प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०६।१३ गते ०५:०० बजे देखि ऐ १४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०६-१४

  • A
  • A-
  • A+
Share

ज.ज.क.,

गुल्मी, चन्द्रकोट गा.पा.४ शान्तिपुर स्थित पानी मिल नजिक वर्ष १२ की परिवर्तित नाम ४६ (०८२/०८३) शान्तीपुर (A) को मुख छोपी बोल्न कराउन नदिई जि.बाग्लुङ बरेङ गा.पा.३ घर भई जि.गुल्मी चन्द्रकोट गा.पा.४ शान्तीपुर बस्ने वर्ष २५ को राजु बि.क.ले जबरजस्ती करणी गरेको भनि पीडितको आमा परिवर्तित नाम ४६ (०८२/०८३) शान्तीपुर (B) ले ऐ.०६। १२ गते साँझ १६:०० बजे जि.प्र.का.मा जाहेरी दिनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई, निज वर्ष २५ को राजु बि.क.फरार रहेको, खो.त.कार्य जारी, वर्ष १२ की परिवर्तित नाम ४६ (०८२/०८३) शान्तीपुर (A) लाई स्वास्थ्य परिक्षण गरी निजको आमाको जिम्मा लगाई छाडिएको, अवस्था सामान्य रहेको । मिति २०८२।०६।१३ गते अं. १४;३० बजेको समयमा जिल्ला बाग्लुङ बरेङ गा.पा.३ खाल्ली स्थित आफ्नै घरबाट निज बर्ष २५ को राजु सार्कीलाई इ.प्र.का.चन्द्रकोट गुल्मीबाट प्र.ब.ना.नि.को कमाण्डमा खटि गएको टोलीले नियन्त्रणमा लिइ इ.प्र.का.चन्द्रकोटमा लिइ मेडिकल गरी राखेको ।

 

हात हतियार बरामद,

काठमाण्डौ , मिति २०८२।०६।१२ गते अं. १९:०० बजे का.जि.का.म.न.पा.०७ कलंकि बस्ने वर्ष २४ को राजकुमार श्रेष्ठले,मैले का.म.न.पा.७ गौरीघाट स्थित वर्ष ४३ को बिकास आले मगर भन्ने (बिष्णु ब. आले मगर) लाई पेस्तोल राख्न दिएको छु, मसँग गई त्यो पेस्तोल लैजानु भनि वृत्त जनसेवामा जानकारी गराएकोमा प्र.नि.को कमाण्डमा ७ जना प्रहरी टोली सो स्थानमा खटी गई निजले भनेको स्थान गौरीघाट पुग्दा वर्ष ४३ को बिकास आले मगर भन्ने (बिष्णु ब आले मगर) ले का.जि.गोकर्णेस्वर न.पा.६ जोरपाटी स्थित मेरो कोठामा राखेको छु भनि भनेकोमा पुनः सो स्थानमा गई निजको कोठाबाट निम्न हतियार र राउण्ड प्राप्त गरी वृत्त जनसेवामा ल्याईएको र निजहरू दुबै जनाको तिन पुस्ते सहितको विवरण राखी खोजेको बखत वृत्त जनसेवामा हाजिर हुने गरी छोडिएको । निम्न : १.SLR को live ३ राउण्ड २.3 not को blank ३ राउण्ड ३.insas को live २ राउण्ड ४.USA made type 77 पेस्तोल र म्यागजिन १।१ थान

 

धारिलो हतियार प्रहार,

झापा,मेचिनगर न.पा.९ कमल चौक स्थितमा ऐ.शिवसताक्षी न.पा.-७ बैदार चौक बस्ने अ.बर्ष ३० को बिरोज लावतिले मादक पदार्थ सेवन गरी ऐ.मेचिनगर न.पा.-९ कमल चौक बस्ने वर्ष २४ को असोक लिङ्देनको ढाड र जिल्ला पाँचथर फिदिन न.पा.-१३ बस्ने अ.बर्ष २६ को धनेन्द्र नेम्वाङको बाँया हातमा घारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाई दुबै जनाको आम्दा अस्पताल धुलाबारीमा उपचार हुदै, बोल्न सक्ने, अबस्था दुबै जनाको मध्यम, घारिलो हतियार खुकुरी प्रहार गर्ने बिरोज लावतिलाई हतियार सहित नियन्त्रणमा लिई इ.प्र.का. धुलाबारी मा राखिएको ।

