प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।२८ गते ०५:०० बजे देखि २०८२।०९।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०९-२९

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

ललितपुर, मिति २०८२/०९/२६ गते अं. १४:०० बजे जि.ईलाम घर भई हाल जि.ललितपुर ललितपुर म.न.पा.१७ ईमाडोल प्रसिद्धि टोल बस्ने वर्ष ८३ को गर्जमान थापा हराएको भनि पिडितले मिति ऐ.१९:०० बजे प्रहरी बृत सातदोबाटोमा निवेदन दिए पश्चात जिल्ला प्रहरी परिसर जावलाखेलबाट सिभिल टोली, वृत्त सातदोबाटो र प्रभाग इमाडोलबाट खटिएको सिभिल टोलीले खो.त गर्दै जादा ऐ.२८ गते अं. १२:५५ बजे जि.ललितपुर ललितपुर म.न.पा. १७ बाफल गेट इमाडोल स्थित घरबाट ५०० मिटर पूर्व पर्ने खाली जग्गामा रहेको इनार भित्र सेतो बोरामा हात खुट्टा बाधी घाँटिमा काटेको अवस्थामा निजको शव फेला पारेको, उक्त घटनास्थानमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट प्र.उ. र वृत्त सातदोबाटोबाट प्र.ना.उ.को कमाण्डमा प्रहरी टोली खटि गई १४:१९ बजे कानूनी प्रक्रियापुरा गरी शव पो.मा.को लागी पाटन अस्पताल पठाएको, देश भारत रक्सौल घर भइ हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने वर्ष २२ को युसु हवारी लगायत ५ जनालाई नियन्त्रणमा लिई वृत्त सातदोबाटोमा ल्याई राखिएको ।

थपअपडेट :मिति २०८२/०९/२७ गते १८:०० बजेको समयमा बाफलबाट  निम्न मानिस नि.मा लिई वृत्त सातदोबाटोमा ल्याई राखेको ।

१. देश भारत रक्सौल घर भइ हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने बर्ष २२ को युसु हवारी

२. ऐ.ऐ स्थान बस्ने बर्ष २३ को सद्दाम मन्सुरी

३. ऐ.ऐ स्थान बस्ने बर्ष २३ को महमद नोमान

४. जिल्ला बारा निजगढ घर भइ हाल ललितपुर ऐ. स्थान बस्ने बर्ष ३० को संन्जिप मगर

५. जिल्ला सिन्धुली तिनपाटन गाउपालिका ०५ घर भई हाल जिल्ला काठमाण्डौ कपन बस्ने बर्ष २३ को नारायण लुङगेली मगर ।

थप अपडेट: ऐ. १९:०० बजेको समयमा माथि उल्लेखित सि.न. १,२,३ को ब्यक्तीको नाममा किटानी जाहेरी परेकोले हिरासतमा राखी आवश्यक अ.अ. कार्य भईरहेको । अन्य सि.न. ४ र ५ को लाई आफन्तको जिम्मामा लगाई छाडिएको ।

 

ज.ज.क./ बालिकाको ज.ज.क.,

उदयपुर, मिति २०८२।०६।१६ गते अं.१०:०० बजे जि. पाँचथर म्याङजाबु घर भई हाल १२ वर्ष देखि जि.उदयपुर बेलका न.पा. ३ ऐलानी जग्गामा बस्दै आएको परिवर्तित नाम १४-०४-६(ख)को छोरी अं.वर्ष १४ की परीवर्तित नाम १४-०४-६ (क) लाई जि. उदयपुर बेलका न.पा. ०३ सातपत्रे बस्ने अं.वर्ष २२ को समिर परियारले ऐ.स्थित गिदेरी खोलामा घाँस काट्न गएको बेला कासघाँरीमा जवरजस्ती करणी गरी फरार रहेको र पिडित गर्भवती समेत भएको भनि निजको बाबु परिवर्तित नाम १४-०४-६(ख)ले मिति २०८२।०९।२८ गते १२:०५ बजे इ.प्र.का.रामपुरठोक्सिला लिखित जाहेरी दिन साथ इ.प्र.का. रामपुरठोक्सिला उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक फरार रहेकोले खो.त.कार्य भईरहेको, पिडितलाइ स्वास्थ्य परिक्षणको लागी जिल्ला अस्पताल गाईघाट पठाईएको ।

 

