प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०८।१२ गते ०५:०० बजे देखि ऐ ०८।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०८-१३

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

बारा, प्रसौनी गा.पा.६ भलुही चोक स्थितमा रहेको KIRAN BEVERAGE NEPAL PVT.LTD.(पानी फ्याक्ट्री) को म्यानेजर जि.सर्लाही धनकौल गा.पा.१ बस्ने अं.वर्ष ४२ को राम किशोर सिंह पानी फ्याक्ट्री भन्दा अं.२५ मि.उत्तर तर्फ रहेको नालीमा मृत अवस्थामा फेला परेको भन्ने खबर ऐ. ९८५५०४५५१८ नं.बाट प्राप्त हुनासाथ इ.प्र.का.प्रसौनीबाट प्र.नि. र जि.प्र.का.बाराबाट प्र.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल कलैया पठाएको  ।

 

ज.ज.क./बालयौन दुर्व्यवहार,

अर्धखाँची, शितगंगा न.पा.१४ सुखौरा बस्ने बर्ष ५० को परिवर्तीत नाम ४८(A)ठाडाले आफ्नो सौतेलो छोरी फरक क्षमता भएकी(बोल्न नसक्ने) बर्ष १३ की परिवर्तीत नाम ४८(A1)ठाडालाई आफ्नै घरको कोठामा ज.ज.क.गरेको भन्ने बालिकाको आमा ४८(A2)ठाडा मार्फत प्र.चौ.सिमलपानी अर्घाखाँचीमा ऐ.१२ गते बिहान १२:०० बजे जानकारी प्राप्त हुनसाथ प्र.ह.को कमाण्डमा २ जना तथा तालुक इ.प्र.का.ठाडा अर्घाखाँचीबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटीई गई निज परिवर्तीत नाम ४८(A)ठाडालाई नियन्त्रणमा लिई पीडित तथा प्रतिवादी समेतलाई जिल्ला अस्पताल अर्घाखाँचीबाट स्वास्थ्य परीक्षण गरी निज प्रतिवादीलाई अनुसन्धानको लागी इ.प्र.का.ठाडाको प्रहरी हिरासतमा राखीएको तथा पिडीतलाई आमाको जिम्मा लगाएको

 

दाङ, मिति २०८२।०८।११ गते अं.१७:३० बजे घोराही उ.म.न.पा.१० सिस्वानी बस्ने वर्ष ५ की बालिकालाई ऐ. बस्ने वर्ष २१ को राजु बि.क.ले पिडितको आमा घरमा नभई पिडित मात्र घरमा भएको अवस्थामा निजले करणी गर्ने आशयले निज पिडितलाई आफ्नो घरमा लिई गई निज पिडितको शरीरको गाला लगायतको भागमा समाई गालामा हनी बालयौन दुरुपयोग गरेको भनी जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.नारायणुर दाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज पिडकलाई पक्राउ गरी जि.प्र.का.दाङमा ल्याई राखिएको, उक्त घटना सम्बन्धमा मिति २०८२।०८।१२ गते पिडितको आमाले जि.प्र.का.दाङमा आई बालयौन दुरुपयोग कसुरमा किटानी जाहेरी दरखास्त दिएपछी प्रतिवादीलाई जिल्ला सरकारी वकील कार्यालय मार्फत दाङ जिल्ला अदालतमा उपस्थित गराई ऐ.११ गते देखि लागु हुने गरी पहिलो पटक दिन ७ को म्यादथप अनुमती प्रदान भई जि.प्र.का.दाङको हिरासतमा राखी थप अनुसन्धान कार्य भईरहेको, निजहरुको स्वास्थ्य परीक्षण लगायतको कार्य बाकी रहेकोले पिडितलाई घोराही स्थित रहेको सेफ हाउसमा राखिएको ।

 

