प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।१० गते ०५:०० बजे देखि ऐ ०९।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-११

  • A
  • A-
  • A+
Share

हात हतियार बरामद,

भक्तपुर, मध्यपुर ठिमी न.पा. १ सुकुम्बासी बस्तीको गुम्बा पछाडि सार्वजनिक जग्गाको झाडीमा वेवारिसे अवस्थामा गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई प्रारम्भिक अनुसन्धान गर्दा निलो कपडाको बिन्दुली भित्र रहेको 7.62 M80 लेखिएको २६ राउण्ड SLR को गोली फेला पारी वृत्त ठिमीमा ल्याई राखिएको, थप अनुसन्धान कार्य जारी रहेको ।

 

सुन बरामद,

काठमाण्डौ, जि.ताप्लेजुङ मैवाखोला गा.पा.१  घर भएको वर्ष ३६ को दिल कुमार रहपाल बि.क. का.म.न.पा.९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा आई संकास्पद रुपमा उभिरहेको अवस्थामा निजलाई निग्रानी गर्दै जाँदा निजले बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई  सुन जस्तो देखिने पहेलो धातुको ब्रासलेट थान-२ (ब्रासलेट-(अं.२० ग्राम, ब्रासलेट-अं.२५ ग्राम) गरी जम्मा ४५ ग्राम अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाउनु पर्नेमा बिदाको कारण प्रहरी वृत्त गौशाला पठाएको ।

 

मानिस बेपत्ता (शंकास्पद) (फुटकर ज्यान),

सिन्धुली, मिति २०८२।०९।०९ गते के कुन समयमा जि.सिन्धुली तीनपाटन गा.पा.३ राम्चे बस्ने वर्ष ५३ की टंकमाया बुढाथोकी (सो घरमा निज महिला एक्लै बस्ने तथा श्रीमानको मृत्यु भई सकेको र २ छोरा वैदेशिक रोजगारको शिलशिलामा विदेश रहेको,४ छोरी मध्ये ३ वटा विवाहित १ छोरी बेलघारीमा डेरा गरी अध्ययन गर्दै) आफ्नै घरबाट हराएको र खो.त.गर्दा समेत फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का बेलघारीबाट प्र.स.नि र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई हेर्दा निजको घरमा हेर्दा निज सुत्ने बेडमा दिशा पिसाब र हलुका रगत जस्तो समेत देखिएको महिलाको खो.त.भईरहेको, बा.प्र.हेटौडाबाट प्र.नि.को कमाण्डमा २ वटा तालिम प्राप्त कुकुर सहितको टोली ऐ.१७:१५ बजे घटनास्थलमा पुगी थप अनुसन्धान कार्य भई रहेको ।

 

आगजनी,

बर्दिया, गुलरीया न.पा.१० बाजिपर्सिया स्थित ऐ.बस्ने राजन लोधको छोरी वर्ष २५ की अनुराधा लोधलाई ऐ.बस्ने निसार बेहनाको छोरा वर्ष २४ को सद्दाम बेहनाले ५ दिन अगाडि भगाई लिइ आएकोमा केटी पक्षहरु निजको घरमा आई केटिलाई जबजस्ती लिई गएको र सद्दाम बेहनाको घरमा आगजनी समेत गरेको भनी ऐ.२१:०० बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.मथुराबाट प्र.ह.को कमाण्डमा ५ जना, जि.प्र.का.बर्दियाबाट प्र.नि.कोकमाण्डमा २८ जना र  बि.ओ.पि.कालाबन्जारबाट स.प्र.नि.को कमाण्डमा ३५ जनाको टोली खटी गइ बुझ्दा केटी पक्षले निज सद्दाम बेहनाको टायलले छाएको १ तले कच्ची घरमा आगजनी गरी केटीलाई लिएर फरार रहेको, निजहरुको खो.त.भईरहेको, नेपाल प्रहरी ससत्र प्रहरी र दमकलको सहयोगमा ऐ.२२:१५ बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको, आगलागीबाट घर र घरमा रहेको लत्ताकपडा, अन्नपात भाडा वर्तन र काठहरु जली क्षति भएको, १ जिउ बाख्राको पाठो जली मरेको, क्षतिको बिवरण आउन बाँकी, थप- केटी जि.प्र.का.को नियन्त्रणमा रहेको ।

 

