प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०६।१२ गते ०५:०० बजे देखि ऐ १३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०६-१३

  • A
  • A-
  • A+
Share

हा.ह.बरामद,

काठमाण्डौ, मिति २०८२।०५।२४ गते जेन्जी आन्दोलनका दिन प्रहरी कार्यालय तोडफोड लुटपाट भएकोमा मिति २०८२।०६।१२ गते अं.११:०० बजे का.म.न.पा.३१ आलोकनगर स्थित मेची महाकाली ब्वाईज होस्टेलको संचालकले सन्जिव बस्नेतको ROOM सफा गर्ने क्रममा प्रहरीको सामान जास्तो देखी सादा पोसाकको प्रहरीलाई खबर गरी तत्काल सादा पोसाकको टोली खटी गई उक्त होस्टेल खानतलासी गर्ने क्रममा सर्टगनको गोली ४ राउण्ड, टाईप ७७ गोली ३ राउण्ड, .२२ हर्नेट ७ राउन्ड, म्याग्नेट ५० राउण्ड, SLR बिनेट १ थान, Motorola हेन्ड सेट१ थान (C254 लेखिएको), ATM card ८ थान, आईडी कार्ड ३ थान, पासपोर्ट १ थान, नागरिकता ५ थान, पेन कार्ड १ थान, License २ थान, परेको हुदाँ उक्त हा.ह.तथा सरसमान बरामद गरी वृत्त नयाँ बानेश्वरमा राखिएको, निज सन्जिब बस्नेत मिति २०८२।०६।०४ गतेबाट फरार भएको भनी होस्टल संचालकबाट जानकारी प्राप्त भएको, खो.त.भइरहेको।

 

ज.ज.क./ज.ज.क.उधोग,

दाङ, जि.रोल्पा रुन्टीगढी गा.पा.८ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१४ बसपार्क नजिकै डेरा गरी बस्ने वर्ष १६।१७ को परिवर्तित नाम थर ५६(०८२।०८३) घोराही १०६ (घ) ले वर्ष १७ की परिवर्तित नाम थर ५६ (०८२।०८३) घोराही १०६ लाई विवाह गर्छु भनी ललाई फकाई गरी मिति २०८२।०२।११ गते २३:०० बजे ऐ.घोराही उ.म.न.पा.४ लक्ष्मीपुर स्थित बाँस घारीमा लगेर पहिलोपटक ज.ज.क.गरेको र सोपश्चात पटकपटक समेत ज.ज.क.गरेको, पिडितको पेटमा १८ हप्ताको गर्भ समेत रहेको भनी रुपन्देही जिल्ला अन्तर्गत रहेको आशिष सामाजिक सेवा नेपाल बुटवल संस्थाको सदस्य एलिसा कुँवरले मिति २०८२।०६।११ गते २०:०० बजे किटानी जाहेरी दरखास्त दिएको हुँदा जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई पीडकलाई ऐ.१२ गते निजकै वतनबाट नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गरी बाल निग्रानी कक्षमा राखी आ.अ.भइरहेको, पीडितलाई घोराही स्थित रहेको सेफ हाउसमा राखिएको,अवस्था सामान्य रहेको।

 

दाङ, जि.कपिलवस्तु शिवराज न.पा.४ घर भई जि.दाङ घोराही उ.म.न.पा.१३ बडहरामा कोठा भाडा गरी फर्नीचर कामको ठेक्का लिई बस्ने जाहेरवालाको छोरी वर्ष ९ की परिवर्तित नाम थर ५६(०८२/०८३) घोराही १०७ लाई जि.कपिलबस्तु शिवराज न.पा. ८ घर भई हाल सोही फर्निचर पसलमा काम गरी बस्दै आएको वर्ष ३१ को गुलाम रसुलले आफ्नै कोठामा बालयौन दुरुपयोग गरेको हुँदा कानुन बमोजिम सजाय गरी पाऊँ भनी पीडितको आमाले ऐ.१२ गते ०९:०० बजे जि.प्र.का.मा किटानी जाहेरी दिएको हुँदा प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई पीडित समेतलाई स्वास्थ्य परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएकोमा स्वास्थ्य परीक्षण पश्चात पीडितलाई आफन्तको जिम्मा लगाइएको, पीडकलाई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको ।

 

