प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।०६ गते ०५:०० बजे देखि ऐ ०९।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-०७

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी न.पा.९ सिगाने बस्ने वर्ष ५८ को पदम रोक्कालाई ऐ.बस्ने वर्ष ५० को दिल कुमार भुजेलले मा.प.से.गरी बिबाद भई कुटपिट हुँदा पदम रोक्काको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ.निर्मलीडाँडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि.को टोली खटी गई कानुनी प्रकृया पुरा गरी ऐ.१६:३० बजे शव पो.मा.को लागि जिल्ला अस्पताल खोटाङ पठाएको,घटनास्थल अ.प्र.चौ.निर्मलीडाँडाबाट अं.१३ कि.मि.उत्तर पर्ने ।

 

ज.ज.क. /बाल यौन दुर्व्यवहार,

संखुवासभा, मिति २०८२।०९।०५ गते १९:३० बजे  खाँदबारी न.पा.७ घर भई हाल ऐ.खाँदबारी न.पा. ९ बस्ने चन्द्र बहादुर श्रेष्ठको जग्गामा रहेको मतान घरमा डेरा गरी बस्दै आएको बुवा छोरी बीच झै-झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बाट टोली खटी गई निज बुवालाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएकोमा ऐ.६ गते १२:०० बजे वर्ष ४३ को निज बुवाले आफ्नै छोरी वर्ष १६ की बालिकालाई मिति २०८२ सालको असार महिना देखी पटक पटक जबरजस्ती करणी गर्दै आएको भनी जाहेरी दिएकोले आवश्यक अनुसन्धान कार्य भईरहेको, उक्त स्थान जि.प्र.का.बाट अं. ४ कि.मि. दक्षिण पूर्व पर्ने ।

 

प्युठान, ऐरावती गा.पा.४ छापा बस्ने वर्ष अं. ९ की बालिकालाई ऐ. बस्ने वर्ष अं. ११ को बालकले आफ्नै घरमा ज.ज.क. गरेको भनि ऐ.२१:०० बजे खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट कैरनबाट प्र.स.नि. को कमाण्डमा टोली गएको, पिडक घरमा नभएको, खो.त. कार्य भइरहेको, पिडितको अवस्था सामान्य रहेको, उक्त स्थान अ.प्र.पोष्ट.कैरनबाट अं.४ कि.मि. पश्चिम पर्ने ।

 

ला.औ.,

दाङ, जि.बाके नेपालगन्ज उ.म.न.पा.०१ धम्बोजी बस्ने वर्ष ३८ को ईमरान सिद्दिकी हलवाई र ऐ. ०८ ज्वलाहापुर वस्ने वर्ष ३८ को नुरूद्दिन अन्सारीले अवैध ला.औ.व्राउन सुगर विक्री वितरण गर्नको लागि नेपालगन्जबाट दाङको भालुबाङ तर्फ आउदै गरेका छन भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.भालुबाङबाट प्र.नि.को कमाण्डमा खटिएको  टोलिले ऐ. राप्ती गा.पा.०५ पूर्व पश्चिम राजमार्गको कालापानी स्थित सड्क खण्डमा उल्लेखित मानिसहरूलाई फेलापारी तत्कालै नियन्त्रणमा लिई निजहरूलाई चेकजाँच गर्ने क्रममा निज ईमरान सिद्दिकी हलवाईले  लगाएको ज्याकेटको भित्री खल्तीमा सेतो प्लाष्टिकमा सेतो धागोले वाँधेको ला.औ.व्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी शुद्द तौल ३१ ग्राम १६० मिलिग्राम  रहेको र निजले  लगाएको निलो ट्रयाकको पछाडीको खल्तीमा राखेको पर्समा रू.५०० दरको ४ वटा नेपाली नोट गरी जम्मा रू.२०००।– रहेको,निजले प्रयोग गर्दै आएको IME11-862791063943592 IMEI2-12862791063943584 भएको मोवाईल नं.९८१२४९०३८२ र ९८१०२०३५९४ को सिम प्रयोग भएको OPPO क्रिम कलरको स्क्रिनटच मोवाईल थान १ फेला परेको र नुरूद्दिन अन्सारीकको शरीर खानतलासी गर्दा निजले प्रयोग गर्दै आएको IME11-868188059288450,IME12- 868188059288443 भएको मोवाईल नं. ९७०५३६९९०५ र ९७००७७२५६३ को सिम प्रयोग भएको क्रिम कलरको VIVO स्क्रिनटच मोवाईल थान १ फेलापारी निज ईमरान सिद्दिकी हलवाई र नुरूद्दिन अन्सारीको साथवाट वरामद भएको सामान सहित पक्राउ गरी इ.प्र.का.भालुवाङमा ल्याई राखेको,थप अनुसन्धान भई रहेको,उक्त स्थान इ.प्र.का.भालुवाङबाट अं १२ कि.मि.पश्चिम पर्ने ।

