प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०८।२४ गते ०५:०० बजे देखि ऐ ०८।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०८-२५

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

सिरहा, मिति २०८२।०८।१० गते अं.१०:०० बजे जि.सिरहा कल्याणपुर न.पा.७ भेडिया टोल बस्ने शिबकुमार मुखियाको श्रीमती अं.वर्ष ३० की लक्ष्मीनिया देवी मुखिया (मानसिक सन्तुलन ठिक नरहेको) लाई निजको छोरा अं.वर्ष १५ को अंगद मुखिया र निजको छोरी अं.वर्ष १६ की अमरीता मुखियाले आमाको मानसिक सन्तुलन ठिक नभएको विषयलाई लिएर निजकै छोराछोरीले कुटपिट गरी घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेकोमा ऐ.०८।२४ गते अं.०९:०० बजे मृत्यु भएको, शव तत्काल सोही अस्पतालमा रहेको भन्ने खबर ऐ.०९:१५ बजे सोही अस्पतालबाट जानकारी प्राप्त हुनासाथ इ.प्र.का. मिर्चैयाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई मृतकको छोरा अंगद मुखियालाई पक्राउ गरी अनुसन्धानको लागि तालुक इ.प्र.का. मिर्चैया पठाईएको र छोरी फरार रहेको ।

 

ज.ज.क. बाल यौन दुर्व्यवहार,

ईलाम, ईलाम-२३ गते अं.१३:४० बजे सुर्योदय न.पा.१२ आठघरे पिङडाँडा टोल बस्ने वर्ष ५१ की महिला ऐ.ऐ.१० बस्ने वर्ष ५९ को राजु प्रधानले घरमा कोही नभएको अवस्थामा ज.ज.क.गर्न खोजेको भनि ऐ.२४ गते अं.११;२० बजे इप्रका पशुपतिनगर इलाममा पिडित आफैले लिखित जाहेरी दरखास्त दिन साथ प्र.चौ.आईतबारे इलामबाट प्र.ह.को कमाण्डमा टोली खटीगई पिडक राजु प्रधान लाई नियन्त्रणमा लिई, इ.प्र.का पशुपतिनगर तर्फ पठाएको ।

 

गोली बरामद,

स्याङजा, फेदीखोला गा.पा. २ आगेकुना स्थित फोहोर संकलन केन्द्रमा फोहोर छुट्याउने क्रममा फोहोरको बोरा भित्र ६ राउण्ड गोली(7.62 को ३ राउण्ड,0.2 imi को ३ राउण्ड गरी जम्मा ६ राउण्ड) फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि. र जि.प्र.का.स्याङ्जाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,उक्त फोहोर भालुपहाड देखि कुभिण्डे सम्मको ऐ. २२ गते संकलन गरिएको।

 

हा.ह.बरामद,

जाजरकोट, जाजरकोट-२३ गते तालुक जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट सादा पोसाकमा प्र.स.ह.बल बहादुर बि.क.को कमाण्डमा खटिएको २ जनाको प्रहरी टोलीले जि.प्र.का.सुर्खेत संगको समन्वयमा जिल्ला सुर्खेत बिरेन्द्र नगरपालिका १० एयरपोर्ट चोकबाट जिल्ला जाजरकोट बारेकोट गा.पा.१ बस्ने रन्द्र ब.बस्नेत (राम ब.बस्नेत भनिने) को छोरा बर्ष २३ को दिपेन्द्र बहादुर बस्नेतलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई सोधपुछ गर्दा ऐ.बारेकोट गा.पा.१ बयला स्थित आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको छु भनि जानकारी दिएकोले उक्त स्थानमा आज मिति २०८२।०८।२४ गते १६:३० बजेको समयमा इ.प्र.का.बारेकोट जाजरकोट बाट प्र.नि. सुमन गैह्रेको कमाण्डमा ५ जनाको प्रहरी खटि गई निज रन्द्र ब.बस्नेत (राम ब.बस्नेत भनिने)ब्यक्तिको घर गोठ खानतलासी गर्दा एक तले दुई कोठे टिनले छाएको टहरा (गोठ) भित्र ढोका नजिकै खर भित्र निज दिपेन्द्र बहादुर बस्नेतले लुकाई छिपाई राखेको अवस्थामा कालो रंगको हावादारी Air Gun थान १ (एक) बरामद गरी नियन्त्रणमा लिएको ।

 

कैलाली, कैलाली भजनी न.पा.९ गन्जहुवा स्थित सरस्वती सामुदायीक बन भित्र लम्की तालको छेउमा रहेको हल्दुको रुखको टोट्कोमा धमिरा र खिया लागेको अबस्थामा लुकाई छिपाई राखेको एकनाले थान १ भरुवा बन्दुक छ भनि टे.फो.मार्फत स्थानिय मानिसले इ.प्र.का.भजनी कैलालीमा जानकारी गराउना साथ ऐ.१६:४० बजेको समयमा उक्त स्थानमा इ.प्र.का.भजनी कैलाली बाट सम्पर्क नं.(९८५८४९०३०५) प्र.नि.खगेन्द्र सिंह साउँदको कमाण्डमा ४ जनाको प्रहरी टोली खटीई गई बरामदी मुचुल्का गरी उक्त भरुवा बन्दुक,इ.प्र.का.भजनी कैलालीमा ल्याई ,थप अनुसन्धान भईरहेको ।

