट, झापा, मिति २०८३।०१।२५ गते मेचीनगर न.पा.१० पुरानो बजार बस्ने वर्ष ६५ को बैजनाथ साहको घरमा ताला लगाई भद्रपुर बंगाली टोलमा आफन्तको बिवाहमा गई बिवाह कार्यक्रम पश्चात ऐ.२३:४५ बजे घरमा आई हेर्दा घरको पछाडिको झ्यालको जाली काटी नजिकै रहेको ढोकाको चुक्कुल खोली को कुन ब्यक्ति घर भित्र प्रवेश गरी दराजमा राखेको सुनको विभिन्न सामान ९.५ तोला, चाँदीको विभिन्न सामान १५ तोला, डाईमनको कानमा लगाउने रिङ १ सेट ३,५०,०००। र साउदीको रियाल ५,०००।–गरी जम्मा अं.मु.रु.३४,७८,१५०।–बराबरको धनमाल चोरी भएको भनी घर धनी ऐ.२६ गते०७:०० बजे इ.प्र.का. धुलाबारीमा आई मौखिक जानकारी गराउन साथ इ.प्र.का. धुलाबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फिङगर प्रिन्ट संकलन लगायत आवश्यक अनुसन्धान तथा चोरी गर्ने ब्यक्तिको खो.त. कार्य भईरहेको ।

मिति २०८३।०१।२५ गते ०५:०० बजे देखि २०८३।०१।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२६

शंकास्पद मृत्यु,बारा, निजगढ न.पा.९ बुद्ध चोक स्थित रहेको गुरुङ होटलमा ऐ.१२ कुलिया बस्ने अं.वर्ष २३ की सीता थिङ भन्ने रोशनी थिङ र ऐ.९ बस्ने कृष्ण सुनारको छोरी अं.वर्ष १८ की अनु सुनार, जि.बारा जितपुरसिमरा उ.म.न.पा.१६ टागिया बस्ती बस्ने अं.वर्ष ३५ को महेश माझी र जि..बारा जितपुरसिमरा उ.म.न.पा.१६ टाङ्गिया बस्ती बस्ने अं.वर्ष ३६ को कान्छामान बम्जन भन्ने सुनिल बोम्जन समेत चारै जना गुरुङ होटलमा छुट्टाछुटै कोठा बुक गरी बसेकोमा सीता थिङ भन्ने  रोशनी थिङले बियर खाई बिरामी भए पश्चात  केटाहरुले एम्बुलेन्स लिन जान्छु भनि दुबै जना गएको र फर्की नआएको भन्ने जानकारी ऐ.२२:४० बजे इ.प्र.का.निजगढमा प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई निज महिलालाई उपचारको लागी सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा ऐ.२३:२८ बजे मृत घोषण गरेको, शव सोही अस्पतालमा रहेको,जि.प्र.का.बाराका कार्यालय प्रमुख प्र.उ.को कमाण्डमा समेत टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको, अं.वर्ष १८ की अनु सुनारलाई घटनास्थलबाट नै नियन्त्रणमा लिइएको, अं.वर्ष ३६ को कान्छामान बम्जन भन्ने सुनिल बोम्जनलाई टांगिया बस्ती छिर्ने जङ्गल एरियाबाट राति अं.०१:०० बजे नियन्त्रणमा लिएको, वर्ष ३५ को महेश माझीलाई निजगढ न.पा.७ माझीटोल स्थितबाट नियन्त्रणमा लिई तीनै जनालाई इ.प्र.का. निजगढमा राखिएको, इ.प्र.का.निजगढबाट अं.१ कि.मि.पश्चिम पर्ने । ज.ज.क./बाल यौन दुर्व्यवहार,पाल्पा, मिति २०८२।११।०५ गते अं १३:३० बजे र अन्तिम पटक मिति २०८३।०१।२३ गते अं.२०:३० बजे जि.पाल्पा रामपुर न.पा.६ कालीआँप स्थितमा सुजता कुमारी शाहीको निर्माणाधिन घरको भुईतला भन्दा माथिको पहिलो तलाको कोठामा जि.पाल्पा बस्ने वर्ष २५ की महिलालाई जि.पाल्पा रामपुर न.पा.६  बराहाटार बस्ने वर्ष ४२ को संजय कुमार सार्कीले ज.ज.क.गरेको भनि मिति २०८३।०१।२५ गते १८:०० बजे पीडित महिलाले जि.