प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।०३ गते ०५:०० बजे देखि २०८२।१०।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-०४

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका ३ तेर्सेटार स्थितमा ऐ. बस्ने नारायण बोहराको ३ तले घरको पहिलो तलामा डेरा गरी बस्ने जिल्ला धनुषा मिथिला न.पा. ११ घर हुने बर्ष ५० की सरिता भण्डारीलाई निजको छोरा बर्ष २७ को प्रबिन भण्डारी (डिप्रेसनको बिरामी) ले धारिलो हतियार (तरकारी काट्ने चक्कु र रोटी सेक्ने तावा)प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रभाग सानोठिमीबाट खटिएको प्र.ब.ना.नि. पृथ्वी खत्री (९८५१२८६३०२)को टोलीले उद्धार गरी उपचारको लागी भक्तपुर इन्टरनेशनल अस्पताल लगेको अबस्था गम्भिर,घाँटीको बायाँ साइड र टाउकोमा काटिएको गहिरो चोट, घटना पश्चात निज प्रबिन भण्डारीले आफ्नै टाउकोमा धारीलो हतियार प्रहार गरी गम्भिर घाइते भई सोही अस्पतालमा उपचार भई रहेको,उपचारमा बुबा रामकृष्ण भण्डारी संलग्न,घटनास्थलमा बृत्त ठिमीबाट प्र.नि.राजन थापा (९८५१२८२४२२) को कमाण्डमा SOCO सहितको टोली खटिइ गई थप अनुसन्धान तथा मुचुल्का कार्य भई रहेको, उक्त स्थान वृत्त ठिमीबाट अं.३ कि.मी. पश्चिम पर्ने । निज सरिता भण्डारीको उपचारको क्रममा ऐ. २२:५५ बजे मृत्यु भएको र ऐ ०३ गते ०८:५० बजे लास पो.माको लागी के.एम.सि. दुवाकोट लगेको र निजको छोरा ऐ. ०३ गते १२;५० बजे घाईते थप उपचारको लागी ट्रमा सेन्टर रिफर भएको साथमा वृत्त ठिमीबाट प्र.ज. नरेन्द्र बि.क. को टोलि खटिगएको ।

 

सुनसरी, इटहरी उ.म.न.पा.८ पुस्पलाचोकको हरिजंग टोल स्थित दिलिप हरिजंगको घरमा कोठा भाडामा लिई बस्ने ऐ.८ बस्ने वर्ष अं.५६ को गोबिन्द सरदार र ऐ.८ बस्ने वर्ष अं.४४ को घोतन राम बिच एक आपसामा वाद विवाद तथा झै-झगडा भई कुटपिट हुँदा गोबिन्द सरदारको तत्काल बाहिरी चोट नदेखिएको अवस्था गम्भीर बोल्न नसक्ने बेहोस रहेको हुँदा निज घाईतेलाई स्थानीय सामुदायिक अस्पताल पुस्पलाल चोकमा पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराट मेडिकल कलेज टिचिङ अस्पताल बिराटनगर पठाएकोमा निज गोबिन्द सरदारको उपचारको क्रममा ऐ.१०।०४ गते ०१:०० बजे मृत्यु भएकोमा उक्त शव पो.मा.को लागी कोशी अस्पताल बिराटनगर पठाएको भन्ने खबर अ.प्र.चौ.पुस्पलाल चोकमा ऐ.२३:०० बजे जानकारी प्राप्त हुँनासाथ अ.प्र.चौ.पुस्पलाल चोकबाट प्र.स.नि. को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने वर्ष ४४ को घोतन रामलाई नियन्त्रणमा लिई इ.प्र.का इटहरीमा ल्याई राखेको, निजको ओठमा सामान्य चोट रहेको ।

 

बालिका ज.ज.क.,

दाङ,तुलसीपुर उ.म.न.पा.१९ गुहारखोला स्थित मिति २०८२।१०।०१ गते अं.१३:०० बजे ऐ.बस्ने वर्ष १४ को संकेत नामथर ५६ तुलसीपुर ०८२-५१ ले आफ्नै घरमा जिल्ला सल्यान बागचौर न.पा. ८ घर भइ हाल जि.दाङ तुलसीपुर उ.म.न.पा. १९  ग्वारखोला बस्ने संकेत नामथर ५६ तुलसीपुर ०८२-५० को छोरी वर्ष ३ की संकेत नामथर ५६ तुलसीपुर ०८२-५० (क) लाई फुलाई फकाई ज.ज.क.गरेकोले कानून बमोजिम कारबाही गरी पाउँ भनी निज पीडितको आमाले ऐ.०३ गते ९:०० बजे लिखित जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गइ पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. तुलसीपुर दाङको बाल निगरानी कक्षमा राखी आ.अ.भईरहेको, निज बालिकाको स्वास्थ्य परिक्षण गरी आमाको जिम्मा लगाइ पठाइएको, अवस्था सामान्य ।

 

सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं.१६ टिकुलिया टोल बस्ने अं . बर्ष १७ की साङकेतिक नाम ञ ( ०८२।०८३) लाइ ऐ.ऐ बस्ने अं. बर्ष २७ को अमन सदा (ऋषिदेब ) ले जबरजस्ति करणी गरेको भन्ने खबर प्राप्त हुन साथ इप्रका पकली बाट प्र.ब.ना.नि. स्याम राउतको कमाण्डमा प्रहरी टोली खटिगई निज अमन सदा (ऋषिदेब ) लाई पक्राउ गरी इप्रका पकलीमा ल्याइ अनुसन्धान भइरहेको ।

 

शंकास्पद मृत्यु,

म्याग्दी, घौलागीरी गा.पा ७ झिनडाडा बस्ने बर्ष अं २० की पुन माया बि.क रातको समयमा आफु सुत्ने कोठाबाट पिसाब फेर्नको लागी घर बाहिर निस्कने क्रममा मलाई केले हान्यो भनि एक्कासी घर भित्र आमा सुत्ने कोठामा पसी बेहोस भई ढल्न जादा घाईते भई उपचारको लागी स्थानीय ताकम स्वास्थ्य चौकीमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल म्याग्दी बेनी तर्फ ध.१.ज २४ न.को टयाक्सीमा ल्याउदै गरेको घाईतेको दुबै हात ,पाकुरा, नारी,घाटि र ढाडमा काटेको बाहिरी चोट अवस्था बोल्न नसक्ने सिरियस उपचारमा निजको भाई दिवा कुमाई संग्लन रहेको र उक्त घटना सम्बन्धि खबर प्राप्त हुँदा साथ प्र.स.नि बिक्रम तिवारीको कमाण्डमा  ३ जनाको टोलि खटीगएको, उक्त स्थान यस.का बाट २ कि.मी पश्चिम पर्ने ।थप अपडेट :-मिति २०८२।१०।०४ गते ०२:२० बजे उपचारको क्रममा प्रदेश अस्पताल म्याग्दी बेनि ल्याईएकोमा डाक्टले मृत्यु घोषणा गरेको शव अस्पतालको शव गृहमा राखिएको पो.मा हुन बाँकी,उक्त घटनास्थलमा थप अनुसन्धानको लागि इ.प्र.का दरबाङ म्याग्दिबाट प्र.नि रबिन्द्र कार्कीको कमाण्डमा ५ जनाको टोलि खटिगएको ।

