प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।१६ गते ०५:०० बजे देखि ऐ ०९।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-१७

  • A
  • A-
  • A+
Share

कर्तब्य ज्यान,

भोजपुर, मिति २०८२।०९।१५ गते अं.२२:०० बजे टेम्केमैयुङ गा.पा.४ नागि बस्ने अं.बर्ष ६२ को ताम प्रसाद राईलाई ऐ.बस्ने निज मृतको भतिज वर्ष ४१ को सोम कुमार राईले मा.प.से.गरी के कुन कारण के केनु वस्तुले टाउकोमा प्रहार गरी मृत्यु भएको भन्ने खबर ऐ.१६ गते अं.१६:३८ बजे प्राप्त हुनासाथ इ.प्र.का.दिल्पाबाट प्र.नि.र  जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल भोजपुर पठाएको, टाउकोमा प्रहार गर्ने  सोम कुमार राई इ.प्र.का.दिल्पाको नियन्त्रणमा

 

गोली लागी मृत्यु,

सुनसरी, कोशी गा.पा.१ स्थित लौकही बजारबाट भन्सार तर्फ जाने भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्र.१-०२-००३ ह.३३१७ न.को बाटोमा रोकिराखेको सिटि सफारिमा ऐ.बस्ने अं.र्ष ४५ को बिजय साह मृत अवस्थामा रहेको भनी इ.प्र.का.लौकहीमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.लौकहीबाट प्र.ब.ना.नि.को कमाण्डमा र जि.प्र.का.सुनसरीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.अं.०१:१० बजे ऐ.कोशी गा.पा.१ यादब टोल स्थित यादब टोल चेक प्वाईन्टमा सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकही सुनसरीबाट स.प्र.ह.नवराज खतिवडाको कमाण्डमा खटिएको २ जनाको चेक प्वाईन्ट टोलीले भारतबाट अवैध रुपमा नेपाल तर्फ आउदै गरेको नं.नखुलेको २ वटा अटो र प्रदेश १ -०२-००३ ६ ३३१७ नं.को सिटी सफारीलाई चेकजाचँ गर्न खोज्दा अटोमा सवार व्यक्तीले २ राउण्ड गोली फायर गरी अटो र सिटी भगाउन खोज्दा सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हे.क्वा.सुनसरी दरवन्दी भई विओपीमा कार्यरत सशस्त्र प्रहरी हल्दार नवराज खतिवडाले बोकेको CY5390 नम्बरको SLR बाट ५ राउण्ड (७.६२ मि.मि.) जवाफी गोली फायर गर्दा सिटि चालक ऐ. कोशी गा.पा.१ लौकही बस्ने अं.वर्ष ४० को बिजय शाहको घटनास्थलमै मृत्यु भएको भन्ने बुझिन आएको, उक्त स्थानमा जि.प्र.का.सुनसरीबाट प्र.ना.उ.को कमाण्डमा ३० जना, ईलाका प्रहरी कार्यालय लौकहीबाट प्र.व.ना.नि.को कमाण्डमा ०७ जना, र स.प्र.बल नेपाल बि.ओ.पी.लौकहीबाट स.प्र.नि.को कमाण्डमा १८ जनाको टोली खटिएको ।

 

ज.ज.क. उद्योग /बाल यौन दुर्व्यवहार,

झापा, मिति २०८२।०८।२७ गते १२:३० बजे अर्जुनधारा न.पा.११ स्थित सुर्योदय होटेलमा ऐ.बस्ने वर्ष १६ की बालिकालाई ऐ.९ बस्ने वर्ष २३ को कृष्ण बुढाथोकीले ललाई फकाई ज.ज.क.गरेको भनी ऐ.९।१५ गते १७:०० बजे अ.प्र.पो.बसपार्कमा मौखिक जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडक कृष्ण बुढाथोकीलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इ.प्र.का.अनारमनी पठाईएको, ऐ.१६ गते १३:१५ बजे इ.प्र.का.अनारमनीमा आई लिखित जाहेरी पेश गरेको ।

 

इलाम, मिति२०८२।०१।१३ गते अं.२३:०० बजे इलाम  न.पा.३ पुवामझुवा स्थित ऐ.बस्ने वर्ष ३० की महिलालाई ऐ.बस्ने वर्ष ४९ को साइनोमा काका पर्ने र काका पर्ने वर्ष ५१ को पुरुष व्यक्तिले ज.ज.क.गरेको भनी ऐ.०९।१५ गते १७.०० बजे पीडितले जि.प्र.का.मा लिखित निवेदन दिनासाथ प्र.चौ.रक्सेबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई वर्ष ४९ को पीडकलाई पक्राउ गरी ऐ.१६ गते जिल्ला अदालत इलाममा म्याद थपको लागि लगिएको, वर्ष ५१ को पीडक फरार खो.त. कार्य भईरहेको ।:- ऐ. १६ गते २०:५० बजे  फरार रहेको वर्ष ५१ को पीडक लाई टोलिले खो.त. गर्ने क्रममा निजकै घरमा फेला पारी  पक्राउ गरी ऐ. २२:४५ बजे इप्रका मंगलबारेमा ल्याई अनुसन्धान कार्य हुँदै ।

 

उदयपुर, कटारी न.पा.४ गवुवा बस्ने वर्ष अं.३० को अजय तामाङले आफ्नै घरको कोठामा ऐ.बस्ने वर्ष अं.१४ की (शारिरीक रुपमा फरक क्षमता भएकी) बालिकालाई जबरजस्ती करणी गरेकोले आवश्यक कानूनी कारवाही गरी पाँउ भनी निज पीडितको हजुर बुवाले ऐ.१५:३० बजे इ.प्र.का.कटारीमा जाहेरी दरखास्त दिनासाथ इ.प्र.का.कटारीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडक अजय तामाङलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारीमा राखी अनुसन्धान भईरहेको, पीडित बालिकालाई प्रादेशिक अस्पताल कटारी उदयपुर पठाई यौनजन्य स्वास्थ्य परीक्षण पश्चात आफन्तको जिम्मा लगाई पठाएको, अवस्था सामान्य रहेको ।

 

