प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।२५ गते ०५:०० बजे देखि २०८२।०९।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-२६

  • A
  • A-
  • A+
Share

ज.ज.क./यौन दुर्व्यवहार,

काठमाण्डौ, जिल्ला नुवाकोट साबिक बेल्कोटगढी न.पा.०८ हाल परिबर्तित विदुर न.पा.१२ घर भई ऐ.ऐ.वस्ने वर्ष ४० की नाम परिवर्तित २६ परिसर(६४) ०८२।०८३ लाई जिल्ला सिन्धुली दुधौली न.पा.०२ घर भई हाल कास्की पोखरा उ.म.न.पा.०८ बस्ने बर्ष ४३ को कुमार लुंगेलीसंग सामाजिक सजाल फेशबुक मार्फत चिनजान भएको र निज प्रतिवादीले आफु सिंगापुरे लाहुरे भनि पिडितलाई बिबाह गर्छु तिम्रो छोराहरुलाई समेत सिंगापुर देश मै लान्छु भनि विभिन्न बहाना बाजी कुराकानी गरी बिभिन्न कुराको प्रलोभन देखाई निज पिडीतलाई का.म.न.पा.गौशाला स्थित मंदाकिनी होटल प्रा.लि.को कोठा नं.२०४ मा मिति २०८१।१२।२२ गते १७:५५ बजे निज प्रतिवादीले जवरजस्ती कारणी गरेको भनि जिल्ला प्रहरी परिसर काठमाडौं महिला बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रमा जाहेरी दरखास्त पेश गरेको र प्रतिबादी फरार रहेको हुँदा खो.त.कार्य जारी रहेको ।

 

रोल्पा, रोल्पा नगरपालिका वडा न.४ शिक्षाटोल स्थित जिल्ला ५३ बस्ने परिवर्ति नाम (२०८२।०८३) ५३ लिवाङ (घ-२) की छोरी बर्ष ६ की परिवर्तित नाम (२०८२।०८३)५३ लिवाङ (घ)लाई जिल्ला ५३ बस्ने बर्ष ११ को परिवर्तित नाम(२०८२।०८३)५३ लिवाङ(ङ) र जिल्ला ५३ बस्ने बर्ष १३ को परिवर्तित नाम(२०८२।०८३) ५३ लिवाङ(च)ले ललाई फकाई यौन दुर्व्यबहार गरेको भनि जाहेरवाला परिवर्ति नाम (२०८२।०८३) ५३ लिवाङ (घ-२) ले मिति २०८२।०९।२५ गते जि.प्र.का.रोल्पामा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.रोल्पाबाट प्र.नि.को कमाण्डमा-५ जनाको टोली खटि गई निज पिडकहरुलाई नियन्त्रणमा लिई दिन ५ म्याद थप गरी जि.प्र.का.रोल्पाको बाल निग्रानी कक्षमा राखिएको,उक्त स्थान जि.प्र.का.रोल्पाबाट अं.३ कि.मि. दक्षिण पर्ने ।

 

सोलुखुम्बु, मिति २०८२।०९।२४ गते अं अं.१५:३० बजे परिवर्तित वतन जिल्ला ११ स्थित ऐ.बस्ने वर्ष २२ को पुरुषले मादक पदार्थ सेवन गरी ऐ.बस्ने वर्ष १० कीलाई कुटपिट गरी भुईमा लडाई पीडितको कपडा खोली जवर्जस्ती करणीको प्रयास गरेकोमा पीडित प्रतिवादीको पञ्जाबाट फुत्केर नजिकै रहेको वडा अध्यक्ष राजेश राईको घरमा गई बसिरहेको अवस्थामा पीडितको बुवा आमाले फेला पारी पीडितलाई आफ्नो घरतर्फ लिई जादै गरेको अबस्थामा बाटोमा प्रतिवादीलाई फेला पारी पीडितको बुबाले सम्झाई बुझाइ गर्दा प्रतिवादीले पीडितको ठुलोबुबाको घरबाट खुकुरी लिई आई पीडितको घरको ढोका काटेर क्षती पुर्‍याई दिएको र निजलाई स्थानीय मानिसहरूले नियन्त्रणमा लिई राखेको भनी ऐ.२५ गते ०५:०० बजे जानकारी प्राप्त हुनासाथ प्र.चौ.मुक्लीबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज प्रतिवादीलाई पक्राउ गरी वारदातमा प्रयोग खुकुरी समेत बरामद गरी अं.२०:४५ बजे जि.प्र.का.सोलुखुम्बुमा ल्याई थप अनुसन्धान भईरहेको, प्रतिवादीलाई स्वास्थ्य परीक्षण पश्चात हिरासतमा राखिएको, घटनास्थल प्र.चौ.मुक्लीबाट अं.१३ कि.मि.उत्तर पर्ने ।