प्र.का.पाल्पामा गई लिखित जाहेरी दिएको हुँदा इ.प्र.का.रामपुरबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई घटनामा संलग्न पिडक संजय कुमार सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी जि.प्र.का.पाल्पामा पठाईएको, इ.प्र.का.रामपुरबाट अं.५ कि.मि.पश्चिम पर्ने । बेवारिसे गोली बरामद,काभ्रे, बनेपा न.पा.८ स्थित बनेपा नाला जाने बाटो मुनी लक्ष्मी क्वालिटी ब्लक उद्योग पछाडि नाला रोडबाट पुण्यमती खोलामा जाने हल्का पानी बग्दै गरेको ठाडो खोल्साको बिचमा हल्का खोलिएको खिया र माटो लागेको लम्बाई १३ ईन्च र उचाई ४ ईन्च भएको टिनको बाक्सामा गोली वेवारीसे अवस्थामा फेला परेको भन्ने सुचनाको आधारमा र इ.प्र.का.बनेपाबाट प्र.ना.उ. र जि.प्र.का.बाट प्र.उ. कमाण्डमा टोली खटी गई खोल्सामा फेला परेको बाक्सा सुरक्षित साथ बाहिर निकाली हेर्दा उक्त बाक्सा भित्र SLR को १७४ राउण्ड गोली फेला परेको र उक्त स्थान वरपर समेत खोजतलास गर्दा SLR को ५७ राउण्ड र 303 को २४ राउण्ड समेत गरी जम्मा २५५ राउण्ड गोली फेला पारी बरामद गरी इ.प्र.का.बनेपामा ल्याई राखेको,अन्य थप अनुसन्धान भइरहेको । लागु औसध, सुनसरी, धरान उ.म.न.पा.९ बगैँचा लाईन स्थित रहेको रत्न होटलमा ला.औ.को कारोबार भईरहेको भन्ने सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT बाट प्र.स.ह., इ.प्र.का.धरानबाट प्र.स.ह. र व.प्र.का.धरानबाट प्र.ब.ना.नि.को कमाण्डमा संयुक्त टोली खटी गई सोही होटलको कोठा नं.७ को बन्द कोठाभित्र जि. सिन्धुपाल्चोक मेलम्ची न.पा.४ बाँसखर्क घर भई हाल काठमाण्डौ गोकर्णेश्वर-६ बस्ने वर्ष २० को सन्देश तामाङ लगायत ३ जना मानिसहरुको साथबाट खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ ३६ ग्राम ९१० मिलिग्राम (प्लाष्टिक बाहेक) फेला पारी, बागमती प्रदेश ०२-०२७ प ३२८१ र बगमती प्रदेश ०२-०४३ प ४८८२ नं. को मो.सा. सहित तीनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई थप अनुसन्धान भईरहेको, इ.प्र.का.धरानबाट अं.१ कि.मि.पूर्व पर्ने ।

मिति २०८३।०१।२४ गते ०५:०० बजे देखि २०८३।०१।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२५

शंकास्पद मृत्यु,उदयपुर, मिति २०८३।०१।१७ गते अं.२१:०० बजे लिम्चुङबुङ गा.पा.३ तिनचौक बस्ने वर्ष ४३ को रुप बहादुर मगर र निजको श्रीमती वर्ष ४० की केशरी माया मगर मा.प.से. गरेर दुबै जना बीच एक आपसमा झै-झगडा हुँदा श्रीमानले खुट्टाले पेटमा हानी श्रीमती घाईते भएकोले उपचारको लागि ऐ. २२ गते LB स्मृती अस्पताल लिम्चुङबुङ लगेकोमा डाक्टरले उपचारको लागि सुबिधा सम्पन्न अस्पताल जानु भनेकोमा अस्पताल नगई घर ल्याई राखेकोमा ऐ.२४ गते राती ०२:०० बजे घाइते केशरी माया मगरको मृत्यु भएको भन्ने खबर ऐ.१२:०० बजे प्राप्त हुनासाथ इ.प्र.का.लिम्चुङबुङबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गएको, श्रीमान रुप बहादुर मगर नियन्त्रणमा ।थप शव पो.मा.