 

गोली प्रहार,

सर्लाही, हरिपुर्वा न.पा.८ बसन्तपुर स्थित ऐ. बस्ने बिलाश राय यादव को छोरा अं. वर्ष ३१ को रामनाथ राय यादव आफ्नै काठको २ तल्ले ठाठी घरको माथिल्लो तल्लाको सुत्ने कोठामा सुतिरहेको बेलामा कसैले  घर बाहिर आँगनबाट माथिल्लो तल्ला तर्फ ताकी २ राउण्ड गोली फायर गरी फरार भएको भन्ने खबर ऐ.०१:४५ बजे प्र.चौ.गौरीशंकरमा प्राप्त हुनसाथ प्र.ह.को कमाण्डमा २ जना टोली खटी गई उक्त घटना स्थाल सुरक्षित साथ राखि‍एको, मानबिय क्षेती नभएको, उक्त घटनास्थलमा पेस्तोलको १ राउण्ड फायर नभएको बुलेट,२ राउण्ड फायर भएको बुलेटको खोका समेत फेला परेको,उक्त स्थानमा थप अनुसन्धानको लागि इ.प्र.का. केशरगंजबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटी गई अन्य अनुसन्धान कार्य भईरहेको ।

 

ला.औ.,

मोरङ, सुनवर्षी न.पा.९ लक्ष्मिथान स्थित ऐ.बस्ने पर्वत लाल सिंहको मकै बारीमा बेवारिसे अवस्थामा प्लाष्टिकको बोरामा-५ बोरा (तौल गर्दा-१५५ के.जि.) ला.औ.गाँजा स.प्र.वल नेपाल वि.ओ.पि. सिक्टीबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले फेला पारी ऐ.०३ गते अं.१४:०० बजे इ.प्र.का रंगेलीमा आवश्यक कार्वाहीको लागि उक्त बरामद गरेको गाँजा इ.प्र.का.रंगेलीमा बुझाएको,उक्त स्थानमा इ.प्र.का रंगेलीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई अन्य थप बुझ्ने कार्य भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८२।१०।२८ गते ०५:०० बजे देखि २०८२।१०।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२९

