प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०९।३० गते ०५:०० बजे देखि २०८२।१०।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-०१

  • A
  • A-
  • A+
Share

फुटकर ज्यान (शंकास्पद मृत्यु),

काठमाण्डौ, का.म.न.पा.४ चुनदेवी स्थित गणेश मन्दिर पछाडी रहेको सोम वहादुर थापाको घरको Under Ground मा रहेको रिजब पानी ट्यांङ्कीमा आधा भन्दा बढी पानी रहेको अवस्थामा पानी ट्यांङ्की भित्र हाल नामथर, वतन केही नखुलेको अं.वर्ष ३३ को जस्तो देखिने पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ वृत्त महाराजगंजबाट प्र.ना.उ., अपराध अनुशन्धान प्रहरी कार्यालय टेकुबाट प्र.ना.उ. र प्रहरी परिसर भद्रकालीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पानी ट्यांङ्कीको पानी सुकाई मृत शव बाहिर निकाली कानूनी प्रकृया पुरा गरी शव पो.मा.को त्रि.वि.शिक्षण अस्पताल महाराजगंज पठाएको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

उदयपुर, बेलका न.पा.९ रामपुर बजार बस्ने अं.वर्ष २१ की किशोरीलाई जि.सुनसरी ईनरुवा न.पा.६ बस्ने वर्ष ३० को बिष्णु साहले मिति २०८२।०८।१५ गते अ.२२:००बजे निज पिडितकै घर कोठामा ज.ज.क.गरी फरार रहेको भनी पीडितले ऐ.३० गते ११:०० बजे जानकारी गराउनासाथ इ.प्र.का.रामपुरठोक्सिलाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, पिडक फरार रहेकोले खो.त.भइरहेको, पीडितलाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल गाईघाट उदयपुर पठाएको ।           

 

सुर्खेत, मिति २०८२-०९-१९ गते ०३:०० बजे जि.कालिकोट तिलागुफा न.पा.७ घर भई ऐ.वीरेन्द्रनगर न.पा.३ तातापानी बस्ने वर्ष ३२ की महिला लाई जि.कालिकोट शुभकालिका गा.पा.२ घर भई हाल ऐ.वीरेन्द्रनगर न.पा.३ बस्ने वर्ष अं. ५९ को अनिराम तिमिल्सेनाले निज महिलाकै कोठामा ज.ज.क.गरेको भनी ऐ.३० गते १४:०० बजे जि.प्र.का.मा जाहेरी दिए पश्चात प्र.नि.को कमाण्डमा ४ जनाको टोली खटी गई निज अनिराम तिमिल्सेना लाई नियन्त्रणमा लिई जि.प्र.का. मा राखी थप अनुसन्धान कार्य भईरहेको ।

 

हा.ह.बरामद,

म्याग्दी, इ.प्र.का.दरवाङबाट प्र.नि.को कमाण्डमा गस्ती  खटी गएको प्रहरी टोलीले ईजाजत पत्र नलिई लुकाई छिपाई राखिएका अवस्थामा ऐ.मालिका गा.पा.४ छाप स्थित छाप सामुदायिक जङंगलबाट भरुवा बन्दुक थान १ फेला पारी बरामद गरी इ.प्र.का.दरवाङमा ल्याई  राखेको ।

 

बाग्लुङ, इ.प्र.का बुर्तीबाङ बागलुङबाट प्र.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्ने क्रममा जि.बागलुङ ढोरपाटन न.पा ६ प्याङखोला स्थित चेनडाडा सामुदायीक जङ्गलमा लुकाइ छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक साबुत थान -२ र ऐ.१२:०० बजे जि. बागलुङ वडिगाड गा.पा ८ सल्लेरी सामुदायीक वनमा लुकाई छिपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक साबुत थान -३ गरी  दुबै ठाउँको थान-५ (सावुत) हतियार फेला पारी  रितपूर्वक मुचुल्का गरी ऐ. १५:३० बजे इ.प्र.का. बुर्तीबाङ बागलुङ ल्याई राखिएको,उक्त हतियार को- कस्ले लुकाई छिपाई राखेको भन्ने नखुलेको, अनुसन्धान कार्य भई रहेको ।

 