दाङ, मिति २०८२।०९।२७ गते अं. १६:०० बजे जि.दाङ तुलसीपुर उ.म.न.पा.१० पढ्ढा स्थित ऐ. बस्ने संकेत नामथर ५६ तुलसीपुर ०८२-४८ की छोरी वर्ष ९ की बालिकालाई ऐ.१४ बस्ने वर्ष १८ को पुरुषले पिडितको घर नजिकै बोलाई ललाई फकाई गरी ज.ज.क गरेको भनि ऐ.२८ गते अं.१३:०० बजे पिडितको आमाले इ.प्र.का. तुलसीपुर दाङमा आई लिखित जाहेरी दिए पश्चात इ.प्र.का. तुलसीपुर दाङबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगइ निजलाई नियन्त्रणमा लिई इ.प्र.का. तुलसीपुर दाङको हिरासतमा राखी थप अनुसन्धान भईरहेको, निज पिडितको स्वास्थ्य परिक्षण गरी आफन्तीको जिम्मा लगाईएको,अवस्था सामान्य ।

 

काठमाडौ, परिवर्तित नाम ०८२/०८३ जिल्ला २६ जनसेवा ७ वर्ष ३६ की जाहेरवालाको श्रीमान व्यापार व्यवसायको सिलसिलामा भारत देशमा रहदा प्रतिवादी टिकेन्द्र देवानसँग भारत मै चिनजान परिचय भएकोमा २०८२ साल असोज महिनामा निज प्रतिवादीले जाहेरवालालाई निजको श्रीमानले भारतबाट सामान पठाएको छ भनी एयरपोर्ट नजिक रहेको होटलमा सामान लिन बोलाई उक्त होटलको कोठामा लगी जबरजस्ती करणी गरेको र सो पश्चात निज प्रतिवादीले पटक-पटक जबरजस्ती करणी गर्दै आएकोमा मिति २०८२।०९।१४ गते १०:०० बजे का.म.न.पा.११ सुन्धारा स्थितमा होटल योन्जनको कोठा नं.५०२ लगी जाहेरवालाको ईच्छा विपरीत जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा प्राप्त भए पश्चात प्रतिवादीलाई नियन्त्रणमा लिई अ.अ.कार्य भैरहेको ।

 

काठमाडौ, जाहेरवाला परिवर्तित नाम २६ परिसर(६६)०८२।०८३ को प्रतिवादी बिवेक चौधरीसँग १५ दिन अगाडि सामान्य चिनजान भएकोमा मिति २०८२।०९।२७ गते अं. ०१:५८ बजे प्रतिवादी बिवेक चौधरीले जाहेरवाला परिवर्तित नाम २६ परिसर(६६)०८२।०८३ लाई का.म.न.पा.११ सुन्धारा स्थित होटल पोखराको कोठा नं. २११ मा लगी रेडबुल खान दिएकोमा जाहेरवालाले रेडबुल खाएपछि अर्धचेत भएको अवस्थामा प्रतिवादीले जाहेरवालालाई जबरजस्ती करणी गरेको भन्ने समेत व्यहोराको जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर काठमाडौं महिला बालबालिका तथा जेष्ठ नागरिक सेवाकेन्द्रमा प्राप्त भएको र प्रतिवादी फरार रहेको हुँदा खो.त.कार्य जारी रहेको ।

 

नुवाकोट, बिदुर न.पा.५ गंगटे पार्क स्थितमा जि.काठमाण्डौ तारकेश्वर न.पा.६ बस्ने वर्ष अं.२१ की महिला घुम्न आएकोमा चिनजान नभएको अं.वर्ष २० को अमृत राई नाम बताउने वतन नखुलेको  व्यक्तिले ज.ज.क.गरी फरार भएको भन्ने खबर ऐ.१८:०० बजे प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्र.ना.उ.को कमाण्डमा टोली खटि ग, खो.त.तथा अनुसन्धान कार्य भईरहेको ।

 

धादिङ्ग, मिति २०८०।०९।२७ गते १२:०० बजे एकिन नामथर वतन नखुलेको वर्ष अं.२६ को बालकृष्ण अधिकारीले जि.धादिङ गजुरी गा.पा.५ पिडा बस्ने वर्ष २६ की महिलालाई काठमाण्डौबाट गजुरी तर्फ आउदै गरेको सेतो रंगको पिकपअ गाडीमा चढाई जिल्ला धादिङ सिद्दलेख गा.पा.६ करमडाँडा स्थित कालुपाण्डे मार्गको सडकमा गाडी साईड लगाई जबरजस्ती करणी गरेको भनी पिडितको दाईले इ.प्र.का.गजुरीमा जाहेरी दरखास्त दिएको, वारदात पश्चात भागी फरार रहेको भनी मिति २०८२।०९।२८ गते अं.१०:४५ खबर प्राप्त हुनासाथ इ.प्र.का.गजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज फरार प्रतिवादीको खो.त.भईरहेको ।

 

हा.ह.बरामद,

बागलुङ, इ.प्र.का. बुर्तिबाङ बागलुङबाट प्र.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले जि.बागलुङ तमानखोला गा.पा.०२ रानीकोट स्थित रानिकोट सामुदायिक वनमा लुकाई छिपाई राखेको अवस्थामा वेवारिसे १ नाले सावुत भरुवा बन्दुक थान ४ (चार) फेला पारी घटनास्थलको मुचुल्का कार्य समाप्त गरी ऐ.१२:०० बजे इ.प्र.का. बुर्तिबाङ बागलुङमा ल्याई राखिएको, उक्त बन्दुक को-कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भई रहेको ।