थुनुवा फरार,

काठमाडौं, जि.गुल्मी सत्यवती गा.पा.२ घर भई हाल का.जि.तारकेश्वर न.पा.१० मनमैजु बस्ने बर्ष ३६ की माया राहादीको जाहेरीले चोरी मुद्धाको लागि म्यादथप गर्नको लागि का.म.न.पा.११ बबरमहल काठमाडौं जिल्ला अदालत लगिएको थुनुवा तारकेश्वर न.पा. १० मनमैजु घर भई बस्ने वर्ष १९ को सनिष श्रेष्ठ र जि.कास्की घर भई हाल तारकेश्वर न.पा.१० मनमैजु बस्ने वर्ष १९ को रविन भण्डारी फरार भएको, दुवै जनाको म्यादथप नभएको । थप टिपोटः- मिति २०८२।०९।१७ गते अं.००;२० बजेको समयमा का.जि डल्लुबाट फरार थुनुवा मध्ये १ जना रविन भण्डारी नियन्त्रणमा ।

 

बाँके, मिति २०८२।०९।०७ गते नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धानमा रहेको देश भारत जिल्ला बहराइच घर भई हाल जि.प्र.का.बाँकेको हिरासत कक्षमा रहेको लागु औषध सेवन मुद्धाको वर्ष ३२ को अनिल कुमार यादव बिरामी भई भेरी अस्पताल नेपालगंज बाँकेमा लगिएकोमा बेड भर्ना भई उपचार भईरहेकोमा उपचारकै क्रममा उक्त भेरी अस्पतालको परिसरबाट भागी फरार भएको भनी निजको उपचारमा सुरक्षार्थ खटिएका प्र.स.ह.लिलाधर पाण्डेले जानकारी गराए पश्चात जि.प्र.का.बाँकेबाट प्र.ना.उ.को कमाण्डमा ३५ जनाको टोलि, इ.प्र.का.जमुनाह, जयसपुर, हिरमिनिया, प्र.चौ.साईगाँउ लगायत सम्पूर्ण सिमा नाका युनिटबाट प्रहरी परिचालन भई खो.त.कार्य भईरहेको ।

 

नक्कली नोट सहित मानिस नियन्त्रणमा,

काठमाडौं, गोकर्णेश्वर न.पा.८ अत्तरखेल चोक स्थित प्रहरी वृत्त बौद्वबाट प्र.ना.उ.को कमाण्डमा र जिल्ला प्रहरी परिसर काठमाण्डौबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा जि.सिन्धुपाल्चोक बाह्रबिसे गा.पा.२ घर भई हाल का.जि.शंखरापुर न.पा.४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा समेत ६ जनाको साथबाट १ हजारको दरको ७६ थान नक्कली नोट फेला पारी उक्त नक्कली नोट सहित निजहरु ६ जनालाई नै नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्वमा राखिएको ।

 

ला.औ.,

सिरहा, कर्जन्हा न.पा.१० मन्हर्वा स्थित पहरीया टोलमा लागु औषध गाँजा विक्री वितरणको लागी लागु औषध गाँजा लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा इ.प्र.का.मिर्चैयाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.वस्ने स्व.किरण वस्नेतको घर कोठा खान तलासी गर्दा जुटको बोरा भित्र राखेको १० वटा बोरामा लागु औषध गाँजा फेला पारी तौल गर्दा २१० किलो ग्राम वरामद गरी आवश्यक कारवाहीको लागि इ.प्र.का.मिर्चैयामा राखिएको, थप अनुसन्धान कार्य भइरहेको,

 

बाँके, देश भारत उत्तर प्रदेश जि.बहराईच रुपैडिया थाना बस्ने बर्ष ३५ इलिहास अहमदले लागु औषध ब्राउनसुगर खरीद बिक्री गरी रहेको भन्ने सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा बाँकेबाट खटीएको प्र.स.नि.को कमाण्डमा टोलीले जि.बाँके नेपालगंज उ.म.न.पा.०४ गणेशपुर नजिक फेला पारी कानुन बमोजिम चेकजाँच गर्न खोज्दा निज भाग्न खोजेको अवस्थामा टाइप 54 चा.पे.बाट ३ राउण्ड हवाई फायर गरी निजलाई नियन्त्रण लिई निजले लगाएको कालो ज्याकेटको अगाडीको दाहिने खल्ती भित्र लुकाई राखेको अवस्थामा लागू औषध खैरो हेरोईन फेला पारी, प्लाष्टिक सहित अन्दाजी ३०० ग्राम र मोबाइल थान-१ समेत बरामद गरी निजलाई पक्राउ गरी व.प्र.का.नेपालगंज बाँकेबाट खटीएको प्र.स.नि.युवराज खड्काको टोलीले जि.प्र.का.बाँकेमा बुझाएको ।

सम्बन्धित समाचार
मिति २०८३।०१।३१ गते ०५:०० बजे देखि २०८३।०२।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०२-०१

