प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०७।१९ गते ०५:०० बजे देखि ऐ ०७।२० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०७-२०

  • A
  • A-
  • A+
Share

शंकास्पद मृत्यु (फुटकर ज्यान),

ललितपुर, ललितपुर म.न.पा.२४ धापाखेल निर्माणाधिन हाउजिङको भुँइ तलाको शौचालयको चेपमा देश भारत बिहार घर भई हाल जि.ललितपुर म.न.पा.२३ हात्तीवन बस्ने वर्ष ४५ को इन्द्रदेव कुमारलाई हात खुट्टा र मुखमा गलबन्दीले बाँधेर फालेको अवस्थामा मृत फेला परेको  भन्ने खबर प्राप्त हुनासाथ प्रभाग धापाखेलबाट प्र.स.नि. र जिल्ला प्रहरी परिसरबाट प्र.ब.उ. र वृत्त सातदोबाटोबाट प्र.ना.उ.को कामण्डमा टोली खटी गई घटनास्थल मुचुल्का कार्य पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाएको,शंकास्पद ३ जना पुरुष व्यक्तिहरु प्रहरीको नियन्त्रणमा, । १. जिल्ला बारा आदर्श कोटवाल गाउपालिका ०१ घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका २४ हाउजिङमा लेवर काम गरी बस्ने बर्ष ३५ को निरगुन शाहकानु । २. ऐ.ऐ स्थान घर भइ बस्ने बर्ष १९ को सुवास शाह । ३. ऐ.ऐ स्थान बस्ने बर्ष १८ को जयराम शाह ।

 

हा.ह.बरामद,

झापा, विर्तामोड न.पा.६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा हतियार रहेको भन्ने खबर ऐ. वस्ने तारा निधी मिश्रले इ.प्र.का.अनारमनिमा जानकारी गराउन साथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हेर्दा ०३११००८७२ नं. को इन्सास हतियार थान १, ऐ.को म्याग्जिन थान-१, ऐ. को राउण्ड १९ सावुत र २ राउण्ड वेसावुत फेला पारी इ.प्र.का.अनारमनि लगि राखिएको र उक्त हतियार जेन-जी आन्दोलनको क्रममा इ.प्र.का.अनारमनिबाटै लुटिएको रेकर्डबाट देखिएको ।

 

पर्सा, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट स.प्र.ना.उ.को कमाण्डमा ९ जना र भारतीय समकक्षी SSB 47 BATTALION A COMPANY  HEADQUARTERS PANTOKA बाट AC Sachin Singh को कमाण्डमा ५ जनाको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा नेपाल तर्फ जि.पर्सा वीरगञ्ज म.न.पा.१६, इनर्वा र भारत तर्फ जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत १, अहिर्वा स्थित सानो सीमा स्तम्भ नं ३९०/२२ नजिकै (अन्दाजी १५ मिटर) नेपालतर्फ वीरगञ्ज म.न.पा. ५ कुमाल टोल घर बताउने अं.वर्ष १८ को सुमित कुमार मण्डल र जि.बारा जितपुर सिमरा उ.म.न.पा.७ बस्ने अन्दाजी वर्ष २८ को संजय कुमार साह कलवार झाडीमा लठ्ठ अवस्थामा लुकी छिपी बसेको अवस्थामा निजहरु बसेको स्थानमा बोरा भित्र कटुवा पेस्तोल थान १ फेला पारी ऐ.१७:५० बजे जि.प्र.का.मा ल्याएकोमा निज वर्ष २८ को संजय कुमार साह कलवारको मुखबाट सेतो फिज (तरल पदार्थ निस्किएकोले) उपचारको लागि नारायणी अस्पताल पर्सामा लगिएको अवस्था अचेत रहेकोमा हाल होस आई निजको उपचार भईरहेको ।

 

काठमाडौं, का.जि.तारकेश्वर न.पा.११ मनमैजु लोकतान्त्रिक चोक नजिक मिति २०८२।०५।२४ गते जेन्जी आन्दोलनको क्रममा लुटपाट भएको हात-हतियार,गोली गठ्ठा सहितको मानिस भन्ने गोप्य सुचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखाबाट प्र.नि.को कमाण्डमा  खटी गई लिला देवी श्रेष्ठको घरमा कोठा भाडा लिई जि.कैलाली टिकापुर न.पा.१ घर भई हाल ऐ.११ मनमैजु लोकतान्त्रिक चोक नजिक बस्ने वर्ष २३ को शिवराज धमलाले लुकाई छिपाई राखेको अवस्थामा ईन्सास राईफल नाल-१ ऐ.म्याग्जीन थान-१,सर्टगन नाल-१,चाईनिज पेस्तोल (Type-54) नाल-१,ऐ.म्याग्जीन थान-३,राईफलमा प्रयोग हुने रबर राउण्ड-२०,सहित निजलाई  नियन्त्रणमा लिई थप अनुसन्धानको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखा लम्याई राखिएको ।

 

विदेशी नागरिक मृत्यु,

काठमाडौं, म.न.पा.६ रामहिटी स्थित डोला लामा (९८०८७३६१८६) को ४ तल्ले घरको भुई तलामा डेरा कोठा गरी बस्ने चिन देशको नागरिक पासपोर्ट नम्बर EP-3873178 भएको वर्ष ८२ को YE. WENHUA नामको पुरुष व्यक्ति आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वृत्त बौद्वबाट प्र.नि. को कमाण्डमा प्रहरी टोली खटी गई आ.अ.भईरहेको ।

