प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।२४ गते ०५:०० बजे देखि २०८२-०९-२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-२५

  • A
  • A-
  • A+
Share

ज.ज.क./ ज.ज.क.उधोग,

कैलाली, भजनी न.पा.८ जनकपुर बस्ने वर्ष ११ की बालिकालाई ऐ.०९।२२ गते अं.१९:०० बजे ऐ.बस्ने वर्ष ६५ को राम शंकर चौधरीले  पैसाको लोभलालच देखाई बिभिन्न प्रलोभनमा पारी आफ्नो कोठामा लगी ज.ज.क.गरेको भनि  ऐ.०९।२४ गते १५:३० बजे निजको आफन्तले इ.प्र.का.भजनीमा आई किटानी जाहेरी दिनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज पिडक र पिडित बालिका समेत लाई नियन्त्रणमा लिई इ.प्र.का.भजनी कैलालीमा ल्याई ऐ.१७:०० बजे स्वास्थ्य परीक्षणको लागि टिकापुर अस्पताल टिकापुरमा पठाईएको ।

 

कर्तव्य ज्यान,

गोरखा, पालुङटार न.पा. ३ बोगटीगाँउ बस्ने शंकर सुनारले आफ्नै श्रीमती वर्ष अं.२१ की अनुष्का परियारलाई कुटपिट गरि अचेत अबस्थामा रहेको भन्ने खबर  प्राप्त हुनासाथ इ.प्र.का ठाँटीपोखरी गोरखाबाट प्र.नि.को कमाण्डमा टोली खटि गई घाईतेलाई उपचारको लागि आँपपिपल अस्पताल हर्मी गोरखा पठाईएको अबस्था अचेत रहेकोमा ऐ. १३ :४० बजे डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, कुटपिट गर्ने मानिस इ.प्र.का ठाँटीपोखरीको नियन्त्रणमा ।

 

हा.ह.बरामद,

रुकुम पूर्वी, इ.प्र.का.काक्रीबाट खटिएको प्र.ना.नि.को कमाण्डमा गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ऐ. भुमे गा.पा.२ ढुसीडाँडा बनमाराको झाडीमा लुकाई छिपाई राखिएको अवस्थामा भरुवा बन्दुक थान-६ वेसाबुत, थान १ साबुत गरी जम्मा थान-७ भरुवा बन्दुक फेला पारी मुचुल्का कार्य पुरा गरी इ.प्र.का.काक्री  मा ल्याई राखिएको ।

 

दैलेख, नौमुले गा.पा.०४ भरभरे सामुदायिक वन सिकारी डाँडामा स्थित भरुवा बन्दुक बेबारीसे अबस्थामा छ भनी इ.प्र.का नौमुले दैलेखमा गोप्य सुचना प्राप्त पश्चात इ.प्र.का नौमुलेबाट प्र.स.निको कमाण्डमा टोली खटी गई खो.त गर्दै जाने क्रममा ऐ.स्थित बाट २ नाल भरुवा बन्दुक नियन्त्रणमा लिई मुचुल्का गरी इ.प्र.का नौमुलेमा ल्याउँदै गरेको ।

 

बाग्लुङ, गलकोट न.पा.०१ मैदास स्थित भाटीखोला सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई  राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा बन्दुक ४ थान स्थानियले फेला पारी इ.प्र.का. गलकोटमा जानकारी गराउन साथ प्र.स.नि.को कमाण्डमा टोली खटि गई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक ऐ.१५:३० बजे इ.प्र.का.गलकोट बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भईरहेको ।

 

बाग्लुङ, निसीखोला गा.पा.-०६ जाउलेपानी स्थित जाउलेपानी सामुदायिक वनमा अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा बन्दुक ३ थान स्थानियले फेला पारी इ.प्र.का. बुर्तिबाङमा जानकारी गराउनासाथ इ.प्र.का. बुर्तिबाङ प्र.नि. को टोली खटि गई घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक ऐ.१७:३० बजे इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको ।

 

लागु औषध,

बारा, प्रसौनी गा.पा.१ नकटुवा स्थितमा पतञ्जलिबाट नकटुवा तर्फ जादै गरेको भारतिय नम्बर प्लेटको कार गाडिमा निशेधित लागु औषध अफीम बोकी हिंडेको बिशेष सुचनाको आधारमा प्र.नि.को कमाण्डमा खटिएको टोलीले उक्त गाडिलाई बाटोमा चेकजाँच गर्ने क्रममा जि.पर्सा बहुदरमाई न.पा.७ बस्ने राम नारायण राउत कुर्मिको छोरा अं.वर्ष ३८ को निलेश पटेल कुर्मी लगायत ३ जनालाई पक्राउ गरी रितपुर्वक उक्त गाडि लाई खानतलासि गर्दा BR01CL6079 नं.को कारको पछाडिको सिट माथि कालो प्लाष्टिकमा प्याक गरी २ पोका (२ के.जि.२४ ग्राम)लागु औषध अफिम फेला पारी कार सहित मानिस नियन्त्रणमा लिई इ.प्र.का.प्रसौनीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

कास्की, पोखरा म.न.पा.९ नयाँबजार स्थित ला.औ.विक्री वितरण गरेको छ भन्ने गोप्य सूचनाको आधारमा जि.प्र.का.कास्कीबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले जि.कपिलवस्तु मायादेवी गा.पा. ३ बस्ने वर्ष २७ को संजय यादवलाई शंङ्का लागी सोध पुछ तथा खानतलासी गर्दा निजले लगाएको पहेंलो हुडिको गोजीमा कालो प्लाष्टिकमा वेरी (पोका) पारी लुकाई छिपाई राखेको ला.औ. खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने धुलो बस्तु ८.०० ग्राम फेला पारी, नियन्त्रणमा लिई जि.प्र.का.कास्की ल्याई राखिएको,अनुसन्धान भईरहेको ।

 

मोरङ, विराटनगर म.न.पा.१५ स्थित मनोज साहको घरमा सर्टर भाडा लिई चिया नास्ता पसल संचालन गर्दै आएको देश भारत राज्य विहार पिपरा पञ्चायत वडा नं. ७ बस्ने अं.वर्ष ४५ की कबिता यादवले  उक्त पसलमा ला.औ.गाँजाको कारोवार (खरिद बिक्री) गरि रहेको  भन्ने गोप्य सुचनाको आधारमा पसल खानतालसी गर्दा पसल भित्र रहेको खाट मुनि सेतो प्लाष्टिकको ७ वटा पोकालाई एकै ठाउँमा पारी सेतो टेपले बेरेर राखेको अवस्थामा ला.औ.गाँजा डिजिटल तराजुमा तौल गर्दा ७ (सात) के.जि.१८० ग्राम वजन भएकोमा उक्त ला.औ.गाँजा  र सोही पसलमा रहेको पसल संचालक कबिता यादव, निजको छोरा अं.वर्ष २८ को मुन्ना कुमार यादव र जि.मोरङ जहदा गा.पा.१ बस्ने वर्ष अं.१९ को मंजित कुमार यादव समेत तीनै जना लाई र BR ३८ Q ८९३६ नं.को मो.सा. समेत नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।

