प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०८।२१ गते ०५:०० बजे देखि ऐ ०८।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०८-२२

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

मोरङ, लेटाङ न.पा-२ फडानी बस्ने नबिन गौतमको छोरी वर्ष १३ की अंशु गौतम के कुन कारण घरमा कोही कसैलाई जानकारी नगराई आफु खुसी घरबाट हिँडी हराएको हुँदा खो.त.गरी पाऊँ भनि मिति २०८२।०६।२२ गते १३:०० बजे खबर प्राप्त हुनासाथ प्र.चौ.बुधबारेबाट  प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्दा फेला नपरेकोमा मिति २०८२।०७।७ गते अं.१३:०० बजे,लेटाङ न.पा.२ बेलबारी चिसाङ साझेदारी बनमा सडि गलेको कम्मर भन्दा तल र टाउको मात्र रहेको पहिचान /सनाखत हुन नसकेको अवस्थामा फेला पारी ०७।०९ गते माथी उल्लेखित हराएकी बालिकाको बुवा आमा DNA परिक्षणको लागी केन्द्रिय विधि विज्ञान प्रयोगशाला सामाखुसी काठमाण्डौ पठाईएको, ऐ.स्थित न.पा.२ फडानी बस्ने छिमेकी वर्ष अं.५८ को पदम बहादुर अधिकारीले हत्या गरेको भन्ने विभिन्न अनुसन्धानबाट खुल्न आएको हुँदा ऐ.२१ गते निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई आ.अ.भईरहेकोमा ऐ.१२:५० बजे निज पदम बहादुर अधिकारीको घरमा मृतकको आफन्त, छिमेकीहरु अ.१२० जनाको संख्यामा भेला जम्मा भइ ढुंगा मुडा गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का लेटाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई सम्झाई बुझाई गर्ने कार्य भइरहेकोमा ऐ.१३:५५ बजे तितरवितर भएको ।

 

सप्तरी, मिति २०८२।०८।१६ गते अं.१६:०० बजे जि.सप्तरी हनुमाननगर कंकालिनी न.पा.१४ रामपुरमल्हनिया बस्ने बिहारी मुखियाको श्रीमती अं.वर्ष ७० की लखिया देवी मुखियालाई ऐ.बस्ने अं.वर्ष ७० को बिलेती मुखिया, ऐ.बस्ने बेचन मुखियाको श्रीमती अं.वर्ष ३५ की सम्झना मुखिया र निजको छोरी अं. वर्ष १५ की काजल मुखिया समेतले जग्गाको विषयलाई लिई झै-झगडा तथा कुटपिट हुँदा निज लखिया देवी मुखियाको छातीमा भित्री चोट, दाहिने घुँडामा चोट लागी घाईते भई स्थानीय बिजय मेडिकलमा सामान्य उपचार पश्चात घर लगि राखेकोमा ऐ.०८।२१ गते अं.०५:०० बजे मृत्यु भएको भनी ऐ.०८:०० बजे प्र.चौ. रामपुरमल्हनियामा जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिटमा संलग्न बिलेती मुखियालाई नियन्त्रणमा लिएको अन्य कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको, खो.त.कार्य भईरहेको, थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई  शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाएइको ।

 

