प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।०७ गते ०५:०० बजे देखि ऐ ०९।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-०८

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान ,

भक्तपुर, भक्तपुर न.पा.३ वंशगोपाल डेगोमना स्थितमा ऐ.बस्ने तुल्सी कर्मचार्यको साढे ३ तल्ले निर्माणाधिन घरमा ज्यामी काम गरी भुइतल्लामा बस्ने जिल्ला उदयपुर घर भएको बर्ष ३५ को पुर्ण ठकुरीलाइ निजसंगै काम गर्ने जिल्ला धनकुटा सागुरीगढी गा.पा.३ घर भई ऐ.घरमा ज्यामी काम गरी बस्ने बर्ष २७ को याखा राई भन्ने संजिब राईले ऐ.०६ गते राती कुटपिट गर्दा निज पुर्ण ठकुरीको घटनास्थलमा मृत्यु भएको,लास घटनास्थलमा रहेको,कुटपिट गरी हत्या गर्ने संजिब राई ऐ.७ गते ०८;०० बजे जिल्ला भक्तपुर भक्तपुर न.पा.१ सल्लाघारी स्थितबाट नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखिएको घटनास्थल मुचुल्का तथा थप अनुसन्धान कार्य जारी,उक्त स्थानमा प्रभाग दरबारस्क्वायरबाट प्र.ब.ना.नि.रमेश राई र परिसर भक्तपुरबाट प्र.उ.सुर्य ब.खड्काको कमाण्डमा टोली खटी गएको। थप अपडेट ऐ. १०:१० बजे लास पो.माको लागी के.एम.सि. दुवाकोट भक्तपुर लगेको ।

 

ललितपुर, जि.भक्तपुर सूर्यविनायक न.पा.७ देउराली जंगलमा सडक भन्दा अं.२०।२५ मिटर तल खोल्सामा अनुसन्धानको सिलसिलामा उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय जावलाखेल ललितपुरको प्रहरी टोलीले नाम थर वतन र लिङ्ग नखुलेको कपडाले बेरेको अवस्थामा शव फेला परेको भनी ऐ. ००:४७ बजे वृत्त सातदोबाटोमा जानकारी गराउनासाथ प्रभाग लुभुबाट प्र.स.नि., प्रभाग इमाडोलबाट प्र.नि. र थप वृत्त सातदोबाटोबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा मृतक जि.भोजपुर अरुण गा.पा.३ घर भई हाल जि.ललितपुर महालक्ष्मी न.पा.८ लुभु बस्ने वर्ष २१ को पारुहाङ राई रहेको, घटनास्थल मुचुल्का पश्‍चात शव पो.मा.को लागि पाटन अस्पताल पठाएको, मिति २०८२।०९।०६ गते उक्त घटना सम्बन्धी सो.पु. को लागी अपराध महाशाखाको टोलीले जिल्ला सिन्धुली गोलन्जोर गा.पा. ०५ घर भई बस्ने बर्ष २० को जयराम अधिकारीलाई नियन्त्रणमा लिई निजलाई अपराध महाशाखा टेकुमा राखेको,घटनास्थलमा वृत्त सातदोबाटोबाट प्र.ना.उ र जिल्ला प्रहरी परिसर ललितपुरबाट प्र.ब.उ. र जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्र.ना.उ.को कमाण्डमा १२ जनाको टोली खटी गएको।

 

ज.ज.क. /बाल यौन दुर्व्यवहार,

सुर्खेत, सुर्खेत वी.न.पा.वडा नं.२ गुप्तीपुर स्थित जाहेरवाला परिवर्तीत नाम (०८२।/०८३) ६४ बीरेन्द्रनगर ३६ Aको घरको उतर तर्फको कोठामा ठुली र सानी बहिनी सुतीरहेको अबस्थामा जि.सुर्खेत वी.न.पा.वडा नं.२ गुप्तीपुर बस्ने बर्ष अं.२५ को विष्णे भन्ने विष्णु गिरीले कोठामा प्रवेश गरी बिस्तारामा सुतीरहेकी बहीनीहरु मध्ये जेठी बहिनी ऐ.ऐ बस्ने बर्ष १६ की परिवर्तित नाम ०८२।/०८३) ६४ बीरेन्द्रनगर क ३६ लाई एक्कासी मुखमा हात लिई मुख बुझी अर्को हातले शरिरको संम्वेदनशिल अंग स्तन छातीमा सुमसुम्याई जबरजस्ती करणी उधोग गरेको हुंदा निज अन्यायी विष्णे भन्ने विष्णु गिरीलाई पक्राउ गरी हदै सम्मको सजाय गरी क्षतिपुर्ती समेत दिलाई भराई पाउ भनि पिडितको दाजु परिवर्तीत नाम (०८२।/०८३) ६४ बीरेन्द्रनगर ३६ A ले मिति २०८२।०९।०६ गते जि.प्र.का.सुर्खेतमा लिखित जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिगएको र उक्त व्यक्ति लाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।

 

पाल्पा, तानसेन न.पा.७ बस्ने वर्ष ३४ को जीवन घर्ती मगर भन्ने शेर बहादुर बितालुले पाल्पा जिल्ला अन्तर्गत बस्ने वर्ष २४ की परिवर्तित नाम (०८२।०३) ४७ (ट) लाई जिल्ला पाल्पा तानसेन न.पा.११ स्थित जङ्गी अड्डा स्थित होटलमा ज.ज.क. गरेको भनि मिति २०८२।९।७ गते १७:०० बजे निज पडित आफैले जि.प्र.का.पाल्पामा आई जाहेरी दिएकोले उक्त स्थानमा जि.प्र.का. पाल्पाबाट प्र.नि. को कमाण्डमा टोलि खटिगई निज पिडक व्यक्तिलाई नियन्त्रणमा लिई जि.प्र.का.पाल्पामा राखिएको,निज पिडित महिलाको मेडिकल पश्चात आफन्तको जिम्मा लगाई घर पठाएको,अवस्था सामान्य