को लागि पठाइएको र निजको श्रीमान रुप बहादुर मगरलाई घटनामा संलग्न भए पुन: नियन्त्रण लिने गरी छोडिएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,रोल्पा, सुनिलस्मृति गा.पा.२ बस्ने वर्ष ४० की महिलालाई ऐ.०१।२२ गते अं.१८:३० बजे देउरानीको घर ऐ.माडी गा.पा.१ च्यानडाँडाबाट रोल्पा लिवाङ तर्फ पैदल जाने क्रममा ऐ. माडी गा.पा.६ लाप्चुङ स्थित मदन भण्डारी सडक-खण्डको छेउ कलभर्टमा सोही साईडमा काम गर्ने जि.सल्यान कालिमाटी गा.पा. ५ हात्तिदमार बस्ने वर्ष ४४ को धिरज भन्ने धन बहादुर कामी, जि. कैलाली लम्किचुहा गा.पा.२ बलचौर बस्ने वर्ष २३ को  अनिल वादी नेपाली र ऐ. बस्ने वर्ष २० को सुनिल वादीले पालैपालो सामुहिक ज.ज.क. गरेको भनी ऐ.०१।२४ गते १०:०० बजे इ.प्र.का.घर्तिगाँउमा लिखित जाहेरी दिएकोले प्र.नि.को कमाण्डमा टोली खटिई गई निजहरुलाई सोही साइडबाट नियन्त्रणमा लिई इ.प्र.का.घर्तिगाँउ रोल्पामा ल्याई आ.अ.भईरहेको, पीडितलाई स्वस्थ्य परीक्षणको लागि रोल्पा अस्पताल रेउघा रोल्पा पठाईएको । संखुवासभा, मिति २०८३।०१।१९ गते अं.१४:०० बजे पाँचखपन न.पा.१ घर भई हाल जि.संखुवासभा चैनपुर न.पा.६ बस्ने वर्ष १२ को बालकले ऐ.मादी न.पा.५ घर भई हाल ऐ.चैनपुर न.पा.६ बस्ने वर्ष ५ की बालिकालाई ललाइ फकाई गरी ऐ.स्थित चौरमा लगेर जबरजस्ती करणी गरेको भनी पीडितको मिति २०८३।०१।२४ गते इ.प्र.का.चैनपुरमा ऐ.१८:०० बजे जाहेरी दरखास्त दिनासाथ इ.प्र.का.चैनपुरबाट खटिएको प्रहरी टोलीले आरोपित बालकलाई नियन्त्रणमा लिई इ.प्र.का.चैनपुरमा ल्याई अनुसन्धान कार्य भइरहेको, बालिकाको अवस्था सामान्य रहेको,। काठमाण्डौ, जि.बारा कलैया उ.म.न.पा.१३ स्थायी घर भई हाल जि.भक्तपुर मध्यपुर ठिमी न.पा.९ बोडे बस्ने वर्ष १३ की बालिकालाई वर्ष २२ को राजन कुमार गुप्ताले पीडितसंग सामाजिक संजाल टिकटकको माध्यमद्वारा चिनजान भई साथी बनि फनपार्कमा घुम्न जाउ भनी मिति २०८२।०८।२० गते का.म.न.पा.३२ पेप्सीकोला साइराम चोक स्थित राजन कुमार गुप्ताको दाजु राजा गुप्ताको कोठामा जबरजस्ती करणी गरेको भनी मिति २०८३।१।२४ गते १५:०० बजे जिल्ला प्रहरी परिसर महिला बालबालिका  तथा जेष्ठ नागरिक से.के.भद्रकाली,काठमाण्डौमा जाहेरी दरखास्त दिएको,प्रतिवादी फरार रहेको, आ.अ.कार्य जारी । काठमाण्डौ, जि.कैलाली लम्कीचुहा न.पा.६ घर भई हाल का.म.न.पा.२३ वस्ने बर्ष १७ की बालिकालाई जि.कैलाली लम्कीचुहा न.पा.६ घर भई का.म.न.पा.२३ बसन्तपुर डेरा गरी बस्ने वर्ष २६ को मिन वहादुर देउवाले सामान्य चिनजान रहेकोमा माया प्रेम गर्छु भनी प्रलोभनमा पारी मिति २०८३।०१।०२ गते बिहान ०५:०० बजे डेरा कोठामा ज.ज.क.गरेको भनी पीडित पक्षले ऐ.२४ गते १५:०० बजे जिल्ला प्रहरी परिसर भद्रकाली,काठमाण्डौ महिला बालबालिका तथा जेष्ठ नागरीक सेवा केन्द्रमा जाहेरी दरखास्त दिएको,प्रतिवादी फरार रहेको,जबरजस्ती करणी र बिधुतिय  कारोबार सम्बन्धी कसुरमा मुद्धा दर्ता भई थप अ.अ.