कर्तव्य ज्यान,धादिङ, मिति २०८३/०१/२६ गते १६:०० बजे सिद्धलेक गा.पा.५ कुम्पुर डाँडा स्थित ऐ.बस्ने वर्ष ५५ को मसिने दमाई आफ्नै घरको आँगनमा लडी घाईते भएको भनी ऐ.२७ गते ०८:३० बजे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा उपचारको लागि गएको, घटना सम्बन्धमा थप बुझ्ने क्रममा निजकै श्रीमती वर्ष ३५ की सर्मिला परियारले कुटपटि गर्दा घाईते भएको भनि बुझिएकोले अ.प्र.पोष्ट बुङचुङबाट प्र.ह. को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने निजको श्रीमतीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको, निज घाईतेको ऐ.३१ गते ०९:०० बजे उपचारको क्रममा मृत्यु भएको, शव १४:०० बजे मृतकको भतिजले बुझि लगेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,बाँके, मिति २०८३।०१।२९ गते अं.१४:३० बजे, जि.बाँके कोहलपुर न.पा.१ कौशिलानगर बस्ने वर्ष १४ की (सुस्त मनस्थिती) बालिकालाई ऐ.बस्ने अं.वर्ष २५ को धिरज लामिछाने मगरले ललाई फकाई गरी जि.बाँके बैजनाथ गा.पा.४ नौलापुर सामुदायिक वनमा लगी ज.ज.क.गरी फरार रहेको भनी निज बालिकाको आमाले ऐ.३० गते इ.प्र.का.कोहलपुरमा आई जाहेरी दर्खास्त दिएकोले निज पीडकलाई ऐ.३१ गते अं.१७:०० बजे  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । धनकुटा, मिति २०८३।०१।१७ गते अं.२०:०० बजे  जि.धनकुटा पाख्रिबास न.पा.६ बस्ने वर्ष १४ की बालिकालाई निजकै घर कोठाभित्र निजकै बुवा ऐ.वस्ने वर्ष ३९ को पुरूषले ज.ज.क. गरेको भनि ऐ.३१ गते १५:०० बजे सूचना प्राप्त हुनासाथ इ.प्र.का.पाख्रिबास धनकुटाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई  वर्ष ३९ को पुरूषलाई नियन्त्रणमा लिई थप  अनुसन्धान भईरहेको, पीडितको आफन्त समेत जि.प्र.का.धनकुटा आई ज.ज.क.(हाडनाता) मुद्धा शिर्षकमा जाहेरी दिएको, निज पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको, निज पीडित बालिकालाई सेफ हाउसमा लगी राखेको । लागु औषध,सप्तरी, खड्क न.पा. ५ रंजितपुर स्थित पुर्व पश्चिम राजमार्ग सडक खण्डमा धरान देखी लहान तर्फ जाँदै गरेको को १ च २६६७ नं.को निजि पिकअप भ्यानलाई इ.प्र.का. कल्याणपुर सप्तरीबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त पिकअपमा फल्स बटम बनाई बटम भित्र लुकाई छिपाई राखेको लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १४३.२१६ के.जि. र गाडी चालक जिल्ला धनकुटा साङगुरीगढी गा.पा.१ बस्ने अ.बर्ष ३१ को महा प्रसाद लिम्बु र सोही पिकअपमा सवार जिल्ला मोरङ लेटाङ न.पा. वडा नं. ५ बस्ने अ. बर्ष ४७ को बल बहादुर लिम्बु समेत २ जना र उक्त पिकअप भ्यान समेत नियन्त्रणमा लिई थपअनुसन्धान  भईरहेको । मकवानपुर, विशेष सूचनाको आधारमा व.प्र.का.हेटौडाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले जि.मकवानपुर हेटौंडा उ.म.न.पा. १५ रातोमाटे घर भई हाल ऐ.हेटौडा उ.म.न.पा.४ कमलडाँडा डेरा गरी बस्ने अं.वर्ष २२ की सजिना लामा पाख्रिनको कोठामा गई चेकजाँच गर्दा निजले लगाएको पाईन्टको गोजि (खल्ति) बाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३७० मिलिग्राम र निजकै कोठाबाट ला.औ.अफिम जस्तो देखिने कालो पदार्थ तौल गर्दा प्लाष्टिक सहित १६ ग्राम ३८० मिलिग्राम, सोही कोठामा रहेको ऐ.बस्ने अं.वर्ष २७ को अमुल प्रजापति, ऐ.७ बस्ने अं.वर्ष २८ को बिमल श्रेष्ठ समेत गरी ३ जनालाई ला.औ. सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.मकवानपुर राखिएको ।  कैलाली, टिकापुर न.पा.१ ब्लक नं.१४  स्थित इ.प्र.का.टीकापुरबाट खटिएको प्रहरी टोलीले  ऐ. टीकापुर न.पा.७ बैदी बस्ने अं.वर्ष १८ को सुजल भनिने भबिष्य साउद लगायत ६ जना ब्यक्तिहरूलाई शंका लागि चेकजाँच गर्दा निजहरूले लुकाई छिपाई राखेको अवस्थामा शुद्ध तौल ३ ग्राम ११० मिलिग्राम ला.औ.(खैरो हिरोईन) र  ७ ग्राम ५६० मिलिग्राम  ला.औ. चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी रित पुर्वक बरामद गरी निजहरूलाई ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८३।०१।२८ गते ०५:०० बजे देखि २०८३।०१।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-३१