थुनुवा मृत्यु,

दाङ, मिति २०८२।०८।२८ गते ऐ. तुलसीपुर उ.म.न.पा.५ बाट लागु औषध सहित नियन्त्रणमा लिई इ.प्र.का.तुलसीपुर दाङको हिरासत कक्षमा रहेको म्याद थप भई अनुसन्धान भईरहेको लागु औषध मुद्दाको जिल्ला दाङ दंगिशरण गा.पा.४ बैवाङ बस्ने वर्ष २४ को रोसन चौधरी एक्कासी बेहोस भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगी उपचार भईरहेको,आफन्तलाई खबर भएकोमा ऐ.०९:५५ बजे उपचारको क्रममा मृत्यु भएको,ऐ.१३;३० बजे मृतकको बुवा अस्पतालमा आइपुगेको, उक्त स्थानमा इ.प्र.का.तुलसीपुरबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई ऐ.१४:०५ बजे शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङको शव गृहमा राखिएको, ऐ. १६:५५ बजे शव पो.मा.पश्चात मृतकको बुवाले बुझीलगेको ।

 

चोरी/लुटपाट,

सिन्धुली, थप:- मिति २०८२।०९।२९ गते अ. २०;४० बजेको समयमा जि. सिन्धुली घ्याङलेख गा.पा २ हायुटार स्थीतमा रहेको एस.बि.आई बैक शाखा कार्यालयमा अपरीचित ५/६ जनाको समुह आई गरेको चोरी /लुटपाट भएको घटना सम्बन्धमा थप अनुसन्धान गर्दा ऐ. ३० गते १०:०५ बजे जि.सिन्धुली ध्याङलेख गा.पा.०१ सुकाजोरी स्थितबाट जि.चितवन भरतपुर म.न.पा.२ पोखराबसपार्क नजिक बस्ने सुरेश श्रेष्ठको छोरा वर्ष २५ को शसाङ्क श्रेष्ठ लगायत ४ जना पुरुष व्यक्तिहरुलाई नियन्त्रणमा लिई इ.प्र.का बस्तिपुरमा ल्याई अनुसन्धान कार्य भइरहेकोमा ऐ.१४:०० बजे, एस.बि.आई बैक बाट चोरी भएको तीन करोड सात लाख(ने.रु.३,०७,००,०००।-) मध्ये २०८२।०९।२९ गते वरामद भएको रकम.रु.एक करोड असि लाख दश हजार पाँच सय (ने.रु १,८०,१०,५००) र ऐ.३० गते बरामद भएको रकम अठासी लाख चौवालिस हजार छ सय पचहत्तर(ने.रु८८,४४,६७५) गरी जम्मा दुई करोड असठ्ठी लाख पचपन्न हजार एक सय पचहत्तर (ने.रु २,६८,५५,१७५) बरामद भएको, चालक सहित नियन्त्रणमा लिएका ५ जना मानिसहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली लगि राखिएको अन्य २ जना फरार रहेका ।

 

शिशु मृत फेला,

सप्तरी, राजबिराज न.पा.१४ पर्साही स्थित बगही नहरको पुल मुनी अं.२ महिनाको जस्तो देखिने बालिका मृत अबस्थामा रहेको भनि अ.प्र.पोष्ट तितरीगाछीमा जानकारी प्राप्त हुनासाथ प्र.ह.को टोली खटी गई घट्ना स्थल सुरक्षित राखिएको, थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि गजेन्द्र नारायण अस्पताल राजबिराज सप्तरीको शव गृहमा राखिएको ।

 

