प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०६।०९ गते ०५:०० बजे देखि ऐ १० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०६-१०

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

सुनसरी, मिती २०८२।०६।०८ गते राति के-कुन समयमा देवानगंज गा.पा.६ बस्ने जवरनाथ मेहताको छोरा वर्ष २५ को देवचरण मेहता के-कसरी घाईते भई नोवेल अस्पताल विराटनगरमा लगेर उपचार भईरेहको, टाउकोमा चोट, अवस्था गम्भीर भएको भन्ने खबर ऐ.०९ गते ०५:४० बजे  प्राप्त हुनासाथ इ.प्र.का.देवानगंजबाट र अ.प्र.चौ.राजगंज सिनुवारीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज देवचरण मेहतालाई ऐ.देवानगंज गा.पा.६ बस्ने देवनारायण मेहताको छोरा वर्ष २५ को सन्तोष मेहताले कुटपिट गरेकोले घाईते भएको भन्ने बुझिन आएकोले निज कुटपिट गर्ने सन्तोष मेहतालाई नियन्त्रणमा लिई जि.प्र.का.सुनसरीमा राखी अनुसन्धान भईरहेको, ऐ.०९ गते  ऐ.१५:१० बजे घाइते देबचरण मेहताको स्वास्थ्य अवस्था जटिल बन्दै गएकोले नोबेल अस्पतालबाट थप उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगेकोमा उपचारको क्रममा ऐ.१६:३५ बजे मृत्यु भएको भनी निजको आफन्तबाट जानकारी प्राप्त भएको, शव पो.मा.को लागि कोशी अस्पताल बिराटनगरमा पठाईएको

 

ज.ज.क./ज.ज.क.उधोग,

बर्दिया, मिति २०८२।०६।०२ गते २३:०० बजे, मधुबन न.पा.६ गाउँ नम्बर ३ बस्ने मानबिर रानाक्षेत्रीको छोरा वर्ष २१ को केशब राना क्षेत्रीले ऐ.राजापुर ४ बस्ने परीवर्तित नामथर नम्बर संकेत नम्बर ६६ राजापुर A को छोरी वर्ष १२ की परीवर्तित नामथर ६६ राजापुर B लाई ललाई फकाई आफ्नै घरमा लगि घरको कोठामा ज.ज.क.गरेको भनी पिडितको आमाले ऐ.०६।०९ गते २०:०० बजे जाहेरी दरखास्त दिनसाथ इ.प्र.का.ढोढरीबाट प्र.नि.को कमाण्डमा टोली खटिएको ज.ज.क.गर्ने ब्यक्ति फरार खो.त.कार्य भईरहेको, पिडितको बर्दिया अस्पताल गुलरीयामा विस्तृत स्वास्थ्य परीक्षण गरी माईती नेपाल गुलरीया पठाएको, अवस्था सामान्य रहेको,

 

शीशु मृत्त फेला,

जाजरकोट, नलगाड न.पा.९ घरङगा स्थित बस्ति नजिकै सिस्नो घारीमा अं. ४/५ महिनाको जस्तो देखिने मृत भ्रुण (छोरा) फेला परेको भनि ऐ. बस्ने बद्री बहादुर सिंहले टे.फो. इ.प्र.का. रग्दा जाजरकोटमा जानकारी गराए पश्चात तत्काल इ.प्र.का. रग्दा जाजरकोटबाट प्र.स.नि.को कमाण्डमा ५ जनाको टोली खटिएको, उक्त भ्रुण को-कस्को भन्ने खुल्न नआएको, अनुसन्धान भईरहेको, उक्त स्थान इ.प्र.का. रग्दा जाजरकोटबाट अ.१२ कि.मि. दक्षीण पर्ने, थप अनुसन्धानको लागी इ.प्र.का. दल्ली जाजरकोटबाट प्र.नि.को कमाण्डमा २ जनाको टोली खटिएको ।

 