सम्बन्धित समाचार
मिति २०८२।१०।०६ गते ०५:०० बजे देखि २०८२।१०।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०७

कर्तव्य ज्यान,रौतहट, मिति २०८२।१०।०३ गते अं.१५:०० बजे गुजरा न.पा.९ दयालपुर स्थित थारु समुदायको माघि मेलामा ऐ.ऐ.बस्ने राम प्रयाग चौधरीको छोरा वर्ष १५ को सुजन चौधरी र बृन्दाबन न.पा. ८ बस्ने वर्ष १९ को राजिप चौधरी लगायत अन्य दुई जना बिच झै-झगडा हुँदा सुजन चौधरी घाइते भई  उपचारको लागि बिरगंज तर्फ पठाईएको र थप उपचारको लागि बासबारी न्युरो अस्पताल काठमाडौंमा पठाएकोमा ऐ.०६ गते १३:१० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको भनि ऐ.१३:४० बजे सोहि अस्पतालबाट जानकारी भएको, कुटपिट गर्ने राजिप चौधरी लगायत ५ जना नियन्त्रणमा रहेको, । हात हतियार बरामद,बाग्लुङ, इ.प्र.का.बरेङडाँडा बागलुङबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले गस्ती गर्दे जाने क्रममा जि.बागलुङ जैमिनी न.पा.१० ठुलोखोला स्थित ठाडो खोलाको जङगलमा सावुत १ नाले भरुवा बन्दुक थान १ फेला पारी घटनास्थलको मुचुल्का कार्य गरी ऐ.१३:४० बजे इ.प्र.का.बरेङडाँडा बागलुङमा ल्याई राखिएको,उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको,अनुसन्धान कार्य भईरहेको ज.ज.क,धादिङ, मिति २०८२।०९।२९ गते राती अं.११:०० बजे नेत्रावती गा.पा.२ केउरा स्थित ऐ.बस्ने वर्ष अं.४० की महिलालाई निजकै घरमा ऐ.बस्ने वर्ष अं.५० को नर बहादुर तामाङले ज.ज.क.गरेको भनी ऐ.१०।०६ गते  ऐ.१६:०० बजे जि.प्र.का.मा किटानी जाहेरी दिए पश्चात उक्त स्थानमा प्र.चौ.सेमजोङबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटी गई  निज नर बहादुर तामाङ फरार रहेको खो.त.कार्य जारी । कैलाली, टिकापुर न.पा.१ एकतापुर बस्ने शारीरिक रुपमा अशक्त भएकी वर्ष १८ की बालिकालाई ऐ.बस्ने वर्ष ५२ को रन बहादुर सुनारले निज सुत्ने कोठामा लगि ज.ज.क.गरेको भनि पिडितले ऐ.१७:३० बजे  इ.प्र.का.टिकापुरमा जाहेरी दिए पश्चात प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई निजकै घर ठेगानाबाट पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.टिकापुरको हिरासत कक्षमा राखी थप अनुसन्धान भईरहेको । आगलागी बाट मानिस  मृत्यु  ( भबितब्य ज्यान),सुर्खेत, वीरेन्द्रनगर न.पा.९ मंगलगढी चोक नजिकै राष्ट्रिय बणिज्य बैंक स्थित मानिकेज उर्जा पसल रहेको भुई तलामा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ नगर प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्र.उ.को कमाण्डमा टोली खटी गई दमकलको सहयोगमा आगो निभाउने कार्य भईरहेकोमा ऐ.१९:१० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको, ऐ.१७:०० बजे सोही घरको चार तलामा फसेकी (निसासेको मात्र) ऐ.वीरन्द्रनगर न.पा.६ बस्ने वर्ष ७० की तुल्सी भुषाल (जि.चितवन रत्ननगर न.पा.३ टारी घर भइ हाल आफन्तको घरमा भेटघाटको लागी आएको)लाई प्रहरीले उद्दार गरी उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा पठाई उपचार भईरहेकोमा ऐ.०६ गते ०९:०० बजे उपचारको क्रममा मृत्यु भएकोमा ऐ. १६:०० बजे शव पो.मा. पश्चात मृतकको छोराले बुझी लगेको, घरबेटी र उक्त पसलको शाहु  ऐ.९ बस्ने वर्ष अं.६० को पुरन प्रसाद रिजाल रहेको, क्षतिको विवरण आउन बाँकी । कैदी मृत्यु,काठमाण्डौं, का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत सेन्टर बन्दी सुधार गृहमा जि.ललितपुर महालक्ष्मी न.पा.५ घर भएको वर्ष ७२ को लेनदेन मुद्दामा ( सजाय २ वर्ष कैद,६० लाख विगो ) थुनामा रहेको कैदी राजेन तामाङ मुटु सम्बन्धी बिरामी भई ऐ.०९।२३ गते वीर अस्पताल भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा ऐ.१०।०६ गते १८:१० बजे मृत्यु भएको,शव ऐ.अस्पतालमा रहेको । ला.औ.,मोरङ, बिराटनगर म.न.पा.नहर सडकको छेउमा, संकास्पद अवस्थामा को ३७ प ३३६६ न.को मो.सा. रोकी बसिरहेको जि.सुनसरी भोक्राहानरसिंह गा.पा.. ५ बस्ने अं. वर्ष ३५ को सुदिन मन्सुरीलाई तलासी लिँदा निजले लगाएको हाफ ज्याकेटको भित्री गोजीमा लुकाई छिपाई राखी बोकेको अवस्थामा लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक बाहेक तौल गर्दा १४० (एक सय चालिस) ग्राम रहेको, मो.सा. समेत नियन्त्रणमा लिई निजलाई सोधपुछ गर्दा मलाई जि. सुनसरी इटहरी उ.म.न.पा. वडा न. ५ बस्ने अ. वर्ष ५० को रोहित कार्कीले बोक्न दिएको भनी बताएको हुदा इप्रका इटहरी, सुनसरीसंग समन्वय गरी निज रोहित कार्कीको घर कोठामा झोला भित्र राखेको अवस्थामा लागु औषध खैरो हिरोईन जस्तो पदार्थ प्लाष्टिक बाहेक तौल गर्दा १४ (चौध) ग्राम, २३० (दुई सय तिस) मिलिग्राम, प्रतिवन्धित NITRAZEPAM लेखिएको ४६ पत्तामा जम्मा ४६० ट्याब्लेट, WISCOREX लेखिएको १८ बोतल, SPASMOPROXYVON PLUS लेखिएको ४२ पत्तामा ३३६ क्यापसुल, लाऔ सहित दुवै जनालाई आवश्यक कार्वाहिको लागि ऐ. १७:५५ बजे जि.प्र.का मोरङमा ल्याई आवश्यक अनुसन्धान भई रहेको । उदयपुर, बेलका न.पा.७ कान्चिराङ स्थित अ.प्र.पोष्ट मैनामैनीबाट खटिएको प्र.स.नि.को गस्ती टोलीले ऐ. बेलका न.पा.७ खमारे बस्ने चन्द्र ब. राईको  छोरा वर्ष अं.१४ को मिसन राई,ऐ.७ मायाबारी बस्ने सिन्धुसिंह राईको छोरा वर्ष अं.१४ को  बिकाश राई र ऐ.७ बिलिम्ला बस्ने सागर राईको छोरा वर्ष अं.२१ को  उमेश राई समेत ३ जनाले  बोरामा बोकी पैदल ल्याउँदै गरेको अवस्थामा अं.१०० के.जी. गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई इ.प्र.का.रामपुरठोक्सिलामा ल्याई आ.अ.भईरहेको, ।  मकवानपुर, थाहा न.पा.१० टौखेल स्थितमा टौखेलबाट मार्खु तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ह १५०७ नं. को अटोमा ला.औ.ओसार पसार भई रहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ प्र.नि.रुक्शा बज्राचार्य (९८५१२८३९९२), टोलीले उक्त अटोलाई उल्लेखित स्थानमा फेलापारी चेकजाँच गर्ने क्रममा १२ वटा रबरको डिब्बा भित्र लुकाई छिपाई ल्याएको ला.औ.चरेस जस्तो देखिने पदार्थ फेला पारी अटो चालक जि.मकवानपुर थाहा न.पा.४ रुप्से बस्ने बर्ष अं.२९ को घनश्याम बल तामाङ र अटोमा सवार ऐ.कैलाश गा.पा.५ बस्ने बर्ष अं.२१ को सानुकान्छा थिङलाई नियन्त्रणमा लिई ऐ.२०:५० बजेको समयमा इ.प्र.का.पालुङमा ल्याई तौल गर्दा १२१ के.जि. भएको ।

