प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।२३ गते ०५:०० बजे देखि २०८२-०९-२४गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-२४

  • A
  • A-
  • A+
Share

ज.ज.क./ ज.ज.क.उधोग,

ओखलढुङ्गा: मिति २०८२।०८।२८ गते अ.०२:०० बजे जिल्ला ओखलढुङ्गा खिजिदेम्वा गा.पा.०९ फाप्रे  बस्ने अ.वर्ष २९ की सांकेतिक नाम २०८२।०८३ -ड लाई ऐ.गा.पा.०९ बस्ने अ.वर्ष २७ को कुङ्गा शेर्पाले पिडितको आफ्नै घरमा ज.ज.क.गरेको भनि ऐ.२३ गते १३:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ इ.प्र.का.खिजिफलाटेबाट प्र.स.नि.बसन्तराज घिमिरे कमाण्डमा प्रहरी टोली खटि गएको, पिडक  फरार, खो.त. र थप अनुसन्धान कार्य भईरहेको ।

 

बर्दिया: बढैयाताल गा.पा. १ ठुलो डाँफे बस्ने बर्ष अ.३१ को बिष्णु ब. क्षेत्रीले जि.रुकुम पश्चिम मुसिकोट न.पा. ९ बस्ने परिवर्तित नाम संकेत नं ६६ बढैयाताल (ट१) कि छोरी बर्ष १५ कि परिवर्तित नाम थर संकेत नं ६६ बढैयाताल (ट) लाई जि.बर्दिया बढैयाताल गा.पा १ ठुलो डाँफे स्थित मामा घर आएको बेला ललाई फकाई गरी निजले आफ्नो घर बोलाई ज.ज.क गरेको भनि मिति २०८२।०९।२२ गते अं.२२:०० बजे इ.प्र.का.मैनापोखर बर्दियामा निजको आमा परिवर्तित नाम संकेत नं ६६ बढैयाताल (ट२) ले लिखित जाहेरी दिए पश्चात उक्त घटनास्थलमा इ.प्र.का.मैनापोखरबाट प्र.नि. को कमाण्डमा ७ जनाको प्रहरी टोली खटिगई निज प्रतिबादिलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।

 

प्युठान: मिति २०८२।०९।१० गते अ. १६:०० बजेको समयमा जिल्ला प्युठान स्वर्गद्वारी न.पा. ९ जुकेना बस्ने बर्ष १० की परिवर्तित संकेत नाम ५२ (२०८२/०८३) ९ घर नजिकै बाटोमा एक्लै खेलिरहेको अवस्थामा भैसीकोट सार्वजनिक जंगलमा लगि ऐ. बस्ने बर्ष अं. २१ को दुर्ग बहादुर घर्ती मगरले ज.ज.क. गरेको भनि मिति २०८२।०९।२३ गते १५:४५ बजेको समयमा जि.प्र.का. प्युठानमा जाहेरी दिए पश्चात, उक्त स्थानमा अ.प्र.पो.लामाचौर प्युठानबाट प्र.स.नि. को कमाण्डमा २ जनाको टोली खटि गई निज पिडकलाई नियन्त्रणमा लिइ पिडक र पिडितलाई विस्तृत स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल बिजुवार प्युठान तर्फ पठाइएको, पिडितको अवस्था सामान्य रहेको ।

 

पर्सा: मिति २०८२।०९।१२ गते अं.१२;०० बजे,करैयामाई गा.पा.३ गालोपट्टी टोल घर भई जि.पर्सा बीरगंज म.न.पा.१० रानीघाट स्थित श्यामसुन्दर साह कानुको घरमा डेरा गरी बस्ने अं.वर्ष ३० को कृष्ण पासवानले ऐ.बस्ने अं.वर्ष ६ की नाबालिकलाई ज.ज.क.उधोग गरेको भन्ने मिति २०८२।०९।२३ गते  खबर प्राप्त हुनासाथ प्र.चौ.रानीघाट पर्साबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

 

