प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०७।३० गते ०५:०० बजे देखि ऐ ०८।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०८-०१

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

अर्धखाँची, भुमिकास्थान न.पा.४ कल्लेरी थामाका चौर बस्ने बर्ष ३१ कि बिष्णु पौडेल मानसिक औषधि सेवन गर्नेले निजकै छोरी बर्ष ४ की आईङ्का पौडेललाई धारिलो हतियार हसियाले घाँटिको गर्दनमा हानि मृत्यु भएको भनि ऐ.०८:२० बजे खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्र.चौ.धारापानी अर्घाखाँची बाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटि गई निजलाई नियन्त्रणमा लिएको उक्त स्थान प्र.चौ.धारापानी अर्घाखाँची बाट अं.३ कि.मी.दक्षिण पर्ने र निजको श्रीमान बेलिराम पौडेल कामको शिलसिलमा भारतको दिल्ली गएको । थप अनुसन्धानको लागी जि.प्र.का.अर्घाखाँची बाट प्र.नि.को कमाण्डमा सोको सहित ५ जनाको टोली खटि गएको । थप अपडेट:- ऐ. ११:१५ बजे घटनास्थल मुचुल्का पश्चात लास पो.मा.को लागी जिल्ला अस्पताल सन्धिखर्कको लागी पठाएको , निज हत्या गर्ने महिला र प्रहार गरिएको हतियार हसियासहित खटिएको प्र.नि.को टोलीले जि.प्र.का.अर्घाखाँची तर्फ ल्याउदै गरेको ।

 

दाङ, जि.रोल्पा परिवर्तन गा.पा.१ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१८ गिठेपानी स्थित सरस्वती के.सी.को घरमा पुस्तक पसल गरी बस्ने अं.वर्ष २३ को सन्जु सुनारले आफ्नै श्रीमती अं.वर्ष २५ की सीता सुनारलाई  सामान्य बिवादको कारण घाँटी थिचि मारेको भनि निज आफैले व.प्र.का.घोराहीमा आई जानकारी गराउनासाथ तत्काल निजलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,  थप अनुसन्धानको लागि व.प्र.का.घोराहीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको, माईती पक्षलाई खबर भईसकेको, शव घटनास्थलमा रहेको, उक्त स्थानमा व.प्र.का.घोराहीबाट अं.५ कि.मि.पूर्व-उत्तर पर्ने ।

 

ज.ज.क./बालयौन दुर्व्यवहार,

बर्दिया, बर्दिया गेरुवा गा.पा.१ वगहिपुर वस्ने वर्ष २१ को परीवर्तित नामथर संकेत न. ६६ बगहिपुर (र) ले आफ्नै भतिजी नाता पर्ने परीवर्तित नामथर संकेत न.६६ बगहीपुर (ए १) को छोरी बर्ष ६ कि परीवर्तित नामथर संकेत न. ६६ बगहिपुर (ए) लाइ आफ्नो घरमा लिइ ज.ज.क. गरेको भनी ऐ. १७:४५ बजेको समयमा यस का.मा जानकारी प्राप्त हुना साथ उक्त स्थानमा इ.प्र.का. पाताभार बर्दियाबाट प्र.नि. को टोलि खटी गएको, ज.ज.क.गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई पिडित र पिडक दुवै जनालाई विस्तृत स्वास्थ्य परिक्षणको लागि बर्दिया अस्पताल गुलरिया पठाइएको, पिडितको अवस्था सामान्य रहेको ।

 

कञ्चनपुर, मिति २०८२।०७।२९गते राति अं. २३:००बजेको समयमा जिल्ला कञ्चनपुर लालझाडि गा.पा.वडा न.२बागबाणि बस्ने जिवन रानाको छोरा बर्ष अ. २२ को दिपेन्द्र राना र ऐ.ऐ. बस्ने घुम्मन रानाको छोरा बर्ष २८ को सुरेश रानाले ऐ.ऐ. बस्ने बर्ष अ. ३५ कि परिवर्तित नाम कञ्चनपुर ७५ बेलौरी (क)भएकि महिलालाई घरमा एक्लै भएको मौका पारी घर भित्र पसि ज.ज.क. गरेको भनि पिडितले मिति २०८२/०७/३० गते १६;०० बजेको समयमा इ.प्र.का. शकरपुरमा जानकारी गराउना साथ उक्त स्थानमा प्र.स.नि. राम बहादुर चौधरीको कमाण्डमा २ जना र थप अनुसन्धानको लागी इ.प्र.का. बेलौरी बाट प्र.नि. कमल प्रसाद चौधारी(९८५८४९०६३)को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गइ निज दुवै जाना पिडकहरुलाइ नियन्त्रणमा लिई पिडित सहित तिनै जनालाई प्र.ब.ना.नि. बिर सिह धामिको कमाण्डमा ६ जनाको प्रहरी टोलिलेबिस्तृत स्वास्थ्य परिक्षणको लागी सेति प्रादेशिक अस्पताल धनगढी लगिएको ।

 