मिति २०८२।१०।०५ गते ०५:०० बजे देखि २०८२।१०।०६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०६

शंकास्पद मृत्यु,दाङ, घोराही उ.म.न.पा.१६ जनजागृती टोल स्थित नारायण पोख्रेलले संचालन गरेको टमाटर फर्ममा नामथर, वतन नखुलेको अं.वर्ष ४० को पुरुष ब्यक्ति उत्तानो अवस्थामा मृत (घाँसले मुख छोपेको) फेला परेको भन्ने खबर अ.प्र.पोष्ट सर्रामा प्राप्त हुनासाथ प्र.ना.नि. र जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको शवगृहमा राखिएको । कैदी मृत्यु,काठमाण्डौं, का.म.न.पा.११ जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा जि.रुपन्देही,समिरमारे गा.पा.०२ स्थायी वतन भएको वर्ष ३७ को सलिम धुनियालाई ला.औ मुद्दामा मुद्दा चलाउने निकाय तनहुँ जिल्ला अदालतले दाखिला मिति २०८२।०६।२४ गते सजाय ३ वर्ष कैद जरिवाना २,००,०००।- थुनामा रहेका कैदी सलिम धुनिया जिब्रोको क्यान्सर सम्बन्धी बिरामी भई मिति २०८२।०९।१९ गते वि.पी स्मृती अस्पतालमा भर्ना भई उपचार भईरहेकोमा  उपचारको क्रममा ऐ.१०।०५ गते ०७:२० बजे मृत्यु भएको,वृत महाराजगञ्जबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि टिचिङ अस्पताल महाराजगञ्ज पठाईएको । मोरङ, मिति २०८२।१०।०२ गते २१:१५ बजे, ऐ.०९।२५ गते देखि ला.औ.मुद्धा म्यादथप गरी इ.प्र.का.पथरीको हिरासतमा रहेको थुनुवा जि.मोरङ पथरीशनिश्चरे न.पा.४ बस्ने वर्ष २३ को ज्ञानदिप राई काम ज्वरो आउने समस्या भई उपचारको लागी प्र.स.नि.को टोलीले मदन भण्डारी अस्पताल तथा ट्रमासेण्डर मंगलबारे लगि सामान्य उपचार पश्चात थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा ऐ.६ गते ०४:३७ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको । कुटपिट,धनुषा, जनकपुर उ.म.न.पा.४ गंगा सागर स्थितमा ऐ. जनकपुर उ.म.न.पा.१० बस्ने अं. वर्ष ३५ को विजय प्रसाद गुप्ताले ला.औ. सेवन गरी ऐ.११ बस्ने अं.वर्ष ६५ को गणेश साहलाई कुटपिट गर्दा पिठ्युमा चोट लागि घाईते भई प्रादेशिक अस्पताल जनकपुर लगी उपचार भईरहेको, अवस्था गम्भीर रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.जनकपुरधामबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने अं.वर्ष ३५ को विजय प्रसाद गुप्तालाई नियन्त्रणमा लिई प्र.चौ.जनकपुरधाम धनुषामा ल्याई राखिएको । पक्राउ/नियन्त्रण,कास्की, पोखरा म.न.पा.१४ चाउथे स्थित अन्तर्राष्ट्रिय विमान स्थलको गेटबाट जि.प्र.का.कास्कीबाट प्र.ना.उ.को कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाण्डौ परिसरको पत्र अनुसार राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई रितपुर्वक नियन्त्रणमा लिई एयरपोर्टमा लगि राखिएको, निजलाई ऐ.१७:४० बजे प्र.नि.टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको टोलीले यती एयर द्वारा पोखराबाट काठमाण्डौको लागि लिई टेकअफ भएकोमा ऐ.१८:२२ बजे ल्याण्ड भई प्रहरी परिसरमा ल्याई राखिएको । गौबध,कपिलवस्तु, बुद्धभुमि न.पा.१० भगवानपुर  बस्ने बजरङ्गी केवटको गँहु खेतमा (गाई/गोरु नखुलेको) टाउको, करङ र ३ वटा खुट्टाको नलि जस्तो देखिने हड्डी फेला परेको भनि  बिश्व हिन्दु परिसद  गौ संरक्षकले खबर गर्नासाथ इ.प्र.का.गोरुसिंगे कपिलवस्तुबाट प्र.नि.र जि.प्र.का.कपिलवस्तुबाट प्र.ना.उ.को कमाण्डमा २१ जनाको टोली खटी गई टाउको,करङ र खुट्टाको हड्डीलाई जि.प्र.का.कपिलवस्तुमा ल्याई राखिएको । ला.औ., सुनसरी, देवानगंज गा.पा.४ पालटोल जाने कलबर्ट छेउमा इप्रका साहेवगंजबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ति टोली गस्ती गर्दै जाने क्रममा सेतो बोरा लोड भएको BR 50R 3818 नं. को मो.सा.बेवारिसे अवस्थामा शंका लागी उक्त बोरा खोली हेर्दा बोरा भित्र २१ पोका ला.औ.गाँजा अ.२१ के.जि. रहेको ला. औ.गाँजा र मो.सा. नियन्त्रणमा लिई इ.प्र.का.देवानगंजमा ल्याई राखिएको,मानिसको खो.त.भईरहेको ।