जनावार आक्रमण,

बर्दीया, बारबर्दिया न.पा.११ विजयनगर बस्ने वर्ष अ.५९ की गोपी थारु,ऐ.ऐ.बस्ने वर्ष २८ कि ईन्दिरा थारु र ऐ.ऐ.बस्ने बर्ष २९ कि मनिषा दहित ऐ.बारबर्दिया न.पा.११ स्थितमा रहेको काला बेलभार सामुदायिक वनमा गाईवस्तुको लागि स्याउला लिन जाने क्रममा गोपी थारुलाई एक्कासी जङ्गली जनावर चितुवाले आक्रमण गरी घटना स्थलबाट अ.६०।७० मिटर दक्षिण तर्फ मृत अवस्थामा रहेको र ईन्दिरा थारु र मनिषा दहितले चितुवालाई देखि भाग्ने क्रममा २ जना लडी घाईते भई उपचारको लागि नगर अस्पतला जयनगर पठाईएको,ईन्दिरा थारुको बायाँ हातमा चोट अवस्था सामान्य,मनिषा दहितको बाहिरी चोट नभएको,अवस्था सामान्य,लाश घटनास्थलमै रहेको भनि स्थानियले खबर गर्नासाथ उक्त स्थान प्र.चौ.कतर्निया बर्दियाबाट प्र.स.नि.(९८४३९०६५५२) को कमाण्डमा २ जनाको टोली र इ.प्र.का.मोतीपुरबाट प्र.नि. (९८५८०९०५३७) को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटिगएको र जि.बन डिभिजन कार्यालय बर्दिया बन अधिकृत पर्शुराम चौधरी (९८५८४८१०४७) को टोली रहेकोथप अपडेट ;- ऐ.१६;१० बजे घटनास्थलको प्रारम्भिक कार्य पुरा गरि लाश पो.मा.को लागि बर्दिया अस्पताल गुलरिया तर्फ पठाएको र दुबै जना घाइतेहरु ऐ.१६;२५ बजे सामान्य उपचार पश्चात डिस्चार्ज भएको।

 

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा,

पर्सा, वीरगंज म.न.पा.१६ रजतजयन्ती चोकमा गोप्य सुचनाको आधारमा व.प्र.का.बिर्ताबाट प्र.स.नि.र अ.प्र.पोष्ट घण्टाघरबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको म.प्रदेश.०३-०२५ प ९८०७ नं.को मो.सा.को बाँया पट्टिको साईट पल्ला (एयर फिल्टर नजिकको टुल बक्स) मा लुकाई छिपाई स्रोत नखुलेको ने.रू.१०,००,०००।- (रू.१००० को ७०० वटा र रू.५०० को ६०० वटा नोट) सहित मो.सा.चालक देश भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल परेउवा १ एयरपोर्ट रोड बस्ने अं.वर्ष ५३ को सुरेन्द्र साहलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.पर्सामा बुझाएको।

 

मानिस मृत फेला,

बाँके बैजनाथ गा.पा.२ पितमारी बस्ने बर्ष १९ को नारायण परियारले इ.प्र.का.कोहलुर बाँकेमा आई मिति २०८२।०८।०९ गते बेलुकाको समयमा जिल्ला बाँके खजुरा गा.पा. ६ बस्ने बर्ष अं. २२ की देवी क्षेत्री र म नारायण परियार जि.बाँके बैजनाथ गा.पा. १ सल्यानि टोल स्थित रहेको मिनि गाभर घर नं. ८ होमस्टेको कोठा नं. ३ मा बसेकोमा मिति २०८२।०८।१० गते अं.०३:०० बजेको समयमा निज देवी क्षेत्री अचेत भइ मृत अवस्थामा रहेको देखी निजको मृत लास बोकी निज नारायण परियारले होमस्टे देखि अं. ७०० मिटर उत्तर तर्फ रहेको देउराली हरियाली सामुदायिक बनको खोल्सामा राखी माथिबाट बोरा, सिसिका बोतल र अन्य झारपात समेतले छोपी राखेको अवस्थामा लास छ भनी जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.कोहलपुर बाँके बाट प्र.नि.को कमाण्डमा SOCO सहित ७ जनाको टोली र इ.प्र.का.चिसापानीबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली सो स्थानमा गइ हेर्दा लास फेला पारी घटनास्थल लगायतको कार्य पुरा गरी लास पो.मा को लागी भेरी अस्पताल नेपालगंज बाँकेमा पठाइएको ,घटनामा संलग्न नारायण परियारलाइ नियन्त्रणमा लिइ इ.प्र.का कोहलपुरमा राखि थप अनुसन्धान कार्य भइरहेको ।

 

हातहतियार बरामद,

का.म.न.पा.१३ सोल्टीमोड स्थित जि.मकवानपुर मनहरि गा.पा.५ घर भई हाल का.जि.सोल्टिमोड बस्ने बर्ष ३० को सन्तोष गुरुङले हतियार राखेको भन्ने सुचनाको आधारमा प्र.नि.को कमाण्डमा उक्त स्थानमा खटि गई सोधपुछ गर्दा निजले सोल्टीमोड रेडक्रस मार्ग नजिक रहेको खाली जग्गाको झाडीमा प्लास्टिक भित्र राखि लुकाई राखेको अवस्थामा काठको बिड भएको रिभल्बर थान १ फेला पारी निजलाई हतियार सहित आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिई राखिएको,

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।