काठमाडौ, का.म.न.पा.९ सिनामंगल स्थित ओम नगर मार्गमा मृत अवस्थामा बच्चा फेला परेको भनी खबर प्राप्त हुनासाथ वृत्त गौशालाबाट प्र.ना.उ. को कमाण्डमा १० जनाको टोली खटी गई उक्त स्थान पुगी बुझ्दा ऐ.वतन स्थायी घर भई बस्ने सुभद्रा नेपालको घरको दोस्रो तलामा डेरा गरी बसेका काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय, महाराजगंज दरवन्दी भई हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा, गौचर, काठमाण्डौमा कार्यरत प्र.स.नि. पुष्कर कार्की ( कम्प्युटर कोडः ४६५५६८) (श्रीमान) र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा, गौचर, काठमाण्डौ दरवन्दी भई ऐ. कार्यरत प्र.ज. बिस्ना साँउद (कम्प्युटर कोडः ४९५१८२) (श्रीमती) बीच झगडा हुँदा श्रीमान पुष्कर कार्कीले आफ्नो श्रीमतीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको, के.एम.सि. अस्पतालमा उपचार भईरहेको, अवस्था बोल्न सक्ने, टाउकोमा चोट रहेको र निजहरुको ४ महिनाको छोरा माहिर कार्की समेतलाई धारिलो हतियार (चक्कु) प्रहार गरी मृत अवस्थामा छाडी फरार भएको, ऐ.०८२१ गते १८:४५ बजे लाश जाँच प्रकृति मुचुल्का पश्चात पो.मा.को लागि टिचिङ अस्पताल महाराजगंज पठाइएको, अं.१८:२० बजे का.जि. नागढुङ्गा स्थितबाट प्रहरी वृत्त थानकोटबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा उक्त फरार प्र.स.नि.पुष्कर कार्की फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, काठमाण्डौमा राखिएको, ऐ.१९;३० बजे घाइते प्र.ज.बिस्ना साँउदलाई थप उपचारको लागि नेपाल प्रहरी अस्पताल  महाराजगंज पठाइएको, अवस्था बोल्न सक्ने, टाउकोमा चोट रहेको, उक्त प्र.स.नि. पुष्कर कार्कीको स्थायी वतन जिल्ला डोटी साविक तिजाली गा.बि.स. वडा नं. ०९ हाल परिवर्तित शिखर न.पा. वडा नं. ०५ रहेको भनी खुल्न आएको ।

 

फुटकर ज्यान (शंकास्पद मृत्यु),

बर्दिया, राजापुर न.पा.४ राजापुर गाँउ स्थित जि.दाङ तुल्सिपुर उ.म.न.पा.५ घर भई हाल ऐ.हामार थारु घर ऐण्ड रेष्टुरेन्टमा काम गरी बस्ने बर्ष अ.२७।२८ को निरज चौधरी उक्त होटेल संग सटेको फुसले छाएको कटेजमा अचेत अवस्था होटेलका संचालक राम कुमारी थारुले देखि तत्काल उपचारको लागी नेपालगंज नर्सिङहोम बाँकेमा लगी चिकित्सकले चेकजाँच गर्दा ऐ.१०;३५ बजे मृत घोषणा गरेको, मृतकको दुबै कान देखि तल्लो भागको दुबै साईडमा प्वाल(दुलो)परेको जस्तो देखिने लाश सोही अस्पतालमा रहेको भनि ऐ.११;०० बजे सोही अस्पतालमा खटिएको प्र.क.ले जानकारी गराए पश्चात इ.प्र.का.राजापुर बर्दियाबाट प्र.ना.उ.कबिन्द्र सिंह बोहराकोकमाण्डमा Soco सहित ७ जनाको टोली खटिएको घटना शंकास्पद रहेको थपअनुशन्धान कार्य भईरहेको । थपअपडेटः-उक्त रेष्टुरेन्टमा पार्टनरसिपको (रेष्टुरेन्ट संचालक) रुपमा काम गर्ने जि.दाङ(नखुलेको)घर भई हाल जि.बर्दिया राजापुर न.पा.४ बस्ने बर्ष अ.३५ को महाविर चौधरी सु.प.प्र.०१००प ४९१३ न.को मो.सा.लिई फरार भएको खो.त.कार्य जारी ।   ऐ.१८;२५ बजे होटल संचालक राम कुमारी थारुको श्रिमान बर्ष ५० को बुद्दि प्रसाद थारु र छोरा बर्ष २२ को राहुल थारुलाई इ.प्र.का.राजापुर बर्दियाले नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान कार्य भइरहेको । थप अपडेट;- फरार रहेको महाबिर चौधरीले ऐ.ऐ.बस्ने राम कुमारी चौधरीको घर (कोठा भाडा) लिई बस्दै आएको र मृतक निरज चौधरी बिहान संगै रहेको प्राय जसो महाबिर चौधरी संगै उक्त कोठामा बस्ने गरेको भन्ने खुल्न आएको, उक्त कोठा खानतलासी गर्दा महाविर चौधरीको पासपोर्ट थान-१, ईन्डियन आधारकार्ड थान-१, आयकर बिभाग कार्ड थान-१, ल्याप्पटप थान-१, घट्नास्थल नजिकै निज महाबिर चौधरीले प्रयोग गर्ने भारतिय नम्बर प्लेटको PB36K3325 को THAR गाडी फेला परेको,घट्नास्थल नजिकै पिन्दीमा KF 765 लेखेको गोलीको खोका थान-१ फेला फेला परेको,सवुत प्रमाणलाई पानी तथा खरानी हाली सवुत प्रमाण नष्ट गरेको, जि.प्र.का.बर्दियाबाट प्र.नि.प्रकाश सिंह कार्कीको कमाण्डमा ४ जना जनाको टोली खटिएको,राम कुमारी थारुलाई ऐ.२१;०० बजे नियन्त्रणमा लिई अनुसन्धान तथा सोधपुछ  कार्य भईरहेको महाबिर चौधरीको हालको लोकेसन जि.कैलाली तर्फ देखाएको