कार्य जारी । झुण्डी मृत्यु/शंकास्पद मृत्यु,धनुषा, धनुषाधाम न.पा.७ किसानपुर बस्ने धर्मेन्द्र साह ( हाल वैदेशिक रोजगारमा रहेको) को श्रीमती अं.वर्ष २४ की बबिता साह घरमा कोही नभएको अवस्थामा आफ्नै घरको पुजा कोठामा बाँसको बलोमा सलको पासो लगाई झुण्डिरहेको अवस्थामा मृतकको देवरानी रंजिता साहले देखी आफन्त (छिमेकी) लाई बोलाई हेर्दा मृतकको छोरा अं.वर्ष २ को आरद साह सुत्ने कोठाको खाटमा मृत अवस्थामा रहेको भनी  ऐ.१३:०० बजे इ.प्र.का.धनुषाधाममा जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई हेर्दा मृत बच्चा खाटमा घोप्टो अवस्थामा घाँटीमा निलडाम देखिएको र मृतक बबिता साह झुण्डिएको अवस्थामा रहेको, मृतकको माईती पक्षको आफन्त घटनास्थलमा आईसकेको, दुबै शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि ऐ.१६:५० बजे प्रादेशिक अस्पताल जनकपुरमा पठइएको  ।    झुण्डी मृत्यु,सुनसरी, कोशी गा.पा.१ भन्सारटोल स्थितमा रहेको आँपको रुखमा जि.सुनसरी बर्जु गा.पा.६ हात्तिमुडा बस्ने वर्ष ४० को राज कुमार उराव सलको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको छ, भनी ऐ.१ कोशि गा.पा.का वडा अध्यक्ष सोबित नारायण यादवले ऐ.०१:०० बजे ई.प्र.का.लौकहीमा जानकारी गराउनासाथ ई.प्र.का.लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा र जि.प्र.का.सुनसरीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटी गई कानूनी प्रकृया पुरा गरी शव जिल्ला अस्पताल सुनसरी पठाएकोमा जिल्ला अस्पताल सुनसरीबाट पो.मा.को लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगेर ऐ.१५:३० बजे पो.मा.पश्चात मृतकको भाई शिब कुमार उरावले शव बुझी ल्याएकोमा शंकास्पद रहेकोले “आवश्यक अनुसन्धान गरी न्याय” भनी ऐ.१९:२० बजे ऐ.भोक्राहा नरसिंह गा.पा.६ स्थित उक्त शव पूर्व पश्चिम राजमार्गमा राखी अ.२५०/३०० जनाको संख्यामा भेला भई टायर बाली बाटो अवरोध गरेको, उक्त स्थानमा जि.प्र.का.सुनसरीबाट प्र.ना.उ.को कमाण्डमा ३० जना, इ.प्र.का.लौकहीबाट प्र.ना.नि.को कमाण्डमा ४ जना, प्र.चौ.चिरौली चोकबाट दल बहादुर कार्कीको कमाण्डमा ४ जना, स.प्र.बल बिओपी लौकहीबाट स.प्र.ना.नि.को कमाण्डमा १० जनाको टोली खटी गई सम्झाई बुझाई गरी बाटो खुलाउने पहल भईरहेकोमा ऐ.२५ गते ००:१५ बजे सिलसिलेबार बल प्रयोग गरी दुवै तर्फ बाटो सुचारू भएको, लास मृतकको श्रीमती, छोरा र आफन्तले घर तर्फ लिई गएकोमा ऐ.०१:०० बजे घरमा ईन भएको, उक्त अवरोध खुलाउने क्रममा ने.प्र.बि.सु.गण दुहवी सुनसरीबाट ग्याँस गनबाट ३ सेल, SLR बाट blank round १, जि.प्र.का.सुनसरीबाट खटिएको टोलीले ग्याँस गनबाट १२ सेल, इ.प्र.का.पकलीबाट खटिएको टोलीले ग्याँस गनबाट ५ सेल गरी जम्मा ग्याँससेल २० र SLR बाट blank round-१ हवाई फायर भएको, अवरोध खुलाउने क्रममा ४ जना प्र.क. (प्र.नि.१, प्र.ब.ना.नि.१, प्र.ब.ह.१, प्र.ज.१) हरु घाईते भई सामान्य उपचार पश्चात सबै प्र.क.कार्यालयमा रहेको, सर्वसाधारण ऐ.