प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०७।१ ७ गते ०५:०० बजे देखि ऐ ०७।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०७-१८

  • A
  • A-
  • A+
Share

प्र.क.मृत्यु,

कास्की, मादी गा.पा.९ गोर्जे घर भई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग अंगरक्षक गण त्रिपुरेश्वरमा कार्यरत वर्ष ३१ को प्र.स.नि.सुदिप अधिकारी विगत १ वर्ष अगाडिबाट क्यान्सरको बिरामी भई मिति २०८२।०७।१६ गते काठमाण्डौबाट घरमा ल्याएकोमा स्वास्थ्यमा समस्या आई उपचारको लागि ऐ.१७ गते १०:०० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको भनी दाई उदय अधिकारी मार्फत जि.प्र.का. कास्कीमा जानकारी प्राप्त, शव सोही अस्पतालमा रहेको ।

 

कर्तव्य ज्यान,

सप्तरी, मिति २०८२।०७।११ गते अं.१२:१५ बजे जि.सप्तरी सुरङगा न.पा.३ भुसिमहुलिया स्थित माइतिघरमा बस्दै आएकी श्रीमती अं.वर्ष ३५ की सुनिता सदालाई श्रीमान जि.सिरहा मिर्चैया न.पा.१० बस्ने अं.वर्ष ४० को रतन सदाले घरायसी विवादको कारण टाउको माथि बन्चरो प्रहार गरी गम्भीर घाइते बनाई उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहा तर्फ पठाई सामान्य उपचार पश्चात ऐ.१७:३० बजे थप उपचारको लागि धरान तर्फ पठाइएकोमा ऐ.१६ गते पैसाको अभावको कारण उपचार गर्न नसकि घोपा अस्पताल धरानबाट घर पठाएकोमा ऐ.१७ गते १८:०० बजे जि.सिरहा मिर्चैया न.पा.१० मटलेश्वर स्थित आफ्नै घरमा मृत्यु भएको, शव घरमै रहेको भनि निजको नातामा भाउजु पर्ने बिचारी सदाले ऐ.१९;३० बजे जानकारी गराउनासाथ प्र.नि.को.कमाण्डमा टोली खटी गई ऐ.२१:१५ बजे कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागी प्रादेशिक अस्पताल लहान पठाईएको, मृतकको श्रीमान रतन सदा र बन्चरो इ.प्र.का.कडरबोना सप्तरीको नियन्त्रणमा रहेको ।

 

हिँउ पहिरोबाट मानिस मृत्यु ( फुटकर ज्यान),

दोलखा, मिति २०८२।०७।११ गते गाइड तथा बिदेशी नागरिक समेत गरी अं.१५ जना गौरीशंकर गा.पा.९ स्थित “यलुङ रि” हिमाल (५६३० मि.) मा आरोहणको लागि गएकोमा ऐ.१७ गते ०९:०० बजे आरोहण गर्ने क्रममा ऐ.१०:३० बजे हिँउ पहिरोमा परी ३ जनाको मृत्यु (पदम तामाङ, नेपाली (गाईड), Carole Fuchs, France (female) र Mayor karki, Nepali (Male)), ४ जना बेपत्ता र ५ जना नेपाली घाइते रहेको, (हाल नाम खुलेको  बेपत्ताहरु: Paslo Cocco Italian (male), Marco Di Marcello, Canadian (Male), Manfredi Christian Andre, France (Male ) र Thaon Isabelle Solange, France (Female) स्थानीयको भनाई अनुसार घाईते ५ जना ऐलुङ क्याम्पमा आई बसेको भन्ने खबर प्र.चौ.रोल्वालिङमा प्राप्त भएको, रेस्क्युको लागि हेलीको पहल भएको, खराब मौसम भएकोले आज जान नसक्ने, इ.प्र.का.लामाबगरबाट प्र.ह.को कमाण्डमा, स.प्र.बल बेश लामाबगरबाट स.प्र.नि.को कमाण्डमा, नेपाली सेनाको लप्टनको कमाण्डमा गरी जम्मा ४८ जना टोली घटनास्थल तर्फ ऐ.१६:४५ बजे गएकोमा ऐ.२०:०० बजे ४८ जनाको टोली गौरीशंकर गा.पा.०९ रिकु स्थित हाई हिमाल हाईड्रोपावरको क्याम्पमा रात्री मुकाम  रहेको, घटनास्थल पुग्न पैदल २ दिन लाग्ने, प्रहरी घटनास्थलमा पुग्न नसकेको कारण एकिन विवरण आउन नसकेको, प्रहरी पुगिसके पश्चात एकिन विवरण समेत आउने ।

 

ज.ज.क.,

भक्तपुर, चागुनारायण न.पा.३ झौखेल स्थितमा जि.सिन्धुली गोलन्जोर गा.पा २ घर भई ऐ.बस्ने वर्ष २१ को सन्तोष भुजेल प्रतिवादीको कोठामा जाहेरवालाको छोरी वर्ष १३ की बालिकालाई ऐ.०७।१७ गते १३:०० बजे प्रतिवादीले ज.ज.क.गरेको भनि निजलाई प्र.वृत्त ठिमीबाट खटी गएको प्र.ब.ना.नि.को टोलीले नियन्त्रणमा लिई प्र.परिसर भक्तपुरमा ल्याई राखिएको, अनुसन्धान कार्य भईरहेको ।

 