 

ज.ज.क.,

रोल्पा, रुन्टीगढी गाँउपालिका वडा नं.९ पलासेनि बस्ने बर्ष २८ को सुरेन्द्र नेपालीले ऐ.९ चिसापानी बस्ने बर्ष ४१ को परिवर्तित नाम होलेरी (ङ१) को छोरी बर्ष १७ की परिवर्तित नाम होलेरी (ङ) लाई सखि जङगलामा बोलाई ज.ज.क.गरेको भनि पिडितले मिति २०८२/०८/१९ गते विहान १०:०० बजेको समयमा इ.प्र.का.होलेरी रोल्पामा जानकारी गराए पश्चात इ.प्र.का.होलेरी रोल्पाबाट प्र.ब.ना.नि.को कमाण्डमा-५ जनाको टोली खटि गई ऐ.१६;०० बजेको समयमा निजलाई निजकै घरबाट नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गरी इ.प्र.का.होलेरी रोल्पाको हिरासत कक्षमा राखिएको,पिडित वर्ष ४१ को होलेरी (ङ१) ले इ.प्र.का.होलेरी रोल्पामा आज मिति २०८२।०८।२१ गते अं.१०;०० बजेको समयमा जाहेरी दिएको,पिडितको अवस्था सामान्य रहेको,दुबै जनालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रेउघा रोल्पा पठाईएको । थपअपडेटः-ऐ.१८:४५ बजे निज पिडितलाई स्वास्थ्य परिक्षण गरी पिडित र पिडितको आमालाई रोल्पा अस्पताल रेउघा रोल्पाको सेफ हाउसमा राखिएको,पिडकको मेडिकल गरी ७ दिन म्याद थप गरेको ।

 

बझाङ, मिति २०८२।०८।१९ गते ०२:०० बजे जयपृथ्वी न.पा.३ दालबाडा बस्ने वर्ष २८ की महिलालाई आफ्नै घरको भुईतलामा सुतिराखेको अवस्थामा ऐ.बस्ने वर्ष २२ को सुरज जोशीले निजको कोठामा आई जवरजस्ती करणी गरेको भनी ऐ.२१ गते १०:०० बजे जाहेरी दरखास्त दिएकोले सुरज जोशीलाई नियन्त्रणमा लिई ऐ.१६:०० बजे जि.प्र.का.बझाङको हिरासतमा राखेको ।

 

अछाम, ढकारी गा.पा.२ बलातीबाडा कालिकास्थान बस्ने वर्ष अं.१९ को पुष्प साउदले ऐ.बस्ने वर्ष अं.१७ की (सुस्त मनस्थितिकी भएकी) बालिकालाई मिति २०८२।०२।१४ गते बाझो खर्क भित्र लगी ज.ज.क गरेको र मिति २०८२।०८।१९ गते पेट दुख्ने समस्या भई जिल्ला अस्पताल अछाममा चेकजाँच गर्दा निज पिडितको पेटमा २९ हप्ताको गर्भ रहेको भनि रिपोट आएकोले निज पुष्प साउदको नाममा मिति २०८२।०८।२१ गते १६:०० बजे को समयमा निज पिडितको आफन्तले जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दरखास्त दिएकोले ऐ. २०:४० बजे निज पुष्ष साउदलाई प्र.चौ.ढकारीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले निजकै घर ठेगानामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाई निज पुष्प साउदलाई स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालय अछाम हिरासतमा राखिएको ।

