प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०६।२५ गते ०५:०० बजे देखि ऐ २६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०६-२६

  • A
  • A-
  • A+
Share

शंकास्पद मृत्यु,

सुनसरी, रामधुनी न.पा.२ कर्मनिया टोल स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्र.१-०२-००४ ह ७८०४ नम्बरको सिटि सफारी चालक ऐ.बस्ने वर्ष अं.४५ को दिनेश कुमार चौधरी सिटीदेखि अं.२०० मिटर उत्तर साइटमा रगताम्य भई घोप्टो परेको अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.रामधुनीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निजको मृत्यु भइसकेको भन्ने बुझिएकोले जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पूरा गरी शव पो.मा.को लागि वि.पि.स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको, मृतकको बायाँ छातीको भागमा चोट देखिएको, थप अनुसन्धान भइरहेको,

 

काठमाडौं, का.म.न.पा.दक्षिणकाली न.पा.७ बैरे स्थित मृत अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.फर्पिङबाट प्र.नि.को कमाण्डमा ६ जना प्रहरी टोली खटी गई घटना स्थलमा पुगि बुझ्दा नामथर वतन नखुलेको अं.वर्ष ४० को जस्तो देखिने पुरुष ब्यक्ति ऐ.बस्ने मान कुमार के.सी.को धानखेतको बारिमा कोल्टे परेको अवस्थामा टाउकोमा घाउचोट शंकास्पद अबस्थामा रहेको फेला पारी शवको कानुनी प्रकृया भईरहेको, ऐ.१६:२० बजे (स्थानिय टेलिफोनबाट जनकारी प्राप्त) ।

 

प्र.क.मृत्यु,

अर्घाखाँची, मिति २०८२।०६।२३ गते ०८:४५ बजे जि.प्र.का.पाल्पा दरबन्दी भइ जि.प्र.का.अर्घाखाँचीमा कार्यरत (कम्प्युटर कोड नं.३०८५२५) वर्ष ५१ को प्र.ना.नि.लालमणि भट्टराई ऐ.०६:०० बजे देखि १२:०० बजे सम्म गाडी मोबाइल डिउटिको क्रममा अचानक ब्लड प्रेसर बढ्न गई बिरामी भइ उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क अर्धाखाँचीमा लगिएकोमा सामान्य उपचार पश्चात थप उपचार तथा सिटि स्क्यानको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुदै भैरहवा मेडिकल कलेज पठाएकोमा ऐ.२४ गते ११:५० बजे थप उपचारको लागि नेपाल प्रहरी अस्पताल महाराजगंजकाठमाण्डौ पठाई ऐ.२०:४० बजे न्युरो अस्पताल वाँसवारी काठमाण्डौ लगी उपचार भइरहेकोमा ऐ.२५ गते १०:३३ बजे उपचारको क्रममा मृत्यु भएको, शवको कानुनी प्रकृया पुरा गरी पो.मा.पश्चात सदगदको लागि मृतकका आफन्तले बुझी लगेको ।

 

माटोको ढिस्कोमा मानिस पुरीएको,

बारा, इलाका प्रहरी  कार्यालय  सिम्रौनगढ बारा(माटोको ढिस्कोमा मानिस पुरीएको  सम्बन्धी)मधेश प्रदेश;-मिति २०८२।०६।२५ गते अं. ०८:५० बजेको समयमा जिल्ला बारा सिम्रौनगढ नगरपालीका वडा ६ पानी टंकी नजिक  रहेको  इशरा पोखरीको डिलमा घर लिप पोत गर्नको  लागि  माटो खने क्रममा माटोको ढिस्कोमा मानिस पुरीएको छ भनि इलाका प्रहरी  कार्यालय  सिम्रौनगढ बारामा खबर प्राप्त हुनसाथ उक्त स्थानमा प्र.नि पवन पछाई (९८५५०९०६७५)को कमाण्डमा १४ जना  र सश्त्र प्रहरी बेश सिम्रौनगढ बारा बाट स.प्र.स.नि.को कमाण्डमा ७ जनाको   टोली खटी गएको , पुरीएको  ६ जना मानिहरुलाई  निकालि उपचारको लागि पठाएको अन्य बुझने कार्य भइ रहेको , उक्त स्थान  इलाका प्रहरी  कार्यालय  सिम्रौनगढ बारा बाट २ कि.मि.पुर्ब पर्ने अन्य बि.बि.पछि ।

थप टिपोट;-निम्न

१.     जिल्ला  बारा सिम्रौनगढ  नगरपालीका  ६ सानो इटवाल  बस्ने दशरथ महतोको  श्रीमती अं.बर्ष ७० की शारदा देवी महतो उपचारको लागी  प्रादेशिक अस्पताल कलैया लादै गर्दा बाटोमा नै  मृत्यु भएको लाश ऐ. अस्पतालमा  रहेको  ।

२.     जिल्ला बारा सिम्रौनगढ  नगरपलीका  ५ सानो इटवाल बस्ने राजेश्वर महतोको छोरा   अं.बर्ष १५ को  निरहुवा भन्ने सुनिल महतो लाई उपचारको  लागी कलैया  मेट्रो अस्पताल  पठाईएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको ।

३.     जिल्ला बारा सिम्रौनगढ  नगरपालीका  ६ सानो इटवाल बस्ने बिश्वनाथ महतोको  छोरा अं.बर्ष १४ को साजन  महतो सिम्रौनगढ कंकाली अस्पतालमा उपचार भई रहेको हात खुट्टामा चोट  अवस्था समान्य ।

४.     जिल्ला बारा सिम्रौनगढ  नगरपालीका वडा ५ सानो इटवाल बस्ने  राज किशोर महतोको छोरा अं.बर्ष १५ को  नितेश महतो  सिम्रौनगढ कंकाली अस्पतालमा उपचार भई रहेको  हात खुट्टा टाउको मा चोट अवस्था समान्य ।