गढी गा.पा.६ बस्ने वर्ष २७ को नरेश उराव सामान्य घाईते उपचारको लागि जि. अस्पताल सुनसरी पठाई उपचार पश्चात ऐ.२५ गते ०२:०० बजे डिस्चार्ज भएको, उक्त घटनाको सम्बन्धमा सोधपुछ तथा अनुसन्धानको लागि ऐ.कोशी गा.पा.१ बस्ने वर्ष ४२ को भोले भन्ने जोगेन्द्र यादब, कोशी गा.पा.१ बस्ने वर्ष २० को खुसी कुमार मण्डल र ऐ.बस्ने वर्ष २१ को सन्तोष कुमार मण्डललाई नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा ल्याई राखेको । लागु औषध, सुनसरी, ईटहरी उ.म.न.पा.१९ ब्रहमपुर स्थितबाट ऐ.बस्ने वर्ष ३८ को चक्र बहादुर जिमीले गाउँ घरकै आसपासको एरियामा ला.औ.खैरो हिरोईनको कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा इ.प्र.का.इटहरीबाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले २४ ग्राम ४४ मिलिग्राम ला.औ.खैरो हेरोइन जस्तो देखिने पदार्थ र को ३९ प ३१२३ नं.को मो.सा.सहित पक्राउ गरी लिई इ.प्र.का.ईटहरीमा ल्याई राखी थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०१।२३ गते ०५:०० बजे देखि २०८३।०१।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२४

कर्तव्य ज्यान,काठमाण्डौ, किर्तिपुर न.पा.१० पोडेटोल स्थित चिया सागर नजिक साथी साथी बिचमा विवाद हुँदा जि.गुल्मी धुर्कोट गा.पा.घर भई हाल जि.काठमाण्डौ किर्तिपुर न.पा.३ ढाल्पा बस्ने वर्ष अं.२३ को बिपिन घिमिरेलाई राज बिष्ट र अनमोल कामीले धारिलो हतियार प्रहार गर्दा घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत किर्तिपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उपचारको लागि कीर्तिपुर अस्पताल पठाई उपचार भईरहेकोमा ऐ.१५:२९ बजे चिकित्सक द्धारा मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, घटनासमा संकास्पद किर्तिपुर न.पा.९ हनुमानघाट बस्ने वर्ष २२ को आशिष महर्जन, जि.बैतडी डिलासैनी गा.पा.३ घर भई हाल जि.काठमाण्डौ किर्तिपुर न.पा.२ टयाङलाफाँट बस्ने वर्ष २१ को रोशन बोहोरा र जि.कैलाली बर्दगोरिया गा.पा.४ घर भई हाल जि.काठमाण्डौ किर्तिपुर न.पा.१० पाँगा दोबाटो बस्ने वर्ष २३ को रबिन्द्र धामीलाई नियन्त्रणमा लिई प्रहरी वृत किर्तिपुरमा राखी आ.अ.भइरहेको, धारिलो हतियार प्रहार गरी फरार राज बिष्ट र अनमोल कामीको खो.त.भईरहेको, उक्त स्थान प्रहरी वृत किर्तिपुरबाट अं.१.५ कि.मि.पश्चिम पर्ने । ज.ज.क./ बालयौन दुर्व्यवहार,कपिलबस्तु, मिति २०८३।०१।२१ गते अं.१२:०० बजे यशोधरा गा.पा.५ लोहरौली बस्ने जाहेरवालको छोरी वर्ष १६ की बालिकालाई ऐ.बस्ने किसन चौधरीको घरमा डिजेको नाचगाँन हेरी एक्लै घर तर्फ आउने क्रममा ऐ.बस्ने साफिक पठानको छोरा वर्ष २६ को इलयास पठानले पछाडीबाट आई डरत्रास देखाई आफनो घरको कोठाभित्र लगेर ज.ज.क गरेको भनी मिति २०८३।०१।२२ गते २१:०० बजे प्र.चौ.मर्यादपुरमा ठाडो निबेदन लेखी जानकारी गराउनासाथ प्र.चौ.मर्यादपुरबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पिडित बालिकालाई जाहेरी दरखास्त तथा यौनजन्य स्वास्थ्य परिक्षणको लागि जि.