प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।१९ गते ०५:०० बजे देखि ऐ ०९।२० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-२०

  • A
  • A-
  • A+
Share

बालिकाको जजक,

मोरङ, जिल्ला मोरङ उर्लाबारी न.पा.वडा नं.१ स्थित पीडितको घरकोठामा बर्ष १६ की सांकेतिक नाम २०८२ उर्लावारी १० लाई ऐ.ऐ. बस्ने निजकै दाजु बर्ष २३ को सांकेतिक नाम २०८२ उर्लाबारी १०(घ) ले (मिती समय यकिन नभएको) जबरजस्ती करणी गरेकोमा निज पीडितको गर्भ रही मिति २०८२।०९।१८ गते फिक्कल अस्पताल इलाममा निज पीडितले बच्चा (छोरी) जन्माएकीमा मिति २०८२।०९।१९ गते अं.१७:०० बजे निज पीडितको आमा सांकेतिक नाम २०८२ उर्लाबारी १०(ख) ले ईप्रका उर्लाबारीमा जाहेरी दरखास्त दिएकोले, तत्काल उक्त स्थानमा इ.प्र.का. उर्लावारी मोरङबाट प्र.नि. रञ्जन बराल (९८५२०९११४८) को कमाण्डम टोली खटि गई प्रतिवादी सांकेतिक नाम २०८२ उर्लाबारी १०(घ) लाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको,निज पिडित र नवजात शिशु हाल नमुमा बाल आश्रम उर्लावारीमा रहेको ।

 

कर्तव्य ज्यान,

सर्लाही, मिति २०८२।०९।१९ गते अं.०५:०० बजे ईश्‍वरपुर न.पा.२ राईटरखोर बस्ने अं.वर्ष ४७ को रामईश्‍वर महतो (हाल सागरनाथ वन विकास परियोजना सागरनाथमा चौकी दारको रुपमा काम गर्दै आएका) ऐ.वनमा कसैले काठ काटी रहेको छ भनी आफ्नै घरबाट साईकलमा निस्किएको र घर फर्की नआए पश्चात आफन्तहरुले खो.त.गर्ने क्रममा ऐ.स्थित घाँट टोल नजिकै सागरनाथ वन विकास परियोजनाको १० नं.प्लटको बाटो देखि अं.१०० मिटर पूर्व तर्फ झाडीमा निजको मृत शव फेला परको भन्ने खबर ऐ.१५:०० बजे प्राप्त हुनासाथ इ.प्र.का.भक्तिपुरबाट प्र.ना.नि., इ.प्र.का.केशरगंजबाट प्र.नि., जि.प्र.का.बाट प्र.ना.उ.साथै थप अनुसन्धानको लागि केनाई शाखा लालगढबाट प्र.ह.को कमाण्डमा ५ जना र २ वटा DOG सहितको टोली खटी गएको, ऐ.१८:४० बजे अनुसन्धान गर्ने क्रममा निज मृतकको टाउको काटिएको अवस्थामा रहेको, टाउकोको भाग हाल सम्म फेला नपरेको र उक्त घटनाको अनुसन्धानको क्रममा ईश्वरपुर न.पा.२ राईटरखोर बस्ने रुपनरायण महतोको छोरा अं.वर्ष ३० को रामबली महतोलाई इ.प्र.का.केशरगंजको नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहको, ऐ.२०:४५ बजे कानुनी प्रक्रिया पुरा गरी शव पो.मा.को प्रादेशिक अस्पताल मलगंवा पठाएको, र K-9 शाखा लालगढको DOG सहितको टोली DOG Sniffing पश्चात लालगढ धनुषाको लागि फिर्ता भएको, टाउको फेला नपरेको, खो.त.भईरहेको ।

 

