प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।२२ गते ०५:०० बजे देखि ऐ ०९।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-२३

  • A
  • A-
  • A+
Share

जबरजस्ति करणी, बाल यौन दुर्व्यवहार,

दैलेख, दुल्लु न.पा.१२ खत्रिटोल बस्ने वर्ष १९ कि महिला आफ्नो घर बाहिर पिसाब फेर्न भनी शौचालय जाँदा अपरिचित अं. वर्ष २७ को वर्ण कालो, उचाइ अं.५ फिट, शरिर मोटो, कालो कपाल पालेको खैरो कलरको हुप, निलो कालो पाइन्ट, सेतो चप्पल र कालो क्याप टोपी लगाएको ब्यक्तिले घर देखी ५०० मिटर पूर्व दक्षिण तर्फ लगी ज.ज.क.गरेको भनी ऐ.०५:०० बजे टेलिफोन मार्फत जि.प्र.का.दैलेखमा खबर गरे पश्चात उक्त स्थानमा प्र.स.नि.ढाल बहादुर मल्लको कमाण्डमा २ जनाको प्रहरी टोली खटी गएको । थपटिपोट :- ऐ.१४:५० बजेको समयमा डुग्रेश्वर गा.पा. ४ बस्ने रुद्र बहादुर थापाको छोरा बर्ष २३ को भुपेन्द्र थापा जि.प्र.का दैलेख को नियन्त्रणमा रहेको ।

 

नबलपरासी(बर्दघाट सुस्ता पश्चिम), सुनवल न.पा.१२ भुमही स्थित चोकमा रहेको ठेलामा खाजा खादै गरेकी ऐ.सुनवल न.पा.१२ प्रतापपुर बस्ने वर्ष १७ की बालिकालाई ऐ.रामग्राम न.पा.२ परासी बस्ने वर्ष अं.४३ को तुल प्रसाद भण्डारीले बाल यौन दुर्व्यवहार गरेको भन्ने प्राप्त हुनासाथ अ.प्र.विट भुमहीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज तुल प्रसाद भण्डारीलाई नियन्त्रणमा लिई जि.प्र.का.नवलपरासी पश्चिममा राखि थप अनुसन्धान कार्य भइरहेको, ।

 

नबलपरासी(बर्दघाट सुस्ता पश्चिम), सुस्ता गा.पा.२ जमुनाबारी बस्ने वर्ष अं.५५ को सदर भनि बोलाउने कौशल मोहमद शेखले ऐ.स्थित आफ्नो घरसँगै रहेको कुखुराको मासु पसलमा कुखुराको मासु किन्न आएकी ऐ बस्ने वर्ष अं.१२ की बालिकालाई फकाई बाल यौन दुर्व्यवहार गरेको भनी प्रहरी चौकी कुडियामा जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कुडियाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज सदर भनी बोलाउने कौशल मोहमद शेखलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलाटारीमा राखी थप अनुसन्धान कार्य भइरहेको, ।

 

कैदी/थुनुवा मृत्यु,

काठमाण्डौ, जि.का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जिल्ला भोजपुर, ट्याम्केमैयुङगा.पा.०४ स्थायी वतन भएका वर्ष ५४ का क.ज्यान मुद्दामा थुनामा रहेका थुनुवा प्रश्नजंग राई पित्त थैलिको क्यान्सर सम्बन्धी बिरामी भई ऐ.२२ गते वि.पी.स्मृती अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा ऐ. १८:१० बजे मृत्यु भएको ।

 

पेट्रोल छर्केको सम्बन्धी,

सुनसरी, मिति २०८२।०९।२१ गते १३:४५ बजे इटहरी उ.म.नं.पा.६ स्थित एन आइसी एसिया  बैंकको शाखा कार्यलयमा सोही बैंकका ऋणि ऐ.बस्ने वर्ष ५७ को लाल ब.पौडेलले प्रज्वलनशील पदार्थ (पेट्रोल) लिई कार्यालय कोठा र आफु स्वयममा समेत छर्की भागेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.इटहरीबाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई लाल ब.पौडेललाई निजको घरबाट नियन्त्रणमा लिई इ.प्र.का.इटहरीमा ल्याई अनुसन्धान भईरहेकोमा निजले २०७८ सालमा १०००००००।-(एक करोड)एन आइसी एसिया  बैंक शाखा कार्यलय इटहरीबाट ऋण लिएकोमा हाल निजले तिर्नु पर्ने ब्याज समेत गरी ३०००००००।- (तिन करोड ) रहेको, बिदेशबाट आएको, निजले एक्लै लिएको भन्ने बुझिएको, ऐ.२२ गते १७:०० बजे अभद्र ब्यबहारमा दिन-०७ म्याद थप भई अनुसन्धान भइरहेको ।

 

हा.ह.बरामद,

बागलुङ, तमानखोला गा.पा.-२ लादिवाङ स्थित लादिवाङ सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई  राखेको अवस्थामा बेवारिसे १ नाले सावुत भरुवा बन्दुक ५ नाल स्थानियले फेला पारेको भन्ने खबर प्राप्त हुनासाथ  इ.प्र.का. बुर्तिबाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई उक्त बन्दुक नियन्त्रणमा लिई इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको ।

 

लागु औषध,

झापा, बिर्तामोड न.पा १ सुर्यनगर टोल काली मन्दिर स्थित ऐ. बस्ने बर्ष ४० को अजय राजवँशीको घरमा ला.औं कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा इ.प्र.का अनारमनीबाट खटिगएको प्र.नि को टोली र ला.औं ब्युरो काकरभिट्टाबाट खटीएको प्र.हको संयुक्त टोलीले चेकजाँच गर्दा निजको साथबाट र कोठा भित्र लुकाई छिपाई राखेको ला.औं ब्राउन सुगर जस्तो देखिने ( खैरो लिसाईलो पदार्थ) तौल गर्दा १२३ ग्राम १८० मिलिग्राम सहित नियन्त्रणमा लिई इ.प्र.का अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको ।

 

मकवानपुर, हेटौडा उ.म.न.पा.१९ बासुदेब टोलबाट जनहित सामुदायिक बन हुदै कुवापनी जाने भित्री जंगलको बाटोमा प्र.ना.नि.कुमार के.सि.फुयाल (९८४५७२५७७१) को कमाण्डमा गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा बाटोको छेउमा प्लास्टिकको दुई वटा भरी बोरा बेवारिसे अवस्थामा देखेपछी उक्त बोरामा के रहेछ भनी हेर्दा प्रत्येक बोरामा २/२ पोकाको दरले चार वटा पोका ला.औ.गाजा रहेको अबस्थामा फेला पारी यस कार्यालयमा ल्याएको तौल गर्दा ६२ के.जि.१६० ग्राम भएको उक्त ला.औ.को कसले छाडेको हो अनुसन्धान कार्य हुदै ।

 

पर्सा, ठोरी गा.पा.३ ब्रमानगर हुलाकी सडक खण्ड स्थित पश्चिम तर्फ भित्री कच्ची सडक जाने बाटोमा इ.प्र.का.ठोरीबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ.बस्ने छिरिङ दोङको घर भित्रबाट अं.९५० ग्राम र घर देखि अ.१५ मिटर उत्तर तर्फ रहेको बाँझो खेतमा उखुको सुकेको पात मुनि लुकाई छिपाई राखेको अवस्थामा अं.१ सय ५७ के.जि. (१० पोका) ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला पारी बरामद गरी नियन्त्रणमा लिई इ.प्र.का.ठोरीमा ल्याई राखिएको । निज  छिरिङ दोङ फरार रहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।