 

काठमाण्डौ, मिति २०८२|०६|१३ गते अ.०१:३८ बजे का.म.न.पा.३१, सान्तिनगरमा झै-झगडा तथा कुटपिट भएको भनि जानकारी प्राप्त हुन साथ नयाँ वानेश्वरबाट प्र.स.नि.को कमाण्डमा टोली घट्नास्थलमा गई बुझ्दा जि.नुवाकोट शीवपुरी गा.पा.७ घर भई हाल क.म.न.पा.३१ धौलागिरि मःम सेन्टरमा काम गर्ने वर्ष २० को दिपेश ठकुरीले धारिलो हतियार प्रयोग गरी निम्न मानिस हरुलाई कुटपिट गरेको, कुटपिट गर्ने मानिस र धारिलो हतियार नियन्त्रणमा लिई वृत्त नयाँ बानेश्वरमा राखिएको , निम्न ;- १) जि.ललितपुर महालक्ष्मि न.पा. ९ घर भई सोहि स्थान बस्ने वर्ष ३१ को यलिस भुजेल लाई तत्तकाल उपचारको लागि सिनामङगल स्थित K.M.C.हस्पिटलमा लगि उपचार भई रहेको अबस्था पेट,बाँया खुट्टाको तिग्रा घुडामा तथा शरिरको बिभिन्न भागमा चोट लागेको अवस्था मध्यम हल्का बोल्न सक्ने । २) का.जिल्ला का.म.न.पा. ३१ बस्ने वर्ष २९ को सागर ढकालको पनि शरिरको बिभिन्न भागमा समान्य चोट लागेको अवस्था समान्य रहेको । उपचारमा संलग्न साथि करन चौधरी।

 

ताप्लेजुङ्ग,आठराई त्रिवेणी गा.पा.-०५ तिलबारी बस्ने साङगे शेर्पाको छोरा अं. बर्ष २१ को बिकाश शेर्पालाई ऐ.ऐ. बस्ने मिङवा शेर्पाको छोरा अं. बर्ष २२ को लाक्पा शेर्पाले मापसे गरी सामान्य बादबिबाद हुदा निज बिकाश शेर्पाको टाउकोमा एक्कासी बियरको बोतल प्रहार गरी घाईते बनाएको भन्ने खबर ऐ.२०:२० बजे स्थानिय बिना श्रेष्ठ(९८४७१६४६५५) ले टेलिफोन मार्फत इप्रका दोभान ताप्लेजुङमा जानकारी गराउन साथ तत्काल प्रहको कमण्डमा ४ जनाको टोली खटि बुझ्दा घाईते बिकाश शेर्पाको टाउको र मुखमा चोट, अबस्था गम्भिर बोल्न नसक्ने, निजलाई स्वास्थ्यचौकी तिलबारीमा सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाएको, बियरको बोतल प्रहार गर्ने लाक्पा शेर्पा प्रहरीको नियन्त्रणमा रहेको ।

 

 

पाँचथर, पाँचथर फिदिम न.पा.४ गढी स्थित तिल बहादुर सुजीको घरमा डेरा गरी बस्ने जिल्ला पाँचथर याङवरक गा.पा.३ ओयाम बस्ने वर्ष अ.३२ को बिजय योङया र निजकै श्रीमती सिता राई योङया बिच घरायसी बिषयमा वादविवाद भई झै-झगडा हुदा निज बिजय योङयाको भाई वर्ष अ.२८ को प्रकाश योङयाले किन झगडा गरेको भनि सम्झाई बुझाई गर्न खोज्दा एक्कासी बिजय योङयाले कैचीले प्रहार गर्दा प्रकाश योङयाको बाँया हातको पाँखुरामा गहिरो चोट तत्काल बोल्न सक्ने अवस्था मध्यम जिल्ला अस्पताल पाँचथर फिदिममा उपचार भई रहेको,प्रहार गर्ने बिजय योङयालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई राखिएको,

 