कर्तव्य ज्यान,नुवाकोट, मेघाङ गा.पा.४ मेघाङबेशी स्थित ऐ. बस्ने अं.वर्ष ३५ को  धन ब. तामाङले ऐ. बस्ने अं.वर्ष ४३ को  सोमनाथ तामाङ र अं.वर्ष ३६ को सुर्यमान तामाङलाई ऐ.०१।२९ गते अं.२३:५० बजे पुरानो रिसईवीको कारण भरुवा बन्दुकले प्रहार गरेको भनी ऐ.३० गते १०:०० बजे प्र.चौ.किम्ताङमा जानकारी गराउनासाथ प्र.व.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा  टोली  खटी गएको, सोमनाथ तामाङ र सुर्यमान तामाङ  ऐ.०१/२९ गते राती अं.२३:५० बजेदेखि घरमा नआएको र सम्पर्क बिहिन रहेकोले खो.त.तथा अनुसन्धान कार्य भईरहेको, घटनास्थलमा सोमनाथ तामाङको घरबाट अं.१.५ कि.मि.पूर्व र धन ब.तामाङको घरदेखि अं.५०० मिटर पश्चिम खोल्सामा  ऐ.१३:२० बजे १ थान खुकुरी फेला परेको, ऐ.१३:२० बजे थप अनुसन्धानको लागि जि.प्र.का.नुवाकोटबाट प्र.उ.को कमाण्डमा  टोली खटी गएको, ऐ १४:३० बजे  ऐ. मेघाङ गा.पा.४ मेघाङबेसी स्थित खोल्सामा पानीको छाँगाको कप्चेरोमा ढुङ्गाले छोपिएको अवस्थामा सोमनाथ तामाङ र सुर्यमान तामाङको शव फेला परेको, भरुवा बन्दुक प्रहार गर्ने ब्यक्ति धन ब.तामाङ तत्काल फरार रहेकोले खो.त.कार्य भईरहेको, शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि ऐ.१८:१० बजे दुवै शव त्रिशुली अस्पताल नुवाकोट पठाएको, ऐ.२०:०० बजे मेघाङ गा.पा.४ किम्ताङबेशी बस्ने वर्ष अ.३५ को सन्तराम तामाङ समेत ४ जनालाई आबश्यक सोधपुछको लागि नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको, । ललितपुर, मिति २०८३।०१।२६ गते अं.१६:०० बजे जिल्ला धादिङ सिद्धलेख गाउँपालीका ५ घरभई बस्ने बर्ष ५६ को मसिने दमाई र निजको श्रीमती सर्मीला दमाइ मा.प.से.गरी एकआपसमा झै-झगडा हुदा वर्ष ५६ को मसिने दमाई घाईते भई स्थानिय अस्पतालमा उपचार गराई थप उपचारको लागि निज घाईतेको आफन्त सन्तोष परियारले जिल्ला काठमाण्डौ स्थित बिर अस्पताल ल्याई उपचार गराई पुन:थप उपचारको लागि मिति २०८३।०१।२९ गते १३:०० बजे पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगनखेल ल्याई उपचार भईरहेकोमा मिति २०८३।०१।३० गते २०:२० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको भनी अस्पतालबाट खबर प्राप्त, कुटपिट गर्ने ब्यक्ती स्थानिय प्रहरीको नियन्त्रणमा रहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,मकवानपुर, मिति २०८३।०१।२९ गते अं.१२:०० बजे बाग्मती गा.पा.६ फापरबारी घर भई हाल जि.मकवानपुर बकैया गा.पा.३ हात्तिसुडे बजार स्थित सुमन राईको घरमा कोठा भाडामा लिई जापनिज भाषा पढ्दै गरेकी जि. मकवानपुर बागमती गा.पा. ६ फापरवारी बस्ने  बल बहादुर राना मगरको छोरी वर्ष अं.१७ कि किशोरी परिवर्तित नाम ३१ (०८२/०८३) फापरवारी २१६  लाई जि.मकवानपुर बकैया गा.पा.३ हातिसुडे बस्ने वर्ष अं.२५ को  सुजन घलानले हात्तिसुडे बजारबाट मो.सा.मा चढाएर हेटौडा बजार सम्म पुर्‍याई दिन्छु भनी  १८:००मो.सा.मा चढाई ऐ.बकैया गा.पा.५ स्थित स्याउलि बजार तिनतल्ले स्थित जंगलमा लगि ज.ज.क.उधोग गरेको भनी निज पिडितले मिति २०८३।०१।३० गते १८:०० बजे  जि.प्र.का. मकवानपुरमा आई  जाहेरी दरखास्त  दिएकोले प्र.चौ.हात्तिसुडे मकवानपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई पिडकलाई  खोजतलाश गर्ने  क्रममा निज सुजन घलानलाई आफ्नै घर वतनबाट फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याई थप अनुसन्धान भईरहेको, पिडित किशोरीको स्वास्थ्य अवस्था सामान्य रहेको, निजलाई सेव हाउसमा लगी शुरक्षित राखिएको, । रोल्पा, मिति २०८३।०१।२९ गते अं.२०:०० बजेको समयमा जिल्ला रोल्पा सुनिलस्मृति गाउँपालिका. वडा नं. २ हिले भन्ने स्थानमा सुनिलस्मृति गाउँपालिका. वडा नं.१ घोडागाउँ बस्ने बर्ष ३६ को राजु के.सी.ऐ.ऐ. हिले बस्ने परिवर्तित नाम ५३ हिले (क १) को छोरी बर्ष २२ कि परिवर्तित नाम ५३ हिले (क) लाई ज.ज.क. गरेको भनि स्थानियले ऐ .२१:४५ बजे यस का. मा खबर गरे पश्चात् तत्काल यस का. बाट प्र.नि. अनिल कुमार चौधरीको कमाण्डमा-७ जनाको प्रहरी टोलि खटिगई निज ज.ज.क. आरोपि राजु के.सी.लाई नियन्त्रणमा लिई यस का.मा ल्याइ राखिएको,उक्त स्थान यस का. बाट अ. ४/५ कि.मि पश्चिम पर्ने बि.बि पछि । थप अपडेट:-ऐ.२३:२० बजेको समयमा निज पिडित र पिडकलाई विस्तृत स्वास्थ्य परिक्षणको लागी रोल्पा अस्पताल रेउघा रोल्पा तर्फ पठाईएको । भरुवा बन्दुक पड्किई मानिस घाईते,डोटी, जोरायल गा.पा.४ वगर बस्ती बस्ने नर बहादुर दर्लामीको छोरा अं.वर्ष २५ को करण बहादुर दर्लामी घरबाट पिनाकेश्वर सामुदायिक वनमा बन्दुक लगी जाने क्रममा एक्कासी लडी भरुवा बन्दुक पड्किन गई दाहिने छातीबाट छर्रा लागी पिठ्युसम्म छेडी घाईते भई उपचारको लागी जोरायल गा.पा.को ऐम्बुलेन्सद्धारा माया मेट्रो अस्पताल धनगढी कैलाली पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि मिति २०८३।०१।३१ गतेको ००:३५ बजे राम मुर्ति अस्पताल बरेली,  भारत पठाएको, अवस्था गम्भीर रहेको भनि स्थानीयले  ऐ.१६:२० बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.जोरायलबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, बन्दुक प्रहरी नियन्त्रणमा रहेको, । चोरी,लुटपाट/ठगी,काठमाण्डौ, कागेश्‍वरी मनोहरा न.पा.४ डाँछी स्थित खाली जग्गामा जि.सुनसरी घर भई हाल जि. ललितपुर ईमाडोल बस्ने वर्ष ३८ को सुदिप खतिवडालाई सुजन नाम बताउने सहित २ जना अपरिचित पुरुष व्यक्तिहरुले ८०,०,०००/- लाख लुटपाट गरी जि. भक्तपुर चाँगुनारायण तर्फ फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई लुटपाटमा संलग्न ब्यक्तिहरूको खो.त.तथा पहिचान गर्ने कार्य भईरहेको । लागु औषध, काठमाण्डौ, चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा विराटनगरबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ९८५१ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग, नागढुङ्गाबाट प्र.व.ना.नि.र लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको (B) को ९ नं.सिटमा सवार जि.झापा बिर्तामोड न.पा.४ बस्ने वर्ष ३४ की गंगा राईलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको कालो  ह्याण्ड ब्याग (झोला) भित्र महिलाले प्रयोग गर्ने प्याड भित्र लुकाई छिपाई गरि ल्याएको अवस्थामा प्रतिबन्धित लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ फेला परेकोले प्लाष्टिक सहित मान्यता प्राप्त तराजुमा तौल गर्दा  २०६ ग्राम रहेकोले  निज गंगा राईलाई ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोटमा पठाईएको

मिति २०८३।०१।२९ गते ०५:०० बजे देखि २०८३।०१।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-३०