मिति २०८२।१०।०४ गते ०५:०० बजे देखि २०८२।१०।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०५

कैदी मृत्यु,काठमाण्डौ, का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जिल्ला कैलाली घोडाघोडी न.पा.१ स्थायी वतन भएका वर्ष ५७ को ज.ज.क मुद्दामा थुनामा रहेका कैदी हरि प्रसाद डगौरा थारु पेट सम्बन्धी बिरामी भई मिति २०८२।०९।२० गते वि.पि.स्मृती अस्पतालको ICU मा भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा मिति २०८२।१०।०५ गते ००:३० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको । ज.ज.क./ज.ज.क उद्योग,इलाम, मिति २०८२।०४।०३ गते अं.२०:०० बजे जि. झापा कनकाई न.पा. ६ बस्ने र्ष २६ की ( सांङ्केतिक नाम (म ०८२/०८३ ) लाई जिल्ला झापा अर्जुनधारा न.पा. ०१ घर भई हाल बिर्तामोड न.पा. १ बस्दै गरेको वर्ष ५१ को पुरुषले ललाई फकाई गरी बिर्तामोडबाट चारली हुदै इलाम तर्फ ल्याई इलामको कन्याम लेखेको आसपास रहेको होटेलमा लगि जबरजस्ति करणी गरेको भनि मिति २०८२।०९।२९ गते इप्रका पशुपतिनगर इलाममा पिडित उपस्थित भई जाहेरी दरखास्त दिनसाथ निज अभियुक्तको खो.त. भईरहेकोमा १०।०४ गते अं. १०:०० बजे निज अभियुक्त आफै इप्रका पशुपतिनगर इलाममा उपस्थित भएको थप अनुसन्धान भईरहेको । पाँचथर, मिति २०८२।१०।०१ गते २३:५० बजे मिक्लाजुङ गा.पा.-३ बाजोघरा बस्ने परिवर्तित नाम ०२-०८२/०८३ "१३/ख" को छोरी वर्ष १२ कि पिडित परिवर्तित नाम ०२-०८२/०८३ "१३" लाई ऐ. बस्ने वर्ष अं.३४ को पुरुषले घरमा कोही नभएको बेला मौकाछोपी ज.ज.क. गर्न खोजेको भनि पिडितको बुबाले मौखिक रूपमा ऐ.०२ गते १५:०० बजे अप्रपोष्ट आरूबोटे पाँचथरमा जानकारी गराउन साथ इ.प्र.का. रवि पाँचथरबाट प्र.नि.को कमाण्डमा टोली खटि गई  पिडकलाई नियन्त्रणमा लिई ऐ. ३ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई थप अनुसन्धान भइरहेको । धादिङ, मिति२०८२।१०।०२ गते अं.१९:०० बजे जि.धादिङ निलकण्ठ न.पा.१० ढकालडाँडा स्थित ऐ.ज्यामरूङ केराबारी बस्ने अर्जुन नेपालीको श्रीमती वर्ष अं.२६ की परिवर्तित नाम धादिङ २४ (११४) ०८२।०८३ लाई जि.धादिङ निलकण्ठ न.पा.१० बस्ने वर्ष अं.३१ पुरुष र जि.धादिङ निलकण्ठ न.पा. ११ बस्ने वर्ष अं.२८को पुरुषले ऐ.ऐ.स्थित एकान्त स्थानमा ज.ज.क. गरेको भनी पिडितले जि.प्र.का.धादिङमा ०४ गते अ.१५:००बजे आई प्रतिवादी बिरूद किटानी जाहेरी दिए पश्वात उक्त स्थानमा प्र.चौ. टोडकेबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई निज दुवै प्रतिवादीहरूलाई पक्राउ गरी जि.प्र.का.धादिङमा ल्याई मुद्वा दर्ता गरी (६ दिन म्याद थप) गरी राखेको । हात हतियार बरामद,गुल्मी, छत्रकोट गा.पा. ३ नरम, रिपाहा टोल बस्ने पबिकला रेश्मीले मेरो घरमा पालेको कुकुरलाई छिमेकी वर्ष ८२ को धन बहादुर बुढाथोकीले भरुवा बन्दुकको छर्राले कुकुरलाई हानी घाईते बनाएको भनी  जानकारी गराए पश्चात उक्त स्थानमा टोली खटि गई बुझ्दा निज धन बहादुर बुढाथोकीले कुकुरले कुखुरा खाएको भनी भरुवा बन्दुकको छर्राले हानेको हो भन्ने बुझिएको, उक्त भरुवा बन्दुक थान १ र निजकै नाममा रहेको बन्दुकको लाईसेन्स नियन्त्रणमा ल्याई चौकीमा ल्याई राखेको, लाईसेन्सको रिनु नभएको, निज धन बहादुर बुढाथोकी घरमै रहेको, घाईते कुकुरको अवस्था गम्भिर घरेलु उपचार भई रहेको । अपडेट-ऐ.१९;४५ बजेको समयमा निज धन ब.बुढाथोकीलाई नियन्त्रणमा लिइ भरुवा बन्दुक सहित जि.प्र.का.गुल्मीमा ल्याई राखिएको । भरुवा बन्दुकको गोली लागी घाइते,तनहुँ, ब्यास न.पा. १३ बेनिकोट बस्ने वर्ष ५० को मन ब. थापाले बादरलाई भरुवा बन्दुक (लाइसेन्स नभएको) पड्काई धपाउने क्रममा बन्दुकको गोलीले निजकै दाहिने हातको कुहिनामा लागी घाइते भई उपचारको लागी रत्नहरी मेमोरियल अस्पताल दमौली आएको अवस्था मध्यम बोल्न सक्ने रहेकोमा थप उपचारको लागी CMC अस्पतालमा भरतपुर चितवन रिफर भएको, भनि जि.प्र.का. तनहुँबाट ट्राफिक चोकमा डिउटी खटिएका प्र.ह.