प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।२१ गते ०५:०० बजे देखि ऐ ०९।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-२२

  • A
  • A-
  • A+
Share

शंकास्पद मृत फेला,

सिन्धुली, तिनपाटन गा.पा ३ राम्चे स्थित २०८२।०९।०९ गते वर्ष ५३ की टंकमाया बुढाथोकी (सो घरमा निज महिला एकलै बस्ने तथा श्रीमानको मृत्यु भई सकेको र २ छोरा वैदेशिक रोजगारको शिलशिलामा विदेशमा रहेको,४ छोरी मध्ये ३ वटा विवाहित र १ छोरी बेलघारीमा डेरा गरी अध्ययन गर्दै) आफ्नै घरबाट हराएको र खोज तलास गर्दा समेत फेला नपरेको भनी स्थानिय र आफन्तले  ऐ. राती अ. २१:२० बजे इ.प्र.का बेलघारीमा  जानकारी गराउनसाथ ऐ.०९।१० गते  प्र.स.नि को कमाण्डमा टोली निज महिलाको घरमा खटि गई स्थानिय र आफन्तहरु संग समन्वय गरी निजको घरमा हेर्दा निज सुत्ने बेडमा दिशा पिसाब र हलुका रगत जस्तो समेत देखिएकोले थप अनुशन्धानको लागि जि.प्र.का.बाट प्र.उ को कमाण्डमा १० जना प्रहरी टोली खटी गई  खो.त. तथा अनुसन्धान भई रहेकोमा ऐ.०९।२१ गते इ.प्र.का.बेलघारीबाट प्र.स.नि को कमाण्डमा टोली र स्थानिय /आफन्त समेत मिली खो.त.गर्दै जाने क्रममा ऐ.२३:०० बजेको समयमा उक्त महिलाको शव घर देखी ३०० मिटर उत्तर पट्टी रहेको बाँसको झ्याङमा दुर्गन्धित अवस्थामा फेला परेको,उक्त शव वर्ष ५३ की टंकमाया बुढाथोकीको नै रहेको भनि मृतकको छोरी वर्ष २२ की गोमा बुढाथोकी लगायत आफन्त समेत बाट सनाखत भएको भनी खटी गएको प्रहरीबाट इ.प्र.का.बेलघारीमा जानकारी प्राप्त हुनासाथ प्र.नि को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखेको ।

 

जबरजस्ति करणी,

सल्यान, बागचौर नगरपालिका वडा नं.८ बिउरेखोला बस्ने बर्ष अ. ३७ को संरक्षक परिवर्तित संकेत नामथर ५५ थारमारे ०८२-२ ले मेरो छोरी बर्ष ६ की परिवर्तित संकेत नामथर ५५ थारमारे ०८२-२ (क) लाई ऐ.ऐ. बस्ने बर्ष १७ को परिवर्तित संकेत नामथर ५५ थारमारे ०८२-२ (ख) ले बिभीन्न मितिमा पटक-पटक जबरजस्ति करणी गरेको भनि संरक्षक परिवर्तित संकेत नामथर ५५ थारमारे ०८२-२ ले इ.प्र.का.थारमारे,सल्यानमा मिति २०८२।०९।२० गते निवेदन पेश गरेको हुदाँ उक्त स्थानमा प्र.स.नि.ललित बि.क.को कमान्डमा ४ जनाको प्रहरी टोली खटि गई निजलाई प्रकाउ गरि इ.प्र.का.थारमारे,सल्यानमा राखिएको ।

 

सडक दुर्घटनाबाट प्रहरी कर्मचारी मृत्यु,

रुपन्देही, बुटवल उ.म.न.पा.१० धागो कारखाना अगाडी पुर्व बाट पश्चिम तर्फ आउदै गरेको चालक जिल्ला गुल्मी रेसुङगा न.पा. १ बस्ने वर्ष ५६ को जितेन्द्र सिंह थापाले चलाएको बागमती प्रदेश ०१ -००३ च ००७७ क्रेटा कारले ऐ.स्थित चेकिङ डिउटीमा खटीएका  कम्प्युटर कोड नं.४१८४८६ का जिल्ला रुपन्देही कोटहिमाई गा.पा.५ घर भएका प्र.चौ.खिदीम अर्घाखाची दरबन्दी भइ हाल अ.ट्रा.प्र.पोष्ट रामनगर रुपन्देही कार्यरत प्र.स.ह.नागेश्वर पाललाई ठक्कर दिदा घाइते भइ उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाएकोमा, ऐ.१६:३८ बजे डाक्टरद्धारा मृत घोषणा गरेको,लास सोही अस्पतालमा रहेको निजको आफन्तलाई जानकारी भएको , उक्त कार अनियन्त्रित भइ ऐ.स्थानमा रोकी राखेको म.प्र.०३-००१ क ३३१९ नं.को टिप्परलाई समेत ठक्कर दिएको घटना स्थलमा व.प्र.का.बुटवलबाट प्र.नि.को टोलि खटी गएको कार र कार चालक व.प्र.का.रुपन्देहीको नियन्त्रणमा रहि थप अनुसन्धान भईरहेको ।

 

