प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०७।१८ गते ०५:०० बजे देखि ऐ ०७।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०७-१९

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

न.प.पश्चिम ,सुनवल न.पा. १३ घ्युडल्ला स्थित ऐ. बस्ने वर्ष ५५ की भिमकला थापा आफ्नै घर देखी अं.३० मिटर छेउमा रहेको छिमेकी ईश्वरी न्यौपानेको घरमा गई टमाटर मागी लिई फर्कने क्रममा सोही घरको गेटबाट निस्कदै गर्दा निज भिमकला थापालाई निजकै श्रीमान वर्ष ६२ को खड्का बहादुर थापाले अचानक खुर्पा (हसिया) प्रहार गर्दा गर्धन, ढाडमा लागि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.बिट भुमही र इ.प्र.का.सुनवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि लुम्बिनी सि.टि.अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा ऐ.१०:५० बजे मृत्यु भएको, शवको कानुनी प्रकृया पूरा गरी पो.मा.को लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको, खुर्पा र खुर्पा प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको।

 

तनहुँ, बन्दीपुर गा.पा.५ बाहुन भञ्याङ स्थितमा ऐ.बस्ने बर्ष ७० को खिम ब.गुरुङ र ऐ.बस्ने वर्ष ५८ को खुसीमान गुरुङ मा.प.से. गरी झै-झगडा गर्दा खुसीमान गुरुङलाई चिरपटले टाउकोमा हानी घाइते बनाएकोमा उपचारको लागि बन्दीपुर अस्पताल तनहुँ ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाएकोमा उपचारको क्रममा ऐ.२२:५५ बजे डक्टर द्धारा मृत घोषणा गरेको, शव गण्डकी अस्पताल पोखराको शव गृहमा राखीएको, कुटपिट गरी कर्तव्य गर्ने खिम ब.गुरुङ इ. प्र.का बन्दीपुरको नियन्त्रणमा रहेको,  घटनास्थलमा इ.प्र.का.बन्दीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको

 

हतकडी सहित मानिस फरार,

बाँके, कोहलपुर न.पा १५ चन्नहवा स्थितमा ला.औ सेवन तथा बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ हवल्दारपुरबाट प्र.स.नि को कमाण्डमा टोली खटी गई ऐ.बस्ने वर्ष ३२ को करण थारु लगायत ३  जनालाई शंका लागि चेक जाच गर्दा ला.औ ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४ क्वाटर  फेला पारी निजहरुलाई नियन्त्रणमा लिई हतकडी लगाउने क्रममा निजहरुले खटिएको प्र.क. माथी हातपात  तथा धकेला धकेल गर्दा संचार हेन्डसेट समेत खसी बिग्रीएको र १ थान हतकडी समेत लिई तिनै जना व्यक्तिहरु फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का कोहलपुर बाँकेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको खो.त.भईरहेकोमा ऐ.१६:०० बजे अ.प्र.चौ.हवल्दारपुरबाट प्र.स.नि.र इ.प्र.का कोहलपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले फरार ब्यक्तिहरुको खो.त. गर्दै  जाँदा ऐ. कोहलपुर न.पा.१५ हिक्मतपुर स्थित रहेको मसलाघारी जंगलमा हतकडी फालेको अवस्थामा फेला परेको, बरामद भएको ला.औ ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४ क्वाटरको प्लाष्टिक सहित तौल गर्दा २८० मिलिग्राम र शुद्ध तौल गर्दा १६० मिलिग्राम रहेको, फरार ब्यक्तिको खो.त भइरहेको,

 

कैदी मृत्यु,

काठमाडौं, मिति २०७९।११।२५ गते रौतहट जिल्ला कारागार दाखिला भई जि.रौतहट, मौलापुर न.पा.९ स्थायी वतन भएका वर्ष ७५ को क.ज्यान मुद्दाका कैदी  उमत राय यादव २०८२/७/१८ गते बिरामी भई जिल्ला कारागार रौतहटबाट थप उपचारका लागि का.जि.का.म.न.पा.११ जगन्नाथदेवल स्थित सेन्टर बन्दी सुधार गृह ल्याई ऐ. केन्द्रीय कारागार अस्पताल लगेकोमा निजको ऐ.०८२।०७।१८ गते अं.१४:४० बजे मृत्यु भएको ।

 

भवितव्य मृत्यु,

मोरङ, उपचारको क्रममा मानिस मृत्यु मोरङ १८ गते २०४० बजे उर्लाबारी नपा ४ थापाडाँगीस्थित होटल सिमसारको कोठा नं.२०६ मा बसेकी ऐ.बस्ने बर्ष २०/२२ कि डोल्मा तामाङ अचेत अवस्थामा छ भनि संगै बसेको निजको साथी सुस्मिता कार्कीले  इप्रका उर्लाबारीमा जानकारी गराउन साथ प्रनानि चुडामणी पौडेल (९८५२०९११४८) को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिगई स्थानिय जनप्रतिनिधिको रोहवरमा उद्धार गरी उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा पठाएकोमा, ऐ.२२३० बजे निज महिलाको उपचारको क्रममा मृत्यु भएको मृतक लाश सोहि अस्पतालको शव गृहमा रहेको निजको नाम डोल्मा तामाङ नभई सुस्मिता दर्जी रहेको निजको आफन्तबाट खुल्न आएको मृतक संगै बसेका निजका साथीहरू बजार घुम्न भनि गएका र घुमेर आउदा अचेत अवस्थामा देखी खबर गरेको बुझीएको हुदा निज मृतक संगै कोठामा बस्दै आएका जिल्ला सुनसरी ईटहरी उमनपा गौशाला बस्ने वर्ष-२२ की  सुस्मिता कार्की र जिल्ला मोरङ लेटाङ नपा-९ बस्ने वर्ष-२३ की अनुषा राईलाई अनुसन्धानको लागी इप्रका उर्लाबारीको नियन्त्रणमा राखिएको ।