ला.औ.,

कपिलवस्तु, शिवराज न.पा.६ धर्मनगर स्थितमा रहेको कालीमाताको मन्दिरमा बिगत ३ बर्ष देखी बस्दै आएको ऐ.ऐ. बस्ने बर्ष ६० को गोपाल कुर्मी चौधरीले मन्दिरमा जम्मा भएको रकम हिनामिना गर्ने गरेको भन्ने स्थानिय मार्फत खबर प्राप्त हुनासाथ प्र.चौ.बिरपुरबाट प्र.स.नि.को  कमाण्डमा टोली खटीगई चेकजाँच गर्दा निजको साथ बाट गाजा जस्तो देखिने धुलो (झाम्टा) २ वटा बोरामा रहेको (एकमुष्ठ बोरा सहित तौल ८ के.जी. ९६० ग्राम, बोरा रहित ८ के.जी. ७६० ग्राम) र नगद रु ८,२२४।-(आठ हजार दुई सय चौबिस) सहित निज लाई नियनत्रणमा लिई व.प्र.का. चन्द्रौटा पठाईएको, अ.अ. कार्य भईरहेको,उक्त स्थान प्र.चौ. बिरपुरबाट अं.२ कि.मि.उत्तर पर्ने ।

 

मकवानपुर, हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्र.चौ.रातोमाटेबाट प्र.ब.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडाबाट विरगंज तर्फ जादै गरेको बा.प्र.०६-००१ ख ०३२३ नं. को यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त  बसमा सवार जि. पर्सा बहुदरमाई न.पा. ५ बस्ने वर्ष अं. २५ को धर्बेन्द्र महतोले बोकेको खैरो रङको झोलाबाट ७ किलो २०० ग्राम ला.औ. गाजाँ( प्लास्टिक सहित तौल गर्दा )फेला पारी उक्त ला.औ. सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी  जि.प्र.का. पठाई बसलाई गन्तब्य तर्फ पठाईएको,उक्त स्थान प्र.चौ रातोमाटेबाट अ.५० मि. पूर्व पर्ने ।

 

कर्तव्य ज्यान,

सुनसरी, ईटहरी उ.म.ना.पा.१२ मा डेरा गरी बस्ने जिल्ला खोटाङ ऐसलूखर्क गा.पा. १ बस्ने वर्ष ३० को सुमन दहालले आफ्नै श्रीमती वर्ष २५ की अनिसा भट्टराईलाई घरायसी बिवादको क्रममा कुटपिट हुँदा निज सुमन दाहालले काठको बटमले टाँउको, नाक र कानमा हानि घाईते बनाएको भने खबर प्र.चौ.खनारमा प्राप्त हुन साथ प्र.चौ.खनारबाट प्र.ना.नि.प्रलाद बोगटिको कमाण्डमा र इ.प्र.का.इटहरीबाट प्र.ना.उ.सुवास हमालको कमाण्डमा टोली खटिगई घाइतेलाई बिराट टिचिङ्ग अस्पताल बिराटनगरमा पठाएको, अवस्था बोल्न नसक्ने गम्भिर रहेको, निज घाईते अनिसा भट्टराईको उपचारको क्रममा ऐ.२१:१२ बजेको समयमा मृत्यु भएको भनि उक्त अस्पतालमा कार्यरत प्र.क. मार्फत जानकारी प्राप्त भएको, बटम प्रहार गर्ने सुमन दाहाल ई.प्र.का.इहटरीको नियन्त्रणमा, उक्त स्थान प्र.चौ.खनारबाट १०० मि. दक्षिण पर्ने ।

 

काठमाडौं,का.म.न.पा.२६ ठमेल बुद्धबार गल्ली स्थित HAPPY HOTEL अगाडी जि.मकवानपुर घर भई बालाजु मनमैजु बस्ने वर्ष २५ को सुरज तामाङलाई आकाश भन्ने निजको चिनजानकै साथीले धारिलो हतियार प्रहार गरी घाईते हुँदा उपचारको लागि बिर अस्पतालमा लगि उपचार भईरहेकोमा ऐ.१४ गते ००:२५ बजे डाक्टरद्धारा मृत्त घोषणा, हतियार प्रहार गर्ने व्यक्तिको खो.त.कार्य जारी प्रहरी वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, घटनास्थल प्रहरी वृत्त बालाजुबाट ८०० मि. पूर्व पर्ने ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।