प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०८।२८ गते ०५:०० बजे देखि ऐ ०८।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०८-२९

  • A
  • A-
  • A+
Share

कर्तब्य ज्यान,

पाँचथर, फाल्गुनन्द गा.पा. ६ खामेलक बस्ने वर्ष ८२ को वर्ण सिंह आङदेम्बेले आफ्नै घरको आँगानमा आफ्नै भतिजो चन्द्र बहादुर आङदेम्बेको छोरा वर्ष ३६ को प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.आङसाराङबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई बुझ्दा प्रेमराज आङदेम्बेको घट्नास्थलमै मृत्यु भएको, छुरी प्रहार गर्ने वर्ण सिंह आङदेम्बेलाई छुरी सहित नियन्त्रणमा लिएको, घट्नास्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी जि.प्र.का.पाँचथरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटिएको ।

 

ज.ज.क. बाल यौन दुर्व्यवहार,

सल्यान, मिति २०८२।०८।२५ गते अ.२०:०० बजेको समयमा जिल्ला सल्यान छत्रेश्वरी गा.पा.४ झाङखानी स्थित खिम ब.पुनको खाली घरमा ऐ.ऐ.  बस्ने बर्ष २१ को  परिवर्तित नामथर ५५F(१६) ले ऐ.ऐ.बस्ने बर्ष १४ कि परिवर्तित नामथर ५५F (१५)लाई जबरजस्ती करणी गरेको भनि आज मिति २०८२।०८।२८ गते अ.१७:०० बजेको समयमा निजको आमा परिवर्तित नामथर ५५F (१५)को संरक्षक (ख)ले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दर्खास्त दिए पश्चात अ.प्र.पोष्ट जयचौर, सल्यान बाट प्र.स.नि.कमल श्रेष्ठको कमाण्डमा ४ जनाको प्रहरी टोलि खटीगई निजको घर वतन बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सल्यान तर्फ ल्याउदै

 

उदयपुर, मिति २०८२।०८।२७ गते अ.२२:३० बजे ताप्ली गा.पा. ३ दगले स्थित पिडितको आफ्नै घरको दोस्रो तलामा नाबालिका वर्ष ९ की लाई ऐ. बस्ने वर्ष १३ को वालकले जबरजस्ती करणी गरेको हुँदा पीडितको आमाले ऐ.०८।२८ गते १५:०० बजे इ.प्र.का.कटारीमा आई जाहेरी दरखास्त दिए पश्चात प्र.चौ.रामपुरझिल्केबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज वालक लाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इ.प्र.का.कटारीमा ल्याई बुझाएकोले थप अनुसन्धान कार्य भईरहेको, पिडित नाबालिकाको प्रादेशिक अस्पताल कटारीमा ल्याई उपचार पश्चात डिश्चार्ज भएको, अवस्था सामान्य रहेको,

 

थुनुवा झुण्डि मृत्यु,

काभ्रेपलाञ्चोक, मिति २०८२।०८।२८ गते जिल्ला काभ्रेपलाञ्चोक रोशी गा.पा. वडा नं. ९ मंगलटार स्थितमा रहेको इ.प्र.का. मंगलटारको पुरुष हिरासत कक्षमा जिल्ला काभ्रे रोशी गा.पा. १२ ढाडपाखा बस्ने दमै सिं तामाङको छोरा वर्ष २१ को दुधराज तामाङलाई चोरी गरेको कसुरमा नियन्त्रणमा लिई अनुसन्धानको लागी स्वास्थ्य परीक्षण गराई २१:०० बजे हिरासत कक्षमा राखिएकोमा मिति २०८२/०८/२९ गते बिहान ०३;०० बजेको समयमा ड्युटिमा खटिएका प्रहरी बरिष्ठ हवल्दार खेट बहादुर श्रेष्ठले थुनुवा कक्षमा थुनुवा चेक जाँच गर्ने क्रममा ऐ. हिरासत कक्षको ट्वाइलेटको ढोकाको भेन्टिलेशनको  ग्रिलमा आफैले ओढने बलाङ्केटको छेउको कपडाको धजो निकाली  झुण्डि मृत अवस्थामा फेला परेको  सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको ।

 