ज.ज.क. बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२।१०।२७ गते अं.१०:३० बजे मेचीनगर न.पा.१२ कालीझोडा टोल बस्ने वर्ष ३९ को पुरूष ब्यक्तिले आफ्नै छोरी वर्ष १६ की बालिकालाई जवरजस्ती करणी उद्योग गरेको भनी पीडितको आमाले ऐ.१०।२८ गते अं.१४:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दरखास्त दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटिई गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारीमा ल्याई दुवै पक्षलाई आवश्यक यौनजन्य स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा लगिएको । उदयपुर, जि.खोटाङ बाह्रपोखरी गा.पा.५ बस्ने अं. वर्ष १६ की बालिकालाई मिति२०८२।१०।२६ गते अं.१९:०० बजे जि.खोटाङ बाह्रपोखरी गा.पा.४ वस्ने वर्ष ३२ को रोहित राउतले विवाह गर्छु भन्ने प्रलोभनमा पारी घुम्न जाउँ भन्दै ललाई फकाई जि.उदयपुर बेलका न.पा.२ सुन्दरटोल स्थित आफन्तको घरको कोठामा लगि बेलुका जबरजस्ती करणी गरेको भनि ऐ.२८ गते १०:०० बजे पीडितको काकाले इ.प्र.का.रामपुर ठोक्सिला उदयपुरमा लिखित जाहेरी दिनासाथ इ.प्र.का रामपुर ठोक्सिला उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल मुचुल्का लगायतका अनुसन्धान कार्य सम्पन्न गरी घटनामा संलग्न पीडक रोहित राउतलाई नियन्त्रणमा लिई इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरमा ल्याई थप अनुसन्धान भइरहेको । कञ्चनपुर, बेलौरी न.पा.३ खिरिया बस्ने वर्ष अं.२२ की महिलालाई घरमा कोही नभएको मौका पारी निजकै ससुरा वर्ष ५५ को पुरुषले आफ्नै घरको बरण्डा र कोठाको ढोका बन्द गरी कोठा भित्र समेत हातपात तथा ज.ज.क.गर्न खोजेको भनी निज महिलाको आफन्तले टे.फो.मार्फत ऐ.११:२० बजे प्र.चौ.टेडुवामा जानकारी गराउनासाथ इ.प्र.का.बेलौरीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलौरीमा राखी आ.अ.भईरहेको । बन्दुकको छर्रा लागी मानिस मृत्यु,डोटी, बोगटान फुड्सिल गा.पा.१ पोखरी स्थित दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा ऐ.वडा नं. १ बस्ने वर्ष अं.३० को कलम धामी वायरिङ काम गरिरहेको अवस्थामा सोही कोठामा राखिएको भरुवा बन्दुक पड्कन गई बाँया कन्चटमा छर्रा लागी मृत्यु भएको भनी ऐ.बस्ने राम धामीले ऐ.२९ गते ०१:०० बजे जानकारी गराउनासाथ प्र.चौ.चमराचौताराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको । ऐ. ०५:५० बजेको समयमा थप अनुसन्धानको लागि जि.प्र.का. डोटीबाट प्र.नि. नवराज रावल (९८५८४९००१७)को कमाण्डमा SOCO सहित ६ जनाको टोली खटि गएको । फुटकर ज्यान (शंकास्पद मृत्यु),धनुषा, जनकपुर उ.म.न.पा.१७ तेतरिया स्थित तेतरिया पौडेश्वर सडक-खण्डको सडक छेउमा हाल नामथर,वतन नखुलेको अं.वर्ष २८/३० को मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.कपिलेश्वर र जि.प्र.का.धनुषाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई अनुसन्धान गर्ने क्रममा मृतक जि.धनुषा विदेह न.पा.०९ तरही बस्ने मुस्लिम नदाफको छोरी अं.वर्ष २३ की हलिमा खातुन रहेको भनी निजको दाई नविब नदाफले सनाखत गरेको, उक्त स्थानमा मधेश प्रदेश केनाईन शाखा लालगढबाट प्र.ना.नि.को कमाण्डमा कुकुर सहितको टोली र फरेन्सिक डाक्टर समेत खटिएको, शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको । बिष्फोटक पदार्थ बरामद,काठमाडौँ, दक्षिणकाली न.पा.५ फर्पिङ बसपार्क स्थित फर्पिङ नाका भई आवतजावत गर्ने विभिन्न सवारी साधन तथा मानिसहरुलाई इ.प्र.का.फर्पिङबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चन्द्रनिगाहपुर(चपुर)बाट काठमाडौँ आउँदै गरेको ना.१ ज २१७२ नं. को यात्रुवाहक टाटा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त टाटा सुमो गाडीको सिट नं.७ मा बसी सवार रहेका जि. रौतहट चन्द्रपुर न.पा.१ बलेरी खोर घर भई बस्ने वर्ष २७ को राज लामाले साथमा बोकी ल्याएको झोला चेकजाँच गर्दा उक्त झोलाभित्र लुकाई-छिपाई प्लाष्टिकमा पोका बनाई ल्याएको अवस्थामा बिष्फोटक पदार्थ जस्तो देखिने कालो धुलो (बारुद) अं.२४२.२५० ग्राम फेला पारी नियन्त्रणमा लिई  इ.प्र.का.फर्पिङमा ल्याई राखिएको । नक्कली नोट सहित मानिस नियन्त्रणमा,रौतहट, बृन्दाबन न.पा.२ बिश्रामपुर बजारमा रहेको विशाल किराना पसलमा ऐ. बृन्दाबन न.पा.२ बिश्रामपुर बस्ने अं.वर्ष २९ को दिपेश पटेल र जिल्ला सर्लाही वरहथवा न.पा.१ बरहथवा बस्ने अं.वर्ष २० को विवेक प्रसाद यादवले पेट्रोल किन्दा किराना पसले ऐ.ऐ.बस्ने भुपेन्द्र पटेललाई नक्कली नेपाली नोट दिएकोमा प्र.चौ.बिश्रामपुरमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई  BR30AR7755 नं.को मो.सा सहित, निजहरुलाई नियन्त्रणमा लिई प्र.चौ.बिश्रामपुरमा ल्याई चेकजाँच गर्दा निजहरुको साथबाट १ हजार दरको १४ वटा नोट गरी १४ हजार बरामद गरी थप अनुसन्धानको लागि इ.प्र.का.गरुडा पठाएको । गौबध,पाँचथर, मिति २०८२। १०।२४ गते दिउँसोको समयमा फिदिम न.पा.८ इथुङ बस्ने अर्जुन सुनुवार मुखियाको कोरली गाई ऐ.स्थित हिमशिखर सामुदायिक वनमा चरणको लागि छाडेकोमा गाई घर फर्की नआएको हुँदा निज गाई धनीले खोज तलास तथा सोधपुछ गर्दै जाने क्रममा ऐ.२७ गते अं.१७:०० बजेको समयमा ऐ.बस्ने वर्ष अं.३० को शेखर सुनार मुखियाको घर नजिकै हिमशिखर सामुदायिक वनमा निज शेखर सुनुवार मुखिया, ऐ.बस्ने वर्ष अं.२४ को अन्जन सुनार मुखिया र ऐ.बस्ने वर्ष अं.३० को सुमन सुनार मुखियाले गाई काटेर गाड्दै गरेको अवस्थामा देखेको भनी ऐ.ईथुङ बस्ने वर्ष २० को अर्जुन मुखियाले देखेको भनी ऐ.२८ गते बिहान निज गाई धनिलाई जानकारी गराएकोमा ऐ.१३:०० बजे जि.प्र.का.पाँचथरबाट प्र.नि.को कमाण्डमा र जिल्ला पशुपंक्षी विकास कार्यालय, पाँचथरका भेटेनरी पशु चिकित्सक समेतको टोली खटी गई पुरी राखेको गाई निकाली गाई धनिलाई पहिचान गराई आवश्यक कानूनी प्रकृया पूरा गरि गौ-हत्यामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.पाँचथरमा ल्याई स्वास्थ्य परिक्षण गरी हिरासत कक्षमा राखी आवश्यक अनुसन्धान भइरहेको । ला.औ., पर्सा, प्र.चौ.धोरे पर्साबाट प्र.स.नि. भन्टु राय यादवको कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा  जिल्ला पर्सा पकहामैनपुर गा.पा.१ धोरे स्थित धिरेन्द्र यादव र बिनोद यादवको भुस राख्ने दुवै गोठ घरको गल्ली (चेप) मा शंका लागी चेक जाँच गर्दा ११ वटा रातो प्लाष्टिकको पोकामा प्लाष्टिक सहित ११०(एक सय दश) किलोग्राम ला.औ. गाँजा जस्तो देखिने पदार्थ बेबारिसे फेला पारी रितपुर्वक बरामदी मुचुल्का गरी नियन्त्रणमा लिई तालुक ई.प्र.का. पोखरिया पर्सामा बुझाईएको ।

मिति २०८२।१०।२७ गते ०५:०० बजे देखि २०८२।१०।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२८