५.     जिल्ला बारा सिम्रौनगढ  नगरपालीका  ६ अमरपुर  बस्ने सन्तोष  मुखीयाको  छोरा अं.बर्ष १८ को  गौतम  मुखिया  प्रादेशिक अस्पताल  कलैयामा उपचार  भई रहेको  हात खुटामा चोट  अवस्था  समान्य  ।

६.     जिल्ला बारा सिम्रौनगढ  नगरपालीका  ५ सानो इटवाल बस्ने बृजकिशोर महतोको  छोरी अं.बर्ष १४ की रानी कुमारी महतो सिम्रौनगढ कंकाली अस्पतालमा उपचार भई रहेको  बायाँ हात भाचेको  अवस्था मध्यम ।

७.     जिल्ला बारा सिम्रौनगढ  नगरपलीका  ५ सानो इटवाल बस्ने लक्षमी महतोको  छोरी अं.बर्ष १४ की सुशिला कुमारी  महतो धर्म नगर अस्पताल सिम्रौनगढ मा उपचार भई रहेको हात खुट्टामा चोट  अवस्था समान्य

८.     जिल्ला बारा सिम्रौनगढ  नगरपलीका  ५ सानो इटवाल बस्ने प्रभु शर्मा  छोरा   अं.बर्ष १५ को  राजा बाबु शर्मा ढाड र कम्मर मा चोट  सिम्रौनगढ धर्मनगर अस्पतालमा उपचार भई रहेको ।

 

सम्माननिय राष्ट्रपती बिरामी,

काठमाडौं, सम्माननिय राष्टपति ज्यु उपचारको लागी काठमाडौं जिल्ला स्थित टिचिङको मनमोहन अस्पतालको ७०१ नं बेड भर्ना भई उपचार भईरहेको, अवस्था स्वास  प्रश्वास समस्या बोल्न सक्ने ।

 

कैदी मृत्यु,

मोरङ, उर्लावारी न.पा.०६ घर भई जिल्ला कारागार मोरङमा मिति २०८१।०९।२९ गते देखि निरन्तर बन्दी सजाय भोगी रहेको लागु औषध मुद्दाको बन्दी वर्ष ५० को काजीमान सार्कीलाई प्रेसर कम र उल्टी हुने समस्या भएको कारण प्र.ह.को कमाण्डमा २ जनाको प्रहरी टोलीले कोशी अस्पताल बिराटनगर लगि इमर्जेन्सीमा भर्ना गरी उपचार भई रहेकोमा उपचारको क्रममा ऐ.१४:४० बजे मृत्यु भएको, शवको कानुनी प्रकृया पुरा गरी  ऐ.१७:४९ बजे शवको सदगदको लागि निजको आफन्तले बुझी लगेको ।

 

लागुऔषध

सुनसरी  धरान उ.म.न.पा.२० स्थित हरीयाली जंगलको कच्ची भित्री सडकखण्डमा इ.प्र.का.धरानबाट प्र.ना.उ.को कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ऐ.८ गुम्बा लाईन बस्ने वर्ष १९ को नलन तामाङले चलाएको को २८ प २४१० नं को स्कुटर पछाडी सवार ऐ.बस्ने वर्ष २१ को प्रकाश लिम्बुले बोकेको झोला भित्र लाऔ Tramol-50 (Tramadol Hydrochloride Capsule I.P) २७०० क्याप्सुल र नियन्त्रित औषधी Dicyclomine HCL Tablets 20 mg –२५१० ट्याप्लेट फेला परेको हुँदा उक्त ला.औ.र स्कुटर सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा राखिएको ।

 

संखुवासभा, मकालु गा.पा.५ नुम स्थित कोशी राजमार्गमा खाँदबारीबाट भोटखोला तर्फ जाँदै गरेको को १ ज ३१६९ नं.को बोलेरो गाडीमा गोप्य सुचनाको आधारमा प्र.चौ.नुमबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा चालकको सिट मुनि प्लास्टिकमा प्याक गरेको अवस्थामा अं.२८ ग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने लिसाईलो पदार्थ र तौलन मिल्ने डिजिटल तराजु जस्तो देखिने उपकरण थान १ समेत फेला परेकोले चालक जि.संखुवासभा भोटखोला गा.पा.४ बस्ने अं.वर्ष २८ को सुरेश तामाङलाई उक्त ला.औ.र गाडी सहित नियन्त्रणम लिई आ.अ. भइरहेको ।

 

रौतहट गुजरा न.पा.२ स्थित कटानी टोलमा जि.काठमाण्डौ काठमाण्डौ म.न.पा.१२ बौद्ध बस्ने केशव गुरुङको छोरा अं.वर्ष २० को  कोमन गुरुङ हराई  निजको मोबाईल लोकेशन ट्रेस गर्दै खो.त.गर्ने क्रमममा निज कोमन गुरुङ तथा निजको साथी जि.सिन्धुली मरिण गा.पा.५  बस्ने  कान्छा राम घलानको छोरा अं.  वर्ष २१ को मनिष घलान समेतलाई फेला पारी निज हरुलाई खानतलासी गर्दा मनिष घलानको साथबाट आइस चुरोटको बट्टाभित्र कालो पलास्टिकमा बेरी लुकाई छिपाई राखेको अवस्थामा ला.औ.ब्राउन सुगर जस्तो देखिने पदार्थ अं.९.३०० ग्राम फेला परेकोले उक्त ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.चपुरमा राखी आ.अ.भइरहेको, उक्त स्थान इ.प्र.का.चन्द्रनिगाहपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।