प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०७।०९ गते ०५:०० बजे देखि ऐ ०७।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०७-१०

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

पाँचथर,  मिक्लाजुङ गा.पा.८ भदौरे बस्ने अं.वर्ष ५२ को बखत सिंह  लिम्बुले मा.प.से.गरी आफ्नै छोरा अं.वर्ष १७ को सफल लिम्बुलाई आफ्नै घर पछाडि अं.१०० मिटर उत्तर-पूर्व बारीमा बसिरहेको अवस्थामा भरूवा बन्दुकले हान्दा दाहिने कुम, दाहिने कन्चट र छातीमा लागि घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी ऐ.१५:४० बजे  अ.प्र.पोष्ट दुर्दिम्बामा जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई बखत सिंह लिम्बुलाई भरूवा बन्दुक सहित नियन्त्रणमा लिई घटनास्थल सुरक्षित राखेको, थप अनुसन्धानको लागि इ.प्र.का.रबिबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको।

 

ज.ज.क.,

ओखलढुङ्गा, मिति २०८२।०७।०८ गते अं.२३:३० बजे मानेभञ्ज्याङ गाउँपालिका २ स्थित जाहेरवाला अ.वर्ष ७१ की महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका वडा नं.२ बस्ने अं.वर्ष ३५ को राजेन्द्र राईले ज.ज.क.उ.गरेको भनी पीडितले मिति २०८२।०७।०९ गते १८:०० बजे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा लिखित जाहेरी दिएकोले अ.प्र.पोष्ट केत्तुकेबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज प्रतिवादीलाई पक्राउ गरी नियन्त्रणमा लिई जि.प्र.का.ओखलढुङ्गामा राखिएको ।

 

मकवानपुर, हेटौडा उ.म.न.पा.१४ गठबन्धन  चोक बस्ने अं.वर्ष ११ की बालिका आफ्नै घरको बाहिर रहेको शौचालय गएकोमा नातीनी लामो समयसम्म नआए पछी हजुरआमाले खो.त.गर्ने क्रममा सोही शौचालयभित्र छिमेकी अं.वर्ष ३४ को पुरुषोत्तम तिमल्सिनासँगै नातिनीलाई देखेकोमा निजले बाल यौन दुर्व्यवहार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट मयुरधापबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पुरुषोत्तम तिमल्सिनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.पठाएको, बालिकालाई आवश्यक सोधपुछको लागि अविभावक सहित जि.प्र.का.पठाएको, पीडितको स्वास्थ्य अवस्था सामान्य रहेको, ।

 

चितवन, राप्ती न.पा.८ बडहरा स्थितमा रहेको पीडित सहयोग र पुनर्वास कार्यक्रम नामक संस्थामा अध्यनरत रही सोही संस्थाको कोठामा बस्दै आएकी जि.मकवानपुर मकवानपुरगढी गा.पा.६ घर भएकी वर्ष अं.११ की बालिकालाई जि.मकवानपुर राक्सिराङ गा.पा.१ घर भई हाल सोही सस्थामा अध्यनरत वर्ष अं.१९ को पुरुष व्यक्तिले ललाई फकाई गरी ज.ज.क गरेको भनी बालिकाको आमाले ऐ.१७:०० बजे इ.प्र.का.भण्डारामा किटानी जाहेरी मार्फत जानकारी गराउनसाथ इ.प्र.का.भण्डाराबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज पुरुष व्यक्तिलाइ नियन्त्रणमा लिइ आ.अ.भईरहेको ।

 

कास्की, मिति २०८२।०७।०८ गते अं.१२:०० बजे पोखरा म.न.पा. कोलामुढा बस्ने वर्ष ८१ को गञ्जसिंह गुरुङ्ले ऐ.बस्ने छिमेकी वर्ष ६ की बालिकालाई यौन दुर्व्यवहार गरेको भनी ऐ.८ गते १९:३० बजे बालिकाको आमाले मौखिक जानकारी गराउनासाथ  व.प्र.का.बगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज गञ्जसिंह गुरुङ्लाई नियन्त्रणमा लिई व.प्र.का.बगर ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

हातहतियार बरामद,

ललितपुर , महालक्ष्मी न.पा.५ टिकाथली स्थित राधाकृष्ण खानेपानी ट्याङकी नजिकै हनुमन्ते खोला किनारमा गोप्य सुचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटीएको सादा पोशाकमा र प्र.चौ.टिकाथलीबाट प्र.स.ह.को कमाण्डमा खटीएको संयुक्त टोलीले 55010501 नम्बरको १ थान टाइप 54 चाइनिज पेस्तोल म्याग्जिन सहितको ३ राउण्ड लोड गरेको अवस्थामा फेला परेकोले कानुनी प्रकृयाको लागि प्रहरी वृत्त सातदोबाटोबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बरामद गरी प्रहरी वृत्त सातदोबाटोमा राखिएको ।

 

प्र.क.मृत्यु,

पाल्पा, रिब्दिकोट गा.पा.३ खस्यौली घर भएका नेपाल प्रहरी बिशेष सुरक्षा गण सुनवल नवलपरासी(पश्चिम)दरबन्दी भई हाल नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाण्डौमा कार्यरत वर्ष २७ को ( क.कोड ४७९९३१) प्र.ज.धर्म थापा ऐ.०२ गते घर आएकोमा ऐ. ०९ गते अं.१३:०० बजे अचानक शरीर झम्झमाएको भनि उपचारको लागि युनाइटेड मिशन अस्पताल पाल्पा लगेकोमा ऐ.१३:५० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको ।

ला.औ.,

नवलपरासी पश्चिम , रामग्राम न.पा. ४ जितपुर स्थित ऐ.बस्ने राजेश मौर्यको पक्की घरमा कोठा भाडामा लिई बस्ने हाल सम्म नामथर, वतन नखुलेको पुरुष ब्यक्तिले ला.औ.लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा जि.प्र.का.नवलपरासीबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले  स्थानीयको रोहबरमा उक्त घरको कोठा भित्र खानतलासी गर्दा Diazepam (2ml ) लेखेको ७७५ एम्पुल, Phenagan (2ml) ७७५ एम्पुल, Buprenorphine (2ml) लेखिएको ७७५ एम्पुल, proxycospas १४७  क्याप्सुल लागु औषध फेला परेकोले थप अनुसन्धान तथा बरामदी मुचुल्काको लागि प्र.नि.को कमाण्डमा टोली खटी गई रित पूर्बक बरामदी मुचुल्का गरी निज फरार रहेको ब्यक्तिले प्रयोग गरेको ग २ प २७९१ नं. को मो.सा. र उक्त लागुऔषध जि.प्र.का.नवलपरासी पश्चिममा ल्याई थप अनुसन्धान भईरहेको, उक्त घरमा घरधनि नबस्ने, नामथर वतन नखुलेको भनिएको ब्यक्ति प्रहरी टोलीलाई देखि भागी फरार भएको, खो.त.कार्य भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।