ज.ज.क. बाल यौन दुर्व्यवहार,संखुवासभा, खाँदबारी न.पा.०६ घर भई हाल ऐ. चिचिला गा.पा. ०१ बस्ने अ.वर्ष २४ को चुडा मणी चौलागाईले ऐ. बस्ने अं.वर्ष २१ की ( कान नसुन्ने तथा बोली समेत नआउने) फरक क्षमता भएकी महिलालाई निजकै सुत्ने कोठामा गई २०८२ बैशाख महिना देखि पटक पटक जबरजस्ती करणी गरेको भनि निजको बुवाले जि.प्र.का.संखुवासभामा जाहेरी दरखास्त दिएकोले प्र.चौ.चिचिलाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.संखुवासभामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको । काठमाडौ, जिल्ला रौतहट तुलसी गा.पा.०६ घर भई हाल का.म.न.पा.१८ क्षेत्रपाटी बस्ने वर्ष १५ की वालिकालाई जिल्ला रौतहट राजपुर न.पा.८ घर भई हाल ऐ.१८ क्षेत्रपाटी टेंगाल बस्ने बर्ष २१ को सरफराज शेख निज प्रतिवादी कपडा सिलाउने गार्मेन्टको ब्यवसाय गर्ने प्रतिबादी सरफराज शेख पनि सोही गार्मेन्टममा कपडा सिलाउने काम गर्ने निज प्रतिवादी संग विगतदेखी चिनजान भएको र मिति २०८२।०९।०६ गते का दिन करिब ३:३० बजे तिर सो गार्मेन्ट चौथो तल्लामा रहेको र तेस्रो तला पुरै खाली रहेकोले निज सरफराज शेखले भित्र कोठामा काम छ भनी बोलाई ज.ज.क.गरेको भनि पीडितले ऐ.१०।२७ गते १६:०० बजे जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा निवेदन दिएको,प्रतिवादी फरार रहेको,खो.त.भईरहेको । काठमाडौ, जिल्ला कास्की पोखरा म.न.पा.१० घर भई हाल का.म.न.पा.टोखा वस्ने वर्ष ४९ की महिलालाई जिल्ला धादिङ निलकण्ठ गा.पा. ६ घर भई हाल का.जि.चन्द्रागिरी न.पा. गुर्जुधारामा डेरा गरि वस्ने वर्ष ३० को उमेश गुरुङसंग टिकटकबाट चिन जान भई निज प्रतिवादिले खान बोलाएर मिति २०८२।०३।०४ गते अं.१५.०० बजे निज पीडितलाई ज.ज.क.गरेको भनि पीडितले ऐ.१०।२७ गते १६:०० बजे जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा निवेदन दिएको, प्रतिवादी फरार रहेकोले खो.त.कार्य भईरहेको । चोरी,रुपन्देही, सियारी गा.पा.वडा - १ नागथान स्थित जडान गर्नेको लागी बिधुत का.ले राखेको नया बिजुलीको १००KB ४००/२३० V को ट्रान्सफर्मर अं.५०/६० मिटर पश्चिम तर्फ गहुँ बारीमा लगी तोडफोड गरी उक्त ट्रान्सफर्मर भित्र रहेको तामा र तेल चोरी गरेको भन्ने सूचना मिति २०८२।१०।२७ गते अ. ११:५१ बजेको समयमा जानकारी प्राप्त हुन साथ प्र.चौ.चिल्हियाबाट प्रनानि पृथ्वी नारायण काफ्लेको कमाण्डमा -२ जनाको टोली खटि गएको, उक्त ट्रान्सफर्मर अं. मुल्य रु ८,५०,०००।– बराबर रहेको अन्य अनुसन्धान भई रहेको । स.दु.(बस दुर्घटना) रामेछाप, मन्थली न.पा. ६ बेनिघाट पुल नजिक स्थित पुष्पलाल सडक-खण्ड  (मन्थली खुर्कोट) मा काठमाण्डौंबाट रामेछापको सिरिशे ढाडे जादै गरेको बा. प्र. ००१-०५ ख ९९७५ नं. को बस मोडमा अनियन्त्रित भई एक्कासी सडकबाट अं. १०० मिटर तल तामाकोशी नदीको पानीमा झरी दुर्घटना भएको भन्ने खवर प्राप्त हुनासाथ प्रचौ.सेलेघाटबाट प्र.व.ह. र जि.प्र.का.बाट प्र.ना.उ. को कमाण्डमा टोली खटिईगई बुझ्दा जि.रामेछाप  तामाकोशी गा.पा.४ बिजुलीकोट बस्ने अं. २१ की बबि तामाङ लगायत १२ जनाको घटनास्थलमा नै मृत्यु भएको(७ जना पुरुष, ५ जना महिला)   चालक जि. रामेछाप मन्थली न.पा.११ बस्ने अं.वर्ष ३१ को सुशान्त थापा लगायत ८ जना घाईतेहरूको उद्दार गरी १ जनालाई तामाकोशी अस्पताल मन्थली, ४ जनालाई शुभजिवन अस्पताल खुर्कोट सिन्धुली र ३ जनालाई  सुनकोसी अस्पताल खुर्कोट सिन्धुलीमा लगी उपचार भईरहेको, घाईते मध्ये ६ जनाको अवस्था मध्यम, २ जना गम्भीर रहेकोमा ६ जनालाई थप उपचारको लागि धुलीखेल अस्पताल काभ्रे, १ जनालाई छाउनी अस्पताल रिफर गरेको, ऐ.१४:०० बजे उपचार पश्चात डिस्चार्ज भई चालक जि.प्र.का.रामेछापको नियन्त्रणमा रहेको, उक्त बसमा के-कति जना यात्रु सवार रहेको, तत्काल नखुलेको, उक्त बस पानी (नदी) बाट निकाल्ने पहल भईरहेको । हा.ह.बरामद,प्युठान, सरुमारानि गा.पा.६ बुढीचौर स्थित ऐ.बस्ने राम ब.पुनको पाखाबारीमा रहेको बसको झ्याङ मुनि बेबारिसे अबस्थामा रहेको भरुवा बन्दुक थान १३ र भरुवा बन्दुकमा प्रयोग हुने नाल २ थान छ भनि गोप्य सुचना प्राप्त हुनासाथ प्र.चौ.बड्डाँडा प्युठानबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई भरुवा बन्दुकलाई नियन्त्रणमा लिएको, उक्त स्थान प्र.चौ.बड्डाँडा प्युठानबाट अं.२२ कि.मि.पश्चिम पर्ने । प्र.क.मृत्यु, चितवन, भरतपुर म.न.पा.२१ कृष्णचोक घर, बागमती प्रदेश प्रहरी गण मकवानपुर हेटौडा दरबन्दी भइ सोहि स्थानमा कार्यरत (कम्प्युटर कोड नं.३७३०९७, संकेत नम्बर- C-०००६३४७१, मिति २०८२।१०।१४ गतेबाट लागु हुने गरी क्रिया बिदा आएको आमाको मृत्यु भएको) अं.वर्ष ४० को प्रहरी हवल्दार भिम बहादुर दमाइ खाना खाइ सुतेकोमा ऐ.१०।२८ गते अं.०२:३० बजे श्रीमती देबि परियाले अचेत अवस्थामा फेला पारी उपचारको लागि सरकारी अस्पताल भरतपुर ल्याएकोमा ऐ.०२:५७  बजे डाक्टरले मृत घोषणा गरेको

मिति २०८२।१०।२६ गते ०५:०० बजे देखि २०८२।१०।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२७