गोली प्रहार बाट घाईते,

रूपन्देही, सिद्धार्थनगर न.पा. ५ निर्माणा होटल अगाडी निर्माणा होटल परिसरबाट लुम्बिनी प्रदेश०१-००८ प ६९४७ नं. को मो.सा.मा बाहिर निस्कदै गरेको मो.सा.चालक जि.रुपन्देही सिद्धार्थनगर न.पा.३ दरखसवा बस्ने बर्ष ३२ को संजय गुप्तालाई सोही होटलको गेट अगाडि बसेका २ जना नामथर वतन नखुलेका भारतिय मुलको जस्तो देखिने बर्षं.अं.२८।३० का जस्ता देखिने पुरुष ब्यक्तिले  निज संजय गुप्ता चढेको मो.सा.लडाई निजलाई कुटपिट गर्न खोजेको र निज भाग्न लाग्दा पेस्तोल जस्तो देखिने हतियारबाट प्रहार गर्दा निज संजय गुप्तालाई नलागी जि.रुपन्देही बुटवल उ.म.न.पा. १५ चम्किपुर घर भई सोही निर्माणा होटल परिसरमा रहेको स्टार क्यासिनोमा सेक्युरेटि गार्डको काम गर्ने बर्ष अं. २७ को मिन बहादुर परियारको दाहिने खुट्टाको साँप्रामा (छाला मासुमा मा मात्र चोट ) लाग्न जाँदा निज घाईते उपचारको लागी भिम अस्पताल भैरहवामा पठाएको भन्ने खबर ऐ. ०१:३० बजे प्राप्त हुनासाथ तत्काल  उक्त स्थानमा प्र.उ. प्रदिप बहादुर क्षेत्री को कमाण्डमा टोली खटिईगई रुपन्देही मातहत तथा सबै बोर्डर एरिया ब्लक गरी चेजजाँच भईरहेको १५० जना प्रहरी परिचालन भएको, निज घाईते उपचार पश्चात ऐ.०२:१५ बजे डिस्चार्ज भई जि.प्र.का.रुपन्देहीमा रहेको, प्रहार गर्ने ब्यक्ति भागी फरार भएको, निज संजय गुप्ता तथा निज सवार मो.सा.लाई समेत नियन्त्रणमा लिई सोधपुछ भईरहेको, उक्त घटनाको अनुसन्धानको लागी १७ जना मानिस नियन्रणमा लिई आवश्यक सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको ।

 

अपहरण,

ललितपुर, मिति २०८२।०७।१६ गते अं.०५:०० बजे जि.अछाम मंगलसेन न.पा.१४ घर भई ललितपुर म.न.पा.४ धोविघाट बस्ने वर्ष १७ को कमल लुहार (निष्ट कलेज बालकुमारीमा कक्षा ११ मा पढ्ने) स्कुल गएकोमा ऐ.१३:०० बजे देखि ऐ.१७ गते २२:५० बजेसम्म सम्पर्क विहिन भएको र निजको गर्लफ्रेण्ड अनिता तिरुवाको नम्बर हवाटसपमा कोठामा कटु मात्र लगाएको फोटो पठाएको र पैसा दिन्छस कि तेरो मान्छेलाई मारीदिउँ भनि निज कमल लुहारकै नम्बरबाट मेसेज गरेको भनि निजको भिनाजु अशोक बि.क.ले ऐ.२३:५० बजे जि.प्रहरी परिसर ललितपुरमा आई जानकारी दिएको, ऐ.१८ गते ००:०० बजेको लोकेशन हेर्दा किर्तिपुर पाँगा देखाएकोले प्र.वृत किर्तिपुरमा समन्वय गरी पीडितलाई किर्तिपुर पठाईएको ।

 

ला.औ.,

सुनसरी, कोशी गा.पा.१ लौकही बजार स्थितमा जि.प्र.का.सुनसरीबाट प्र.ह.को कमाण्डमा सादा पोशाकमा खटी गएको टोलीले दक्षिणबाट उत्तर तर्फ पैदल  आउँदै गरेको जि.धादिङ थाक्रे गा.पा.६ बस्ने अं.वर्ष ३० को बिष्णु अधिकारीलाई शंका लागि चेकजाँच गर्दा निजले मलद्वारको भित्री भागमा चेपि लुकाई छिपाई राखेको अवस्थामा कालो प्लाष्टिकको पोका फेला पारी पोका खोली हेर्दा ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ ला.औ.शुद्ध तौल ९ ग्राम ९४० मिलि ग्राम सहित मानिस नियन्त्रणमा लिई इ.प्र.का.लौकही सुनसरीमा राखेको ।

 

झापा, मेचीनगर न.पा.६ मेचिपुल स्थितमा ला.औ.नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले देश भारतबाट नेपालतर्फ पैदल आउदै गरेको जि.नुवाकोट किस्पाङ गा.पा.३ बस्ने वर्ष २७ को राम बहादुर तामाङलाई शंका लागी चेकजाँज गर्ने क्रममा निजको साथबाट ला.औ.(खैरो हेरोईन) जस्तो देखिने लिसाईलो पदार्थ फेला परेकोले उक्त ला.औ.(खैरो हेरोईन) जस्तो देखिने पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा प्लाष्टिक सहित १९ ग्राम ३८० मिलिग्राम, प्लाष्टिक बाहेक १७ ग्राम २०० मिलिग्राम ला.औ.भएको हुँदा निजलाई ला.औ.सहित नियन्त्रण लिई कारवाहीको लागी इ.प्र.का. काँकरभिट्टामा ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।