 

कैदी मृत्यु,

कास्की, पोखरा म.न.पा.२७ रिठ्ठेपानी घर भई बिगत ७ वर्ष देखी जि.कास्की पोखरा म.न.पा.७ पार्दी स्थित रहेको कारागार कार्यालय कास्कीमा कर्तव्य ज्यान मुद्धा सजाय भुक्तान गर्दै आएको कैदी वर्ष ७० को कमल ब. कुमाल अचानक ढली बेहोस (निज छाँती दुख्ने सम्बन्धी दीर्घ रोगी) भई सुरक्षार्थमा कारागार कार्यालय कास्कीबाट प्र.ब.ह.को कमाण्डमा  उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगि उपचार भईरहेकोमा ऐ.१९:४५ बजे उपचारको क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,आफन्तलाई खबर भएको ।

 

ज.ज.क.,

सुर्खेत, मिति २०८२/०७/१६ गते अ. १०:०० बजे,जि.जुम्ला तिला गा.पा.९ ढिपु स्थाई ठेगाना भई हाल वीरेन्द्रनगर न.पा.६ बस्ने वर्ष ४० को हंस बहादुर बोहोराले ऐ.जि.तिला गा.पा.०९ बस्ने वर्ष १४ की बालिकालाई जि.कालिकोट शुभकालिका गा.पा.०७ वर्ष अं.१९ को भुपेन्द्र शाही ठकुरी र वीरेन्द्रनगर न.पा.वडा नं. ०४ स्थित एरीचोक नजिक जुम्लारोडमा रहेको तुल्सी कुमारी खत्रीले सन्चालन गरेको न्यू दैलेखी भवानी होटलको कोठामा लगेर बन्धक बनाई ज.ज.क गरेको भन्ने ऐ.१९ गते १४: बजे खबर प्राप्त हुनासाथ जि.प्र.का. सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का. सुर्खेतमा ल्याई राखिएको ।

 

कुटपिट,

अछाम, बान्निगढी जयगढ गा.पा.१ गाज्रा स्थित बर्दादेवी मन्दिरमा लागेको दशैं मेलामा ऐ.बस्ने अं.वर्ष ५५ को दाहिने खुट्टा नभएको अपाङ्ग व्यक्ति दिपक खड्कालाई साँफेबगर न.पा.३ प्रभा बस्ने वर्ष२७ को करन बि.क.ले मा.प.से.गरी दिपक खड्काको टाउँकोमा ढुङ्गाले हानि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.अछामबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि बान्निगढी जयगढ गा.पा.१ स्थित स्वास्थ्य चौकी गाज्रामा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक अस्पताल वयलपाटा अछामको लागि पठाईएको,अवस्था गम्भीर,ढुङ्गाले हान्ने व्यक्ति प्रहरीको नियन्त्रणमा ।

 

चितवन, भरतपुर म.न.पा.२१ कान्छीचोक नजिकै  नम्बर नखुलेको कालो सेतो कलरको Fz मो.सा.मा अपरिचित २ जना ब्यक्तिहरु आई  जि. रौतहट गरुडा न.पा.५ बस्ने वर्ष ५५ को उसिरी राय यादव लगायत ४ जनालाई कुटपिट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गीतानगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि चनौलि जनता केयर अस्पताल  पठाइएको,अवस्था(१ गम्भीर,१ मध्यम,२ सामान्य) रहेको,कुटपिट गर्ने व्यक्तिहरुको खो.त.भईरहेको ।

 

ला.औ.,

मोरङ, बिराटनगर म.न.पा.५ पुलचोक नजिक हुलाकी सडक छेउमा ला.औ.नि. ब्युरो बिराटनगरबाट खटी गएको प्र.ना.नि को टोलीले BR50AD 0227  नं. को स्कुटरमा अडेस लागी बसिरहेका जि.सुनसरी देवानगंज गा.पा.२ बस्ने बिबेकानन्द यादबको छोरा वर्ष १९ को बिकाश कुमार यादब,देश भारत बिहार पुर्णिया जि.भवानिपुर पंचायत बलिया घर बताउने अशोक मेहताको छोरा वर्ष १९ को कृष्ण कुमार मेहतालाई शंका लागी चेक जाँच गर्दा कृष्ण कुमार मेहताले लगाएको ट्राउजरको गोजीमा सेतो रंगको प्लाष्टिकमा पोका पारी राखेको ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित ६२.२३ ग्राम, प्लाष्टिक बाहेक ५३.१७ ग्राम फेला पारी स्कुटर सहित दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई राखिएको ।

 

मोरङ, जहदा गा.पा.३ हातिबन्दा स्थितमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको स १ च ६५६ नं. एम्बुलेन्सलाई गोप्य सुचनाको आधारमा ला.औ.ब्युरो बिराटनगरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको प्रहरी टोली र व.प्र.का.हाटखोलाबाट प्र.ना.नि.को टोलीले चेकजाँच गर्ने क्रममा उक्त एम्बुलेन्स भित्र दुई वटा कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा अबैध ला.औ. गाँजा ३३.६१० के.जी. फेला पारी एम्बुलेन्स चालक जि.मोरङ बिराटनगर म.न.पा.०५ कोचाखल बस्ने वर्ष ३२ को दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स संगै गईरहेको को ३१ प ८८८९ नं. को मो.सा.र चालक जि. मोरङ जहदा गा.पा.३ हातिबन्दा बस्ने वर्ष ३२ को दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई आ.अ.भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।