गोली लागि मानिस घाईते,

संखुवासभा, खाँदबारी न.पा.१ हस्पिटल चोक स्थित पाँचखपन चुङखुरुङ होटलमा शंका लागी फरार प्रतिबादीहरुलाई पक्राउ गर्न खटिएको बिशेष प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा ऐ.खाँदबारी न.पा.६ बस्ने वर्ष ३१ को रुद्र बहादुर बि.क.ले प्रहरी माथिनै हातपात तथा खुकुरी देखाई प्रहार समेत गर्न खोजेकोले आत्मरक्षाको लागि प्र.स.ह.दिगम राईसँग रहेको ठुलो चाइनिज पेस्तोलबाट १ राउण्ड गोली फायर गरी निजको बायाँ घुँडामा गोली लागी घाईते भई नियन्त्रणमा लिई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगेको, उक्त स्थानबाट प्रहरीलाई प्रहार गर्न प्रयोग भएको १ थान प्रेशर कुकर र १ थान खुकुरी समेत बरामत गरेको, निज घाईतेलाई सामान्य उपचार पश्चात थप उपचारको लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा क्याम धरान सुनसरी तर्फ पठाएको, निजको अवस्था बोल्न सक्ने मध्यम रहेको, प्रसह दिगम राई समेत घाईते भएको निजको पेट तथा हातमा सामान्य चोट निजको जिल्ला अस्पताल खाँदबारीमा उपचार भईरहेको, अवस्था सामान्य, निज रुद्र बहादुर बि.क बिभिन्न चोरी केशमा ९ पटक प्रकाउ परी सजाय समेत भोगेको जि.प्र.का.को अभिलेखबाट देखिएको, उक्त घटनास्थलमा  जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, उक्त स्थान जि.प्र.का.बाट  अं. ३०० मिटर उत्तर पर्ने ।

 

हातहतियार बरामद,

भक्तपुर, सुर्यविनायक न.पा.६ सुर्यविनायकबाट मिति २०८२।०५।२३ गते र २४ गते GEN-Z आन्दोलनको क्रममा प्रहरी कार्यालयहरुबाट लुटिएका हतियार तथा गोली गठ्ठाहरु जि. कन्चनपुर कृष्णपुर न.पा.६ घर भई हाल जि. भक्तपुर सुर्यविनायक न.पा.६ बस्ने वर्ष १८ को कृष्टल भट्टले आफ्नो कोठामा लुकाई-छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा निजको कोठाबाट 2929301M नम्बरको Model:597MAGNUM समेत उल्लेख भएको म्याग्नम राईफल थान-१, ऐ.को म्याग्जिन थान-१, 91311लेखिएको गोली -२ राउण्ड, 1956 लेखिएको गोली -१ राउण्ड, हातमा लगाउने फलामको नक थान-१,सिमकार्ड सहितको मोबाईल थान-१ काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फेला पारी हातहतियार सहित निजलाई मिति  २०८२।०७।२८ गते १३:१० बजे नियन्त्रणमा लिएकोमा ऐ.०७।३० गते १५:०० बजे थप अनुसन्धानको लागि च.नं. ६७५७ को पत्रसाथ  परिसर भक्तपुरमा ल्याई बुझाएकोमा परिसर भक्तपुरको हिरासतमा राखिएको ।

 

ला.औ.,

धनुषा, विदेह न.पा.१ प्र.चौ.ठाडिझिझा अगाडि प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री ऐ.धनुषाधाम न.पा. ७ किसानपुर बस्ने वर्ष २५ को सिकेन्द्र रामलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट खैरो हेरोइन जस्तो देखिने तरल पदार्थ प्लाष्टिक सहित ८ ग्राम २७० मिलीग्राम फेला परेको  ।

 

सुनसरी, प्रहरी कार्यालय इटहरीबाट प्र.ना.न.को कमाण्डमा र प्रहरी चौकी खनारबाट प्र.ना.नि.को कमाण्डमा र जि.प्र.का.भोजपुरबाट प्र.ह.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले इटहरी १२ स्थितमा रहेको नसिव फार्मेसीमा लागु औषध ट्रामाडोल विक्री वितरण गर्ने उक्त फार्मेसीको संचालक ऐ.इटहरी उपमहानगरपालिका १२ वस्ने वर्ष अ. ५० को नसिव नारायण चौधरीलाई पक्राउको लागि प्रहरी टोली खटी जाने क्रममा निज नसिव नारायण चौधरीलाई निजकै घर आगनमा फेला पारी पक्राउ गरी निज बसोबास गर्दै गरेको घर कोठा समेत खान तलासी गर्न भनी प्रहरी टोली उक्त घर भित्र प्रवेश गर्न खोज्दा नसिव नारायण चौधरीको श्रीमती वर्ष २४ की सम्झना चौधरीले  कोठामा लुकाई छिपाई राखेको लागु औषध सिमेन्टको २ बोरा घरको छत माथीबाट फाल्दै गरेको अवस्थामा देखी कानुन वमोजिम उक्त फालिएको बोराहरु चेकजाँच गर्दा सो बोरा भित्र लागु औषध ट्रामाडोल १ पत्तामा १० क्याप्सुलको दरले  १९८० पत्तामा १९८०० क्याप्सुल र उक्त घरको निज नसिव नारायण चौधरी र सम्झना चौधरी सुत्ने कोठाको टेवलबाट औषधी जन्य पदार्थ डिकोलिक १ पत्तामा १० ट्यावलेटको दरले  ४०० ( चार सय)  पत्तामा ४००० (चार हजार) ट्यावलेट फेला परेकोले उक्त लागु औषध तथा औषधी जन्य पदार्थ फेला परेकोले फेला परेको लागु औषध तथा औषधी जन्य पदार्थ रित पुर्वक वरामद गरी नसिव फार्मेसीका संचालक नसिव नारायण चौधरी र निजको श्रीमती सम्झना चौधरीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।