प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।०२ गते ०५:०० बजे देखि ऐ ००९।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-०३

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

का.जि.टोखा न.पा.९ गोंगबु स्थित मिरमिरे दोहोरी भित्र जि.धादिङ नेत्रावती डवजोङ गा.पा.२ स्थायी घर भई हाल का.जि.तारकेश्वर न.पा.५ लोलाङ बस्ने वर्ष ३० को हरी शरण पन्त,ऐ.ठेगना भई ऐ.बस्ने वर्ष ३५ को श्रीकृष्ण पन्त र दोस्रो पक्ष जि.डडेलधुरा नवदुर्गा न.पा.५ स्थायी घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २६ को बिरेन्द्र साउद, जि.दार्चुला महाकाली न.पा.९ घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २६ को जनक सिंह नगारी,का.जि.कागेश्वरी मनोहरा न.पा.४ साँखु घर हुने वर्ष ३० को प्रज्वल भुजेल र जि.लमजुङ राईनास न.पा.८ घर भई हाल का.जि.महाराजगंज बस्ने वर्ष २९ को मनोज सुनार विच विवाद भई दोहोरी संचालक जि.गोरखा बारपाक सुलिकोट गा.पा.४ घर भई हाल का.जि.तार्केश्वर न.पा.११ मनमैजु बस्ने वर्ष ३६ को शिव सौगात सुवेदीले दुबै पक्षका मानिसलाई बाहिर निकाले पश्चात सडकमा आई झगडा हुँदा हरिशरण पन्तले धारीलो हतियार प्रहार गर्दा पैदल यात्री जि.गोरखा सिरानचोक गा.पा.७ घर भई हाल का.जि.टोखा न.पा.९ गोंगबु कुलान्त मार्ग स्थित शुभलक्ष्मी गेष्ट हाउसमा काम गर्ने वर्ष २० को वविन गुरुङ घाईते भएको सूचना प्राप्त हुनासाथ प्रभाग गोंगबुबाट प्र.स.नि.सहित ७ जनाको प्रहरी टोली खटिगई झगडा, कुटपिट,धारीलो हतियार प्रहार गर्ने, संचालक सहित ७ जनालाई धारीलो हतियार चक्कु सहित नियन्त्रणमा लिई प्रभाग गोंगबुमा राखिएको,का.जि.महाराजगंज स्थित त्रि.वि.शिक्षण अस्पताल महाराजगंज लगी उपचार पश्चात ऐ.०५:०० बजे थप उपचारको लागी का.जि.सिनामंगल स्थित KMC अस्पताल लगी उपचार भईरहेकोमा ऐ. १३:३५ बजे निजलाई KMC अस्पतालले मृत घोषणा गरेकोमा प्रहरी वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएकोमा ५ जनालाई १८:३० बजे आफन्त को जिम्मा लगाई छाडिएको, बाँकी २ जना हरी शरण पन्त र श्रीकृष्ण पन्त गंगबुको नियन्त्रणमा रहेको,  उक्त स्थान प्रहरी प्रभाग गोंगबुबाट अं.६०० मि. उत्तर पर्ने ।

 

ज.ज.क. /बाल यौन दुर्व्यवहार,

रोल्पा, मिति २०८२।०८।२३ गते अं.२०:३० बजे गंगादेव गा.पा.४ ढुंगेछाप घर भई ऐ.म्वालेखोला स्थित सुन्दर वलीको घरमा कोठा भाडामा लिई होटल तथा किराना पसल गरी बस्ने वर्ष ३२ की महिलालाई ऐ.गौरामाथी बस्ने वर्ष २८ को भरत वलीले ज.ज.क.प्रयास गरेको भनी पीडितले ऐ.२८ गते जि.प्र.का.मा जाहेरी दरखास्त पेश गरे पश्चात ऐ.०९।०१ गते २०:०० बजे इ.प्र.का.घर्तिगाँउबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज पीडकलाई नियन्त्रणमा लिई ऐ.०२ गते १४:०० बजे म्याद थपको जिल्ला सरकारी वकिल कार्यालय तर्फ पठाएकोमा ऐ.१७:०० बजे पिडकलाई दिन ७ म्याद थप गरी जि.प्र.का रोल्पाको हिरासत कक्षमा राखिएको, पीडितको अवस्था सामान्य, उक्त स्थान इ.प्र.का.घर्तिगाउँ रोल्पाबाट अं.३५ कि.मि.उत्तर पर्ने ।

 