सुर्खेत, गुर्भाकोट न.पा. नं १ राम्रीकाँडा बस्ने लिल ब. कार्किको छोरी १८ की गिता कार्की अत्याधिक रक्तश्राप भई उपचारको लागि मेहेलकुना अस्पताल मेहलकुना सुर्खेतमा आएकोमा  डाक्टरले के भएको हो भनी सोधपुछ गर्दा निज बालिकाले जिल्ला सल्यान बालुवा संग्रही बस्ने  वर्ष अं.२४/२५ को जनक सुवेदी बाट अबैध  गर्भ रहनगई अत्याधिक पेट दुखि ऐ.ऐ.बस्ने बर्ष ३६ को राम बहादुर बि.क.ले चलाएको भे १ ह १८८८ नम्बरको अटोमा उपचार गराउन आउदै गर्दा गुर्भाकोट न.पा.१ काल्चे स्थित बाटोमानै शिशुको जन्म भई फ्याकि दिएको भनि भनेको र निज बालिका लाई थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत तर्फ पठाएको अवस्था सिरियस(बोल्न सक्ने)साथमा आमा शान्ति कार्की (९७६८२०१५२६) रहेको , ऐ.०४:१५ बजे प्रदेश  अस्पताल कालागाँउमा सुर्खेतमा पुगी उपचार भैरहेको  सोहि अस्पतालमा खटिएका प्र.स.ह.प्रेम बहादुर वलीले प्र.चौ.मालारानी सुर्खेतमा जानकारी गराए पश्चात् तत्काल प्र.चौ.मालारानी सुर्खेत बाट प्र.स.नि.हरी बहादुर मल्लको कमाण्डमा ३ जनाको प्रहरी टोली खटिगएकोमा  ऐ. ०६;०० बजेको समयमा प्रहरी टोली बच्चा फालेको स्थानम पुगी हेर्दा बच्चा (छोरी) फालेकै स्थानमा मृत फेला परेको अन्य बि.बि. पछि ।

 

प्र.क.माथि दुर्ववहार,

मोरङ, बिराटनगर म.न.पा. १६ दरैया स्थित झै-झगडा भएको भनी जानकारी गराउनासाथ दरैया पोष्टमा इ.प्र.का. रानीबाट डिउटीमा खटिएका प्र.ह.को कमाण्डमा प्रहरी उक्त स्थानमा पुगी सम्झाई बुझाई गर्दा ऐ. बिराटनगर म.न.पा.१६ दरैया बस्ने वर्ष ४५ को चन्दन कुमार अमात्य राय,ऐ. बस्ने वर्ष ४४ को मदन कुमार अमात्य राय,ऐ. बस्ने वर्ष २० को रोहन कुमार अमात्य रायले प्रहरीलाईनै अपशब्द तथा दुर्व्यवहार गरेको भनी निज प्र.ह. ले जानकारी गराउनासाथ उक्त स्थानमा इ.प्र.का. रानीबाट प्र.नि. को कमाण्डमा  टोली खटी गई निजहरुलाई सम्झाई बुझाई गर्दा समेत प्रहरी माथी दुर्व्यवहार तथा हातपात समेत गरेकोले निजहरुलाई नियन्त्रणमा लिने क्रममा इ.प्र.का.रानीबाट प्र.नि. ले प्रयोग गर्ने गरेको सि.नं. 871TOMF969 को MOROROLA कम्पनीको UHF Digital Hand Set ऐ. स्थितमा खस्दा जमेको पानीमा परी खराब भएको, सोही स्थानमा प्र.ब.ह. को सामसुङ कम्पनीको J5 मोबायल फोन हराएको, निजहरुलाई नियन्त्रणमा लिने क्रममा प्र.नि. को दाहिने हातको बुढी औँलाको फेदमा सामान्य चोट लागेको, विवाद गर्ने तिनै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई राखिएको ।

 

लागु औषध,

ललितपुर, महालक्ष्मी न.पा.०३ इमाडोल अमन टोल स्थित पैदल हिडिरहेको भारत देश सितामाडी घर भई हाल ऐ. स्थान बस्ने वर्ष २३ को मनोज कुमारलाई प्रहरी वृत्त सातदोबाटोबाट प्र.ना.नि.को कमाण्डमा खटिएको सादा पोशाकको प्रहरी टोलीले शंकास्पद लागी चेकजाँच गरी साथै निजको डेराकोठाबाट ८.४८ ग्राम ब्राउन सुगर र ब्राउन सुगर जोख्ने मेसिन सहित नियन्त्रणमा लिई प्रहरी वृत्त सातदोबाटोमा राखेको ।

 

सुनसरी, बर्जु गा.पा.४ हरबनी स्थित सशस्त्र प्रहरी बोडर आउट पोष्ट हरबनीबाट खटिएको स.प्र.ना.नि को कमाण्डमा खटिएको गस्ती टोलिले ऐ.स्थित बाँस झ्याङमा लुकाई छिपाई राखिएको अवस्थामा अं.५५४ के.जी गाँजा बरामद गरी प्र.चौ.अमडुवामा बुझाईएको र उक्त गाँजा आवश्यक कार्वाहिको लागि इ.प्र.का.दुहबी पठाईएको।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।