 

झुण्डी मृत्यु,

कैलाली, मिति २०८२।०८।२४ गते अं.२३;१५ बजे गोदावरी न.पा.३ मालाखेती घर भई ऐ.धनगढी उप-महनगरपालिका २ सन्तोसीटोल कोठा गरी बस्ने बर्ष २४ कि पुजा शर्माले आफु बस्ने कोठाको फलमको रडमा दोपट्टाको पासो लगाई झु.आ.ह. गर्न खोज्दा निजकै साथी ऐ.ऐ.२ सनतोसीटोल बस्ने बर्ष २६ को सागर विष्टले पासो फुकाली उपचारको लागि नवजिवन अस्पताल धनगढीमा ल्याकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको भनि सोही अस्पतालमा कार्यरत प्र.ह.कमल जोशीले ऐ.२३;३० बजे जि.प्र.का.कैलालीमा जानकारि गराउना साथ व.प्र.का.धनगढीबाट प्र.नि. को कमाण्डमा टोलि खटि गएको । थप टिपोट ;- ऐ.०८।२५ गते ०१;५५ बजे लाश सेति प्रादेशिक अस्पताल धनगढीको लागि पठाएकोमा लाश घरमा राकेको ।

 

ला.औ.,

मकवानपुर, इ.प्र.का.मनहरी मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले जि.मकवानपुर मनहरी गा.पा.९ ज्यामिरे स्थितमा रोकी राखेको BR01CZ4758 नं.को भारतीय कारलाई चेकजाँच गर्दा कारको भित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको तौल गर्दा ३३ के.जि.२१० ग्राम रहेको ला.औ.गाँजा फेला परेको हुँदा ला.औ.गाँजा र कारलाई नियन्त्रणमा लिई इ.प्र.का.मनहरी मकवानपुरमा ल्याई अनुसन्धान भईरहेकोमा उक्त नियन्त्रणमा लिएको गाडिको ईन्जिन नं.चेक गर्न अगाडीको बर्नर खोली हेर्दा अगाडीको बर्नरको भागमा लुकाई छिपाई प्लाष्टिकले बेरेको ६ प्याकेट गाँजा थप बरामद भएकोले, बरामद ला.औ. गाँजा तौल गर्दा २५ के.जि.गरी जम्मा ५८ के.जि.२१० ग्राम गाँजा नियन्त्रणमा लिएको, घटनास्थलमा गाडी मात्र रहेको र  चालक, सवार व्यक्तिहरु कोही फेला नपरेकोले अन्य आ.अ.भईरहेको।

 

मोरङ, रंगेली न.पा. ८ स्थित बिजुली अफस भन्दा अं.२०० मिटर पश्चिमको दुरीमा नामथर, वतन खुल्न नसकेको खेतको बिचमा रहेको डुमरियाको रुख मुनि परालले छोपी लुकाई छिपाई राखिएको ला.औ.गाँजा रहेको भन्ने सुचनाको अधारमा इ.प्र.का.रंगेलीबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले २९ बोरा ला.औ.गाँजा बरामद गरी इ.प्र.का.रंगेलीमा ल्याई राखिएको ।

 

मकवानपुर, मिति २०८२।०८।२५ गते राती अं. ०१:०० बजेको समयमा जि.प्र.का.मकवानपुरबाट प्र.ना.नि.बिग बहादुर तामाङ (९८४५०२८३११) को कमाण्डमा खटिएको ५ जना प्रहरी टोलिले  नामटार तर्फ बाट भैसे तर्फ आउदै गरेको बा १७ च ४२ न.को  बोलेरो पिकअप गाडिलाई जि.मकवानपुर भिमफेदी गा.पा.२ कालिटार स्थित आर्मि ब्यारेक नजिक त्रिभुभन राजपथमा सडकखण्डमा शंका लागी रोक्न खोज्दा गाडी नरोकि भगाएकोले खटीएको प्रहरी टोलीले पिछा गर्दै जाने क्रममा ऐ.भिमफेदी गा.पा.३ पान्द्राङ स्थित ढुङगा खानी जाने भित्रि बाटोमा गाडी रोकि लक गरी चालक फरार भएको अवस्थामा फेला पारेको, उक्त पिकअप गाडी चेकजाँच गर्दा गाडिको पछाडी ढालामा लोड गरी ल्याएको १७ वटा बोरामा प्याक गरेको ५० पोका ला.औ.गाँजा अं.४०० के.जि. (तौल गर्ने बाँकि) फेला परेको हुदा उक्त ला.औ.गाँजालाई अर्को गाडीमा राखी जि.प्र.का.मकवानपुरमा ल्याई राखिएको, पिकअप  गाडि लक गरी राखेको हुदा प्रहरीको निग्रानिमा घटनास्थलमै शुरक्षित राखिएको, फरार चालकको सम्बन्धमा खो.त. भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।