 

उदयपुर, रौतामाई गा.पा. ८ खमारे घर भई हाल ऐ. त्रियुगा न.पा.११ स्थित रमा मगरको घरमा डेरा लिई बस्ने वर्ष १० की नावालिकालाई देश भारत झारखण्ड राज्य सांकेतनगर ग्रामपञ्चायत डोरन्डा थाना वडा नं. १८ स्थाई घर भई हाल ऐ. त्रियुगा न.पा. ११ स्थित रमा मगरको घरमा डेरागरी बस्ने वर्ष अं. ३५ को अनुराग भन्ने सिन्टु कर्मकारले आफ्नै कोठा भित्र लगी ललाई फकाई गरी यौन दुर्व्यवहार गरेको भनि पिडितको हजुरबुवाले ऐ.०९।०७ गते अं.१६:०० बजे जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बाट प्र.ब.ह को कमाण्डमा टोली खटी गई निज अनुराग भन्ने सिन्टु कर्मकारलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि जि.प्र.का.ल्याइ आ.अ.कार्य भइरहेको,

 

तनहुँ, भानु न.पा.१ पुल्चोक स्थित रहेको मौसम थापा मगरद्धारा संचालित मगर होटलमा ऐ. भानु न.पा.-९ बस्ने वर्ष २४ को सिताराम नेपालीले जि. लम्जुङ दोर्दी गा.पा.-२ बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क. र जि. चितवन भरतपुर म.न.पा.-१४ बस्ने वर्ष २६ को निसान थापाले जि. धादिङ रुबिभ्याली गा.पा.-५ बस्ने वर्ष १७ की बालिकालाई यौन दुरुपयोग गरेको भनि ऐ.०९।०७ गते १७:०० बजे पिडितका आफन्तले इ.प्र.का.भोटेवडार लम्जुङमा जानकारी गराए पश्चात इ.प्र.का.भानुतनहुँबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडित र पिडक चारै जनालाई इ.प्र.का.भानु तनहुँमा ल्याई स्वास्थ्य परिक्षणको लागि प्रदेश अस्पताल दमौली लगिएको ।

 

कैलाली, धनगढी उ.म.न.पा.१२ मनेहरा सिबिर बस्ने वर्ष २४ की महिलालाई ऐ.बस्ने वर्ष ३८ को झंकु राम डगौराले ज.ज.क.गरेको भनि ऐ.०९।०७ गते १६:३० बजे जि.प्र.का.मा जाहेरी दिएकोले  अ.प्र.पोष्ट मनेहराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजकै घर ठेगानाबाट नियन्त्रणमा लिई जि.प्र.का.को हिरासतमा राखि थप अनुसन्धान भईरहेको ।

 

कुटपिट,

बाँके, जानकी गा.पा.०२ नवाजी गाउँ बस्ने दिपक यादवले आफ्नो श्रीमती वर्ष २० की  रिमा यादवलाई बाँया कानमा हातको मुक्काले हानी घाईते भई उपचारको लागि संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि नेपालगंज बाँके ल्याई उपचार भई रहेको अबस्था गम्भिर रहेको, उपचारमा सङ्लग्न बुबा हन्सराम यादव रहेको भनि ऐ. अस्पतालमाबाट ऐ.२३.३० बजे जानकारी गराउना साथ उक्त स्थानमा प्र.चौ. बेलभार बाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने निजको श्रीमान दिपक यादव फरार रहेको,खो.त. कार्य जारी रहेको ।

 

हात हतियार बरामद,

कालिकोट, तिलागुफा न.पा. ७ सुर्खाल पाटन स्थित दुन्द्रा ओढारमा भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा रहेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ. छाप्रेबाट प्र.ब.ह.को कमाण्डमा खटिएको टोलीले छुट्टा छुट्टै ओढारमा २ नाल भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, उक्त स्थान प्र.चौ.छाप्रेबाट अं.३ घण्टा उत्तर पर्ने ।

 

ला.औ.,

धादिङ, गजुरी गा.पा.६ आदमघाट बजार स्थित पृथ्बिलोकमार्गमा गोप्य सुचनाको आधारमा प्र.चौ.बैरेनिबाट प्र.ना.नि. र अ.प्रोष्ट आदमघाटबाट प्र.स.नि. को कमाण्डमा खटिएको  संयुक्त टोलीले काठमाण्डौबाट बुटवल तर्फ जादै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो, हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अं.३० के.जि बराबरको ला.औ.गाँजा फेला पारी गांजा ल्याउने  ऐ. गजुरी गा.पा ७ बस्ने बर्ष ३५ को चन्द बहादुर तामाङ सहित ३ जनालाई गांजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।

 

सुनसरी, धरान उ.म.न.पा.१३ चिण्डे डाँडा स्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश धरानबाट स.प्र.ना.उ.को कमाण्डमा खटिएको गस्ती टोलिले चेक जाँच गर्ने क्रममा चिण्डे डाँडा हुदै धरान तर्फ आउदै गरेको को २ ह ५९३४ नं. अटो लाई चेक जाँच गर्दा ५ पोका ला.औ.गाँजा  तौल गर्दा १०९ के.जी. अटो र अटो चालक ऐ. १३ बस्ने वर्ष २८ को राकेश मरिक लाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का.धरानमा ल्याई बुझाईएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।