मार्फत ऐ. १५:२० बजे जानकारी प्राप्त भएको, घटनास्थल थप अनुसन्धान र उक्त भरुवा बन्दुक नियन्त्रणको लागी जि.प्र.का. तनहुँबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गएको  । थप अपडेट:-  ऐ, १९:५० बजे मुचुल्का  कार्य समाप्त पश्चात  भरुवा बन्दुक जि.प्र.का. तनहुँ ल्याएको घाईतेको सोही अस्पतालमा उपचार भई रहेको  अस्पतालको प्रहरीको निगरानीमा रहेको अवस्था  ऐ. रहेको । सवारी दुर्घटना,सुनसरी, धरान १३ जिरोप्वाइन्ट स्थित कोशी राजमार्गमा भेडेटारबाट धरान तर्फ आँउदै गरेको को १ ख ७११९ नम्बरको बस(टाइम्स इन्टरनेशनल एकेडेमी स्कुल जनकपुर भन्ने बुझिएको) अनियन्त्रित भई श्री कृष्ण प्रणामी मन्दिरको सटरमा न्यूसभा मेडिलकमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना मानिस घटनास्थलमा नै मृत्यु भएको खबर प्राप्त हुनासाथ घटनास्थलमा टोली खटि गई बुझ्दा जि.महोत्तरी गैडादेवपुर ८ बस्ने वर्ष ३१ को धैरिया कुमार यादव (स्कुल संचालक) लगायत ५ जनाको मृत्यु भएको, बस चालक जि.महोत्तरी बस्ने वर्ष २५ को महमत गुलाल लगायत १२ जना घाइते, सम्पुर्ण घाईतेहरुको वी.पी.कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको, बसलाई क्रेनले तानि नेपाल प्रदेश प्रहरI कार्यालय धरान सुनसरिमा लगी राखिएको, बाटो सुचारु भएको, । मृतकहरु;-(१)       जिल्ला महोत्तरी गैडादेवपुर ८ बस्ने रोहित कुमार मण्डलको छोरा १८ महिना  को रिसब कुमार मण्डलको मृत्यु भएको,(२)       ऐ.ऐ. वस्ने ३१ को धैरिया कुमार यादवको मृत्यु भएको,(स्कुल संचालक)(३)       जिल्ला सुनसरी बराक्षेत्र न.पा. ३ बस्ने वर्ष २० को ओमेश राईको मृत्यु भएको,(४)       जिल्ला झापा मेचीनगर न.पा. बस्ने वर्ष १९ को नयन थापा मगरको मृत्यु भएको,(५)       जिल्ला सुनसरी धरान उप-मनपा १३ बस्ने वर्ष २४ की सुवेक्षा सुब्बाको मृत्यु भएको,नोट;- मृतक-५ जना,गंभिर-६ जना,मध्यम-४ जना,सामान्य-२ जना जम्मा-१७ जना गोली बरामद,झापा, दमक न.पा. ८ आर्गनिक कृषी भवनको पूर्व पट्टी गेटछेउमा ढुङगाको च्यापको कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा इप्रका दमकबाट QRT मोसा टोलीमा खटीएको प्र.स.ह.को टोलीले फेला पारी शंका लागी पोका खोली हेर्दा उक्त पोको भित्र इन्सास(INSAS) राईफलको जंगी राउण्ड थान २१ फेला पारी बरामत गरी इ.प्र.का. दमक ल्याई थप अनुसन्धान भईरहेको, (उक्त राउण्ड इप्रका दमकबाट जेन्जि आन्दोलनको क्रममा लुटिएको भन्ने बुझिएको)। विदेशी नागरीक पक्राउ,काठमाण्डौ, मिति २०८२/१०/०३ गते अं.२३:२५ बजे फ्लाई दुबई एयरको (उडान न. FZ-573) द्वारा काठमाण्डौ आगमन भएका यात्रु भारत महाराष्ट्र स्थायी वतन भएका वर्ष २५ को मोहित जितेन्द्र खतार (राहदानी नं.U8604699) लाई अराईभल भन्सार चेकजाँच पश्चात टनेल गेट बाट निजको गतिबिधी शंकास्पद देखिएकोले त्यहाँ डिउटी खटिएको प्र.क ले नियन्त्रणमा लिई चेकजाच गर्दा निजको साथमा ल्याएका lenovo thinkpad intel core i5 थान२ अ.मु.रु.१२००००/-, iPhone lT Pro Max 256G8 थान १ अ.मु.रु.२३००००/- , iPhonel5 Pro 256 GB थान १ अ.मु.रु. ९००००/- र सुन जस्तो देखीने पहेलो रंगको लेपन/पेष्ट गरिएको कालो रंगको सुटकेशको भित्री भाग अ.५५० ग्राम सहित निजलाई नियन्त्रणमा लिई १ रातको लागी वृत गौशालामा पठाईएकोमा ऐ.०४ गते १६:५० बजे उक्त सामान सहित निजलाइ भन्सार कार्यालय सिनामंगलमा बुझाईएको । ला.औ., मोरङ, सुन्दरहरैचा न.पा.९ स्थित बुधबार बजारमा इ.प्र.का. बिराटचोकबाट प्र.ना.नि. र अ.प्र.पोष्ट त्रिबेणबाट प्रह.को कमाण्डमा संयुक्त टोलीले गस्ती गर्ने क्रंममा बेलबारीन.पा.३०५-२०८१/८२ नम्बरको सिटिसफारी लाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा सिटिसफारीको डिकीमालुकाई छिपाई ल्याउदै गरेको ला.औ. गाँजा ३७ के.जी.३६ ग्राम, सिटी,सिटी चालक जि.मोरङ सुन्दरहरैचा न.पा.१० बस्ने वर्ष अं ४२ को योगेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिइ इ.प्र.का. बिराटचोकमा ल्याइ राखेको ।