 

सल्यान, त्रिबेणी गा.पा.५ स्थित शान्ति सुरक्षा सामुदायिक बनमा वेबारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएका प्र.स.नि.को कमाण्डमा प्रहरी टोलीले उक्त जंगलमा बेवारिसे अवस्थामा ६ नाल साबुत भरुवा बन्दुक फेला पारी जि.प्र.का.सल्यानमा राखिएको ।

 

प्र.क.मृत्यु,

काभ्रे, खानिखोला गा.पा.२ खानिडाँडा स्थितमा प्र.चौ.श्यामपाटी काभ्रे, संचार दरबन्दी भई हाल प्र.चौ.फलामेटार काभ्रेमा कार्यरत (क.कोड-३९९५९५, संकेत नम्बर C-००१०२४४५) वर्ष ३५ को प्र.ह.रामकृष्ण खड्का (जिल्ला दोलखा शैलुङ गा.पा.५ काटाकुटी वतन भएका) सुचना सङ्कलनको लागी खटीएकोमा ऐ.१५:३० बजे गोरेटो बाटोबाट अं.२५ मिटर तल रोडमा लडि मृत अवस्थामा रहेको छ भनि स्थानीयले देखि प्र.चौ.फलामेटारमा खबर प्राप्त हुनसाथ प्र.ज.र प्र.चौ.तालढुंगाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको भनी ऐ.१६:०० बजे जि.प्र.का.काभ्रेमा जानकारी गराएको, घटनास्थल मुचुल्का तथा थप अनुसन्धानको लागि इ.प्र.का.देविटारबाट प्र.नि.र जि.प्र.का.काभ्रेबाट SOCO सहितको टोली खटी गएको, मृतकको दाई यज्ञ बहादुर खड्का समेत घटनास्थलमा पुगेको ।

 

लागु औषध ,

कैलाली, व.प्र.का.धनगढीबाट प्र.नि. र ला.औ.व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्र.व.ना.नि. को कमाण्डमा खटिएको संयुक्त टोलीले बिशेष सुचनाको आधारमा जि.कैलाली धनगढी उ.म.न.पा.४ स्थित रहेको चितवन होटेलमा कोठा गरी बस्ने जि.बझाङ सुर्मा गा.पा.२ बस्ने वर्ष ५० को जलहरी बोहरालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट शुद्ध तौल ५ के.जि.५७६ ग्राम ला.औ. चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिई जि.प्र.का.कैलालीमा ल्याई राखिएको ।

 

सुनसरी, रामधुनी न.पा.१ पिके घडि पसल अगाडि पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र.१-०४-००२ प.२२४८ नं.को मो.सा.जंगली जनावर (स्याल) सँग ठक्कर खाई लडी दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ प्रस्तावित इ.प्र.का.रामधुनिबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हेर्दा मो.सा.चालक ऐ.कोशी गा.पा.६ बस्ने वर्ष १९ को उदय मुखिया र सोहि मो.सा.को पछाडि सवार ऐ.बस्ने वर्ष १९ को गणेश कुमार मुखियालाई सामान्य चोटपटक लागि निजहरू उपचारको लागि रामधुनि मेडिकल हल झुम्कामा आई उपचार गराईरहेको र उक्त नम्बरको मो.सा.सोहि घटनास्थलमा रहेको र मो.सा.मा २ वटा झोला समेत रहेकोमा उक्त झोलामा शंका लागी उक्त झोला खोली हेर्दा झोला भित्र १/१ के.जि.को १९ वटा पोका लागु औषध गाजाँ फेला पारी उक्त मो.सा.,गाजाँ र निजहरू दुबैजनालाई नियन्त्रणमा लिई प्रस्तावित इ.प्र.का. रामधुनिमा ल्याई आवश्यक सोधपुछ भईरहेको ।

 

कैलाली, व.प्र.का.धनगढी कैलालीबाट प्र.नि.को कमाण्डमा र ला.औ.व्युरो शाखा कार्यालय धनगढीबाट प्र.स.नि.को कमाण्डमा खटीएको संयुक्त प्रहरी टोलीले ऐ.धनगढी उ.म.न.पा.३ बिशालनगर घर भई ऐ.८ बुद्ध चोक स्थित भाडामा गणेश राईस मिल संचालन गरी बस्ने वर्ष २५ की लक्ष्मी चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९ ग्राम ८४० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो र सोही मिल पछाडी लुकाई छिपाई राखेको नाप तौल गर्ने डिजिटल काटा सहित फेला पारी निजलाई समेत लिई नियन्त्रणमा जि.प्र.का.कैलालीमा ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।