कर्तव्य ज्यान,गुल्मी, ईस्मा गा.पा. ६ साहुघर बस्ने बर्ष ४५ को थमन ब. कुमालले  आफ्नै श्रीमती बर्ष ४३ कि एमि कुमाललाई कुटपिट गर्दा (दुबै जनाले मा.प.से. गरेको) निज एमि कुमालको मुखमा चोट ,घाँटीमा निलडाम रहेको, अबस्था बोल्न सक्ने मध्यम  रहेको भनी स्थानीय मार्फत १९:०० बजे खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्र.ब.ह. को टोलि खटि गई कुटपिट गर्ने थमन कुमाललाई   नियन्त्रणमा लिई जि.प्र.का गुल्मीमा पठाएको,घाइतेलाई उपचारको लागी ऐ.२१;०० बजे जिल्ला अस्पताल तम्घासमा ल्याई उपचार भईरहेकोमा २३;५१ बजेको समयमा  डाक्टरद्धारा मृत घोषणा गरेको । शव सोही अस्पतालमा रहेको, घटनास्थलमा प्र.नि.को टोलि खटी गई थप अनुसन्धान भईरहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,बर्दिया, मिति २०८३।०१।२५ गते मधुवन न.पा.६  गाउँ नम्बर २ चट्टा टोल स्थित ऐ.बस्ने वर्ष १८ की बालिका घर बाहिर पिसाब फेर्न आएको अवस्थामा  मधुवन न.पा. ६ गणतन्त्र टोल बस्ने वर्ष २८ को सुशिल सुनारले ऐ.बस्ने चन्द्र बहादुर बि.क.को खेतबारीमा लगेर जबरजस्ती करणी गरेको भनी ऐ.२९ गते १३:२० बजे इ.प्र.का.ढोढरीमा जाहेरी दर्खास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.१८;०० बजे निज सुशिल सुनारलाई टोलिले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । कैलाली, गौरीगंगा न.पा.११ कान्तिपुर दक्षिण टोल बस्ने वर्ष १७ की बालिकालाई ऐ.२७ गते १५:०० बजे ऐ.बस्ने वर्ष १९ को मदन परियारले ज.ज.क. गरेको भनी इ.प्र.का. मसुरियामा ऐ.२९ गते ०८:४० बजे निज बालिकाले लिखित निवेदन दिएको हुँदा प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज मदन परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । झापा मिति २०८३।०१।२७ गते अं. १६:०० बजे जि.पाँचथर फाल्गुनन्द गा.पा. ६ आङसाराङ स्थायी ठेगाना भई हाल जि.झापा दमक न.पा.५ मा डेरा गरी बस्ने वर्ष १३ की बालिकालाई ऐ.दमक न.पा.५ नवसृजना टोल बस्ने वर्ष ४६ को कुमार ईङनामले बालयौन दुरुपयोग गरेको भनी पीडितको बुबाले इ.प्र.का.दमकमा ऐ.२८ गते १६:३० बजे जाहेरी दरखास्त दिएको हुँदा इ.प्र.का.दमकबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज कुमार ईङनामलाई निजको घरवतनबाटै पक्राउ गरी थप अनुसन्धान भईरहेको । सोलुखुम्बु, मिति २०८२।१२।०६ गते अं.२४:०० बजे परिवर्तित वतन जिल्ला ११ बस्ने परिवर्तित नाम सोलुखुम्बु २३A(०८२/०८३) लाई जिल्ला सोलुखुम्बु महाकुलुङ गा.पा.५ गुदेल बस्ने ठुलेमान राईको छोरा वर्ष अं.३२ को रसान्त कुलुङले निज पीडितको घरमा कोही नभएको मौका पारी (श्रीमान बैदेशिक रोजगारीको लागि UAE मा रहेको) घर भित्र सुत्ने कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको भनी पीडितले मिति २०८३।०१।२९ गते अ.१६:३० बजे प्र.चौ.बुङमा आई घटनाको बारेमा जानकारी गराउनासाथ प्रहरी टोली खटि गई घटनामा संलग्न रसान्त कुलुङलाई नियन्त्रणमा लिई थप अनुसन।धान भईरहेको ।रोल्पा सुनिलस्मृति गाउँपालिका. वडा नं. २ हिले भन्ने स्थानमा सुनिलस्मृति गाउँपालिका. वडा नं.१ घोडागाउँ बस्ने बर्ष ३६ को राजु के.सी.ऐ.हिले बस्ने वर्ष २२ की महिलालाई ज.ज.क.गरेको भनी ऐ.२१:४५ बजे इ.प्र.का.सुलिचौरमा खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोलि खटी गई राजु के.सी.लाई नियन्त्रणमा लिई थप अनुसन।धान भईरहेको । झुण्डी मृत्यु,सिराहा, धनगढीमाइ न.पा. ४ नरसरी टोल वस्ने राम बहादुर महतोको छोरी अं. वर्ष १६ की कन्चन कुमारी महतो (अबिवाहित २०८२ मा SEE को परीक्षा दिएको फेल भएको भन्ने बुझिएको) ले माटोको गारो माथिबाट टिनको छानो भएको दुई तल्ले घरको भुइ तल्ले आफु सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डि मृत्यु भएको भनि ऐ. अं. ११;५० बजे टे.फो. मार्फत जानकारी प्राप्त हुना साथ प्र.नि. को कमाण्डमा SOCO समेत टोली खटी गई ऐ. १३;२० बजे कानूनि प्रकृया पुरा गरी लास पो. मा. को लागी प्रदेशिक अस्पताल लहान पठईएको । लागु औषध,सुर्खेत, बिरेन्द्रनगर न.पा.३ तातापानी स्थित प्र.नि. को टोलिले ऐ.स्थित आफ्नै घरमा बसिरहेको बर्ष अं.४८ को ऐकेन्द्र सुनार र ऐ.१४ बस्ने बर्ष २० को प्रशान्त सुनार लाई शंका लागी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ३ ग्राम ७२० मिलिग्राम, स्रोत नखुलेको नेपाली नगद रू.५,१५,५५०/-(पाँच लाख पन्द्र हजार पाँच सय पचास ), विल भरपाई नभएको सुन जस्तो देखिने गरगहनाहरू माइली तिलहरी थान २, साइली तिलहरी थान १, कान्छो तिलहरी थान ३, चन्द्रमा थान ५ , चन्द्रमा हार थान १, टाउकोमा लगाउने काँटा थान ८, घाँटीमा लगाउने पाइप थान ४, कानमा लाउने जुली थान ६, कानमा लाउने टप थान ४, नथिया थान २, बुलाकी थान १, फुली थान १, मंडरी थान २, माला थान १ , औठी थान १, चाँदीको जस्तो देखिने गरगहनाहरू चाँदीको सिक्री थान ३, पाउजु थान ३०, औंठी थान ३२ , खुट्टामा लाउने बिछिया थान ४, चाँदीको सिक्का, पुरानो चाँदी थान ३, साना चाँदीको पाउजु अड्काउने थान २८, पुरानो चाँदीको सिक्री थान ५, चाँदीको सिक्का आधा, बाला थान १० र मोबाईल थान २ सहित निज २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । बर्दिया, गुलरीया न.पा.७ महाकबी टोल स्थित बाबा पेट्रोल पम्प नजिकै बाइपास रोडमा प्र.नि.को कमाण्डमा खटिएको टोलीले देश भारत उतर प्रदेश खिरी तिकुनिया बस्ने बर्ष अ.३५ को तेजेन्द्र कुमार र ऐ.बस्ने बर्ष अ.२६ को बिजय सिंहले ला.औ.ब्राउन सुगर को कारोबार गरी रहेका छन भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटी गई निजहरुको साथबाट २८० ग्राम ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला पारी उक्त ला.औ.सहित मानिस नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । काठमाडौं, चन्द्रागिरि न.पा.८ कञ्चनबस्ती  स्थित चन्द्रागिरी न.पा.८ कञ्चनबस्ती घर भई  बस्ने बर्ष ५३ को टेक बहादुर लामिछानेको घरमा कोठामा बस्ने जि. मकवानपुर थाहा न.पा.११ का सुरेश स्याङताङग र जि.मकवानपुर टिस्टुङ्ग न.पा.५ घर भई हाल उक्त घरमा डेरा गरी बस्ने प्रेम बहादुर स्याङताङ्गले अबैध लागु औषध बिक्रिबितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा  प्रहरी प्रभाग बलम्बुबाट प्र.नि. को टोली खटि गई उक्त घरको दोस्रो तलामा रहेको कोठामा कानून बमोजिम खान तलासि गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाजाको धुलो जस्तो देखिने पदार्थ (पोल्यान) २ के.जि. १६४ ग्रामा, नगद नेपाली रुपया रु.१,७७५००/- (एक लाख सत्तहत्त हजार पाँच सय), उक्त लागु औषध ओसारपरामा प्रयोग भएको सवारी धनी सुरेश स्याङ्ताङ को प्र.३-०२-०१३ प.३७६७ नम्बर मोटर साईकल सहित सवारी दर्ता किताव थान १, सवारी धनी भिस्मराज सिमखडाको बा.९३ प.१८०९ नम्बरको मोटरसाईकल सहित सवारी दर्ता किताव थान १, डिजिटल तराजु थान १, ITEL किप्याड मोवाईल थान १  रितपुर्वक बरामद गरी प्रेम बहादुर स्याङताङ्गलाई  नियन्त्रणमा लिई प्रभाग बलम्बुको  राखी थप  अनुसन्धान कार्य भईरहेको, सुरेश स्याङताङग फरार रहेकोले खोजतलास भईरहेको ।  चितवन, राप्ती न.पा.११ आँपपानी  नजिक   चेपाङ मार्ग सडकखण्डमा बिशेष सूचनाको आधारमा इ.प्र.का.भण्डाराबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीलाई देखि बागमती प्रदेश -०१ -०३३ च ६७५५ नं.को बोलेरो गाडी चालकले गाडि छाडी फरार भएको अवस्थामा उक्त बोलेरो गाडिलाई चेकजाँच गर्दा ला.औ. गाँजा १२६  के.जि.(प्याकिङ गरेको प्लाष्टिक सहित) फेला पारी उक्त गाँजा र  बोलेरो  गाडी  नियन्त्रणमा लिएको, चालकको खोजतलास भईरहेको ।