 

विदेशी नागरिक मृत्यु,

गोरखा, थप अपडेट:-मिति २०८२।०७।०१ गते साम्दोबाट जिल्ला गोरखा चुमनुब्री गा.पा.०१ पाङबोचे स्थित ताजुङ तभञ्याङ नाका जाने बाटोमा पर्ने पाङ बारी पिक हिमालमा चढ्नको लागि Sherpa Alpine Trekking Service KTM बाट मिति २०८२।०६।२९ गते सामागाउँ गोरखा आएका १० जना इटालियन नागरिक मध्ये ३ जना इटालियन नागरिक र नेपाली (पोटर र गाइड) ३ जना  हिमाल चढ्ने क्रममा Camp-1 मा १ जना इटालियन नगारिक, ३ जना नेपाली नगारिक  र Camp- 4 मा २ जना  ईटालियन नागरिक गरी जम्मा ३ जना इटालियन नागरिक र ३ जना नेपाली रहेको भनि मिति २०८२।०७।१२ गते अ. २०:०० बजे प्रहरी चौकी सामागाउँ गोरखामा खबर प्राप्त हुनासाथ उद्धारको लागि कैलाश ऐयरको  हे.क.संग समन्वयन भएको, बाँकी ७ जना ईटालियन नागरिक लार्के पास भई मनाङ तर्फ गएको ऐ.१८ गते १०:३० बजे ३ जना शेर्पा र १ जना ईटालियन नागरिकले खो.त. गर्ने क्रममा CAMP - 4  मा रहेको दुई जना पासपोर्ट नं. YB6264888 बर्ष ६७ को Stefano Farronato, पासपोर्ट नं. YB9422979 बर्ष ३७ को Alessandro Gaputo का ईटालियन नागरिक हिउले पुरेको अवस्थामा मृत फेला पारी दुवै शव कैलाश ऐयरको हे.क. द्वारा चुमनुब्री गा.पा. १ सामागाउँ स्थित हेलिप्याडमा ल्याई राखिएकोमा थप अनुसन्धानको लागि इ.प्र.का.आरूघाटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसम्धान कार्य भईरहेको,

 

नवजात शिशु मृत फेला,

धादिङ, बेनिघाट रोराङ गा.पा.४ हरेलडाँडा स्थित महारुद्र सामुदायिक बनको खोल्सामा हरियो लुङ्गिले बेरेको रातो निलो जेब्रा झोला भित्र नवजात शिशु मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.मलेखुबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.गजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी मुचुल्का कार्य समाप्त पश्चात पो.मा.को लागि प्र.स्वा.के.गजुरी पठाएकोमा ऐ.२१:०० बजेको समयमा प्र.स्वा.के.गजुरीमा ईएको, सडिगलेको अवस्थामा रहेकोले लिङ्ग पहिचान हुन नसकेको, थप अनुसन्धान कर्य भइरहेको,

 

लेक लागि मृत्यु,

मनाङ, ङिस्याङ गा.पा.६ लेदर स्थितमा याकखर्क देखी थोरोङला पासको लागि हिँडेको भारतीय नागरिक PINTU MUKHERJEE नाम गरेको उमेर नखुलेको पुरुष व्यक्तिको लेक लागि मृत्यु भएको, शव घटनास्थलमै रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट माथिल्लो मनाङ र जि.प्र.का.मनाङ चामेबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, साथमा आएका अन्य ४ जना सकुशल रहेको

 

ला.औ.,

चितवन, रत्ननगर न.पा.१४ आदर्श टोल स्थितमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले ऐ.रत्ननगर न.पा.१४ बस्ने वर्ष ३४ को राजेश गुरुङको सथबाट ५०० ग्राम लागु औषध गाँजा फेला पारी उक्र ला.औ.सहित निज राजेश गुरुङलाई समेत नियन्त्रणमा लिई इ.प्र.का.रत्ननगर टाँडी राखिएको

 

झापा, भद्रपुर न.पा.५ मेचिबिट स्थितमा व.प्र.का.भद्रपुरबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री जि. झापा बिर्तामोड न.पा.३ बिर्ताबजार बस्ने अं.वर्ष २१ को राजु माझीलाई शंका लागि चेकजाँच गर्दा निजले मलद्धार भित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक  सहित तौल गर्दा ८ ग्राम २६०मिलिग्राम र  शुद्ध तौल गर्दा  ७ ग्राम २६० मिलिग्राम सहित  निजलाई नियन्त्रणमा लिई व.प्र.का.भद्रपुरमा ल्याई थप अनुसन्धानको लागि जि.प्र.का.झापा पठाएको,

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।