प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०७।२१ गते ०५:०० बजे देखि ऐ ०७।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०७-२२

  • A
  • A-
  • A+
Share

थुनुवा मृत्यु,

सुर्खेत,२१ गते ०६;४५ बजे जि.प्र.का.सुर्खेतको हिरासत कक्षमा रहेको ५.५४ ग्राम  ला.औ.ब्राउनसुगर मुद्दाको ३ जना प्रतिवादी रहेको थुनुवा जि.सुर्खेत बीरेन्द्रनगर न.पा. ११ पिपिरा बस्ने वर्ष ३५ को गंगे सुनार मिति २०८२।०५।०३ गते पक्राउ परी निज हिरासत बसेको दिन ७८ भएको निजहरुको मुद्दा १४ गते अदालत बुझाएकोमा ऐ.२१ गतेको लागि पेशी तोकिएकोमा जि.प्र.का.सुर्खेतको हिरासतको ५ नं. सेलमा सुतिरहेकोमा बिहान ०५:५० बजे संगै सुतेका साथिले उठाउदा नउठि वेहोस अवस्थामा रहेको भन्ने गार्डमा खटिएका प्रहरीलाई खबर गर्ना साथ तुरुन्तै उपचारको लागी प्रदेश अस्पताल कालागाँउ सुर्खेत लगिएकोमा ऐ.७:४५ बजे  डाक्टरले मृत घोषणा गरेको,शव सोही अस्पतालमा रहेको ऐ.१३:५५ बजे मृतकका आफन्त अ.१३ जना, प्रहरी प्रशासन र प्र.जि.अ. सहित जिल्ला प्रशासन कार्यालयमा छलफलमा बसेकोमा ऐ. १४:२५ बजे घटनाको बारेमा आज बेलुका सम्म निष्पक्ष छानबिन समिति गठन हुनु पर्ने माग राखि जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट बाहिरिएका अन्य अवस्था सामान्य  । नोट- जि.प्रशा.का. सुर्खेतको प्रशासकिय अधिक्रितको संयोजकमा ५ सदस्यीय छानबिन समिति गठन गरेको ।

 

ज.ज.क.,

संखुवासभा, मिति २०८२।०७।२० गते अ.११:१० बजे धर्मदेबी न.पा.२ तामाफोक बस्ने अं.वर्ष २० को इक्पल जिमीले आफ्नै घरमा ऐ.बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको भनी ऐ.२१ गते १६:०० बजे इ.प्र.का.चैनपुरमा जाहेरी प्राप्त हुनसाथ प्र.चौ.शनिश्चरेबाट प्रहरी टोली खटी गई निज इक्पल जिमिलाई नियन्त्रणमा लिई इ.प्र.का.चैनपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको, ।

 

स.दु.मृत्यु (प्र.क.) ,

कपिलवस्तु, शुद्धोधन गा.पा.३ सानो सिसनिया स्थित हुलाकी सडक-खण्डमा सवारी दुर्घटना भएको भन्ने खबर प्राप्त हुना साथ इ.प्र.का.पकडी कपिलवस्तुबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा तौलिहवाबाट भैरहवा तर्फ जाँदै गरेको लु ८३ प ७६९२ नं.को मो.सा. र भैरहवाबाट तौलिहवा तर्फ आउँदै गरेको (मो.सा.चालक नेपाल प्रहरी अनुसन्धान कार्यालय कपिलवस्तु दरबन्दी भई हाल इ.प्र.का.कृष्णनगर कपिलवस्तुमा कार्यरत कम्प्युटर कोड नं.४७१२९३, संकेत नं.C-००१३२८५०) वर्ष ३२ का प्रहरी जवान निरन्जन यादव र पछाडी सवार जिल्ला रुपन्देही रोहिणी गा.पा.७ टिगर स्थायी वतन भएको (कम्प्युटर कोड नं.-४१२३६८, संकेत नं.-C-००१२१६८२) कारागार सुरक्षा गार्ड तौलिहवा, कपिलवस्तु दरबन्दी भई हाल इ.प्र.का.कोपवा कपिलवस्तुमा कार्यरत वर्ष ३५ का प्रहरी सहायक हवल्दार राम बिलास यादव) सवार रहेको नम्बर नखुलेको मो.सा. एक-आपसमा ठोकिन गई ऐ.दिशाबाट आई रहेको ना ६ ख ७७१९ नं.को ट्रकले ठक्कर दिँदा नम्बर नखुलेको मो.सा.पछाडी सवार वर्ष ३५ का प्रहरी सहायक हवल्दार राम बिलास यादब सिरियस घाईते भई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाईएकोमा जेकजाँचको क्रममा ऐ.१५:३० बजे डाक्टरले मृत घोषणा गरेको, निज मृतक प्र.स.ह.र चालक प्र.ज.शुद्धोधन गा.पा.३ को वडा एरियामा अवैध मलखाद्य लुकाई छिपाई बिक्री विवतण भई रहेको सुचनाको आधार डियुटीमा खटी गएको भन्ने इ.प्र.का.कोपवा/कृष्णनगरबाट जानकारी प्राप्त भएको, मृतकको आफन्तलाई खबर भएको, शव सोही अस्पतालमा रहेको, लु ८३ प ७६९२ नं.को मो.सा.मा सवार मो.सा.चालक जि.कालिकोट शुभकालिका गा.पा.-५ बस्ने बर्ष ३२ को उमाकान्त अधिकारी  लगायत २ जना घाइते भई  उपचारको लागि भैरहवा तर्फ पठाई उपचार पश्चात डिस्चार्ज भई जि.प्र.का.मा ल्याई आ.अ.भइरहेको, निज प्र.ज.स.दु.पश्चात मो.सा.सहित फरार रहेको, खो.त.कार्य भईरहेको, ट्रक र ट्रक चालक जि.कपिलवस्तु बुद्धभुमि न.पा.२ बडहरा बस्ने वर्ष ३२ को शम्भु थारु (स.चा.अ.प.भएको, मा.प.से.नगरेको) इ.प्र.का.पकडीको नियन्त्रणमा, अनुसन्धान कार्य भईरहेको, ।