मिति २०८३।०१।२८ गते ०५:०० बजे देखि २०८३।०१।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२९

कर्तव्य ज्यान,संखुवासभा, मकालु गा.पा. ०२ स्थितमा रहेको मकालु हिमाल आरोहण गरी फर्किने क्रममा क्याम्प-३ र क्याम-२ को आसपासमा अमेरिकन नागरिक अ. वर्ष ५३ की SHELLEY JOHANNESEN (पासपोर्ट नम्बर ;- A04487123) को ७,२०० मिटरको उचाईमा हिम पहिरोमा परि घाईते भई आज मिति २०८३।०१।२८ गते ०८:०० बजे मृत्यु भएको भन्ने जानकारी ऐ. १४:४५ बजे सेभेन समिट ट्रेक्स प्रा.लि. काठमाण्डौको कर्मचारी रोशन सिलवाल मार्फत जिप्रका संखुवासभामा जानकारी प्राप्त भएको, थप बुझ्ने कार्य भईरहेको, उक्त घटनास्थलमा प्रहरी जान नसक्ने । उक्त लास एल्टिच्युट एयरको हेलि द्वारा उद्दार गरी सोलुखुम्बु स्थित लुक्ला एयरपोर्टमा ल्याण्ड पश्चात फ्रिस्टेल एयरको हेलि द्वारा काठमाण्डौ स्थित टिचिङ अस्पताल महाराजगंजमा ऐ. १८:०० बजे पुर्याइ उक्त अस्पतालको शव गृहमा सुरक्षित साथ राखिएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, अर्जुनधारा न.पा ५ पाण्डवपुर बस्ने हरि बहादुर कार्कीको मकैबारिमा सांकेतिक नाम “४३(क)-अनारमनी-०८२/०८३” को छोरी बर्ष ४ की सांकेतिक नाम “४३-अनारमनी-०८२/०८३” लाई ऐ बस्ने बर्ष ४४ को हजुरबुबा नाता पर्ने सांकेतिक नाम “४३-बिर्तामोड” ले ललाई फकाई मकैबारिमा लगी हाडनाता करणी (ज.ज.क.) गरेको भनि मिति २०८३।०१।२५ गते इप्रका अनारमनिमा जाहेरी दिए पश्चात निज पिडक सांकेतिक नाम “४३-बिर्तामोड” लाई प्रचौ शनिश्चरे बाट प्रसनि नेत्र प्रसाद चम्लागाईको कमाण्डमा खटिएको २ जनाको प्रहरी टोलीले मिति २०८३।०१।२८ गते अ. ०९:०० बजे निजकै घर वतन बाट नियन्त्रणमा लिई इप्रका अनारमनिमा ल्याई थप अनुसन्धान भईरहेको, । बर्दिया, बारबर्दिया न.पा ६ पथ्थरडाडा बस्ने बर्ष अ ४१ कि संकेत न ६६ (पथ्थरपुर) लाई ऐ.५ चादनी चोक बस्ने बर्ष अ.३८/३९ को काली ब.कामी (संकेत न.६६ K1)ले मिती २०८३/०१/२६ गते अ १४:०० बजे घरमा एक्लै भएको समयमा आई ज.ज.क.प्रयास गरेको भनी यस इ.प्र.का.जयनगर बर्दियामा जाहेरी दरखास्त दिए पश्चात उक्त स्थानमा इ.प्र.का.जयनगर बर्दियाबाट प्र.स.नि.को कमाण्डमा ४ जना खटिएको , ज.ज.क. प्रयास गर्ने ब्यक्ती प्रहरीको नियन्त्रणमा, महिलालाई स्वास्थ्य परिक्षणको लागि बर्दिया अस्पताल गुलरिया पठाइएको  । झुण्डी मृत्यु,पर्सा, बिरगंज म.न.पा.११ श्रीपुर बिधयापति नगर टोल बस्ने धुपेन्द्र प्रसाद कुर्मीको छोरा अं.वर्ष १६ को शनी कुमार पटेलले  SEE परिक्षामा फेल भएको कारण आफ्नै पक्की घर जस्ताले छाएको आफु सुत्ने कोठामा फलामको ‍पाईपमा तन्नाको पासो लगाई  झुण्डी रहेको अवस्थामा निजको आमाबुवाले देखि पासो खोली हेर्दा मृत्यु भईसकेको र मृत शव आँगनमा ल्याई राखेको भन्ने ऐ.२९ गते अं.००:४५ बजे व.प्र.का.श्रीपुरमा खबर प्राप्त हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको । लागु औषध,सुनसरी, धरान उप-मनपा १३ Thousands Big Buddha स्थितमा इलाका प्रहरी कार्यालय धरान, सुनसरीबाट प्रनि बविन राई (९८४३५८६०५५) को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकिङ गर्ने क्रममा ऐ.ऐ. स्थित रोडको छेउमा धरान बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि.धरान १८ द्वारा संचालित को १ च ७३५९ नं.को एम्बुलेन्स रोकी राखेको अवस्थामा शंका लागी उक्त एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्स भित्र लाऔ गाँजा फेला परेकोले लाऔ गाँजा र एम्बुलेन्स नियन्त्रणमा लिई इप्रका धरानमा ल्याई राखिएको, उक्त एम्बुलेन्समा रहेको लाऔ गाँजा नापतौल गर्दा ४४० के.जी. रहेको, थप अनुसन्धान कार्य भईरहेको तथा फरार एम्बुलेन्स चालकको खोत कार्य भईरहेको, ।  कास्की, पोखरा म.न.पा.११ तुल्सी मार्ग बस्ने लिला बहादुर सिंहको २ तले पक्की घरको दोस्रो तलामा डेरा गरी बस्ने  जि. लम्जुङ क्व्होलासोथार गा.पा.९ वतन भएका वर्ष २९ को सागर थापा मगरले लागू औषध बिक्री वितरण गर्छ भन्ने गोप्य सूचनाको आधारमा व.प्र.का. रामबजारबाट प्र.व.ना.नि.,जि.प्र.का.कास्कीबाट प्र.व.ना.नि. र ला.औ.नि.व्युरो पोखराबाट प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले निजको डेरा कोठामा कानुनी प्रक्रिया पुर्‍याई  खानतलासी गर्दा  निजको कोठाभित्र रहेको टिनको दराजभित्र सेतो रङको प्लाष्टिकभित्र  लुकाई छिपाई राखेको Tramadol Tablets 50 mg लेखेको -८२ क्याप्सुल, कालो लेडिज झोला भित्र लुकाई छिपाई राखेको  Tapentadol Tablets 100 mg को १४ चक्की   र SLR को लाईभ राउण्ड ७.६२mm लेखेको  थान -१ समेत फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.कास्की तर्फ पठाएको ।