प्र.क.मृत्यु,

सुनसरी, इ.प्र.का.इटहरी सुनसरी दरबन्दी भई इ.प्र.का.लौकहीमा कार्यरत कम्प्युटर कोड नं.५५०७१० भएको जिल्ला उदयपुर चौदन्डीगढी न.पा.६ घर भएका प्रहरी कार्यालय सहयोगी बिरबल काजी मगर अचानक  बेहोस भई उपचारको लागि जिल्ला अस्पताल सुनसरी लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि आर्या न्युरो अस्पताल विराटनगर पठाएकोमा पुन: सिटी स्क्यानको लागि ऐ.१७:४६ बजे बिराट टिचिङ अस्पताल बिराटनगरमा पुगी टाउकोको सिटी स्क्यान गर्दा प्रेसरको कारणले टाउकोमा रगत जमेको हो भनि  डाक्टरबाट जानकारी प्राप्त भई बेहोस रहेको अवस्थामा उपचार भइरहदा ऐ. २३:४५ बजे बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको, शव एम्बुलेन्सद्वारा मृतकको घर ठेगाना जिल्ला उदयपुर चौदण्डी न.पा.६ मा  पुर्‍याएको ।

 

हतियार बरामद,

बागलुङ, जिल्ला बागलुङ ढोरपाटन न.पा.०५ मस्ती स्थित सार्वजनिक वनमा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १ नाले साबुत भरुवा बन्दुक ६ थान स्थानियले फेला पारी यस कार्यालयमा जानकारी गराउन साथ प्र.नि. तिलक मानन्धर को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक ऐ.१०:४५ बजे इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भईरहेको ।

 

गोली हानी आत्महत्या,

भक्तपुर, मध्यपुर ठिमी न.पा.६ राईटोल स्थित नबिन चाम्लिङ राईको  ४.५ तले पक्की घरको चौथो तलामा निजको छोरा वर्ष ४० को सनिप चाम्लिङ राई (अविवाहित) ले कोठामा ढोकामा चुकुल लगाई आफुले आफैलाई कन्चटमा   सि.नं.A३५४६५०M.N१७८२३ को २२ बोर राईफल कालो रङको (१ राउण्ड) गोली प्रहार गरी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहितको १० जनाको टोली खटी गई थप अनुसन्धान कार्य भईरहेको, उक्त हतियार निजको भिनाजु सुर्य कुमार नेम्वाङको नाममा लाईसन्स रहेको ।


लागु औषध,

दाङ्ग, व.प्र.का.घोराही दाङबाट प्र.नि. को कमाण्डमा र सादा पोसाकको संयुक्त प्रहरी टोलीले लागु औषध सहित मानिस नियन्त्रणमा लिई जि.प्र.का.दाङमा ल्याई अनुसन्धान कार्य भईरहेको उक्त स्थान व.प्र.का.घोराही दाङबाट अं.४ कि.मी.उत्तर पश्चिम पर्ने । निम्न;- १) जि.रुकुम पुर्व भुमे गा.पा.२ घर भई हाल जि.दाङ घोराही उ.म.न.पा.१३ बनगाउँ स्थित केवल गिरीको घरमा तल्लो तलामा भाडा गरी बस्ने बर्ष ३४ की दिनमाया पुनको कोठामा मकैको बोरा भित्र लुकाई राखेको अबस्थामा ४ पोका प्लाष्टिक सहित ८०२ ग्राम शुद्ध तौल ७७४ ग्राम चरेस जस्तो देखिने कालो पदार्थ फेला पारेको र ऐ.ऐ.बस्ने बर्ष ३९ को दिपक पुनलाई समेत नियन्त्रणमा लिएको । २) जि.दाङ घोराही उ.म.न.पा.१३ चौतारी टोल बस्ने बर्ष ३५ की सम्पदा बुढामगरको घरको भुई तलाको बिच कोठामा सुट्केस भित्र लुकाई राखेको ३ थान Android मोबाईल र २० पोका प्लाष्टिक सहित तौल गर्दा ९ के.जि.६९९ ग्राम, शुद्ध तौल ९ के.जि.६१९ ग्राम जस्तो देखिने कालो पदार्थ र जंगली जनावरको सिंङ्ग (दारा) जस्तो देखिने थान २ फेला पारी नियन्त्रणमा लिएको सम्पदा बुढा मगर फेला नपरेको, सोही घरमा बस्ने जिल्ला रुकुम पुर्व भुमे गा.पा.२ बस्ने बर्ष २९ की रुपा बुढमगर र जिल्ला रुकुम पुर्व पुथा उत्तरगंगा गा.पा.१ बस्ने बर्ष ३० को हासी पुनमगरलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।

 

रूपन्देही, मायादेवी गा.पा.३ बस्ने वर्ष अं. २४ को दिपेन्द्र चाई र ऐ लुम्विनि सास्कृतिक न.पा.३ बस्ने वर्ष अं. २३ को समिम खानलाइ ऐ. सिद्धार्थनगर न.पा.१ बेलहियामा फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.को समन्वयमा सोधपुछ गर्दा ला.औ.ब्राउन सुगर ऐ. मायादेवी गा.पा.३ स्थित रहेको दिपेन्द्र चाईको घर कोठामा लुकाई छिपाई राखेको भन्ने खुलाएकोले जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ५ जना र  ला.औ.नि.ब्यु शाखा कार्यालय भैरहवाबाट प्र.ना.नि को कमाण्डमा ६ जनाको टोली खटी गई  निजको घर कोठामा खानतलासी गर्दा निजको कोठाभित्र रहेको सिरानी तर्फको बाँया तर्फको घर्रामा लुकाई छिपाई राखेको अवस्थामा २८ ग्राम २९० मिलिग्राम ला.औ.ब्राउन सुगर  जस्तो देखिने र डिजिटल तराजु थान १ फेला परेकोले उक्त ला.औ.बरामद गरी निज दुवै जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धन भईरहेको।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।