प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०८।२६ गते ०५:०० बजे देखि ऐ ०८।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०८-२७

  • A
  • A-
  • A+
Share

कर्तब्य ज्यान,

काभ्रेपलान्चोक, मिति २०८२।०८।२१ गते बिहान अं.०६:०० बजे पाँचखाल न.पा.१ कोट्याङ बस्ने अं.वर्ष ३१ को गणेश बि.क.आफ्नै घरको पिडिमा लडिरहेको अवस्थामा फेला पारी उपचारको लागि पाँचखाल पोलिक्लिनिक लगेर समान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल लगेकोमा ऐ.०८।२६ गते ११:१५ बजे उपचारको क्रममा मृत्यु भएको भनी ऐ.अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त हुनासाथ प्र.चौ.पाँचखालबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई मृतक लडेको नभई कुटपिट भएको भनी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुँदा कुटपिटमा संलग्न ऐ.पाँचखाल न.पा.१ कोट्याङ बस्ने मंगल तामाङको छोरा वर्ष २५ को कमल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

ज.ज.क. बाल यौन दुर्व्यवहार,

दैलेख, दैलेख दुल्लु न.पा. वडा नम्बर ७ खेतगाउँ स्थित स्थानीयको बाजो जमिनमा ऐ. बस्ने वर्ष अं. ६५ को ईन्द्र देब गिरीले ऐ. बस्ने कृष्ण बहादुर रावतको छोरी बर्ष अं. २२ की शर्मिला रावतलाई ज.ज.क. गरेको भनि निजको आमा जगत्रा रावतले ऐ. १८:३० बजे टेलिफोन मार्फत इलाका प्रहरी कार्यालय दुल्लु दैलेखमा जानकारी गराए पश्चात उक्त स्थानमा इलाका प्रहरी कार्यालय दुल्लु दैलेख बाट प्र.ब.ह.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटीगई निज इन्द्र देब गिरीलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछको लागी केटा र केटी दुबै जनालाई जिल्ला प्रहरी कार्यालय दैलेख तर्फ ल्याउदै ।

 

कैदी मृत्यु,

पर्सा, वीरगंज म.न.पा.५ स्थित कारागार सुरक्षा गार्ड वीरगंज पर्सामा रहेको सवारी ज्यान मुद्दाको कैदी  ऐ.१२ बस्ने अं.वर्ष ३७ को अनिल महतो सुगर प्रेसर हाई भएर उपचारको लागि नारायणी अस्पताल विरगंज पर्सा लगेकोमा  निजको उपचारको क्रममा ऐ.१३:५५ बजेको मृत्यु भएको भनि सुरक्षार्थको लागि प्र.ह.श्याम बाबु यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गएको, उक्त स्थान व.प्र.का.बिर्ताबाट अं.१ कि.मि.दक्षिण पर्ने ।

 

हात हतियार बरामद,

पाल्पा, तानसेन न.पा. ९ डाँडाडुम स्थितमा अ.प्र.पोष्ट माडीफाँट पाल्पाबाट गस्ति खटिएको प्र.स.नि. सहितको प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा ऐ.ऐ. बस्ने बर्ष ६९ को हुम ब.सोमैले आफ्नै बारिको ढिकमा थान १ भरुवा बन्दुक सुकाएर राखेको अवस्थामा फेला पारी बन्दुक सहित निजलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी जि.प्र.का.पाल्पा तर्फ पठाईएको ।

 

श्रोत नखुलेको नगद रकम बरामद,

रौतहट, मौलापुर न.पा.३ लाल बकैया बाँध स्थितमा इ.प्र.का.मौलापुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्नै क्रममा हरनैयाबाट देवाही तर्फ जाँदै गरेको म.प्र.-०३-०३३ प ३११० नं.को मो.सा.रोकी चेकजाँच गर्दा उक्त मो.सा.को लेगार्डमा झोलामा राखेको श्रोत नखुलेको नगद रु.११ लाख ४७ हजार फेला परेकोले नगद, मो.सा.सहित मो.सा.चालक जि.बारा सिमरौनगढ न.पा.११ भवानिपुर बस्ने अं.वर्ष ३६ को मुन्ना प्रसाद जैसवाललाई समेत नियन्त्रणमा लिई जि.प्र.का.मा राखी अनुसन्धान कार्य भईरहेको, उक्त स्थान इ.प्र.का.मौलापुरबाट अं.३ कि.मि.पूर्व पर्ने ।