ढुंगामुढा,

सिन्धुली, मिति २०८२।०९।०६ गते अं.१६:३० बजे कमलामाई न.पा.४ धुराबजार बस्ने वर्ष ६२ को दुर्गामान बम्जनको बुहारी वर्ष ३२ की सुसिला बम्जनलाई निजको सासु र नन्दले आगो लगाई घटनास्थलमा नै मृत्यु भएको बिषयलाई लिएर ऐ.१० गते १५:१५ बजे माईती पक्ष र स्थानीय गरी अं.१००० जनाको सङख्यामा भेला जम्मा भई दुर्गामान बम्जनको घरमा ढुंगामुढा गरी घरको झ्यालको सिसा फुटाएको, उक्त स्थानमा जि.प्र.का.सिन्धुलीबाट प्र.ना.उ.को कमाण्डमा १६० जना र सुरक्षा बेस क्याम्प सिन्धुलीबाट स.प्र.ना.उ.को कमाण्डमा ४६ जनाको टोली खटी गई सम्झाई बुझाई कार्य भईरहेकोमा भिड नियन्त्रण गर्नको लागि नेपाल प्रहरीबाट ३ सेल अश्रुग्याँस र सशस्त्र प्रहरीबाट २ सेल अश्रुग्याँस गरी जम्मा ५ सेल अश्रुग्याँस फायर भएको, ऐ.२०:३० भिडलाई  नियन्त्रणमा लिनको लागि सुरक्षा समितिको बैठक बसी ऐ.२०:३० बजेबाट लागु हुने गरी मिति २०८२।०९।११ गते ०६:०० बजे सम्मको लागि कर्फ्यु जारी भएको, ऐ.२१:०० बजे उक्त घर भित्र रहेका ५ जना मानिसहरुलाई उद्दार गरी जि.प्र.का सिन्धुली ल्याई राखेको, उक्त घटनामा प्रहरी तर्फ १२ जना प्र.क.( प्र.नि.१, प्र.ब.ह.५, प्र.ह.२, प्र.स.ह.२, प्र.ज.२) सामान्य घाइते भई जि.अस्पताल सिन्धुलीमा सामान्य उपचार पुन:पश्चात डिउटीमा खटिएको, ढुंगामुढाबाट इ.प्र.का खुर्कोटको ना.१ झ.१४१९ नं.को स्कारपियोको अगाडीको सिसा चर्किएको साथै चालक तर्फको दुवै सिसा पूर्णरुपमा क्षति भएको,नेपाल प्रहरीको १ थान  हेण्ड सेटमा क्षति भएको, नेपाल प्रहरीको ३ थान सिल्डमा क्षति भएको, ऐ.२३:०० बजे भिड तितरवितर भई घटनास्थलमा खटिएको प्रहरी टोली बाहेक अन्य सर्वसाधरण कोही नरहेको, प्र.ता.के.दुधौली, सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प सिन्धुली, इ.प्र.का.भिमान र इ.प्र.का.कपिलाकोटबाट आएको थप मद्दत टोली क्रमश:तत्काललाई फिर्ता भएको, विशेष सुरक्षा गण, ढल्केवर र जि.प्र.का.सिन्धुलीबाट खटिएको टोली घटनास्थल सुरक्षार्थ खटिएको ।

 

ला.औ.,

कपिलबस्तु, मायादेवी गा.पा.२ भैसकुण्ड स्थित इ.प्र.का.पकडीबाट प्र.स.नि.को कमाण्डमा र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको UP 55 AU 0723 नं को मो.सा.लाई रोकी चेकजाँच गर्ने क्रममा मो.सा.चालक जिल्ला कपिलवस्तु मायादेवी गा.पा.४ बुलकडिहवा बस्ने वर्ष ३० को अब्दुल कासिमले लुकाई छिपाई ल्याएको ४३.७६ ग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित नियन्त्रणमा लिई जि.प्र.का.कपिलवस्तुमा राखिएको ।

 

सुनसरी, धरान उ.म.न.पा.७ श्रीजंग मार्ग स्थित म्यास लिम्बुको घरमा लागु औषध कारोबार भइरहेको भन्ने सुचनाको आधारमा व.प्र.का.धरानबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई म्यास लिम्बुको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको प्रतिबन्धित ला.औ. ट्रामाडोल-५७० पिस ट्याब्लेट र स्पासपेन-५५० क्यासुल,तरबार, खुकरी, कट्टी र धार लगाउने ग्यालेन्डर सहित  फेला पारी ऐ. बस्ने वर्ष २८ को संसार थापा, ऐ.१५ बस्ने वर्ष १९ को संदेश  लिम्बु,(लागु औषध मुद्दाको थुनुवा GEN G आन्दोलनमा झुम्का कारागारबाट फरार) ऐ.७ बस्ने वर्ष १७ को मनिष परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.धरानमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।