प्र.का. कपिलवस्तु पठाई मिति २०८३।०१।२३ गते १३:०० बजे स्वास्थ्य परिक्षण गराई मुद्धा दर्ताको लागि जि.प्र.का.कपिलवस्तुमा ल्याई राखिएको, अवस्था सामान्य, पिडक इलयास पठान फरार, रहेको खो.त.भईरहेको, उक्त स्थान प्र.चौ.मर्यादपुरबाट अं.३ कि.मि.उत्तर पूर्व पर्ने । दाङ, मिति २०८३।०१।१९ गते अं.२०:३० बजे तुलसीपुर उ.म.न.पा.१९ बस्ने वर्ष १४ की बालिकालाई जि.सल्यान कपुरकोट गा.पा.४ बस्ने डिल बहादुर बुढाको छोरा अं.वर्ष २० को उदिम प्रसाद बुढामगरले ललाई फकाई बिभिन्न प्रलोभनमा पारी जि.दाङ तुलसीपुर उ.म.न.पा.५ माछपुच्छ्रे टोल स्थित मेलिना होटल एण्ड लजको कोठा नं.२०२ मा लगेर ज.ज.क.गरेको भनी मिति२०८३।०१।२३ गते इ.प्र.का.तुलसीपुरमा आई लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक उदिम प्रसाद बुढामगरलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत घोराही दाङबाट दिन ५ म्याद थप भई अनुसन्धान भईरहेको, पिडित बालिकाको स्वास्थ्य अबस्था सामान्य रहेको, निज आफ्नो आमा संग घरमा रहेको । दाङ, मिति २०८३।०१।२२ गते अं.१०:०० बजे तुलसीपुर उ.म.न.पा.१९ बस्ने वर्ष १५ की बालिकालाई जि.दाङ तुलसीपुर उ.म.न.पा.१९ बस्ने वर्ष १७ को बालकले ललाई फकाई बिभिन्न प्रलोभनमा पारी जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.५ माछपुच्छ्रे टोल स्थित रोल्पाली झरना होटलको कोठा नं.०६ मा लगेर ज.ज.क.गरेको भनी मिति२०८३।०१।२३ गते इ.प्र.का.तुलसीपुर दाङमा आई लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत घोराही दाङ बाट दिन ५ म्याद थप भई अनुसन्धान भईरहेको, पिडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको, निज आफ्नो आमा संग घरमा रहेको । कुटपिट,काठमाडौं,  महानगरपालिका १६ बालाजु माछापोखरी स्थित जि.लम्जुङ्ग सुन्दरबजार नगरपालिका वडा नं.४ घर भई हाल जि. काठमाडौं, काठमाडौं महानगरपालिका १६ बालाजु माछापोखरी डेरा गरी बस्ने वर्ष अं.३९ की पवित्रा अधिकारीलाई चिनजानको साथी जि.रुकुम पुर्व घर भई हाल जि.काठमाडौं तारकेश्वर नगरपालिका ९ मनमैजु बस्ने वर्ष अं.३८ को दिपेन मगरले कुटपिट गरी घाईतेलाई कोठामा नै छाडेको अवस्थामा दिदी अस्मिता अधिकारीले ऐ.०७:०० बजे फेला पारी तत्काल उपचारको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगेर उपचार भईरहेको, टाउको र बायाँ आखा नजिक चोट, अवस्था गम्भीर, कुटपिट गर्ने व्यक्ती फरार रहेको भनी ऐ.१४:२० बजे अस्पतालबाट खबर प्राप्त हुनासाथ प्रहरी बृत्त बालाजुबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गएको, उक्त स्थान प्रहरी बृत्त बालाजुबाट अं.१.५ कि.मि.उत्तर पर्ने । चोरी,मेचीनगर न.पा.६ प्लटिङ बस्ने रुद्र बुढाथोकीको अढाई तले घरको सबै ढोकाहरु खुल्लै राखी निज रुद्र बुढाथोकी  र निजकै श्रीमती होटल मेची क्राउन धुलाबारी कामको लागि गएको र घरका अन्य सदस्यहरु घरको माथिल्लो फ्लाटमा रहेकोमा भुई तलामा रहेको कोठामा अन्य व्यक्तिहरु आई सुनको बिभिन्न गर गहना अ.