ज.ज.क./ बाल यौन दुर्व्यवहार,उदयपुर, जि.खोटाङ खोटेहाङ गा.पा.६ घर भई जि.उदयपुर त्रियुगा न.पा.९ रातमाटे स्थित आफन्तको घरमा बस्ने वर्ष १६ की बालिकालाई जि. उदयपुर त्रियुगा न.पा.९ रातमाटे बस्ने वर्ष २३ को लक्ष्मण पाठकले ऐ.१०।१३ गते अं.२१:३० बजे ऐ. त्रियुगा न.पा.९ रातमाटे स्थितमा पार्किङ गरी राखेको गाडीमा गाडीको ढोका बन्द गरी मुख थुनी जबरजस्ति करणी गरेको भनी ऐ.१०।२६ गते अं.१४:०० बजे जि.प्र.का.उदयपुरमा जाहेरी दरखास्त प्राप्त हुनासाथ प्रहरी टोली खटी गई पीडक लक्ष्मण पाठकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको । सुर्खेत, मिति २०८२-१०-२४ गते ०९:३० बजे,वीरेन्द्रनगर न.पा.१० चन्द्रमान टोलको जाहेरवालाको घरनजिकको ईत्राम खोला किनारामा  ऐ.बस्ने वर्ष २० की बालिकालाई ऐ.वडा नं.१० बस्ने वर्ष ३० को बले खाँडले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । डडेल्धुरा, नवदुर्गा गा.पा.१ कोटेली बस्ने वर्ष १५ की बालिकालाई ऐ. अमरगढी न.पा.११ बस्ने अं.वर्ष.२९ को सुरेश सार्कीले ऐ. अमरगढी न.पा.१ स्याउले स्थित सहस्त्रलिङग होटलको कोठामा ऐ.१०।२३ गते अं.२१:०० बजे ज.ज.क.गरेको भनी ऐ.१०।२६ गते अं.१४:०० बजे पीडितले जि.प्र.का.डडेल्धुरामा जाहेरी दरखास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई निज सुरेश सार्कीलाई  निजकै घर ठेगानाबाट पक्राउ गरी जिल्ला अदालत डडेल्धुरामा पेश गरी दिन ५ म्याद थप गरी ऐ.१७:०० बजे जि.प्र.का.डडेल्धुराको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको । हातहतियार बरामद,मोरङ, सुन्दरहरैचा न.पा.२ बेलडाँगी बस्ने अं.वर्ष २८ को सिलास लिम्बुको घरमा हातहरियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सिलास लिम्बुको घर कोठा तलासी लिने क्रममा निज सुत्ने कोठामा अवैध हतियार MADE IN USA  लेखिएको पेस्तोल थान १,BAOFENG  लेखिएको हेण्डसेड थान २(दुई) र भरुवा बन्दुक जस्तो देखिने काठको हतियार थान-१ फेला पारी बरामद गरी सोधपुछ गर्ने क्रममा जि.मोरङ सुन्दरहरैचा न.पा.वडा नं. ३ बस्ने प्रेम बहादुर गुरुङसँग लिएको हुँ भनि बताएकोले निज प्रेम बहादुर गुरुङ समेतलाई खो.त.गरी दुबैजनालाई नियन्यन्त्रमा लिई इ.प्र.का.बेलबारीमा ल्याई राखिएको । फुटकर ज्यान,स्याङजा, भिरकोट न.पा.६ चिउरेनी बस्ने अं. वर्ष २६ को अमृत माझी ऐ. न.पा.७ आँधीखोलाको किनारमा लडिरहेको अवस्थामा  (बेहोस) ,   ऐ. बस्ने निजको २ जना साथीहरु ऐ. भिरकोट न.पा. ६ चिउरेनी बस्ने वर्ष २४ सुनिल माझी र ऐ. बस्ने २२ को गोविन्द घर्तीले देखि उपचारको लागि प्रदेश अस्पताल स्याङ्जामा लगेकोमा चिकित्सकले चेकजाँच गरी ऐ.१५:१५ बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त भएको,  शरिरमा चोट नभएको, उक्त स्थानमा प्र.चौ.दहथुमबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई मृतकका साथीहरु दुबै जनालाई सोधपुछको लागि नियन्त्रणमा लिई सोधपुछ गर्दा  करेन्ट  लगाई  माछा मार्दा मृतक माझीलाई करेन्ट लागेको भनी जानकारी गराएको, थप अनुसन्धानको लागि जि.प्र.का.स्याङ्जाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली प्रदेश अस्पताल पुतलीवजरको लागि खटी  गएको, ऐ.न.पा.७ छेपाङथुमबाट मो.सा.को ब्याट्री थान १ तार, कन्ट्रोलर थान १ र माछा अं.१ पाउ जती आँधीखोलामा फेला परेको, ऐ. १७:५० बजे  ऐ. भिरकोट न.पा.६ बस्ने वर्ष १५ को  दिपक माझी (मुलपानीको काले ) लाई व.प्र.का.वालिङको टोलीले सोधपुछको लागि नियन्त्रणमा लिएको । कैदी मृत्यु,सुनसरी, जि.सुनसरी ईनरुवा न.पा.६ घर भई झुम्का कारागार सुनसरीमा ला.औ.मुद्दामा कैद भुक्तान गरीरहेको वर्ष २६ को सुशान्त खनाललाई मिति २०८२।०९।१३ गते १८:३० बजे पेट दुख्ने,  पिसाब पोल्ने समस्या भएको हुँदा उपचारको लागि वि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सुनसरी पठाई उपचार भइरहेकोमा उपचारको क्रममा मिति २०८२।१०।२७ गते अं.०६:५० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, मृतकको आफन्तलाई जानकारी गराईसकेको । लागु औषध, कास्की, पोखरा म.न.पा.११ काँहुडाँडा स्थित ऐ. बस्ने वर्ष ३० को रोशन गुरुङले ला.औ.खरीद बिक्री गरीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई निजलाई सोधपुछ तथा घर कोठा खानतलासी गर्दा आफु सुत्ने कोठाको वेड मुनि लुकाई छिपाई राखेको अवस्थामा २२ ग्राम ६०० मिलिग्राम ला.औ.ब्राउन सुगर फेला पारी सोही कोठामा निज संगै रहेको साथि ऐ.बस्ने वर्ष ४४ को बिश्वस गुरुङलाई समेत नियन्त्रणमा लिई व.प्र.क.रामबजार ल्याई राखिएको ।

मिति २०८२।१०।२५ गते ०५:०० बजे देखि २०८२।१०।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२६