हात हतियार बरामद,

गोरखा, पालुङटार न.पा.-३ मैबल बस्ने बर्ष ६३ को राम बहादुर राना मगरले आफ्नै घरभित्र अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का. ठाँटीपोखरी गोरखाबाट प्र.नि. को कमाण्डमा -५ जनाको टोली खटी गई खानतलासी गर्दा निम्न अनुसारको हातहतियार फेलापारी निज मानिस र हातहतियार नियन्त्रणमा लिएको अन्य बि.बि.पछी (०) निम्न :- १) एकनाले भरुवा बन्दुक थान -२ ( एक को लाइसेन्स नभएको ,एकको लाइसेन्स भएको २०५३ सालदेखी नबिकरण नभएको) २) ऐ.ऐ. को नाल थान -१ ३) बारुद जस्तो देखीने धुलो पदार्थ प्लाष्टिकको बोतल भित्र रहेको -१ बोतल ४) फलामको गज थान -४

 

मानव कंकाल फेला परेको,

काठमाण्डौ, तारकेश्‍वर न.पा.१ साङला स्थित बस्ती भन्दा माथि रहेको जङगलमा नाम थर वतन नखुलेको मानव कङकाल फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बृत्त बालाजुबाट प्र.नि., प्र.ना.उ. कमाण्डमा टोली खटी गएको थप अनुसन्धान कार्य जारी रहेको, उक्त स्थान प्रहरी बृत्त

 

गोली प्रहार,

पर्सा, छिपहरमाई गा.पा.५ भिस्व स्थित जयमंगलापुर जाने बाटोमा ऐ.बस्ने मनोज मियाको छोरा वर्ष १५ को गोलु आलम मियाको कम्मरको तल बायाँ साईडमा अपरिचित ब्यक्तिले गोली हानी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.भिस्वाबाट प्र.ना.नि.को र इ.प्र.का.पोखरियाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि नारायणी अस्पताल बिरगंज पठाईएको, अवस्था मध्यम गोली हान्ने ब्यक्तिको खो.त. कार्य भईरहेको

 

ला.औ.,

सिरहा, मिर्चैया न.पा.५ मिर्चैया बजारको संस्था चौक स्थितमा ला.औँ नियन्त्रण ब्युरो तथा इ.प्र.का.मिर्चैयाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले बिशेष सुचनाको आधारमा सार्वजनिक सवारी सधानमा जाँदै गरेको जि.सप्तरी राजबिराज न.पा.७ बस्ने राधा कान्त झाको छोरा वर्ष ४० को दुर्गेश कुमार झा माथि शंका लागि निजलाई तल झारी निजले बोकेको निलो रङको पिठयुमा बोक्ने झोल्लाको माथि चेन खोली ब्याग भित्र स्टिलको बटा भित्र रहेको कालो रंङको प्लाष्टिकमा बेरिएको अबस्थामा लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ, प्लाटिष्क  सहित ६६ ग्राम ४१० मिलि ग्राम प्लाटिष्क बाहेक ४० ग्राम ७७० मिलि ग्राम र सोही ब्यागमा स्टिलको अर्को बटामा प्लाटिष्क सहित लागु औषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ ८२ ग्राम १५० मिलि ग्राम र प्लाटिष्क बाहेक ५७ ग्राम २४० मिलि ग्राम सहित फेला परी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का.मिर्चैयामा ल्याई राखिएको,

 

सुनसरी, सुनसरी बराहक्षेत्र न.पा. ०५ बिशाल चोक स्थित इ.प्र.का. महेन्द्रनगरबाट प्र.ब.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले धरानबाट कालाबाजार तर्फ आउदै गरेको तत्काल नम्बर नखुलेको २२० पल्सर मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा. धरान तर्फ फर्कि भाग्नसाथ प्रहरी टोलीले पछ्याउदा BR 11 BR 7102 नम्बरको RENAULT नामक भारतिय नम्बरको कार पनि रोकी कार चालक उक्त मो.सा.मै सवार भई धरान तर्फ भागेको, खटिएको प्रहरी टोलीले उक्त कार चेकजाच गर्दा ११ वटा प्लाष्टिकको पोकामा( तौल खुल्न बाँकी रहेको) अं. ३०० के.जी. लागू औषध गाँजा फेला परेकोले थप अनुसन्धानको लागि इ.प्र.का. महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटीगई उक्त कार र लागू औषध गाँजा नियन्त्रणमा लिई इ.प्र.का महेन्द्रनगर तर्फ ल्याउदै, फरार रहेका मो.सा., मो.सा.मा सवार दुई जना र कार चालकको खो.त. कार्य भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।