मिति २०८३।०१।२७ गते ०५:०० बजे देखि २०८३।०१।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२८

कर्तव्य ज्यान,सुनसरी, धरान उ.म.न.पा.१० बेलगाछी स्थित बाटोमा ऐ.बस्ने वर्ष २७ को जिवन भुजेललाई ऐ.धरान उ.म.न.पा.१९ खिम्दिङ पुल चौक बस्ने अं. वर्ष २७ को जिमी भन्ने अर्जुन बिश्वकर्माले धारिलो हतियार छुरी प्रहार गरी जिवन भुजेल घाइते भई उपचारको लागि वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाई सामान्य उपचार पश्चात थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर पठाएकोमा ऐ.१६:३५ बजे चिकित्सकले चेकजाँच गरी मृत घोषणा गरेको, शव पो.मा.को लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको, उक्त स्थानमा इ.प्र.का.धरानबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,ऐ.२२:०० बजे धरिलो हतियार छुरी प्रहार गर्ने जिमी भन्ने अर्जुन बिश्वकर्मालाई इप्रका धरानबाट  प्रनि बबिन राईको कमाण्डमा र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT बाट प्रसह अजय राज पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले जि. मोरङ बेलबारी न.पा.-११ लक्ष्मीमार्ग मुनाल चौक स्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी इप्रका धरानमा ल्याई थप अनुसन्धान भई रहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,वलपरासी पश्चिम, मिति २०८३।०१।२७ गते राती अं.०१:०० बजे बर्दघाट न.पा.१५ शिवालयटोल बस्ने वर्ष २२ की महिलालाई आफ्नै घर कोठामा ऐ.बस्ने छिमेकी वर्ष २० को केशब सुनारी मगरले पिडितको घरको छतबाट भित्र सुत्ने बस्ने कोठाको चुक्कल खोली कोठा भित्र प्रवेश गरी पिडितलाई डर धम्की देखाई ज.ज.क.गरेको भनी ऐ.१७;०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.बर्दघाटबाट प्र.नि.को कमाण्डमा र अ.प्र.पोष्ट केराबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई केशब सुनारी मगरललाई नियन्त्रणमा लिई इ.प्र.का.बर्दघाटमा राखिएको, उक्त स्थान अ.प्र.पोष्ट केराबारीबाट अ.३ कि.मि.पश्चिम पर्ने । विष्फोटक पदार्थ (ग्रिनेट),काठमाण्डौ, का.म.न.पा.९ पशुपति रामन्दिर नजिकै रहेको जंगलमा शंकास्पद वस्तु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशलाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई हेर्दा 36 ह्यान्ड  ग्रेनेट ३ थान बेवारिसे अवस्थामा फेला पारी उक्त स्थल सुरक्षित राखी नेपाली सेनासँग आवश्यक समन्वय गरी नेपाली सेनाको मेजरको कमाण्डमा टोली खटी गएकोमा ऐ.स्थान नजिकै SLR को खिया लागेको लाईभ राउण्ड १ थान र खोका ३ थान समेत थप फेला परेकोमा ऐ.१०:३० बजे उक्त ३ थान ग्रेनेट, १ थान लाईभ राउण्ड र ३ थान खोका नेपाली सेनाको टोलीले लिएर गएको । लागु औषध, काठमाण्डौ, जि.नुवाकोट दुप्चेश्वर गा.पा.७ घर भई हाल जि.काठमाण्डौ तारकेश्वर न.पा.४ लोलाङ हरियाली बस्ति स्थित तिलक बहादुर तामाङको घरमा डेरा गरी बस्ने वर्ष अं.२० को सागर तामाङको डेरा कोठामा ला.औ.को कारोवार भईरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट प्र.ना.उ. कमाण्डमा टोली खटी गई खानतलासी गर्दा उक्त डेरा कोठा भित्र लागु औषधको कारोवार गरीरहेका अवस्थामा ला.औ.Tramadol २४३२ क्याप्सुल, ला.औ.ब्राउन सुगर ३.८१ ग्राम, Digital तराजु थान १, नेपाली रुपैया रु.८६ हजार, बागमती प्रदेश ०२-०५६ प १२५० नं.मो.सा. र बागमती प्रदेश ०२-०३४ प २९८८ नं.को स्कुटर फेला पारी उक्त ला.औ., नगद तथा सवारी साधन सहित जि.नुवाकोट दुप्चेश्वर गा.पा.७ घर भई हाल जि.काठमाण्डौ तारकेश्वर न.पा.४ लोलाङ हरियाली बस्ति बस्ने वर्ष अं २० को सागर तामाङ समेत ४ जना मानिसहरु नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको, उक्त घटनास्थल प्रहरी वृत्त बालाजुबाट अं.३ कि.मि.उत्तर पर्ने ।