प्र.क.मृत अवस्थामा फेला,बझाङ, मिति २०८२।१०।२३ गते ०६:३० बजे,इ.प्र.का.मष्टा बझाङ दरबन्दी भई जि.प्र.का.बझाङमा कार्यरत क.को.न.(४१५०५१)को प्र.स.ह.दिपेन्द्र बहादुर बम मिति २०८२।१०।२२ गते साँझ लाइन ब्यारेकमा सुतेको र बिहान ०६:३० बजे पि.टी.समयमा सामेल गर्दा नआएकोले खो.त.गर्दा ऐ.२५ गते १०:५० बजे,निज प्र.स.ह.दिपेन्द्र बहादुर बमलाई खो.त.गर्ने क्रममा जि.बझाङ जयपृथ्वी न.पा.११ रुईनाबगर स्थित चैनपुर ताक्लाकोट सडकको छेउबाट अं.१५ मिटर तल नालामा उत्तानो अवस्थामा मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.बझाङबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि जिल्ला अस्पताल बझाङ पठाएको । ज.ज.क. बाल यौन दुर्व्यवहार,धनकुटा, साँगुरीगढी गा.पा.३ कुशेटार बस्ने वर्ष १२ की बालिकालाई ऐ.स्थित प्रतिमा माझीको खेतबारीमा मिति२०८२।१०।२१ गते अं.१९:३० बजे ऐ.चौबिसे गा.पा.५ मुर्कुटेटार बस्ने वर्ष २९ को अजय लिम्बुले जवजस्ती करणी गरेको र अजय लिम्बुले जवरजस्ती करणी गर्ने कार्यमा ऐ.बस्ने वर्ष १९ को सुसन लिम्बुले सहयोग गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.राजारानीबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई मिति २०८२।१०।२५ गते अन्दाजी १५:०० बजे निजहरुलाई पक्राउ गरी जि.प्र.का.धनकुटामा ल्याई अनसुन्धान कार्य भईरहेको । चोरी,काठमाडौ, किर्तिपुर न.पा.९ बाघ भैरव स्कुल नजिकै सुनमाया मानन्धर घरमा डेरा गरी बस्ने जिल्ला संखुवासभा चैनपुर न.पा.४ बस्ने आनन्द तामाङको श्रीमती वर्ष ५९ कि कमला लामाको कोठाबाट कोही नभएको अबस्थामा उक्त कोठाबाट सुनको गरगहना र नगद १ लाख ३ हजार गरी जम्मा   अं.मुल्य रु.४, ५०, ७५०।- (चार लाख पचास हजार सात सय पचास) चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.कीर्तिपुरबाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटीई अ.अ.कार्य भईरहेको  अवैध (रकम नखुलेको) रकम बरामद,सप्तरी, बलान बिहुल गा.पा.४ बेल्ही,चन्ही सडक खण्ड स्थितमा प्र.चौ.बेल्ही सप्तरीबाट प्र.ब.ना.नि.को चेकिङ टोलीले भारतबाट नेपालतर्फ आँउदै गरेको प्र.२-०१-००२ प ४४८१ नं.को मो.सा.चेकजाँच गर्ने क्रममा मो.सा.चालक ऐ. भगवानपुर गा.पा.४ बस्ने बिजय कुमार साहको छोरा अं.वर्ष २३ को हरीशंकर कुमार साहको हेल्मेट र मो.सा.को फिल्टरमा रु.१ हजारको नोट १२००। थान, रु. ५००। सयको नोट २००। थान गरी जम्मा रु; १३ लाख नेपाली रुपयाँ सहित मानिस नियन्त्रणमा लिएको र इ.प्र.का.कडरबोनाबाट प्र.नि.को कमाण्डमा soco सहित टोली खटी गई इ.प्र.का.कडरबोना तर्फ ल्याउने कार्य भइरहेको । शिशु मृत फेला,झापा, कचनकवल गा.पा.३ डाँगीबारी बस्ने खेल बहादुर राजबंशीको घर पछाडी नजिकै रहेको परालको कुनिउ छेउमा हरियो कपडाको सलले बेरी नवजात शिशु (छोरा) जन्माई साल नाल सहित फ्यालिएको अबस्थामा रहेको छ भनि जानकारी प्राप्त हुनासाथ प्र.चौ. पथरियाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा नवजात शिशु मृत अबस्थामा रहेको, नवजात शिशु निज खेल बहादुर राजबंशीको छोरी वर्ष १७ की कल्पना राजबंशीको हो भन्ने बुझिएको घट्नास्थल सुरक्षित राखीएको,थप अनुशन्धानको लागि जि.प्र.का. झापाबाट प्र.नि.को कमाण्डमा SOCO टोली खटिएको । कैदी/बन्दीहरू नाराबाजी, हो-हल्ला,सिरहा, कारागार कार्यालय सिरहामा कैद भुक्तान गर्दै गरेको कैदी/बन्दीहरू कार्यालयको कम्पाउण्डमा भेलाजम्मा भई गुडबन्दी गरेको बिषयमा कर्तव्य ज्यान मुद्दाको कैदी जिल्ला सिरहा लहान न.पा.२४ बस्ने वर्ष २४ को सलेन्द्र महत्तोले निज समेत १० जना कैदी/बन्दीहरूलाई आँखामा पट्टी र हात बाँधी कारागार कोठाको भित्रबाट बाहिर निकाली गेटमा ताल्चा लगाई हो हल्ला नाराबाजि गरिरकोमा उक्त स्थानमा जि.प्र.का.सिरहाबाट प्र.नि.को कमाण्डमा र नेपाली सेनाको नन्दा बक्स गण सिरहाबाट उपसेनानीको कमाण्डमा टोली खटी गई बिभिन्न मुद्दाका १० जना कैदी/बन्दिहरुलाई जि.प्र.का.सिरहामा ल्याई राखिएको थप बुझ्ने तथा अनुसन्धान कार्य भइरहेको । लागु औषध, काठमाडौ, तारकेश्‍वर न.पा.६ जरङ्खु स्थित साझा पार्टी प्यालेस नजिकबाट लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट प्र.व.ना.नि.को कमाण्डका खटिएको प्रहरी टोलीले जि.नवलपरासी पुर्व बौदीकाली गा.पा.५ घर भई हाल का.जि तार्केश्वर न.पा.०६ जरङ्खु बस्ने वर्ष २४ को गुराँस गुरुङ र जिल्ला सिन्धुली दुधौली गा.पा.२ घर भई हाल का.जि नाराणथान बस्ने वर्ष २३ को रोशन भुजेललाई लागु औषध ट्रमाडोल १८० पत्ता (१८०० क्याप्सुल) सहित नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको ।

मिति २०८२।१०।२४ गते ०५:०० बजे देखि २०८२।१०।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२५