 

सुधार केन्द्रबाट मानिस फरार,

झापा, कमल गा.पा.५ पाडाँजुगी स्थित रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ऐ. दमक न.पा.१ बस्ने वर्ष २१ को नविन क्षेत्री सहित ७ जना मानिसहरु सोही केन्द्रको मुल गेटको पर्खाल नागी भागेको भन्ने खबर ऐ.१९:२० बजे सोही सुधार केन्द्रको कर्मचारीले इ.प्र.का.दमकमा जानकारी प्राप्त हुनसाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.कार्य भइरहेको ।

 

ला.औ.

सुनसरी, देवानगंज गा.पा. ०४ कौवाखोज स्थितमा इप्रका देवानगंज बाट प्र.नि राकेश राईको कमाण्डमा ४ जनाको र प्रचौ कप्तानगंज बाट प्रसनि उपेन्द्र यादवको कमाण्डमा ४ जनाको खटिएको संयुक्त गस्ति टोलीले नेपाल बाट भारत तर्फ बी आर ५० एजी ८९९३ नं. को मोसामा पछाडी लोड गरी सेतो बोरामा लैजादै गरेको अवस्थामा शंका लागि मोसा रोक्न खोज्दा मोसा सहित २ वटा सेतो बोरा फाली मानिस फरार रहेको, उक्त बोरा खोली हेर्दा बोरा भित्र सेतो प्लाष्टिकमा बेरेको ६० प्याकेट अं. ६० के.जी. ला.औ. गाँजा सहित मोसा नियन्त्रणमा लिई इप्रका देवानगंजमा ल्याई राखिएको,

 

सुनसरी, धरान उ.म.न.पा-२० कालीखोलाको किनार स्थित कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT बाट प्र.ज. र इ.प्र.का धरानबाट प्र.स.नि. को कमाण्डमा खटीएको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा धनकुटाबाट धरान तर्फ पैदल आउँदै गरेको के-कुन व्यक्तिहरुले प्रहरी टोलीलाई देखी निजहरुले बोकेको ११ वटा बोरामा प्याक गरीएको पोका बाटोमा छाडी भागेको उक्त बोरा खोली हेर्दा ला.औ. गाँजा शुद्ध तौल ३३० के.जी.रहेको,फरार व्यक्तिहरुको पहिचान तथा खो.त. कार्य भईरहेको, उक्त ला.औ. गाँजा इ.प्र.का.धरानमा ल्याई आ.अ.भईरहेको,

 

सुर्खेत, बिरेन्द्रनगर न.पा.२ कोलडाँडा र ऐ.२ मुलपानी चोक स्थितबाट जि.प्र.का.खटिएको प्र.स.नि.को टोली,ला.औ. नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्र.स.नि.को टोली र प्र.चौ.बाङ्गेसिमलबाट खटिएको प्र.स.नि.को संयुक्त टोलीले गोप्य सुचनाको आधारमा ऐ. बीरेन्द्रनगर न.पा.२ कोलडाँडा बस्ने वर्ष २० को दिनेश अधिकारी भे.७ प.१४७४ न.को स्कुटि चालकको साथबाट  ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ शुद्धतौल १४ ग्राम, ऐ.२ टेम्पो पार्क बस्ने वर्ष २४ को बिपिन राना र ऐ.बस्ने वर्ष २१ को बिशाल थापाको साथबाट  शुद्धतौल ०.४८ ग्राम फेला पारी तिनै जनालाई स्कुटी सहित नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएको,

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।