 

विदेशी नागरिक मृत्यु,

कास्की, मिति २०८२।०९।२४  गते अं.२४:०० बजे  भुटानका नागरीक (PASSPORT NO G200010) वर्ष ६३ को Gyampo Duppa  मुस्ताङ घुम्न गएकोमा मार्फा स्थितमा सुगर प्रेसरका कारण श्वास प्रश्वासमा समस्या आई उपचारको लागी प्रदेश अस्पताल जोमसोम मुस्ताङ अस्पताल लगिएकोमा ऐ.२५ गते बिहान ०४:०० बजे रिफर भई मेट्रोसिटी अस्पतालमा ऐ.०९:०० बजे ल्याएकोमा चिकित्सकद्धारा चेकजाँच गर्ने क्रममा ऐ.०९:२० बजे मृत्यु घोषणा गरेको र निज मृतकको श्रीमती लाली माया सुनवारले शव पश्चिम क्षेत्रीय अस्पतालमा लगेको, साथै भुटानबाट ऐ.२३ गते नेपाल आएकोमा ६५ जनाको ग्रुपमा मुस्ताङ घुम्न गएको भनी सोही अस्पतालमा खटी गएको प्रहरी कर्मचारी मार्फत जानकारी प्राप्त भएको ।

 

प्रहरी कर्मचारीको मृत्यु,

बर्दिया, बढैयाताल गा.पा.२ फुटाहा स्थित नेपाल भारत सिमाना १० गजा ११ नं.पिलर देखी अं.३०० मिटर दक्षिण भारतीय जंगलमा मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.मैनापोखरबाट प्र.नि.को कमाण्डमा SOCO सहित टोली खटी गई बुझ्दा मृतक जिल्ला बाँके खजुरा गा.पा.३ घर भई हाल काठमाण्डौ उपत्यका बिशेष प्रहरी गण मुख्यालय त्रिपुरेश्वर दरबन्दी भई सोही कार्यालयमा कार्यरत रहेको अं.वर्ष ३७ को प्र.ज.खेम ब.सोनार मृत अवस्था रहेको, निज निज मिति २०८२।०९।१४ गतेबाट लागु हुने गरी दिन १० घ.बि.आएको भनी सम्बन्धित कार्यालयबाट जानकारी प्राप्त भएको, भारतीय सिमा सुरक्षाबल SSB संग समन्वय गरी भारतिय जनपद प्रहरी बहराईज थानाबाट Forensic Unit समेतको भारतीय प्रहरी घटनास्थलमा खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागु भारतको बहराईज स्थित बहराईज पठाएको, शव संगै जि.बर्दिया बढैयाताल गा.पा.१ ठुलो डाँफे बस्ने मृतकको ससुरा हिरालाल सुनार र साडु दाई नाता पर्ने पर्से सुनार साथमा गएको भन्ने बुझिन आएको, उक्त घटनास्थल इ.प्र.का.मैनापोखरबाट अं.९ कि.मि.दक्षिण पर्ने ।

 