नवजात शिशू (भ्रूण) मृत,

काठमाण्डौ, का.म.न.पा.१५ छाउनी स्थित बिरेन्द्र सैनिक अस्पतालमा ईमर्जेन्सी वार्डको Toilet मा ३/४ महिनाको जस्तो देखिने भ्रूण मृत फेला परेको खबर ऐ.१८:२० बजे वृत्त स्वयम्भुमा जानकारी प्राप्त हुनासाथ वृत्त स्वयम्भुबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोली खटीई गई प्रारम्भिक घटनास्थल लासजाँच प्रकृति मुचुल्का कार्य भईरहेको, थप अ.अ कार्य जारी रहेको

 

प्र.क.हरुलाई कुटपिट तथा कार्यालय नियन्त्रणमा,

डोल्पा, त्रिपुरासुन्दरी न.पा.५ खदाङ स्थित इ.प्र.का.करवगार्डमा एक्कासी अं.१००/१५० जनाको संख्यामा मानिसहरु आई उक्त कार्यालय र कार्यालयमा कार्यरत प्र.क.हरु माथी हातपात गर्नुको साथै उक्त कार्यालयलाई आफ्नो नियन्त्रणमा लिएको, सोही कार्यालयमा कार्यरत प्र.ह.उमाकान्त पन्थीलाई टाउकोमा चोट लागेको भन्ने बुझिएको, बिषय खुल्न नआएको, इ.प्र.का.करबगार्डमा रहेका प्र.क.हरु सम्पर्कमा नरहेको, उक्त घटना सम्बन्धी विवरण स्थानीयबाट बुझिन आएको, उक्त स्थानमा प्र.चौ.त्रिपुराकोटबाट प्र.ना.नि.को कमाण्डमा १३ जनाको टोली ऐ.१६:१० बजे घटनास्थलमा पुगी बुझ्दा इ.प्र.का.करवगार्ड डोल्पामा कार्यरत १० जना मध्य ६ जना प्र.क.कार्यालयमा आएको, २ जना फोन सम्पर्कमा, CCTV, सोलार प्यानल, अफिस कोठा, लगायत फर्निचर सामान तोडफोड भएको, हातहतियार र संचार साधन क्षति नभएको, प्र.स.नि.हेमराज कार्कीको बाँया हातमा सामान्य चोट लागेको, प्र.ह.उमाकान्त पन्थीको टाउकोमा गहिरो चोट, अवस्था बोल्न सक्ने, ऐ.२०:०७ बजे निज घाईते प्र.ह. उमाकान्त पन्थीलाई सश्सत्र प्रहरी बलको गाडी द्वारा उपचारको लागि जिल्ला अस्पताल दुनै डोल्पा पठाई उपचार भईरहेको, उपचारको लागि जिल्ला अस्पताल दुनै डोल्पा तर्फ ल्याउने पहल भईरहेको, त्रिपुरासुन्दरी न.पा.५ ल्हाँ बस्ने वर्ष ४५ को जुन रोकायलाई ऐ.धेरो पोल्ने ठाउँ नजिक रोकी प्रहरीले चेकजाँच गर्ने क्रममा एक्कासी भागी वेपत्ता भएको बिषयलाई लिई सत्य तथ्य बुझी दोषीलाई कानुनी कारवाही गरी पाउँ भन्ने माग राखेको भन्ने ऐ.१७:०० बजे छलफलबाट बुझिन आएको, निजलाई ऐ.१८ गते अं.१७:०० बजे ऐ.धेरो पोल्ने ठाउँ नजिक लागु औषध बोकी हिडी रहेको भन्ने गोप्य सुचनाको आधारमा शंका लागी रोकी जिल्ला प्रहरी कार्यालय दुनै डोल्पाबाट सादा पोशाकमा प्र.स.ह.को कमाण्डमा २ जना र इ.प्र.का.करवगार्डट प्र.ह को कमाण्डमा खटीएको २ जनाको थप मदतको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एक्कासी भागी वेपत्ता भएको भन्ने बुझिन आएको, जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा २१ जना र स.प्र.बल नेपाल नं.४६ गुल्मबाट स.प्र.नि.को कमाण्डमा १५ जनाको टोली खटी गएको, ऐ.२१:४५ बजे निज बेपता भएको जुन रोकायको श्रीमती धनमती रोकाया, ने.क.पा.एमाले डोल्पा जिल्लाका जिल्ला अध्यक्ष लंक ब.रोकाया, प्रेस चौतारी डोल्पाका जिल्ला अध्यक्ष प्रेम थापा लगायत ७ जना पिडित पक्ष र डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी,  जि.प्र.का.डोल्पाका कार्यालय प्रमुख लगायतको  टोलि जि.प्र.का.मा दुबै पक्ष बसी छलफल सुरु भएकोमा ऐ.२२:२५ बजे उक्त छलफल २० गते बिहान ०८:०० बजे बस्ने गरी समाप्त भएको।