ज.ज.क. बाल यौन दुर्व्यवहार,बर्दिया, बारबर्दिया न.पा.५ बनघुस्री बस्ने  अं.वर्ष ४ की बालिकालाई ऐ.४ खैरेनी बस्ने अं.वर्ष ५० को चन्द्र प्रकाश  सुवेदीले  पीडितको घर देखि अं.१५ मि.उत्तर पूर्व पर्ने जयनगर कुसुम्बाघाट पक्कि सडकको पुल मुनि लगी ज.ज.क.उद्योग गर्न लागेको अवस्थामा स्थानीयले देखि पीडकलाई नियन्त्रणमा लिई राखेको भनी ऐ.१४:०० बजे इ.प्र.का.जयनगरमा जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा SOCO  सहितको टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बानियाभारमा ल्याई राखिएको, पीडितको अवस्था सामान्य रहेको । कैलाली, देश भारत जि. लखिमपुर सिसवारी घर भई हाल जि.कैलाली बर्दगोरिया गा.पा.१ बौनिया बस्ने उमेद अलीको छोरी अं.वर्ष १५ की बालिका (फरक क्षमता भएकी ) घर देखी २ कि.मि.उत्तर राजकुला सामुदायिक वनको जंगलमा देश भारत जि.उत्तर प्रदेश लखिमपुर तिकुनिया घर भई हाल बर्दगोरिया गा.पा. २ बस्ने अ.वर्ष ५३ को साहिद अलीले ज.ज.क.गरेको भनी निज बालिकाको बुवाले इ.प्र.का.सडकपुरमा टे.फो.मार्फत जानकारी गराएको हुदा, उक्त स्थानमा इ.प्र.का.सडकपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज साहिद अलिलाई नियन्त्रण लिई थप अनुसन्धानको लागी इ.प्र.का.सुखड कैलाली पठाईएको, निज बालिकालाई आफन्तको जिम्मा लगाई पठाईएको । ओखलढुङ्गा, मिति २०८२।१०।१७ गते अ.१३:०० बजे जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गा.पा.०१ मोलि बस्ने अ.वर्ष १२ की सांकेतिक नाम २०८२/२०८३ ढ लाई निजकै घरमा ऐ.बस्ने अ.वर्ष ६८ को मक्कर बहादुर थापा मगरले बालयौन दुरुपयोग गरेको हुँदा निजलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भनी ऐ.२४ गते.२०:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ प्र.चौ.निशंखेबाट प्र.स.नि.को टोली खटी गई खो.त.गर्ने क्रममा निज प्रतिवादीलाई नियन्त्रणमा लिई  जि.प्र.का.ओखलढुङ्गामा ल्याई आवश्यक अनुसन्धान भईरहेको । हातहतियार बरामद,हुम्ला, सिमकोट गा.पा.४ बस्ने अं.वर्ष ७४ को कुङगा सुन्दुप लामाको घर कोठामा अवैध रुपमा घरेलु हतियार भरुवा बन्दुक तथा जंगली वन्यजन्तु जनावरको नङ्ग्रा समेत लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जि.प्र.का.हुम्लाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई निजको घर कोठा खानतलासी गर्दा भरुवा बन्दुक थान १ (एक) र जंगली जनावर भालुको जस्तो देखिने पन्जाको भाग सहितको नंग्रा थान १ (एक) समेत फेला परेकोले कानुन बमोजिम बरामद गरी मानिस समेतलाई नियन्त्रणमा लिई जि.प्र.का.हुम्लामा ल्याई अनुसन्धान कार्य भईरहेको । चितवन, माडी न.पा.७ देबेन्द्रपुर बस्ने बर्ष २४ को रिदम भन्ने सुर्य बहादुर गुरुङले आफ्नो घरमा घरेलु हतियार जस्तो देखिने एयर पेस्तोल र सोहि पेस्तोलमा प्रयोग हुने स्टिलको छर्रा ८६ थान लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त स्थानमा प्र.नि.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा निजको गोठमा ९ इन्च लम्बाई भएको काठको पेस्तोल र ला.औ.ट्रामाडोल १० क्याप्सुल फेला पारी उक्त सामान बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.माडीमा ल्याई राखेको । भवितब्य घाईते,सप्तरी, रुपनी गा.पा.६ बिरेन्द्रबजार बस्ने बाल-बालिकाहरु ऐ.गा.पा.६ दुधौला खोला स्थितमा बनभोज खान गएको र दाउरा खोज्ने क्रममा रकेट जस्तो खेलौना फेला पारी चुलोको छेउमा ल्याई खेलाउने क्रममा ऐ.१२:१० बजे अचानक बिष्पोट भई जि.सप्तरी रुपनी गा.पा.६ बस्ने कर्ण बहादुर थापाको छोरा अं.वर्ष १६ को कबिर थापा मगर लगायत ४ जना बालबालिकाहरु घाईते भई मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.१२:५० बजे छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा पठाईएको, अवस्था मध्यम रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. सप्तरीबाट प्र.ना.उ.डम्बर बहादुर पुरीको कमाण्डमा टोली खटि गई अस्पतालमा घाईतेहरुको अवस्था तथा घटनाबारेमा थप बुझ्ने कार्य भईरहेको, घाईतेहरु मध्ये सुरज बि.क., साहस आले मगर, कबिर थापा मगर लगाएत ३ जनाको अवस्थामा सुधार भई उपचार भई रहेको र देव थापा मगरको अप्रेशन गरि ICU वार्डमा  उपचार भई रहेको अवस्था मध्यम रहेको,  घट्ना स्थलमा स-सानो फलामको टुक्राहरु फेला परेकोमा आवश्यक अनुसन्धानको लागी बरामद गरी जि.प्र.का.सप्तरीमा ल्याईएको । थप- कबिर थापा मगर डिस्चार्ज भएको । सुन बरामद,काठमाडौँ, एयर इन्डियाको (उडान नं. AI-211) दिल्लीबाट काठमाडौँ आगमन भएका फिनल्याण्ड नागरिक अं.वर्ष ६४ को AHMED IMTIAZ (पुरुष) PP.NO. FP ५२१६४६२ बाहक यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडान तर्फको आगमन एरीयामा भन्सार एरिया क्रस गरे पश्चात टनेल गेटमा खटिएका प्रहरी टोलिले निज ब्यक्तिलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट सुन जस्तो देखिने पहेलो धातुबाट बनेको बिस्कुट थान -४ जम्मा अ.४० ग्राम तौल भएको समान बरामद गरी त्रि.अ.वि.सु.का गौचरको लेखा शाखामा राखि,  निज AHMED IMTIAZ लाई   प्रहरी बृत्त गौशाला पठाएको, ऐ.१०/२५ गते कार्यालय समयमा आबश्यक थप अनुसन्धानको लागी बरामद समान सहित निजलाई  त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाईने । करेन्ट लागि घाईते,धनगढी, उ.म.न.पा.१७ डमौलिया बस्ने भैरव साउँदको छोरा अं.वर्ष ७/८ को बिपिन साउँद घरबाट हराएको भनि स्थानियहरूले खो.त.गर्दै जाँदा जिल्ला कैलाली गौरीगंगा न.पा.३ स्थित शिव सोरानी सामुदायिक वनमा बन्यजन्तु शिकार गर्ने उद्देश्यले बिजुलीको पोलबाट विद्युत चोरी गरी बिछ्याएको तारबाट जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ बस्ने अं.वर्ष ३४ की चन्द्रा देवी वली, ऐ.बस्ने वर्ष २४ को तेज बहादुर खत्री र ऐ.बस्ने वर्ष १६ को श्याम साउँदलाई करेन्ट लागि घाईते भई उपचारको लागि कैलाली अस्पताल धनगढी पठाई उपचार भईरहेको, तिनै जनाको अवस्था गम्भीर रहेको, उक्त विद्युतको तार बिछ्याउने संकास्पद ऐ.१७ पथरी बस्ने अं.वर्ष ३० को रेमन चौधरी र निजले प्रयोग गरेको सु.प.प्र.०१-०११ प ४४४२ नं.को मो.सा.समेत नियन्त्रणमा लिई इ.प्र.का.मालाखेतीको हिरासतमा राखेको, हराएको बालक ऐ.२२:०० बजे ऐ. धनगढी उ.म.न.पा.१६ रामपुर स्थित आफन्तको घरमा फेला परिसकेको, उक्त स्थानमा इ.प्र.का.चौमालाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिएको । लागु औषध, मुखियापट्टी, मुसहरनिया गा.पा.६ बैरिया स्थितमा अबैध रुपमा ला.औ.गाँजा रहेको भन्ने गोप्य सुचना प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटिई गई ऐ. बस्ने अं.वर्ष ५० को सिबन यादको गोठघरबाट १३ वटा पोकाबाट १०० के.जी.३१६ ग्राम र ऐ.बस्ने अं.वर्ष ४० को रामपृत यादवको केराउको खेतबाट तीनवटा बोरा भित्र राखेको २४ वटा पोकाबाट १२७ के.जी.११ ग्राम गरी जम्मा २२७ के.जी.४२६ ग्राम बरामद गरी आवश्यक अनुसन्धानको लागि जि.प्र.का.धनुषा तर्फ पठाइएको, मानिस नियन्त्रणमा नरहेको ।