भक्तपुर, सूर्यविनायक न.पा.१० नलिन्चोक मिलनचोक स्थित जि.रामेछाप गोकुलगंगा गा.पा.७ घर भई हाल ऐ.मिलनचोक बस्ने वर्ष २८ को सोनम शेर्पाले ललाईफकाई गरी मिलन चोक स्थित आफ्नै कोठामा लगेर ऐ.बस्ने बालिका वर्ष १५ की परिवर्तित नाम भक्तपुर २७ (छ ३४) लाई ज.ज.क.गरेको भनी पीडितको आमाले ऐ.२१:०० बजे प्रहरी परिसर भक्तपुरमा जाहेरी दरखास्त दिएको हुँदा प्रहरी वृत्त जगातीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई परिसर भक्तपुरमा राखी आ.अ.भइरहेको, बालिकालाई स्वास्थ्य परीक्षणको लागि भक्तपुर अस्पताल पठाइएको ।

 

प्र.क.को मृत्यु,

कञ्चनपुर, जि.बाजुरा खप्तड छेडेदह गा.पा.७  स्थायी वतन भई ने.प्र.वि.सु.गण महेन्द्रनगर कञ्चनपुर दरवन्दी रहेकोमा ई.प्र.का. झलारीमा कार्यरत प्र.ज कमल खड्का (कम्प्युटर कोड नं.४६९७२९) अण्डकोष सम्बन्धी विरामी भई २०८१।०७।०४ गतेको रवाना पत्रसाथ नेपाल प्रहरी अस्पताल महाराजगंजमा उपचार भइरहेको र सामन्य उपचार पश्चात मिति २०८१।०७।२१ गतेको रवाना पत्रसाथ दिन २८ (अठ्ठाईस) घर बिदा सहित फिर्ता पठाएकोमा निज प्र.ज.मिति २०८१।०८।२६ गते पुन: भर्ना भई डिस्चार्ज भएकोमा मिति २०८२।०५।२६ गते पुन: भर्ना भई उपचार भईरहेकोमा ऐ.२०८२।०६।१२ गते १७:२० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको ।

 

कैदि, थुनवा भागी फरार,

कैलाली, टिकापुर न.पा.१ ब्लक न.१४ स्थित सडक खण्डमा ऐ.२ बनदेवीपुर (लम्की पुल) घर भई ऐ.१ ब्लक न.१४ डेराको ठा गरी बस्ने वर्ष २० को रोहन साउदलाई मिति २०८२।०६।११ गते १९:०० बजे ४८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा राखी अनुसन्धान कार्य भईरहेकोमा मिति २०८२।०६।१२ गते १०:०० बजे निज रोहन साउदलाई हिरासत कक्षबाट बाहिर निकाल्ने क्रममा भागी फरार भएको,  खो.त.को लागि इलाका प्रहरी कार्यालय टीकापुर कैलालीका कार्यालयबाट प्र.ना.उ.को कमाण्डमा ३० जनाको प्रहरी टोली खटिएको ।

मोरङ, कटहरी गा.पा.०१ घर भई जिल्ला कारागार मोरङमा रहेको चोरी मुद्दाको बन्दी अं.वर्ष २० को मोहमद राजुलाई पेट दुख्ने समस्या भएको कारण कारागार मोरङबाट प्र.ज.साजन राईको कमाण्डमा खटिएको २ जना प्र.क.ले कोशी अस्पताल बिराटनगर लगेर बेड भर्ना गरी उपचार भइरहेकोमा ऐ.२०:२० बजे शौचालय लैजाँदा शौचालयको भेण्टिलेटरबाट हाम फाली भागी फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई मातहत समेतबाट प्रहरी परीचालित भई खो.त.कार्य भईरहेको ।

 

ला.औ.,

सुनसरी, भोक्राहानरसिंह गा.पा.२ स्थित नहरमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको मो.सा.मा आएका ३ जना मानिसहरुले प्र.चौ.भोक्राहा सुनसरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीलाई देखी निजहरूको साथमा रहेको जेब्रा झोला बाटोमा फालेर भगेकोमा उक्त जेब्रा खोली हेर्दा झोलामा TRAMAL लेखेको ६८६ पत्ता(६८६० क्याप्सुल) ला.औ.फेला परेकोले उक्त ला.औ.बरामद गरी प्र.चौ.भोक्राहामा ल्याइ राखेको, मो.सा.र मानिसको खो.त.भइरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।