मिति २०८२।१०।०३ गते ०५:०० बजे देखि २०८२।१०।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०४

कर्तव्य ज्यान,भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ३ तेर्सेटार स्थितमा ऐ. बस्ने नारायण बोहराको ३ तले घरको पहिलो तलामा डेरा गरी बस्ने जिल्ला धनुषा मिथिला न.पा. ११ घर हुने बर्ष ५० की सरिता भण्डारीलाई निजको छोरा बर्ष २७ को प्रबिन भण्डारी (डिप्रेसनको बिरामी) ले धारिलो हतियार (तरकारी काट्ने चक्कु र रोटी सेक्ने तावा)प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रभाग सानोठिमीबाट खटिएको प्र.ब.ना.नि. पृथ्वी खत्री (९८५१२८६३०२)को टोलीले उद्धार गरी उपचारको लागी भक्तपुर इन्टरनेशनल अस्पताल लगेको अबस्था गम्भिर,घाँटीको बायाँ साइड र टाउकोमा काटिएको गहिरो चोट, घटना पश्चात निज प्रबिन भण्डारीले आफ्नै टाउकोमा धारीलो हतियार प्रहार गरी गम्भिर घाइते भई सोही अस्पतालमा उपचार भई रहेको,उपचारमा बुबा रामकृष्ण भण्डारी संलग्न,घटनास्थलमा बृत्त ठिमीबाट प्र.नि.राजन थापा (९८५१२८२४२२) को कमाण्डमा SOCO सहितको टोली खटिइ गई थप अनुसन्धान तथा मुचुल्का कार्य भई रहेको, उक्त स्थान वृत्त ठिमीबाट अं.३ कि.मी. पश्चिम पर्ने । निज सरिता भण्डारीको उपचारको क्रममा ऐ. २२:५५ बजे मृत्यु भएको र ऐ ०३ गते ०८:५० बजे लास पो.माको लागी के.एम.सि. दुवाकोट लगेको र निजको छोरा ऐ. ०३ गते १२;५० बजे घाईते थप उपचारको लागी ट्रमा सेन्टर रिफर भएको साथमा वृत्त ठिमीबाट प्र.ज. नरेन्द्र बि.क. को टोलि खटिगएको । सुनसरी, इटहरी उ.म.न.पा.८ पुस्पलाचोकको हरिजंग टोल स्थित दिलिप हरिजंगको घरमा कोठा भाडामा लिई बस्ने ऐ.८ बस्ने वर्ष अं.५६ को गोबिन्द सरदार र ऐ.८ बस्ने वर्ष अं.४४ को घोतन राम बिच एक आपसामा वाद विवाद तथा झै-झगडा भई कुटपिट हुँदा गोबिन्द सरदारको तत्काल बाहिरी चोट नदेखिएको अवस्था गम्भीर बोल्न नसक्ने बेहोस रहेको हुँदा निज घाईतेलाई स्थानीय सामुदायिक अस्पताल पुस्पलाल चोकमा पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराट मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगर पठाएकोमा निज गोबिन्द सरदारको उपचारको क्रममा ऐ.१०।०४ गते ०१:०० बजे मृत्यु भएकोमा उक्त शव पो.मा.को लागी कोशी अस्पताल बिराटनगर पठाएको भन्ने खबर अ.प्र.चौ.पुस्पलाल चोकमा ऐ.२३:०० बजे जानकारी प्राप्त हुँनासाथ अ.प्र.चौ.पुस्पलाल चोकबाट प्र.स.नि. को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने वर्ष ४४ को घोतन रामलाई नियन्त्रणमा लिई इ.प्र.का इटहरीमा ल्याई राखेको, निजको ओठमा सामान्य चोट रहेको । बालिका ज.ज.क.,दाङ,तुलसीपुर उ.म.न.पा.१९ गुहारखोला स्थित मिति २०८२।१०।०१ गते अं.१३:०० बजे ऐ.बस्ने वर्ष १४ को संकेत नामथर ५६ तुलसीपुर ०८२-५१ ले आफ्नै घरमा जिल्ला सल्यान बागचौर न.पा. ८ घर भइ हाल जि.दाङ तुलसीपुर उ.म.न.पा. १९  ग्वारखोला बस्ने संकेत नामथर ५६ तुलसीपुर ०८२-५० को छोरी वर्ष ३ की संकेत नामथर ५६ तुलसीपुर ०८२-५० (क) लाई फुलाई फकाई ज.ज.क.गरेकोले कानून बमोजिम कारबाही गरी पाउँ भनी निज पीडितको आमाले ऐ.०३ गते ९:०० बजे लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गइ पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. तुलसीपुर दाङको बाल निगरानी कक्षमा राखी आ.अ.भईरहेको, निज बालिकाको स्वास्थ्य परिक्षण गरी आमाको जिम्मा लगाइ पठाइएको, अवस्था सामान्य । सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं.१६ टिकुलिया टोल बस्ने अं . बर्ष १७ की साङकेतिक नाम ञ ( ०८२।०८३) लाइ ऐ.ऐ बस्ने अं. बर्ष २७ को अमन सदा (ऋषिदेब ) ले जबरजस्ति करणी गरेको भन्ने खबर प्राप्त हुन साथ इप्रका पकली बाट प्र.ब.ना.नि. स्याम राउतको कमाण्डमा प्रहरी टोली खटिगई निज अमन सदा (ऋषिदेब ) लाई पक्राउ गरी इप्रका पकलीमा ल्याइ अनुसन्धान भइरहेको । शंकास्पद मृत्यु,म्याग्दी, घौलागीरी गा.पा ७ झिनडाडा बस्ने बर्ष अं २० की पुन माया बि.क रातको समयमा आफु सुत्ने कोठाबाट पिसाब फेर्नको लागी घर बाहिर निस्कने क्रममा मलाई केले हान्यो भनि एक्कासी घर भित्र आमा सुत्ने कोठामा पसी बेहोस भई ढल्न जादा घाईते भई उपचारको लागी स्थानीय ताकम स्वास्थ्य चौकीमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल म्याग्दी बेनी तर्फ ध.१.ज २४ न.को टयाक्सीमा ल्याउदै गरेको घाईतेको दुबै हात ,पाकुरा, नारी,घाटि र ढाडमा काटेको बाहिरी चोट अवस्था बोल्न नसक्ने सिरियस उपचारमा निजको भाई दिवा कुमाई संग्लन रहेको र उक्त घटना सम्बन्धि खबर प्राप्त हुँदा साथ प्र.स.नि बिक्रम तिवारीको कमाण्डमा  ३ जनाको टोलि खटीगएको, उक्त स्थान यस.का बाट २ कि.मी पश्चिम पर्ने ।थप अपडेट :-मिति २०८२।१०।०४ गते ०२:२० बजे उपचारको क्रममा प्रदेश अस्पताल म्याग्दी बेनि ल्याईएकोमा डाक्टले मृत्यु घोषणा गरेको शव अस्पतालको शव गृहमा राखिएको पो.मा हुन बाँकी,उक्त घटनास्थलमा थप अनुसन्धानको लागि इ.प्र.का दरबाङ म्याग्दिबाट प्र.नि रबिन्द्र कार्कीको कमाण्डमा ५ जनाको टोलि खटिगएको । गोली प्रहार,सर्लाही, हरिपुर्वा न.पा.८ बसन्तपुर स्थित ऐ. बस्ने बिलाश राय यादव को छोरा अं. वर्ष ३१ को रामनाथ राय यादव आफ्नै काठको २ तल्ले ठाठी घरको माथिल्लो तल्लाको सुत्ने कोठामा सुतिरहेको बेलामा कसैले  घर बाहिर आँगनबाट माथिल्लो तल्ला तर्फ ताकी २ राउण्ड गोली फायर गरी फरार भएको भन्ने खबर ऐ.०१:४५ बजे प्र.चौ.गौरीशंकरमा प्राप्त हुनसाथ प्र.ह.को कमाण्डमा २ जना टोली खटी गई उक्त घटना स्थाल सुरक्षित साथ राखि‍एको, मानबिय क्षेती नभएको, उक्त घटनास्थलमा पेस्तोलको १ राउण्ड फायर नभएको बुलेट,२ राउण्ड फायर भएको बुलेटको खोका समेत फेला परेको,उक्त स्थानमा थप अनुसन्धानको लागि इ.प्र.का. केशरगंजबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई अन्य अनुसन्धान कार्य भईरहेको । ला.औ., मोरङ, सुनवर्षी न.पा.९ लक्ष्मिथान स्थित ऐ.बस्ने पर्वत लाल सिंहको मकै बारीमा बेवारिसे अवस्थामा प्लाष्टिकको बोरामा-५ बोरा (तौल गर्दा-१५५ के.जि.) ला.औ.गाँजा स.प्र.वल नेपाल वि.ओ.पि. सिक्टीबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले फेला पारी ऐ.०३ गते अं.१४:०० बजे इ.प्र.का रंगेलीमा आवश्यक कार्वाहीको लागि उक्त बरामद गरेको गाँजा इ.प्र.का.रंगेलीमा बुझाएको,उक्त स्थानमा इ.प्र.का रंगेलीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई अन्य थप बुझ्ने कार्य भईरहेको ।

