प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०७।१२ गते ०५:०० बजे देखि ऐ १३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०७-१३

  • A
  • A-
  • A+
Share

हातहतियार बरामद,

पाँचथर, फिदिम न.पा. ७ फियाकदिन बस्ने भक्त बहादुर थेगिमको घरमा ऐ.ऐ. १३ फेजुम बस्ने शम्सेर नेम्वाङको छोरा वर्ष २८ को कृष्ण नेम्वाङ १ थान भरूवा बन्दुक सहित आई धाक धम्की दिएको भन्ने खबर अस्थाई प्रहरी चौकी रानिटार पाँचथरमा जानकारी प्राप्त हुनसाथ तत्काल प्रह को कमाण्डमा ४ जना प्रहरी टोली खटिगई निजलाई हतियार सहित नियन्त्रणमा लिई थप अनुसन्धान कानुनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिम तर्फ ल्याउने पहल भइरहेको ।

शीशु मृत्त फेला,

सप्तरी, धनगढी गा.पा.११ छपरारी बस्ने ओम प्रकाश साहको श्रीमती अनिता देवी साह बिगत ३ महिना देखि माइती घर जि.सप्तरी तिलाठी कोईलाडी गा.पा.५ कोबर्साइन बस्ने शिवम कुमार साहको घरमा बस्दै आएकोमा निजको छोरी दिन २० की अराध्या कुमारी साह २ दिन देखि रुघाखोकी लागी बिरामी भई स्थानिय मेडिकल जनहित बर्साइनमा सामान्य उपचार गराएकोमा आज बिहान निज नाबालिकालाई थप उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरी ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको र लाश घरमा ल्याई राखिएको भनि ऐ. १३:५५ बजेको समयमा जानकारी प्राप्त हुन साथ उक्त स्थानमा प्र.चौ.कोबर्साइन सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगएको र थप अनुसन्धानको लागी तालुक जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोलि खटिगएको ।

 

नवजात शिशु मृत्यु,

प्युठान, झिमरुक गा.पा.४ म्याउरे खोला बस्ने बिष्णु नेपालीको श्रीमती बर्ष अं.३५ की फुट्की भन्ने गिता नेपालीले घरमै बच्चा जन्माई ऐ.५ ओखरकोट स्वास्थ्य चौकी ढाँडा प्युठानमा चेकजाँच गर्दा मृत अवस्थामा छ भनि निजहरुले उक्त बच्चा घरमा ल्याई राखेको भनि ऐ.१८:०० बजेको समयमा स्थानिय टंक बहादुर सार्कीले इ.प्र.का.ओखरकोट प्युठानमा जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.प्युठानबाट प्र.ना.नि.को कमाण्डमा ४ जनाको टोली र थप अनुसन्धानको लागि जि.प्र.का.प्युठानबाट प्र.नि को कमाण्डमा SOCO सहित ५ जनाको टोली खटि गएको,उक्त स्थानमा इ.प्र.का.ओखरकोट प्युठानबाट अ. ७ कि.मि.पुर्व पर्ने । थप अपडेट:- ऐ. २१:१५ बजेको समयमा उक्त मृतक बच्चाको लास पो.मा.को लागि जिल्ला अस्पताल बिजुवार प्युठान तर्फ पठाइएको ।

 

लेक लागी मृत्यू,

मनाङ, नार्पाभुमी गा.पा.५ स्थित हिमलुङ हिमाल आरोहण गर्न आएका अस्ट्रेलियन नागरिक (पा.पो.नं. PA7268128) वर्ष ४९ को (पुरुष) CHAN CHIN TARK हिमालबाट फर्कने क्रममा सोही हिमालको ६१०० मिटरको उचाईमा मृत्यु भएको भन्ने खबर ऐ. १९;१० बजेको समयमा स्थानियद्वारा टे.फो. मार्फत जानकारी प्राप्त, मौषम खराबिका कारण उद्दार हुन नसकेको, निजसंगै आएका अन्य ४जना पर्यटक सकुसल गन्तव्य तर्फ गएको ।

 

बिदेशी नागरीकको मृत्यु,

काठमाण्डौ, मिति २०८२।०७।०९ गते अं.०४:०० बजे देखी का.म.न.पा.१७ स्थित केबि गुरुङ (९८५१०५७३१२) ले सन्चालन गेरको बुटिक होटलमा बस्दै आएको बङ्गला देश घर हुने वर्ष अं.६९ को Md Serajul Haque (passport no. A11401013) मिति २०८२।०७।१२ गते ०७:०० बजे एकासी बिरामी भई तत्काल उपचारको लागी क्षेत्रपाटी स्थित छेत्रपाटी निःशुल्क अस्पताल लगी उपचार भईरहेकोमा ऐ.०८:४५ बजे उपचारको क्रम्मा मृत्यु भएको, साथी अब्दुल करिम (९८२००३२४५२) साथमा रहेको, बृत्त लैनचौरबाट प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिई लासजाँच तथा अन्य अ.अ.कार्य भईरहेको,