हातहतियार बरामद,

तनहुँ, व्यास न.पा.३ स्थित रहेको न.पा.को कार्यालयमा व्यास न.पा.को विभिन्न वडाबाट फोहोर संकलन गरी नगरपालिका फोहोर संकलन केन्द्रमा फोहोर वर्गिकरण गर्ने क्रममा कर्मचारी माया बोटेले भरुवा पेस्तोल फेला पारी ऐ.१०:४० बजे जि.प्र.का.तनहुँमा खबर गर्नासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान भईरहेको ।

 

उदयपुर, कटारी न.पा. १२ अर्ना स्थित ऐ. बस्ने वर्ष अं. ३५ को मित्र बहादुर बुढाथोकीको बारीमा बोरा भित्र प्याक गरी लुकाई राखेको अबस्थामा भरुवा बन्दुक थान-०१ फेला पारी उक्त बन्दुक सहित अनुसन्धानको लागि  मित्र बहादुर बुढाथोकी र ऐ बस्ने वर्ष अं. ४४ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई इ.प्र.का. कटारीमा ल्याई अनुसन्धान भईरहेको

 

कास्की, पोखरा म.न.पा.१६ जैमुरे स्थित खरीकुना कालोमुडा सामुदायिक जंगलमा व.प्र.का. बगरबाट प्र.ह. को कमाण्डमा खटी गएको पैदल गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा एक नाल भरुवा बन्दुक वेवारिसे अवस्थामा फेला पारी  व.प्र.का. बगर ल्याई राखेको,

 

रुकुम पुर्वी, पुथा उत्तरगंगा गा.पा.८ सलाप स्थित जि.प्र.का.रुकुम पुर्वी भागबाट खटिएका सिभिल टोली प्र.स.ह.२ जना र इ.प्र.का.तकसेरा रुकुम पुर्वी भागबाट प्र.ना.नि. को कमाण्डमा ५ जना गरी ७ जनाको टोली ग्रामिण गस्ती खटिईएको अवस्थामा लेकमा रहेको शेर बहादुर थापाको गोठमा ऐ.८ खराङ बस्ने वर्ष अं.३० को शेर बहादुर थापा ऐ.बस्ने वर्ष अं.४३ को यम प्रसाद पुन ऐ.बस्ने वर्ष अ.४८ को कृष्ण बहादुर मल्ल उक्त गोठमा बसी रहेको अवस्थामा प्रहरी टोलिले निजहरुलाई सोधपुछ तथा उक्त गोठ खानतलास गर्ने क्रममा उक्त गोठबाट भरुवा बन्दुक थान २ ऐ.मा प्रयोग हुने सोडा (बारुद) अं.२०० ग्राम ऐ.मा प्रयोग हुने गन्धक अं.१०० ग्राम लुकाई छिपाई राखेको अवस्था फेला पारी निजहरुलाई नियन्त्रणमा लिई रितपुर्वक मुचुल्का गरी लु.१ ज ४०४४ नं.को जीपद्वारा जि.प्र.का.मा ल्याई आ.अ.भईरहेको,

 

गोली पड्की मानिस मृत्यु,

मकवानपुर, जि.मकवानपुर मनहरी गा.पा.६ सिस्नेरीपखेरा जंगलमा ऐ.राक्सिराङ गा.पा.८ राजराङ्ग बस्ने बर्ष अं.४५ को गोपाल ब्लोन (अगाडी अगाडी हिडीरहेको) र ऐ.मनहरी गा.पा.६ बालुभञ्ज्याङ बस्ने बर्ष अं.५० को सेते थिङ (पछि पछी हिडीरहेको) दुबै जना मिली दुबैले १/१ थान भरुवा बन्दुक बोकी सिकार गर्न हिडिरहेको अवस्थामा अगाडी हिड्ने गोपाल ब्लोन लहरामा अल्झिन गई लड्न जादा निजले बोकेको भरुवा बन्दुक पड्किन गई पछि पछि आउदै गरेको साथीलाई लागी घटना स्थलमै मृत्यु भएको,दुबै हतियार घटना स्थलमै रहेको भनि गोपाल ब्लोन ऐ.१६:४० बजेको समयमा इ.प्र.का.मनहरी मकवानपुरमा आई जानकारी गराउना साथ तत्काल प्र.ब.ना.नि राजराम पौडेल (९८५५०३५५९९) को कमाण्डमा soco सहित टोली र प्र.चौ सुनाचुरी मकवानपुरबाट प्र.स.नि जित बहादुर शिवभक्ती (९८५५०१०५४०) को कामाण्डमा प्रहरी टोली खटी जादै,ई.प्र.का.मनहरी मकवानपुर बाट प्र.नि दिपक थापा (९८६४७७७३६१) को थप टोली खटीएको,