 

अबैध रकम बरामद,

काठमाडौ, जि.काभ्रे नमोवुद्ध न.पा.९ घर भई हाल का.जि.कुलेश्वर बस्ने वर्ष ३४ को सरोज श्रेष्ठको साथबाट अं.रु.२०,०००० (बिस लाख) रुपैया स्रोत नखुलेको रकम फेला पारी निजलाई नियन्त्रणमा लिई सो.पु.गर्दा निज बस्ने डेरा कोठामा थप रकम रहेको भन्ने खुल्न बुझिन आएको हुँदा निज कोठा खानतलासी गर्दा कोठा भित्र रु.३७,४७,३५० (सैतिस लाख सट्चालिस हजार तिन सय पचास) गरी जम्मा रकम रु.५७,४७,३५० (सन्ताउन लाख सट्चालिस हजार तिन सय पचास) स्रोत नखुलेको रकम फेला पारी प्रहरी वृत्त कालिमाटीमा राखिएको ।

 

सर्लाही, ब्रहम्पुरी गा.पा . ४ त्रिभुवननर प्रहरी चौकीको पछाडि पट्टिको बाटोमा प्र.बा.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले भारतको सोनवर्साबाट नेपाल तर्फ आउदै गरेको BR 30 Y 3287 नं भारतिय मो.सा लाई चेकजाँच गर्दा उक्त मो.सा चालक देश भारत बिहार बस्ने जिल्ला सितामढी ग्राम पंचायत सोनवर्सा वडा नं.२ बस्ने अं. वर्ष २९ को धर्मेन्द्र महतो को साथ बाट स्रोत नखुलेको नेपाली रुपया १२,२९,०००।– (बाह्र लाख उन्नतिस हजार) फेला परेको हुदाँ मो.सा, मो.सा चालक, स्रोत नखुलेको रुपैयाँ सहित नियन्त्रणमा लिई प्र.चौ त्रिभुवननगर ल्याई राखिएकोमा थप अनुसन्धानको लागी तालुक जि.प्र.का सर्लाहीमा पठाईएको ।

 

ला.औ.,

मोरङ, रतुवामाई न.पा. १ हटियाडाडा स्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरको प्र.१-०१-००१ख ३८२५ नं.को ट्रकलाई इ.प्र.का.सिजुवाबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले संका लागि रोकी चेकजाँच गर्दा सोही ट्रकको डाला भित्र फल्स डाला जोडी लुकाई छिपाई राखेको अवस्थामा ६७८ किलो गाँजा सहित ट्रक र ट्रक चालक जि.धनकुटा सहिदभूमि गा.पा.२ बस्ने वर्ष २१ को समेल राई र सोही ट्रकमा सवार ट्रक साहुजी ऐ. गा.पा.१  बस्ने वर्ष २२ को विक्रम विशुङ्खेलाई नियन्त्रणमा लिई इ.प्र.का. सिजुवामा ल्याई थप अनुसन्धान भइहरको ।

 

सर्लाही, हरिवन न.पा. ०५ हिरालाल टोल स्थितमा ज.१ च १५५८ नं.को एम्बुलेन्समा लागु औषध गाँजा लोड गरी जाँदै गरेको छ भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.हरिवन सर्लाहीबाट प्र.नि.चन्द्र कान्त अधिकारीको कमाण्डमा ७ जनाको टोली खटि गई उक्त एम्बुलेन्सलाई पछ्याउँदै जाँदा ऐ. स्थितमा रोकी चेकजाँच गर्दा प्लास्टिकको २ वटा बोरामा १० प्याकेट प्लाष्टिक सहित तौल गर्दा ५१.५ के.जि. ला.औ.गाँजा एम्बुलेन्सको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी लागु औषध गाँजा सहित एम्बुलेन्स र एम्बुलेन्स चालक जि.रौतहट यमुनामाई गा.पा.०४ सरूअठा टोल बस्ने अं.बर्ष ३७ को सुरेन्द्र राय यादव समेतलाई नियन्त्रणमा लिई इ.प्र.का.हरिवन सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।