झापा, मिति २०८२।०९।०१ गते १६:३० बजे मेचिनगर न.पा.१४ प्रगति टोल स्थित ऐ.बस्ने वर्ष २० की महिलालाई ऐ. मेचिनगर न.पा.१४ प्रगतिटोल बस्ने वर्ष ३२ को चन्दन राजवंशीले जवरजस्ती करणी उद्योग गरेको भनी ऐ.२ गते १७:०० बजे इ.प्र.का.धुलाबारीमा जाहेरी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई दुवै पक्ष लाई यौनजन्य स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाएको,उक्त स्थान इ.प्र.का. धुलाबारी झापाबाट अ.६ किलो मिटर पश्चिम पर्ने ।

 

धादिङ, मिति २०८२।०८।२५ गते अं.१७:०० बजे जि.धादिङ ज्वालामुखी गा.पा-३ अमराई हटिया स्थित ऐ.बस्ने वर्ष अं.२३ को सृजन श्रेष्ठले परिवर्तित नाम धादिङ २४(१०६)०८२।०८३ लाई स्कुल जाँदा बाटो छेकी धाक धम्की दिई हात समातेर तानेर लगि एकान्त ठाउँ खोल्सामा लगि कसुर गरेको भनि ऐ.०२ गते अं.१३:०० बजे जि.प्र.का.धादिङमा पिडितले जाहेरी दरखास्त दिनासाथ प्र.चौ.मैदिबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई गएको,पिडकको खो.त.कार्य भई रहेको,उक्त स्थान प्र.चौ.मैदिबाट अं.६ कि.मि.पूर्व पर्ने ।

 

प्रहरी कर्मचारीको मृत्यु,

इलाम, मिति २०८२।०८।२९ गते अं.२१:०० बजे कम्प्युटर कोड 414239 भई प्र.चौ.एकतप्पा दरबन्दी भई हाल अ.प्र.पोष्ट कालपोखरी, इलाममा कार्यरत प्र.स.ह. सरोज श्रेष्ठको डिउटीको क्रममा अचानक पेट दुख्ने, छाति दुख्ने बिरामी हुदा ऐ.२२;३० बजेको समयमा गाडीद्रारा उपचारको लागी जिल्ला अस्पताल इलामको लगी पठाईएकोमा मिति २०८२।०९।०१ गते ०८:५० बजे थप उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा ऐ.०२ गते अं.१४:३० बजे डाक्टरले मृत घोषण गरेको भनि नोबेल अस्पतालमा खटीएको प्र.क.ले जानकारी गराएको ।

 

शंकास्पद मृत्यु,

ललितपुर, महालक्ष्मी न.पा. ८ सेराफाँट स्थित जि.रोल्पा परिवर्तन गाँ.पा. ४ घर भई हाल जि.ललितपुर ऐ. स्थान बस्ने दिपक बुढामगरले संचालन गरेको तरकारीको टनेल भित्र रहेको इनारमा प्लाष्टीकको बोरामा मुख वाँधी अं. ३० वर्षको नाम थर वतन नखुलेको पुरुष व्यक्तिको सडेगलेको अवस्थामा शव फेला पारेको भनि संचालकले प्रहरी लाई जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग लुभुबाट प्र.स.नि.प्रहरी वृत सातदोबाटोबाट प्र.ना.उ. र परिसर ललितपुरबाट प्र.उ.को कमाण्डमा टोली खटिगएको, उक्त स्थान प्रहरी प्रभाग लुभुबाट अं. १.५ कि.मि पश्‍चिम पर्ने ।

 

थुनुवा मृत्यु,

धनकुटा, न.पा.६ परिचयमोड स्थित जि.प्र.का. धनकुटाको हिरासतमा मिति २०८२।०८।१२ गते देखि रुखले किचि मानिस मृत्यु भएको भएको ज्यान सम्बन्धी मुद्धामा सम्मानित जिल्ला अदालत धनकुटाबाट म्याद थप भई अनुसन्धानमा रहेका थुनुवा जि.भोजपुर आमचोक गा.पा.३ बस्ने वर्ष  २८ को सुजन राई  सुती रहेको अवस्थामा एक्कासी स्वास्प्रस्वासमा समास्या भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगि उपचार भई रहेको तत्कालको अवस्था बोल्न नसक्ने गम्भीर रहेकोमा ऐ.०३:४० बजे उक्त थनुवा उपचारको क्रममा मृत्यु भएको भनि ऐ.अस्पतालको चिकिसत्कले मृत घोषणा गरेको,  उपचारमा जिप्रका धनकुटाबाट प्र.नि. को कमाण्डमा ६ जनाको प्रहरी टोली खटि गएको ।

 

