प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।२६ गते ०५:०० बजे देखि २०८२।०९।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-२७

  • A
  • A-
  • A+
Share

शंकास्पद मृत्यु (कर्तव्य ज्यान ),

चितवन, रत्ननगर न.पा.४ सिनेमारोड बस्ने वर्ष अं.७० कि सुक माया देवि तामाङ मिति २०८२/०९/२६ गते बिहान १०:४५ बजे सम्म नउठेको हुँदा छिमेकीले घरमा गई हेर्दा सुत्ने कोठाको खाटमा दुबै हात खुट्टा र मुखमा कपडाले बाँधि मृत अवस्थामा रहेको भनि खबर प्राप्त हुनासाथ प्रहरी बिट टाँडी चितवनबाट प्र.ह.को कमाण्डमा टोली  खटी गई घट्ना स्थल सुरक्षित राखिएको थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इ.प्र.का. रत्ननगर टाँडीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि गएको, थप अनुसन्धानको लागि ऐ.११:४० बजे प्रदेश प्रहरी कार्यालय हेटौडाबाट प्र.ना.नि.को कमाण्डमा ६ जनाको Dog  सहितको टोली खटी गई ऐ.१५:३५ बजे कानूनी प्रकृया पुरा गरी शव पो.मा को लागी भरतपुर सरकारी अस्पताल पठाएको ।

 

तनहुँ, शुक्लागण्डकी न.पा. ५ सेती नदीको बगरमा ऐ. न.पा. को फोहोर व्यवस्थापन केन्द्रमा काम गर्ने मानिसहरु बस्न बनाएको त्रिपालको छाप्रोमा (१ जना बाहिर १ जना भित्र) जि.तनहुँ शुक्लागण्डकी न.पा. ११ राईपुर बस्ने वर्ष अं. ४१ को नारायण वि.क.( पेटको भागमा घाउ चोट लागेको) छाप्रो भित्र र हाल वतन नखुलेको वर्ष अं. ५० को राजकुमार राना पेटको भागमा चोट छाप्रो बाहिर उत्तानो मृत अवस्थामा रहेको भन्ने स्थानिय मार्फत खबर प्राप्त हुनासाथ इ.प्र.का. बेलचौताराबाट प्र.नि.को कमाण्डमा र जि.प्र.का. तनहुँबाट प्र.उ.को कमाण्डमा थप टोली खटि गइ अनुसन्धान भईरहेकोमा ऐ. १३:०० बजे सेती नदीको बगरको घटनास्थलबाट अ. १ कि.मि. दक्षिण तर्फ जि.तनहुँ शुक्लगण्डकी न.पा.५ कसेरी स्थित सार्वजनिक जग्गामा मृतकहरुसँग बसोवास गर्ने मृतकहरुसँगको नाता नखुलेको वर्ष अं ४५ की माया भन्ने वतन नखुलेकी महिला मृत अवस्था फेला परेको निजको घाँटीमा काटिएको, थप अनुसन्धानको लागि ने.प्र.प्र.का. पोखराबाट प्र.नि.को कमाण्डमा बिशेषज्ञको टोली र केनाईन शाखा पोखराबाट प्र.ना.नि.को कमाण्डमा १ कुकुर सहितको टोली खटीएको, ऐ. १७:२५ बजे घटनास्थल मुचुल्का कार्य सम्पन्न गरी मृत शव (३ वटै) पो.मा.को लागी प्रदेश अस्पताल दमौली तनहुँ पठाई टोली फिर्ता भएको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

इलाम, न.पा. ३ पुवामझुवा स्थितमा रहेको (कागज बनाउने) लोक्ता फ्याक्ट्रिमा २/३ महिना देखि काम गर्दै आइरहेकी सांकेतिक नामथर वतन ०८२/०८३ मंगलबारे-४६(ख) को छोरी वर्ष १४ की बालिकालाई ऐ.फ्याक्ट्रिमा काम गर्दै आइरहेको जि.काभ्रेपलान्चोक बेथानचोक गा.पा. ५ बस्ने वर्ष अं. २६ को बिराज तामाङले ज.ज.क. गरेको भनि ऐ.१७.३० बजे जानकारी प्राप्त हुनासाथ अ.प्र.बिट नेपालटारबाट टोली खटिई गई ज.ज.क.गर्ने बिराज तामाङ, पिडित बालिका सहित दुवै जनालाई इ.प्र.का.मंगलबारे इलाममा ल्याई राखेकोमा पिडितको आफन्तले ऐ.२६ गते अं. १०:०० बजे इ.प्र.का. मंगलबारे इलाममा जाहेरी दिनासाथ इ.प्र.का. मंगलबारेबाट प्र.ना.नि.को कमाण्डमा निज पिडित बालिका र प्रतिवादिलाई स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल इलाम लगी स्वास्थ्य परिक्षण गरी बालिकालाई आफन्तको जिम्मा लगाएको र बिराज तामाङलाई ज.ज.क सम्बन्धि मुद्धामा थप अनुसन्धान कार्य भईरहेको ।

 