 

उपचारको क्रममा मृत्यु (फुटकर ज्यान),

दाङ, तुलसीपुर उ.म.न.पा.१५ गब्दवा बाट एम्बुलेन्स द्वारा उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याइएको नाम थर वतन नखुलेको बर्ष अं.२५ को पुरुष ब्यक्ती लाई डाक्टरले चेकजाँच गर्दा ऐ.०१:३५ बजेको समयमा मृत घोषणा गरेको, लास सोही अस्पतालमा रहेको,आफन्त सम्पर्कमा नआएको, निजको नाक मुख बाट हल्का रगत निस्केको, बाँया घुडामा चोट भएको, भनि सोही अस्पतालमा कार्यरत प्र.क.मार्फत खबर भए पश्चात ई.प्र.का.मलवार दाङ बाट प्र.ना.नि.जँग वहादुर महत क्षेत्रीको कमाण्डमा ४ जना र इ.प्र.का.तुलसीपुर दाङ बाट प्र.नि.बिनोद राज खत्रीको कमाण्डमा ७ जना खटिएको, कारण नखुलेको ।

नोट;-तुलसीपुर उ.म.न.पा.१५ बस्ने अनिल चौधरी र प्रकाश चौधरीले निजलाई उपचारको लागी ऐ.स्थित रहेको लाल बहादुर चौधरीको मेडिकलमा लगेको, उक्त मेडिकलमा उपचार हुन नसक्ने भनेपछी निजहरुले एम्बुलेन्स लाई  खबर गरेको भन्ने बुझिएको, निजहरुको खो.त.भईरहेको ।

 

लागु औषध,

मकवानपुर, हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्र.चौ.रातोमाटेबाट प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले विरगंजबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्रदेश ३-००१ ज ९९८ न.को EV गाडीमा सवार ऐ.मनहरी गा.पा.९ बस्ने बर्ष अ.३६ की अनिता श्रेष्ठलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ला.औ.खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ७६० मिलिग्राम (तौल भएको) फेला परेकोले उक्त ला.औ.सहित जस्तो देखिने पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.मकवानपुर पठाईएको, E.V. गाडी लाई गन्तब्य तर्फ गएको, ।

 

सुनसरी ,बर्जु गाँउपालिका ५ गोचाकामत टोल स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमति प्रदेश-०१-०२७ च. ०२४० नम्बरको सेतो रङको स्कार्पियोमा ला.औ.गाँजा लोड भएको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.दुहवीबाट खटिएको प्र.नि.को कमाण्डमा र इ.प्र.का.सितागंजबाट प्र.ना.नि.को कमाण्डमा खटोएको संयुक्त टोलीले उक्त स्कार्पियोलाई नियन्त्रण गर्नका लागि लखेट्ने क्रममा ऐ.स्थित स्कार्पियोलाई छोडी चालक फरार भएको, उक्त स्कार्पियोलाई चेकजाँच गर्दा कालो प्लाष्टिकमा प्याक गरी स्कार्पियोभित्र लोड गरेर राखेको अवस्थामा ११ पोका (नापतौल गर्न बाँकी) गाँजा बरामद गरी उक्त स्कार्पियो र गाँजा इ.प्र.का.दुहवीमा ल्याई राखिएको, चालकको खो.त.कार्य भैरहेको, ।

 

ललितपुर, जि.रामेछाप गोकुलगांगा गा.पा.६ फर्पु घर भई हाल ललितपुर गोददावरी न.पा.२ मानडाँडा मिठु घले मगरको २ तले कच्ची घरको दोस्रो तलामा बस्ने वर्ष २७ को रमेश राईको कोठामा ला.औ.कारोबर भईरहेको भनी खबर प्राप्त हुनासाथ प्र.प्रभाग गोदावरीबाट प्र.स.नि.र प्र.प्रभाग बाडेगाँउबाट प्र.नि.को कमाण्डमा टोली खटि गई नगद रु २० हजार ४ सय ७०, विभिन्न कम्पनीको मोबाइल ७ थान, ट्रमाडोल:-४ हजार ५० पिस, गाँजा अं.४०० ग्राम, घडी ३ थान सहित ३ जना मानिसहरु नियन्त्रणमा लिएको,

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।