 

सुर्खेत, वीरेन्द्रनगर न.पा.३ आदेशनगरमा गोप्य सुचनाको आधारमा न.प्र.का.सुर्खेतबाट खटिएको प्र.स.नि.र ला.औ.नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्र.स.नि.को टोलीले ऐ.बस्ने वर्ष २२ को नबिन थापालाई चेकजाँच गर्दा निजको साथबाट नापतौल नगरेको २२ पुडिया र ५ पोका ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित निजलाई नियन्त्रणमा लिएको, ऐ.१५:३० बजे नापतौल गर्दा शुद्द तौल ७ ग्राम ४६० मिलिग्राम रहेको, उक्त स्थान न.प्र.का सुर्खेतबाट अं.२.५ कि.मि.दक्षिण पश्चिम पर्ने ।

 

महोत्तरी, इ.प्र.का.गौशालाबाट प्र.नि.को कमाण्डमा,इ.प्र.का.रामगोपालपुरबाट प्र.ब.ना.नि.र ला.औ.नियन्त्रण ब्यूरो शाखा कार्यालय,बर्दिवासबाट खटिएको संयुक्त  टोलीले ऐ. औरही न.पा.०१ स्थित बर्दिवास-जलेश्वर सडक खण्डमा रामगोपालपुरबाट बर्दिवास तर्फ शङ्कास्पद तरिकाले जाँदै गरेको ऐ. सम्सी गा.पा.०६ स्थायी वतन भई शेष फखरे आलमको छोरा वर्ष २१ को शेष तनबिरले चलाई ल्याएको BR30A02285 नं.को भारतीय मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार रहेको देश भारत बिहार राज्य, जिल्ला सितामढी, वेला थाना वडा नं.०६ स्थायी वतन भई धरखर मण्डलको छोरा वर्ष २२ को राजु कुमार र सोही मोटरसाइकल पछाडी आउँदै गरेको चालक जिल्ला महोत्तरी सम्सि गा.पा.०६ स्थायी वतन भई मोली मोमताजको छोरा वर्ष २१ को मुसाहिददुल ईस्लामले चलाएका  BR30W0324 नं.को यमाहा कम्पनीको भारतीय मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार रहेका देश भारत, बिहार राज्य, जिल्ला सितामढी बेला थाना वडा नं.०६ कनवा स्थायी वतन भई उत्तम मण्डलको छोरा वर्ष २१ को अरबिन्द कुमार मण्डल समेतलाई रोकेर कानून बमोजिम निजको शरीर र दुवै मोटरसाईकल खानतलासी गर्दा राजु कुमार र अरबिन्द कुमार मण्डल समेतले आफ्नो साथमा बोकी ल्याएको कालो प्लास्टिकको झोला भित्र ला.औ. DIAZEPAN-2ml उल्लिखित ४७४ (चार सय चौहत्तर) थान एम्पुल, BUPENORPHNE-2ml उल्लिखित ४८४ थान एम्पुल र PROMETHOZINE HYDROCHLORIDE PHENERGAN-2ml उल्लिखित ४७८ थान एम्पुल गरी जम्मा १४३६ थान एम्पुल फेला परेको हुँदा उक्त ला.औ.बरामद गरी निज शेष तनबिर,राजु कुमार,मुसाहिददुल ईस्लाम, अरबिन्द कुमार मण्डल र दुबै मो.सा.समेतलाई थप अनुसन्धानको लागि इ.प्र.का.गौशालामा ल्याई राखिएको उक्त स्थान इ.प्र.का.गौशालाबाट अं.६ कि.मि. पूर्व पर्ने ।

 

सर्लाही, हरिवन न.पा.०३ डाबरी टोल स्थितमा आँपको बगौँचा भित्रको झाडीमा शंकास्पद वस्तु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.हरिवनबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त स्थानको वरिपरी खो.त.गर्दा झाडी भित्र सुकेको मकैको डाठले छोपेको अवस्थामा बेवारीसे ला.औ.गाँजा ३ वटा बोरा फेला पारी बरामद गरी इ.प्र.का.हरिवन सर्लाहीमा ल्याई खोली हेर्दा उक्त प्लाष्टिकको बोरा भित्र ठुलो प्याकेट  ९ वटा-४७.६६४ के.जी , सानो  प्याकेट १४ वटा- ३७.७०२ के.जी, सानो प्याकेट १ वटा- १.१३९ के.जी, गरी जम्मा प्लाष्टिक सहितको तौल ८६.५०५ के.जी.रहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।