हा.ह.बरामद,

म्याग्दी, मालिका गा.पा.७ भारबाङ स्थित जङगलको खोल्सामा इ.प्र.का.दरवाङ म्याग्दीबाट प्र.नि.को कमाण्डमा  खटिगएको प्रहरी टोलीले लुकाई छिपाई राखिएका भरुवा बन्दुक थान १ फेला पारी बरामद गरी इ.प्र.का.दरवाङ म्याग्दीमा ल्याई राखेकोमा ऐ.२०८२/०८/१५ गते देखि हाल सम्म जि.प्र.का. म्याग्दीद्वारा Operation “Bravo sierra” सञ्चालन गरी जि.प्र.का.म्याग्दी तथा मातहत प्रहरी ईकाई समेतले गरी जम्मा  १२२ थान भरुवा  बन्दुकहरु बरामद गरेको ।

 

स्याङ्जा, विरुवा गा.पा.६ लेवा बस्ने वर्ष अं.७२ को राम बहादुर सुनारले आफ्नै घरमा अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.चौ.बिरूवाअर्चलेबाट प्र.ना.नि.को कमाण्डमा र जि.प्र.का. स्याङजाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई एकनाले भरुवा बन्दुक थान-१ र भरुवा बन्दुक बनाउनको लागि आवश्यक पर्ने खर-खजना तथा औजारहरु सहित राम बहादुर सुनारलाई नियन्त्रणमा लिई जि.प्र.का.स्याङजा पठाईएको, अन्य थप अनुसन्धान कार्य भईरहेको ।

 

बागलुङ, वडिगाड गा.पा.३ स्याला स्थित पोरकापाटल सामुदायिक वनमा इ.प्र.का.गलकोटबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले अवैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे एकनाले सावुत भरुवा बन्दुक थान-६ र बेसावुत भरुवा बन्दुक थान-१ गरी जम्मा थान-७ भरुवा बन्दुक फेला पारी घटनास्थलको मुचुल्का कार्य समाप्त गरी उक्त बन्दुक इ.प्र.का.गलकोट बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भईरहेको ।

 

कपिलवस्तु, इ.प्र.का कृष्णनगरबाट प्र.नि.को कमाण्डमा र प्र.चौ.बेदर्मीबाट प्र.स.नि.को कमाण्डमा खटी गएको संयुक्त टोलीले जि.कपिलवस्तु कृष्णनगर न.पा.१२ नरैनापुर बस्ने  KrishnaNagar news today(online news) का सञ्चालक अं.वर्ष ४२ को विनोद ओझाको सामाजिक संजाल Tiktok मा post गरिएको भरुवा बन्दुक सहितको भिडियोका आधारमा निजको घरमा गई सोधपुछ गर्दा निजको घरमा लुकाई छिपाई राखेको अबैध थान-१ (एकनाले) खाली भरुवा बन्दुक फेला पारी मानिस सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी इ.प्र.का कृष्णनगरमा ल्याई राखिएको, अन्य अनुसन्धान कार्य भईरहेको ।

 

सुन बरामद,

काठमाण्डौ, जि.रुपन्देही, लुम्बिनी साँस्कृतिक न.पा.९ घर भएको वर्ष ४२ को बैतुल्लाह मुसलमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा आई संकास्पद रुपमा उभिरहेको अवस्थामा निजलाई निग्रानी गर्दै जाँदा निजले बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई निम्न उल्लेखित सुन जस्तो देखिने पहेलो धातुको चुरा-४ थान,ब्रासलेट-१थान,औठी-१ थान ,बुटी-२थान (सबै समानको अं. तौल ५२ग्राम ) अबैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाउनु पर्नेमा बिदाको कारण  सामान सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी बृत गौशाला पठाईएको ।

 

लागु औषध,

मोरङ, बिराटनगर म.न.पा. १७ स्थित ICP रोडमा इ.प्र.का. रानी र ला.औ.नि. ब्यूरो बिराटनगरबाट प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले ICP तर्फबाट बिराटनगर तर्फ आउँदै गरेको BR38AP 9049 नं. को (३ जना सवार) भारतीय नं. प्लेट भएको मो.सा. लाई शंका लागी रोकी सोधपुछ, चेक जाँच गर्दा मो.सा.मा पछाडी सवार देश भारत बिहार राज्य, अररिया जिल्ला खैरा खगरा ०४ बस्ने वर्ष १९ को राजकुमार साहको साथबाट DEVGANDH लेखीएको धुपको बट्टा भित्र लुकाई छिपाई राखेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १०४ ग्राम फेलापारी बरामद गरी मो.सा.चालक राजकुमार साह लगायत ३ जनालाई मो.सा. र ला.औ. सहित नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

 

काठमाडौं, का.म.न.पा.६ बौद्ध समता अस्पताल नजिक ला.औ.को कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्रहरी परिसर भद्रकाली र प्रहरी वृत्त बौद्धबाट खटी गएको संयुक्त सिभिल टोलीले जि.मकवानपुर ईन्द्रसरोबर गा.पा. ५ घर भई गोकर्णेश्वर न.पा.६ नयाँबस्ती बस्ने वर्ष ४२ को रामराज गिरीको साथबाट फेनरागन १४८३ एम्पुल, नोर्फिन२५ एम्पुल, डाईजापाम १२९३ एम्पुल र बुप्रेनुर्फिन १२९३ एम्पुल गरी जम्मा ४०९४ एम्पुल ला.औ.फेला पारी मानिस सहित नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्वमा ल्याई आ.अ.भईरहेको 

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।