मिति २०८२।१०।०२ गते ०५:०० बजे देखि २०८२।१०।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०३

कर्तव्य ज्यान,भक्तपुर, मध्यपुर ठिमी न.पा.३ तेर्सेटार स्थितमा ऐ.बस्ने नारायण बोहराको ३ तले घरको पहिलो तलामा डेरा गरी बस्ने जि.धनुषा मिथिला न.पा. ११ घर हुने वर्ष ५० की सरिता भण्डारीलाई निजको छोरा वर्ष २७ को प्रबिन भण्डारी (डिप्रेसनको बिरामी) ले धारिलो हतियार (तरकारी काट्ने चक्कु र रोटी सेक्ने तावा)प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रभाग सानोठिमी र बृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पताल पठाईएकोमा उपचारको क्रममा ऐ.२२:५५ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,निज प्रबिन भण्डारीले आफ्नै टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते भई सोही अस्पतालमा उपचार भईरहेको,उक्त स्थान वृत्त ठिमीबाट अं.३ कि.मी. पश्चिम पर्ने । रुकुम पश्रिम, मिति २०८२/१०/०१ गते अं. २३:०० बजे,त्रिबेणी गा.पा. १ बस्ने वर्ष ७४ को गणेश बहादुर कामीले मा.प.से. गरी सामान्य बिबादका कारण आफ्नै श्रीमती वर्ष ६५ की पम्फा कामीलाई सनासोले टाउको र हातमा हानि घाइते बनाएको उपचारको लागि जि.अस्पताल सल्ले रुकुम पश्चिम ल्याई सामान्य उपचार पश्चात थप उपचार को लागी नेपालगंज पठाईएकोमा बाटोमा मृत्यु भएको,शव जि.अस्पताल सल्ले रुकुम पश्चिमको शव गृहमा ल्याई राखिएको,प्र.चौ.सिम्रुतुबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा जि.प्र.का.को हिरासत कक्षमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का.रुकुम पश्चिमबाट अं.३ कि.मि. पश्चिम पर्ने । हात हतियार बरामद,काठमाण्डौ, का.म.न.पा.६ नयाँबस्ती नौतले अन्नपूर्ण मार्ग स्थित जि.अर्घाखाँची माला रानी गा.पा.३ घर भई हाल ऐ.नयाँबस्ती बस्ने वर्ष २६ को निशान खनालले थान १ हत्कडी र ,303 राइफलको  (जंगी राउण्ड) थान ३ फेलापारी प्रहरी बिट नयाबस्तीमा ल्याई बुझाएकोमा प्रहरी बृत्त बौद्धबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई गोली र हत्कडी प्रहरी बृत्त बौद्धमा ल्याई राखिएको,उक्त स्थान बृत्त बौद्धबाट अं.१.५ कि.मि.दक्षिण पर्ने । झापा, दमक न.पा.१ सुकुम्बासी बस्ती बस्ने डेक बहादुर थापाको घरभित्र केही हातहतियार लुकाईछिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का. दमकबाट प्र.ना.उ. को कमाण्डमा टोली खटी गई निज डेक बहादुर थापा बस्ने गरेको जस्ताको बेराले बनेको जस्ताको छानो भएको टहरा भित्र खानतलासी गर्दा बटको भागमा १३२०४४७ नं.लेखिएको सर्टगनको बटको भाग थान-१ (एक) बेसाबुत हातहतियारको पार्टपुर्जा सोही टहराको भुईमा बालुवाले पुरी राखेको अवस्थामा फेला परेको र उक्त हातहतियार मिति २०८२।०५।२४ गते Gen-Z आन्दोलनको क्रममा इ.प्र.का.दमकबाट लुटी लगेको अभिलेखबाट देखिएको हुँदा उक्त हातहतियारको पार्टपूर्जा कानून बमोजिम बरामद गरी  इ.प्र.का.दमकमा ल्याई राखेको,साथै निज डेक बहादुर थापाको खो.त.भईरहेको । लागु औषध,काठमाण्डौं, चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धनगढी देखी काठमाण्डौ तर्फ आउँदै गरेको सु.प.प्र.००१-००१ ख ३८९२ नं.को यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगाबाट खटीएको प्र.स.नि.को टोली तथा ला.औ.नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको साईड A को ९ नं.सिटमा सवार जि.कैलाली घोडाघोडी न.पा.०५ बस्ने अं.वर्ष २५ को कृष्ण बहादुर कुवँरलाई शंका लागी चेकजाँच गर्दा प्रतिबन्धित ला.औ.खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ शुद्ध तौल ६ ग्राम रहेकोले निजलाई उक्त ला.औ.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट पठाईएको ।  न.प.पश्चिम, रामग्राम न.पा.१० रामखण्डपुल स्थित परासी भैरहवा सडक-खण्ड आसपासबाट ला.औ.बिक्रि-बितरण गरेको भन्ने बिशेष सुचनाको आधारमा ला.औ. नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट खटी आएको प्र.ना.नि.र जि.प्र.का. नवलपरासीबाट खटिएको प्र.स.नि.को टोलीले भैरहवाबाट परासी तर्फ आउदै गरेको UP 42 AS 6818 नं. को मो.सा. लाई रोकि चेकजाँच गर्दा मो.सा. को दाहिने तर्फको लेगगार्डमा झुण्डाई राखेको पहेलो रङको सानो हाते बोरा भित्र कालो प्लाष्टिकमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम- ३४७ एम्पुल, फेनेरागन- २४९ एम्पुल, ब्रुफिनुर्फिन- ३०० एम्पुल सहित मो.सा. चालक जिल्ला नवलपरासी रामग्राम न.पा. २ हाटबजार बस्ने वर्ष अं. २६ को बिशाल हरिजन सहित २ जनालाई नियन्त्रणमा लिई जि.प्र.का.नवलपरासीमा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का. नवलपरासीबाट अं.१ कि.मि. पश्चिम पर्ने ।