 

ला.औ.,

कञ्चनपुर, इ.प्र.का.दोधारा चाँदनीबाट खटिइएको (सादा पोशाक) प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले जि.कंचनपुर दोधारा चाँदनी न.पा. ०१ हल्दुघाट बस्ने वर्ष ७२ को चन्द्र चन्दले लागु औषध चरेशको कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा निज र ऐ. स्थित रहेको निजको पसलको रीतपूर्वक खानतलासी गर्दा निजले लगाएको ट्रयाकको बाँया खल्तीमा सेतो प्लास्टिक र कागजमा बेरी लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल १८.८१ ग्राम (१८ ग्राम ८१० मिलिग्राम)लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरी निजलाई पक्राउ पुर्जी दिई पक्राउ गरी इ.प्र.का. दोधारा चाँदनीको हिरासतमा राखिएको,उक्त स्थान इ.प्र.का. दोधारा चाँदनीबाट अं. ५ कि.मी. उत्तर पर्ने ।

 

सुनसरी, बराहक्षेत्र न.पा. ०३ नडाहा-धरान जंगल स्थित इ.प्र.का. महेन्द्रनगरबाट प्र.ज. को कमाण्डमा २ जना र शसस्त्र प्रहरी बेष क्याम चतराबाट स.प्र.ह.को कमाण्डमा २ जना खटिएको संयुक्त चेकिङ टोलिले धरानबाट नडाहा तर्फ आउदै गरेको बा १८ च ३८३४ नं.को कारलाई संका लागि चेक-जाँच गर्दा उक्त कारको पछाडीको सिट र डिक्कीमा राखेको कालो प्लाष्टिकले बेरिएको ५ पोका ला.औ.गाँजा (तौल गर्न बाकी) अं.१२० के.जि. फेला परेकोले उक्त कार, कार चालक ऐ. ईटहरी उ.म.न.पा.१७ पकली बस्ने वर्ष २४ को करण साह, कारमा सवार जि.मोरङ बिराटनगर उ.म.न.पा. ०५ बस्ने वर्ष २१ को सचिन मेहतालाई उक्त ला.औ.गाँजा सहित नियन्त्रणमा लिई इ.प्र.का. महेन्द्रनगरमा ल्याई अनुशन्धान कार्य भईरहेको,

 

बारा, मिति २०८२।०८।२३ गते अं. १५:३० बजे पर्सा राष्ट्रिय निकुन्ज आधाभार बारा मा तैनाथ सबुज गण नेपालि सेनाको टोलि र पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारिहरुको संयुक्त टोलिले बारा स्थितको राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा गस्ति गर्दै जाने क्रममा ला.औ. गाँजा जस्तो पदार्थ बोकि आउदै गरेको अन्जान मानिसहरुले उक्त गस्ति टोलीलाई देखि १० वटा बोरामा २० वटा पोका पारिएको अं. २१४.२७ के.जि. ला.औ. गाँजा, १ थान किप्याड मोबाईल(suneian) र ४ थान कपडाको झोला सोहि स्थानमा छाडि मानिसहरु फरार भएको हुदा उक्त गाँजा नियन्त्रणमा लिई पर्सा राष्ट्रिय निकुञ्जमा ल्याई राखिएको हुदा आवश्यक अनुसन्धान तथा कारवाहिको लागि पर्सा राष्ट्रिय निकुञ्ज  कार्यालय आधाभार बाराको च.नं. मिति २०८२।०८।२८ गतेको प्राप्त पत्र अनुसार ऐ. २८ गते अं. १६;३० बजे इ.प्र.का. सिमरा बाराबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई राष्टिय निकुञ्जको कार्यालयमा राखिएको उक्त ला.औ. गाँजाको रितपुर्वक मुचुल्का कार्य सम्पन्न गरि उल्लेखित सामानहरु समेत आवश्यक अनुसन्धान तथा कारवाहिको लागि इ.प्र.का. सिमरा बारामा ल्याई राखिएको,

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।