 

हात हतियार बरामद,

म्याग्दी, मिति २०८२।०९।१९ गते अ. १६:२२ बजेको समयमा जिल्ला म्याग्दी धौलागिरी गा.पा.७ मोति खण्ड स्थितमा प्र.चौ.मुनाताकम म्याग्दीबाट खटि गएको प्र.स.नि.बिक्रम तिवारी(९८५७६५२२००)को कमाण्डमा खटि गएको २ जनाको प्रहरी टोलिले ईजाजत पत्र नलिई खोल्सामा लुकाई छिपाई राखिएका भरुवा बन्दुक थान १ फेला पारी बरामद गरी प्र.चौ.मुनाताकममा लिई राखेको  साथै मंसिर १५ गते देखि हाल सम्म जिल्ला प्रहरी कार्यालय म्याग्दी द्वारा Operation “Bravo sierra” सञ्चालन गरि जि.प्र.का.म्याग्दी तथा मातहत प्रहरी ईकाई समेतले गरी जम्मा ११६ थान भरुवा बन्दुकहरु बरामद गरेको ।

 

मकवानपुर, भीमफेदी गा.पा.२ निङ्गाले स्थित सार्वजनिक जंगलमा रहेको केराको घारीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ इ.प्र.का.भीमफेदीबाट प्र.नि.सन्त कुमार श्रेष्ठको कमाण्डमा ५ जनाको प्रहरी टोली खटि गई ऐ.१७:०० बजे घटना स्थलमा पुगी हेर्दा केराको घारीमा बेवारिसे अवस्थामा २ थान भरुवा बन्दुक (१ नाले) फेला पारी इ.प्र.का.भीमफेदि मकवानपुरमा ल्याई राखिएको, थप अनुसन्धान भईरहेको।

 

लागु औषध,

नबलपरासी(पश्चिम), सुनवल न.पा.७ सोमाइ टोला स्थित भित्री सडक खण्डबाट लागू औषध नियन्त्रण ब्यरो शाखा कार्यालय भैरहवाबाट प्र.ना.नि. को कमाण्डमा ४ जना र अ.प्र.विट ज्यामिरेबाट प्र.स.नि. को कमाण्डमा- ३ जना टोली बिशेष सुचनाको आधारमा खटिएको टोलीले निम्न स्थान बस्ने निम्न मानिसहरुको साथबाट ३५ पुरिया प्लास्टिक सहित ४४ ग्राम ५४ मिलिग्राम लागू औषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ ( पलाष्टिक रहित ३६ ग्राम ९४ मिलिग्राम) र निजहरुले प्रयोग गरेको up 56 Bc 7196, up 56 bf 5710, up 56 bc 3855 नं को भारतीय मो.सा. समेत नियन्त्रणमा लिई इ.प्र.का. सुनवल पठाईएको , उक्त स्थान अ.प्र.पोष्ट ज्यामिरे बाट अं. १ कि.मि. पुर्व पर्ने । निम्न १) देश भारत महाराजगन्ज टुटिबारी बस्ने बर्ष २० राज रौनियारको (साथबाट फेला परेको) २) ऐ-ऐ बस्ने बर्ष ४२ को राम अक्ष रौनियार । ३) ऐ- ऐ बस्ने बर्ष ४५ को राजिब भन्ने राजु चौहान ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।