मिति २०८२।१०।०१ गते ०५:०० बजे देखि २०८२।१०।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-०२

कर्तव्य ज्यान,भक्तपुर, भक्तपुर न.पा.३ वंशगोपाल डेगोमना स्थितमा कुमार जाकी बन्जाराको ४ तल्ले पक्की घरको दोस्रो तल्लामा डेरागरी बस्ने जि.काभ्रे तिमाल गा.पा. ९ घर भएको वर्ष ३८ की लाल माया तामाङलाई निजको श्रीमान वर्ष ३७ को लनाम तामाङले सामान्य वादविवादको क्रममा सिलौटोले प्रहार गर्दा घाईते अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दरवार स्क्वारबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि भक्तपुर अस्पताल पठाईएकोमा उपचारको क्रममा ऐ.११:०४ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेकोमा जि.प्र.प्र.भक्तपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि KMC दुवाकोट पठाएको , कुटपिट गर्ने निजको श्रीमान परिसर भक्तपुरको नियन्त्रणमा । ज.ज.क. बाल यौन दुर्व्यवहार,संखुवासभा, परिवर्तित जिल्ला ०५, (स१) बस्ने वर्ष ११ की “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ)” लाई निजकै बुवा वर्ष ३५ को “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ१)” ले विभिन्न मितिमा पटक-पटक आफ्नै घरमा जबरजस्ती करणी गरेको भनी निज पीडितले सुरक्षित आवासगृह तथा पुनर्स्थापना केन्द्र खाँदबारी संखुवासभामा जानकारी गराएको भनी सुरक्षित आवासगृह तथा पुनर्स्थापना केन्द्र खाँदबारी संखुवासभाको पत्र मिति२०८२।१०।०१ गते १७:०० बजे जि.प्र.का.संखुवासभामा प्राप्‍त हुन आएको हुँदा निज “परिवर्तित नाम २०८२/०८३ संखुवासभा (थ१)”लाई प्र.चौ.धुपुबाट प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरी जि.प्र.का.संखुवासभामा ल्याई अनुसन्धान भईरहेको । शंकास्पद मृत्यु,बाँके, डुडुवा गा.पा.३ बनकट्टी स्थित ऐ.बस्ने राम फेरन कुर्मीको बारीमा रहेको पानी भएको इनार भित्र गन्ध आईरहेको खबर इ.प्र.का.बनकट्टी बाँकेमा प्राप्त हुना साथ प्र.ना.नि.र जि.प्र.का.बाँकेबाट प्र.ना.उ.को कमाण्डमा टोली  तथा ३० नं.गण हे.क्वा.बागेश्वारी बाँकेबाट स.प्र.नि.को कमाण्डमा D.M.सहितको ११ जनाको टोली  खटी गई बुझ्दा इनारबाट नामथर, वतन नखुलेको महिलाको शव निकाली हेर्दा शव सडी गलेको  अवस्था रहेको भनी खटी गएको टोलीले ऐ.१७:०० बजे जानकारी गराएको, कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि भेरी अस्पताल नेपालगंज पठाएको । धारिलो हतियार (खुकुरी) प्रहार,संखुवासभा, भोटखोला गा.पा.५ तुङ्खालिङ स्थितमा ऐ.बस्ने अं.वर्ष ३० को भोज विक्रम राईले निजकै घरमा झारफुक गर्ने आउने क्रममा के-कुन कारण धारिलो हतियार (खुकुरी) प्रहार गर्दा निजको मामा नाता पर्ने ऐ.भोटखोला गा.पा.५ तुङखालिङ बस्ने अं.वर्ष ३९ को पंच कुमार राई (टाउकोमा चोट, अवस्था मध्यम), निजको आफ्नै काका ऐ.बस्ने अं.वर्ष ३५ को सुवास राई (टाउकोमा गहिरो चोट, अवस्था गम्भीर) र निजको आफ्नै काका (धामि) ऐ.बस्ने अं.वर्ष ६० को राम कुमार राई (टाउकोमा गहिरो चोट, अवस्था गम्भीर) घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.श्याक्सिलागोलाबाट प्र.हको कमाण्डमा प्रहरी टोली खटी गई घाईतेहरुलाई उपचारको लागि स्थानीय तुङखालिङ आधारतभुत स्वाश्थ्य चौकी पठाई उपचार भईरहेको, धारिलो हतियार (खुकुरी) प्रहार गर्ने भोज विक्रम राई प्र.चौ.श्याक्सिलागोलाको नियन्त्रणमा रहेको । कुटपिट,मकवानपुर, मकवानपुरगढी गा.पा.१ आँपटार स्थित ऐ.ऐ.अन्नपानी बस्ने वर्ष अं.६१ को रत्न बहादुर थिङलाई सोही स्थान बस्ने झलक बहादुरको छोरा वर्ष अं.१९ को इन्द्र बहादुर थिङ र अर्को छोरा वर्ष अं.१८ को चन्द्र ब.थिङ (गाउँमा बोलाउने) काले भन्नेले दुबै जना मिलि सामान्य विवाद हुदा कुटपिट गरी घाईतेलाई उपचारको लागी ऐ.००:१० बजे हेटौडा अस्पताल मकवानपुर ल्याएको, घाइतेको नाकबाट रगत बगेको, अवस्था गम्भीर, उपचारमा श्रीमती संलग्न रहेको, घाईतेको सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.०२:५० बजे मकवानपुर सहकारी अस्पताल रिफर भएको भनी सोही अस्पतालमा खटीएको प्र.क.मार्फत इ.प्र.का.मकवानपुरगढी खबर प्राप्त हुनासाथ इ.प्र.का.मकवानपुरगढीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने मानिस हाल फरार, खो.त.भईरहेको । कैदी मृत्यु, काठमाण्डौ, का.म.न.पा. ११ जगन्नाथदेवल स्थित केन्द्र बन्दी सुधार गृहमा जिल्ला पाल्पा रैनादेवी छहरा गा.पा.०१ स्थायी वतन भएका वर्ष २९ को कर्तव्य ज्यान मुद्दाका कैदी (कारागार दाखिला मिति :- २०८२।०२।२७ गते, सजाय :- २५ वर्ष मुद्दा चलाउने निकाय:- गुल्मी जिल्ला अदालत) सन्तोष कुमाल मानसिक, सुगर तथा, प्रेसर सम्बन्धी बिरामी भई मिति २०८२।०९।३० गते उपचारको लागि केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरमा भर्ना भई उपचार भईरहेकोमा ऐ. १०।०१ गते १२:३३ बजे उपचारकै क्रममा मृत्यु भएको, वृत जनसेवा बाट प्र.नि.को टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल  महाराजगञ्ज पठाएको ।