मु. १७,८०,८०० नगद रु १,००००० (एक लाख) समेत गरी जम्मा अं.१८,८०,८०० (अठार लाख असि हजार आठ सय) बराबरको चोरी गरी फरार रहेको भन्ने ऐ.१७:१५ बजे खबर प्राप्त हुनासाथ इ.प्र.का. काँकरभिट्टाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको खो.त.भईरहेको, उक्त स्थान इ.प्र.का.काँकरभिट्टाबाट अं.२ कि.मि.दक्षिण पर्ने । हा.ह.बरामद / लुटपाट गर्न खोज्ने मानिस हा.ह.सहित पक्राउ,काठमषण्डौ, मिति २०८३।०१।१७ गते का.म.न.पा.२९ ईन्द्रचोक स्थित बविता बेगमरौनियारले संचालन गरेको नैना एण्ड ईसान ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोज्ने जि.भक्तपुर ठिमि न.पा.९ बोडे बस्ने वर्ष ३० को बिकेस राजवहाक र जि.काठमाण्डौ का.म.न.पा.१९ डल्लु बस्ने वर्ष ३४ को अरुण भुजेललाई खो.त.गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२१ गते (बिकेस राजवहाकलाई का.म.न.पा.१८ नरदेवीबाट पक्राउ, अरुण भुजेललाई का.म.न.पा.२४ मखनबाट पक्राउ) नियन्त्रणमा लिई थप अनुसन्धान तथा सो.पु.को को क्रममा मिति २०८३।०१।२३ गते १०:०० बजे का.म.न.पा.२४ मखनस्थित रहेको “द नाङ्लो क्याफे एण्ड फास्टपुड रेस्टुरेन्ट”बाट घटनामा प्रयोग भएको चाईनिज पेस्तोल जस्तो देखिने थान १, ऐ.को म्यागजिन थान १, जंगी राउण्ड थान १, नक थान १ बरामद गरी जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखीएको ।काठमाण्डौ, का.म.न.पा.२७ जमल स्थित राष्ट्रिय नाचघर अगाडी रहेको नालीमा जि.कन्चनपुर सुक्लाफाट न.पा.५ घर भई हाल का.जि.बनस्थली बस्ने वर्ष अं.३१ को कृष्ण दत्त भट्टले S.L.R.हतियारको लाईभ राउण्ड ६, चाचर २ पिस र S.L.R.को डमी २ राउण्ड फेला पारी जमल बिटमा ड्युटी गर्ने प्र.क.लाई जानकारी गराउनासाथ उक्त स्थानमा प्रहरी खटी गई एकिन गरे पश्चात बृत्त दरबारमार्गबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई मुचुल्का कार्य सम्पन्न गरी वृत्त दरवारमार्गमा ल्याई राखिएको, उक्त स्थान वृत्त दरबारमार्गबाट अं.१ कि.मि.दक्षिण पश्चिम पर्ने । ठगि, काठमाण्डौ, बुढानिलकण्ठ म.न.पा. १३ चुनिखेल देखी सापाटार जाने भित्री सडक-खण्डमा लगी जि.झापा बिर्तामोड ३ बाट रात्री गाडी चढी काठमाण्डौं आईपुगेको वर्ष अं.३५ को कुमार पाण्डेलाई डलर साट्ने भनी २ जना अपरिचित ब्यक्तिहरू वर्ष अं.२०-२२को र वर्ष अं.४०/४२ को दुबै जनाले मास्क र टोपी लगाएका निलो रातो ज्याकेट लगाएका मानिसले नेपाली रुपैयाको सट्टामा डलर पैसा साटि दिन्छु भनि नेपाली रुपैया १३,००,००० (नेपाली रुपैया तेह्र लाख मात्र) लगी कागजका नोट जस्तो बन्डल बनाई रुमाल भित्र पोको पारी दिई ठगि गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग बूढानीलकण्ठबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको खो.त.भईरहेको,उक्त स्थान प्रभाग बूढानीलकण्ठबाट अ.३.५ कि.मि पूर्व पर्ने ।