हात हतियार बरामद,

ताप्लेजुङ, मिक्वा खोला गा.पा.५ खिस्तिम्बे स्थित जंङगलमा बन्यजन्तु शिकार हुने गरेको भनी गोप्य सुचना प्र.चौ. तोप्केगोलामा जानकारी प्राप्त हुनासाथ तत्काल प्र.ह.को कमाण्डमा टोली खटि गई, मेरिङदेन गा.पा.४ दिङला बस्ने धन बहादुर लिम्बुको छोरा वर्ष-२१ को मनिष लिम्बु र आईत बिर लिम्बुको छोरा वर्ष-२० को प्रदिप लिम्बु लाई १ थान भरुवा बन्दुक सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी ऐ.१८:२० बजे  इ.प्र.का. दोभानमा ल्याइ पुर्‍याएको,उक्त स्थान प्र .चौ तोप्केगोलाबाट अं. ५ कि.मि.उत्तर पर्ने ।

 

धारिलो हतियार प्रहार,

कास्की, पोखरा म.न.पा.६ लेकसाईड स्थित कुटी रिसोर्ट नजिक जि.बाग्लुङ ढोरपाटन ५ घर भई हाल ऐ. पोखरा म.न.पा. १५ रामबजार बस्ने वर्ष २७ को शिसिर घर्तीलाई अपरिचित १ जना ब्यक्तिले अचानक धारिलो हतियार चक्कु प्रहार गर्दा घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएको, ढाडमा र दाहिने छातीमा चोट, अवस्था मध्यम, उपचारमा आफन्त संलग्न रहेको चक्कु प्रहार गर्ने व्यक्ती फरार, उक्त स्थानमा व.प्र.का. बैदामबाट  प्र.नि. को कमाण्डमा टोली खटी गई खो.त.गर्दै जाने क्रममा ऐ.पोखरा म.न.पा.६ स्टेट नं.१७ बाट ऐ.०२:१५ बजे चक्कु प्रहार गर्ने जिल्ला तनहुँ आबुखैरेनी गा.पा.२ ऐक्लेफाट बस्ने वर्ष २३ को रोशन चितौरे मगरलाई नियन्त्रणमा लिई व.प्र.का.बैदाम राखिएको, अनुसन्धान कार्य भई रहेको ।

 

ला.औ.,

मकवानपुर, हेटौडा उ.म.न.पा.१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डमा प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चितवनबाट बिरगंज तर्फ जादै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा  पछाडि भिर्ने कालो कलरको झोलामा ला.औ.गाँजा अं.११ के.जि. (दुबै झोलाको गरी) फेला परेको हुदा उक्त झोला कस्को भनि सोधपुछ गर्दा जि.चितवन राप्ति न.पा.१२ भञ्ज्याङ  बस्ने वर्ष अं.२३ को निसान प्रजा र जि.चितवन राप्ति न.पा.१२ यउरालिटार नजिक बस्ने अ.२३ को सागर प्रजाको भनि खुल्न आएकोले ला.औ.सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान, कारवाहिको लागी जि.प्र.का.मकवानपुर पठाएको, बसलाई गन्तब्य तर्फ छाडिएको, उक्त प्र.चौ.रातोमाटे मकवानपुरबाट अं.५० मि.पूर्व पर्ने ।

 

न.प.पश्चिम, सुनवल न.पा.१३ प्रर्साहवा स्थित गाजाँ किनबेच भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.सुनवलबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले संका लागि ऐ. सुनवल न.पा. १३ पर्साहवा बस्ने वर्ष अं.४५ की रम्भादेवी थारुको घरबाट शुद्ध तौल ४ के.जि. २९२ ग्राम र ऐ.बस्ने ललिता चौधरिको घर खानतलासी गर्दा शुद्ध तौल ६८२ ग्राम कुल जम्मा गाँजा दुबैको घरबाट गरी जम्मा शुद्ध तौल  ४ के जि ९७४ ग्राम गाँजा बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. सुनवलमा ल्याई राखेको, उक्त स्थान इ.प्र.का. सुनवलबाट अं.५ कि.मि. पुर्व दक्षिण पर्ने ।

 

मोरङ,`` लेटाङ न.पा.५ खेरुवा कुपटोल स्थित ला.औ. कारोबार भइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इ.प्र.का. लेटाङबाट प्र.स.नि. को कमाण्डमा  टोली खटी गई ऐ बस्ने दधिराम न्यौपानेको छोरा वर्ष २४ को धिरज न्यौपानेलाई निजकै आफ्नै घर अगाडिको बाटोमा रहेको अबस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा निज धिरज न्यौपानेको साथबाट टेक्नो कम्पनिको मोबाइल थान-१ र निजले लगाएको ज्याकेटको दाहिने गोजिमा प्लाष्टिक बाहेक ९ ग्राम ला.औ. खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला पारी निजलाई नियन्त्रणमा लिई इ.प्र.का. लेटाङमा ल्याई राखेको ,उक्त स्थान इ.प्र.का. लेटाङबाट अं. ५ कि.मि. पूर्व पर्ने ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।