मिति २०८२।१०।२३ गते ०५:०० बजे देखि २०८२।१०।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१०-२४

कर्तव्य ज्यान,हुम्ला, मिति २०८२।१०।२१ गते अं. १७:३० बजे जि.हुम्ला सर्केगाड गा.पा. ६ स्थित स्यालतडी खोलामा ग्याबिन जाली भर्ने काम गरि रहेको ऐ. बस्ने वर्ष २८ को कुसे लावड सँग ऐ. बस्ने वर्ष ३५ को नन्दलाल लावडले मादक पदार्थ (रक्सी) सेवन गरी काम राम्रोसँग गर्ने भन्ने बिषयमा बादबिबाद भई कुटपिट गरी घाईते बनाएको भनि निजको भतिज वर्ष १७ को धिरेन्द्र लावडले प्रहरी चौकी सर्केदेउ हुम्लामा जानकारी गराउन साथ प्र.चौ. सर्केदेउ हुम्लाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई स्थानिय भबि एण्ड पबि मेडिकलमा स्यालतडीमा उपचार भईरहेको, निज कुसे लावडको टाउँकोमा ७ वटा टाँका, शरीरको बिभिन्न भागमा चोट, कुटपिट गर्ने नन्दलाल लावड फरार रहेको, खोजतलास भइरहेकोमा ऐ.२२ गते अं.१६:५० बजे निज घाइते कुसे लावड जिल्ला अस्पताल सिमिकोट हुम्लाबाट थप उपचारको लागी सिता एयरद्वारा नेपालगंज रिफर भएको ऐ.२३ गते अं. १५:४० बजे संजिबनि कलेज अफ मेडिकल साईन्सेज प्रा.ली. नेपालगंजमा मृत घोषणा गरेको । ज.ज.क. बाल यौन दुर्व्यवहार,संखुवासभा, मिति २०८२।१०।२२ गते रातिको अं.०१:३० बजे जि.संखुवासभा मकालु गा.पा.१ ठाँडे गाउँ बस्ने वर्ष ४१ को पुरुषले परिवर्तित ऐ. बस्ने वर्ष १६ की बालिकालाई जि.संखुवासभा मकालु गा.पा.१ ठाँडे स्थित खोल्सिमा लगि जजक गरेको भनि निजको बुबाले जि.प्र.का संखुवासभामा ऐ.२३ गते जाहेरी दरखास्त दिएको निज पीडकलाई प्र.चौ मकालु संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटिगई जि.प्र.का संखुवासभामा ल्याई आवश्यक अनुसन्धान भई रहेको  सोलुखुम्बु, महाकुलुङ गा.पा.२ बस्ने वर्ष २० को योमु सिङ कुलुङले ऐ. जि.११ बस्ने वर्ष १४ की बालिकालाई ज.ज.क.गरेको भन्ने ऐ.२३ गते २०:३५ बजे खबर प्राप्त हुनासाथ प्र.चौ.बुङबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.सोलुखुम्बुको हिरासत कक्षमा ल्याई राखिएको । मकवानपुर, हेटौडा उ.म.न.पा.१ तरकारी बजार स्थित रमेश न्यौपानेको घरमा डेरा कोठा गरी बस्ने जि.मकवानपुर हेटौडा उ.म.न.पा.१२ पदमपोखरी घर भएको वर्ष ६२ को भिमलाल जिम्बाले जि.पर्सा बिरगंज म.न.पा.१६ नगवा घर भई सोही रमेश न्यौपानेको घरमा डेरा गरी बस्ने वर्ष अं.१० की बालिकालाई ललाई फकाई गरी यौन दुर्ब्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.चौकिटोलबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको स्थिति सामान्य । बर्दिया, बाँसगढी न.पा.२ हजारीबगिया स्थित ठुली आमाको घरमा कोही नभएको समयमा ऐ.बस्ने वर्ष १० की बालिकालाई ऐ.६ स्थायी वतन भई हाल ऐ.२ आफ्नो ठुली आमाको घरमा बस्दै आएका वर्ष १५ को बालकले ज.ज.क.गरेको भन्ने ऐ.२३ गते २१:०० बजे खबर प्राप्त हुनासाथ  इ.प्र.का.मोतिपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडक र पीडित दुवैजनालाई नियन्त्रणमा लिई विस्तृत स्वास्थ्य परीक्षणको लागी बर्दिया अस्पतालमा पठाईएको । लागु औषध, मकवानपुर, पूर्व-पश्चिम सडकखण्डको मनहरीबाट  हेटौडा बजार तर्फ आउँदै गरेको ना.४५ प ६४१८ नं.को मो.सा.मा सवार मानिसहरु ला.औ.बिक्रि बितरण गर्ने उद्देश्यले आउँदै गरेको भन्ने  बिशेष सुचनाको आधारमा जि.प्र.का.बाट प्र.नि.र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय विरगंजबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले मो.सा.खो.त.गर्दै जाने क्रममा ऐ. हेटौडा उ.म.न.पा.११ थानाभर्‍याङ स्थितमा रहेको सहयोगी होटल अगाडी पार्किङ गरी राखेको अवस्थामा फेला पारी मो.सा.मा सवार भई आएका मानिसहरु सोही होटलमा खाना खाई  धारामा हात धुँदै गरेको अवस्थामा फेला पारी चेकजाँच गर्दा चालक  जि.मकवानपुर राक्सिराङ गा.पा.४ बस्ने अं.वर्ष ३६ को राम बहादुर डिम्डुङले लगाएको ज्याकेटको खल्तिबाट ला.औ.अफिम जस्तो देखिने कालो गिलो पदार्थ (एक पोका) १ के.जि.,पछाडी सवार ऐ. बस्ने अं.वर्ष २८ को रबिन्द्र सिन्तानले लगाएको ज्याकेटको खल्तिबाट ला.औ.अफिम जस्तो देखिने कालो गिलो पदार्थ (दुई पोका) १ के.जि गरी जम्मा २ के.जि.(तौल भएको) फेला परेकोले दुबै जना सहित मो.सा.लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि जि.प्र.का.मकवानपुरमा ल्याएको ।