मिति २०८३।०१।२६ गते ०५:०० बजे देखि २०८३।०१।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-२७

कर्तव्य ज्यान,दाङ, राजपुर गा.पा.४ फोहोरा बस्ने वर्ष ५६ को भोला यादवलाई ऐ.सन्तपुरुवा बस्ने वर्ष २३ को ईच्छा कुमार रैदासले ऐ.स्थित रामजानकी सामुदायिक वनबाट साल जातको काँचो काठ काटेर ल्याएको बिषयलाई लिएर विवाद हुँदा धारिलो हतियारले निज भोला यादवको टाउकोमा हानी घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. चंगुवाबाट प्र.स.नि. र इ.प्र.का. गढवाबाट प्र.नि.को कमाण्डमा १९ जनाको टोली खटी गएको, धारिलो हतियार प्रहार गर्ने ईच्छा कुमार रैदास फरार खो.त.भईरहेको, धारिलो हतियार प्रहार गर्ने ईच्छा कुमार रैदासको बुवा वर्ष ५६ को देव बहादुर ( रामजानकी सामुदायिक वनको वनपाले रहेको ) र आमा प्र.चौ. चंगुवाको नियन्त्रणमा रहेको, थप व.प्र.का.लमहीबाट प्र.नि.को कमाण्डमा ११ जनाको टोली घटनास्थलमा खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागी लमही अस्पताल लमही दाङ तर्फ पठाईएको । सर्लाही, मिति २०८३।०१।२४ गते अं.२३:०० बजे ब्रहम्पुरी गा.पा.४ बस्ने मो.हसनको श्रीमती वर्ष ३५ की उमैसा खातुनलाई  ऐ.बस्ने वर्ष ३५ को एसाव मो.लगायत एसाव मो.को घर परिवारको सदस्यहरु कुटपिट गर्दा उमैसा खातुन सामान्य घाईते भई भारतको सितामढीमा लगी सामान्य उपचार गराईरहेकोमा ऐ.२६ गते अं.१३:०० बजे उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याएकोमा बाहिरी चोट पटक नरहेको  थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने मानिसहरु तत्काल फरार खो.त कार्य भईरहेको, मृतक मुटुको विरामी समेत  रहेको, उक्त स्थानमा जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको । ज.ज.क./बाल यौन दुर्व्यवहार,ईलाम, माइजोगमाई गा.पा.०६ कुलुङ गाउँ बस्ने साङ्केतिक नाम ८२/८३ पशुपति ज १ को श्रीमती बर्ष ५३ की साङकेतिक नाम ०८२/८३ पशुपति ज लाई ऐ.तिनघरे वस्ने वर्ष अं. ३५ को नरेश थेबेले पिडितको घरमा गई घरमा भएको केटा-केटीलाई मोबाइल फोन खेलाउन दिई पिडित सुत्ने कोठा भित्र पसि ज.ज.क गरी फरार भएको भनि पिडित आफैले ऐ.२६ गते १८;३० बजे इप्रका पशुपतिनगर,इलाममा आइ लिखित जाहेरी दिन साथ तत्काल इप्रका नयाँ बजारबाट प्रबह लक्षुमण बस्नेतको कमाण्डमा २ जना प्रहरी टोली खटिगई पिडकको खो.त.कार्य भई रहेको। चोरी/लुटपाट, झापा, मिति २०८३।०१।२५ गते मेचीनगर न.पा.१० पुरानो बजार बस्ने वर्ष ६५ को बैजनाथ साहको घरमा ताला लगाई भद्रपुर बंगाली टोलमा आफन्तको बिवाहमा गई बिवाह कार्यक्रम पश्चात ऐ.२३:४५ बजे घरमा आई हेर्दा घरको पछाडिको झ्यालको जाली काटी नजिकै रहेको ढोकाको चुक्कुल खोली को कुन ब्यक्ति घर भित्र प्रवेश गरी दराजमा राखेको सुनको विभिन्न सामान ९.५ तोला, चाँदीको विभिन्न सामान १५ तोला, डाईमनको कानमा लगाउने रिङ १ सेट ३,५०,०००। र साउदीको रियाल ५,०००।–गरी जम्मा अं.मु.रु.३४,७८,१५०।–बराबरको धनमाल चोरी भएको भनी घर धनी ऐ.२६ गते०७:०० बजे इ.प्र.का. धुलाबारीमा आई मौखिक जानकारी गराउन साथ इ.प्र.का. धुलाबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फिङगर प्रिन्ट संकलन लगायत आवश्यक अनुसन्धान तथा चोरी गर्ने ब्यक्तिको खो.त. कार्य भईरहेको ।