पर्सा: जितपुर सिमरा उ.म.न.पा.७ घर भई हाल जिल्ला पर्सा वीरगंज म.न.पा.१५ स्थित नेशनल मेडिकल कलेजको अगाडी रिफर नामक फार्मेसी संचालन गरी बस्ने आलमगिर अंसारिको छोरा वर्ष अं २७ को ईमतियाज अंसारीले जि.बारा जितपुर सिमरा उ.म.न.पा.१३ घर भई हाल जि.पर्सा वीरगंज म.न.पा.१६ नगवा स्थित डेरा गरी बस्ने (A)को छोरी वर्ष १४ की बालिकालाई ज.ज.क.उधोग गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.पर्साबाट प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

 

काठमाण्डौं: हेटौडा उप.म.न.पा- १,मकवानपुर घर भई हाल का.जि का.म.न.पा.१७ बस्ने बर्ष २५ की महिलालाई निजको श्रीमान् बर्ष ३५ को ओजिर देवानले का.म.न.पा.१७ ढल्कु स्थित डेरामा ईच्छा विपरीत शारीरिक सम्पर्क राखी जबरजस्ती करणी गरेको भनी मिति २०८२/०९/२३ गते १४:३० बजे जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दरखास्त दिएकोमा अ.अ.कार्य जारी रहेको, फरार प्रतिवादीको खो.त.कार्य जारी रहेको ।

 

प्रहरी कर्मचारीको मृत्यु,

काठमाण्डौ: मिति २०८२/०९/०६ गते देखी का.म.न.पा.३१, नयाँ वानेश्वर मिनभवन स्थित निजामति कर्मचारी अस्पतालमा रक्त क्यान्सर भई उपचार गराई रहेका जिल्ला बाजुरा खप्तडदेह गा.पा. ०५ घर भई हाल नेपाल प्रहरीको जिल्ला प्रहरी कार्यालय कैलाली दरबन्दी भई कार्यरत प्र.ज. वर्ष २८ को बिक्रम बहादुर रावत मिति २०८२/०९/२३ गते अं.०९:४३ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको, शव पोष्टमार्टमको लागि त्रि.वि.शिक्षण अस्पताल, महाराजगञ्ज लगेको ।

 

कञ्चनपुर: कर्णाली प्रदेश प्रहरी गण विरेन्द्रनगर सुर्खेत गण दरबन्दी भई नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखको  मिति २०८२।०२।१९ गतेको पत्रादेशले  नेपाल प्रहरी विषेश सुरक्षा गण महेन्द्रनगर कञ्चनपुर काजमा कार्यरत (क.को.ड. ३९२२७२ र संकेत नं. C-०००२२३९७) प्र.ह. प्रकाश दत्त पाण्डे मिति २०८२।०९।२२ गते स्वास फेर्न समस्या आई उपचारको लागी मायामेट्रो अस्पताल प्रा.ली. धनगढी कैलालीमा ICU मा उपचार भईरहेकोमा उपचार पश्चात  ऐ. १८:०० बजे डिस्चार्ज गरी घर ल्याएकोमा २१:१० बजे मृत्यु भएको ।

 

शव फेला परेको,

न.प.पूर्व: मध्यबिन्दु न.पा.११ बाउन्ने कुना स्थित पूर्व-पश्चिम राजमार्गको कल्भर्ट मुनी कुसुन्डे सिचाईको नहरमा कृषि सामाग्री कम्पनी लिमिटेड लेखेको सेतो बोरा भित्र (खुट्टा मात्र देखिएको) मानिसको शव फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी अरुणखोलाबाट प्र.स.नि.को कमाण्डमा ४ जनाको टोली खटी गएको, नामथर, वतन र लिंग केही पनि नखुलेको, थप अनुसन्धानको लागी इ.प्र.का.दुम्किबासबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली र  जि.प्र.का.न.प.पूर्वबाट प्र.उ.को कमाण्डमा SOCO सहितको टोली खटी गएकोमा ऐ.१०:५० बजे जिल्ला न.प.(पूर्व) मध्यबिन्दु न.पा.१० मुसहरटोल बस्ने वर्ष अं ३५ की रीता मुसहर भनि निजको बुबा जयराम मुसहरले शव पहिचान गरेको, ऐ.११:३० बजे कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागी मध्यबिन्दु नगर अस्पताल चोरमारा पठाईएको, घटनामा शंकास्पद दुई जनालाई नियन्त्रणमा लिई जि.प्र.का.न.प.(पूर्व) मा राखी  अ.अ.भईरहेको ।