लागु औषध,

दाङ, अ.प्र.पोष्ट घोराही बसपार्क दाङबाट प्र.स.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले मिलन चोक स्थित जि.दाङ घोराही उ.म.न.पा.१४ खोलीगाउँ बस्ने वर्ष ३४ को सुशिल गहतराजले चलाएको लु ८० प ६३११ नं.को मो.सा.लाई शंकास्पद लागी रोकी निज मो.सा.चालक र मो.सा.पछाडी सवार ऐ. १४ बस्ने वर्ष ३२ को अम्मर नेपालीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.दाङबाट खटिएको प्र.ब.ना.नि.को टोलीले दुवै जनाको शरीर खानतलासी गर्दा सुशिल गहतराजले बोकेको कालो रङको साईडको ब्याग खोली हेर्दा लुकाई छिपाई गरी राखेको लागु औषध (ब्राउन सुगर) जस्तो देखीने पदार्थ १ वटा प्लाष्टिकको ठुलो पुडिया(पोका) फेला पारी डिजिटल तौल मेसिनमा राखी प्लाष्टिक सहित तौल गर्दा ५०  ग्राम ८८० मिलिग्राम तौल भएको र शुद्ध तौल ४७ ग्राम ६७० मिलिग्राम र सोही ब्याग भित्र रहेको मोबाईल थान-२, विभिन्न दरको नेपाली रु.८४ हजार ५ सय रुपैया, मो.सा थान-१ र पछाडी सवार अम्मर नेपालीको साथबाट विभिन्न दरको नेपाली रु.१ हजार ३ सय रुपैया, Enix लेखेको सादा मोवाईल सहित दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको,उक्त स्थान जि.प्र.का.दाङबाट अ. ४०० मिटर दक्षीण पूर्व पर्ने ।

 

झापा, बिर्तामोड न.पा.४ मुनाल टोल स्थितमा इ.प्र.का.अनारमनीबाट प्र.नि.र ला.औ.नि.ब्युरो काकरभिट्टा शाखाबाट प्र.ह.को कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले ऐ.भद्रपुर न.पा.१ पाण्डे चोक बस्ने वर्ष २५ को निरोज लिम्बु र ऐ.भद्रपुर न.पा.२ पृथ्वी नगर बस्ने वर्ष २६ को सागर प्रधानको साथबाट ४१ ग्राम ५८० मिलीग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.र प्र.१-०१-०१५ प ३४२७ नं.को स्कुटर सहित निजहरु दुवै जनालाई पक्राउ गरी इ.प्र.का.अनरमनीमा राखि थप अनुसन्धान भईरहेको, उक्त स्थान इ.प्र.का.अनारमनीबाट अं.३ कि.मि.पश्चिम-दक्षिण पर्ने ।

 

अछाम, साँफेबगर न.पा.३ टोटासाल वडा कार्यालय नजिक त्रिपालको टेन्ट हाली भेडाभाख्रा चराउन बसेका जिल्ला बाजुरा हिमाली गा.पा.२ घर भएको कुसन कार्कीको श्रीमती वर्ष अं.३६ की कमला कार्कीले ला.औ.चरेसको कारोबारो गरिरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का.साँफेबगरबाट प्र.नि.को कमाण्डमा टोली प्रहरी खटी गई निज कमला कार्कीको शरिर खानतलासी गर्दा निजले लगाएको लुगामा लुकाई छिपाई राखेको चरेस जस्तो देखिने कालो पदार्थ ९९.८९ ग्राम फेला पारी बरामद गरेकोले ला.औ.सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाएको, घरमा हेरचाह गर्ने कोही नभएकोले निजको साथमा बर्ष अं.३ को बालिका रहेको, दुबैलाई बालनिगरानी कक्ष तथा महिला प्रहरी कर्मचारीको साथमा राखिएको, उक्त स्थान इ.प्र.का.साँफेबगरबाट अं.२.५ कि.मि.पश्चिम उत्तर पर्ने ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।