 

ला.औ.,

कञ्चनपुर, आज मिति २०८२/७/१२ गते अ.०३;३० बजेको समयमा जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.३ पिप्लाडि रोड स्थित इ.प्र.का.झलारी बाट प्र.नि राजेश बस्नेतको(९८५८७८४४९६) कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलिले चेक जाच गर्ने क्रममा ऐ.ऐ.बस्ने बर्स अ.२२ को राकेश डगौराले आफुले लगाएको पाइन्टको खल्तिमा लुकाइ छिपाइ गरी राखेको शुद्द तेौल ८४ ग्राम लागु पदार्थ (चरेश) फेला पारी बरामद गरी निज राकेश डगौरा समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि इ.प्र.का.झलारीमा ल्याइ राखिएको,

 

झापा, कमल गा.पा. वडा नं. ०५ मंगलबारे बस्ने बिष्णु राजवंशीको घरमा लागूऔषध बिक्री बितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा इप्रका दमकबाट प्रहरी हवल्दार राजकुमार श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले बिष्णु राजबंशीको घर कोठाबाट प्रतिबन्धित लागूऔषध Tramadol Hydrochlorides Capsules I.P. लेखिएको ८० पत्तामा जम्मा ८०० (आठ सय) क्याप्सुल, SPASPAIN लेखिएको जम्मा ३० पत्तामा ३०० (तीन सय) ट्याबलेट, र Dicyclomine Tablet 20 mg लेखिएको ५० पत्तामा जम्मा ५०० (पाँच सय) ट्याबलेट,सहित निम्न स्थान बस्ने निम्न मानिस र प्रतिबन्धित लागूऔषध बेचबिखन गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई इप्रका दमक ल्याई थप अनुसन्धान भईरहेको उक्त स्थान इप्रका दमकबाट अन्दाजी ५ किमि पुर्व दक्षिण पर्ने । निम्न - १)जिल्ला झापा कमल गाउँपालिका वडा नं. ०५ बस्ने नारायण सिंह राजबंशीको छोरा बर्ष २७ को बिष्णु राजबंशी । २)ऐ. कमल गा.पा. वडा नं. ०३ भीम बहादुर तामाङको छोरा बर्ष २२ को मौसम तामाङ । ३)ऐ. वडा नं. ०१ बस्ने ईन्द्र जगेबुको छोरा बर्ष १८ को सावन जगेबु । ४)ऐ. शिवसताक्षी न.पा. वडा नं. ११ बस्ने ईन्द्र बर्देवाको छोरा बर्ष २१ को रुस्तम बर्देवा । ५)ऐ. बस्ने संजिब मगरको छोरा बर्ष १९ को रुचल मगर ।

 

कास्की, पोखरा म. न. पा. १७ छोरेपाटन स्थित पैदल हिडेको अवस्थामा जिल्ला कास्की पोखरा १८ बस्ने बर्ष ३१ को सुदिप बि.क. र पोखरा म.न.पा. १२ माटेपानी बस्ने बर्ष २२ को राहुल मगरलाई जि.प्र.का. कास्कीबाट प्र.नि. र लागुऔषध व्यूरोबाट प्र.ना.नि. को कमाण्डमा खटि गएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुले फाईबरको झोला भित्र लुकाई छिपाई राखेको ला.औ. डाईजापाम १४९ एम्पुल, फेनेरागन १४७ एम्पुल, नुर्फिन १४७ एम्पुल गरी जम्मा ४४३ एम्पुल ला.औ.सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.कास्की ल्याई राखिएको,

 

बाँके, नेपालगंज उ.म.न.पा.१३ रोयल क्याफेमा ला.औ.कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलिले जि.बाँके नेपालगंज उ.म.न.पा.९ बस्ने वर्ष ३८ को चाँद अलि शेष र ऐ. बस्ने वर्ष ३१ को बब्लु शेष लाई संका लागी चेकजाचँ गर्दा चाँद अलि शेषले लगाएको पातलो ज्याकेटको दायाँ खल्तिमा लुकाई छिपाई राखेको ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्द तौल ४९ ग्राम ५१० मि.ग्रा. सहित निज दुबैलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी जि.प्र.का.बाँकेमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।