 

हराएकी महिला मृत फेला,

सुर्खेत: मिति २०८२/०९/२२ गते अं.०८:०० बजे भेरीगंगा न.पा. ५ गेरवानी बस्ने नर ब. सारुको श्रीमती वर्ष ५७ की गंगा सारु कोही कसैलाई जानाकारी नगराई घरदेखी निस्केकोमा ऐ.२३ गते अं.०९:०० बजे निजको दुई जना नातिनी घर देखी अं. १०० मिटर उत्तर सालघारीमा बाख्रालाई घाँस काट्न गएको अवस्थामा निज गंगा सारुले लगाएका कपडा चप्पल सहित सोही स्थानमा रगत देखिएको र अं. ६०० मि.पूर्व तर्फ निज महिलाको टाउको भेटिएको भनि ऐ १०:३० बजे अ.प्र.पोष्ट बबईमा जानकारी गराए पश्चात प्र.स.नि.को कमाण्डमा ४ जना र इ.प्र.का छिन्चुबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली, नेपाली सेनाको टोली, बनको कर्मचारी र स्थानीय जनप्रतिनिधि समेत गरी अं. २५ जनाएको टोली खटी गई खो.त. गर्ने क्रममा ऐ.११:२५ बजे टाउको फेला परेको स्थान देखी ३०० मि. पश्चिममा बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु खाएको अवस्थामा शरीर फेला परेको । 

 

हा.ह.बरामद,

बागलुङ: गलकोट न.पा.-१० कालखानी स्थित कालखानी सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा बन्दुक ८ थान स्थानीयले फेला पारी इ.प्र.का. गलकोटमा जानकारी गराउन साथ  प्र.स.नि. को कमाण्डमा प्रहरी टोली खटिगई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त भरुवा बन्दुक मिति २०८२/०९/२३ गते १४:४५ बजे इ.प्र.का. गलकोटमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भईरहेको ।

 

गोली प्रहार,

बर्दिया: गुलरिया न.पा.११ लालपुर स्थित ला.औ.कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा ला.औ.नियन्त्रण ब्यूरो शाखा कार्यालय बाँकेबाट प्र.स.नि.को कमाण्डमा ७ जना र प्रचौ.महम्मदपुर बर्दियाबाट प्र.ना.नि.को कमाण्डमा २ जनाको संयुक्त टोली खटिगई २ जना मानिसहरुलाई शंका लागी नियन्त्रणमा लिने क्रममा निजहरुले प्रहरीलाई नै आक्रमण गर्न खोज्दा प्रहरीले जवाफी कार्वाहीको लागी प्र.स.नि.को साथमा रहेको सानो हतियार (टाईप ५४) पेस्तोलबाट १ राउण्ड गोली हवाई फायर गर्दा समेत निजहरु नियन्त्रणमा नआए पश्चात थप १ राउण्ड गोली फायर गर्दा देश भारत जि.बहराईज ग्राम लौकाही बस्ने बर्ष ३१ को फिरोज खानको दाँया खुट्टाको घुडादेखी तल्लो भागमा गोली लागेको, घाईतेलाई जिल्ला अस्पताल बर्दियामा ल्याई उपचार भई रहेको, अवस्था मध्यम बोल्न सक्ने र १ जना भागी फरार रहेको, घाईतेको साथ बाट कालो प्लाष्टिकमा बेरी राखेको ला.औ.ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १ पोका (शुद्द तौल २६६ ग्राम ५६० मिलि ग्राम) र मोबाईल थान ३ बरामद भएको र थप अनुसन्धान कार्य भइरहेको ।

 

लागु औषध,

उदयपुर: त्रियुगा न.पा.४ बगाहा फर्सेट खोला नजिक रहेको खेलमैदानको काँसघारीमा बेवारिसे अवस्थामा २ (दुई) वटा कालो झोला रहेको भन्ने खबर प्राप्त हुना साथ अ.प्र.पोष्ट बगाहा र जि.प्र.का.उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा उक्त झोला भित्र तयारी अवस्थामा रहेको ३० के.जी गाँजा (३० प्याकेट) फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।