प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।०४ गते ०५:०० बजे देखि २०८२।१०।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-०५

  • A
  • A-
  • A+
Share

कैदी मृत्यु,

काठमाण्डौ, का.म.न.पा.११ जगन्नाथदेवल स्थित केन्द्रीय कारागार अन्तर्गत भद्र बन्दी सुधार गृहमा जिल्ला कैलाली घोडाघोडी न.पा.१ स्थायी वतन भएका वर्ष ५७ को ज.ज.क मुद्दामा थुनामा रहेका कैदी हरि प्रसाद डगौरा थारु पेट सम्बन्धी बिरामी भई मिति २०८२।०९।२० गते वि.पि.स्मृती अस्पतालको ICU मा भर्ना भई उपचार गराई रहेकोमा उपचारको क्रममा मिति २०८२।१०।०५ गते ००:३० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको ।

 

ज.ज.क./ज.ज.क उद्योग,

इलाम, मिति २०८२।०४।०३ गते अं.२०:०० बजे जि. झापा कनकाई न.पा. ६ बस्ने र्ष २६ की ( सांङ्केतिक नाम (म ०८२/०८३ ) लाई जिल्ला झापा अर्जुनधारा न.पा. ०१ घर भई हाल बिर्तामोड न.पा. १ बस्दै गरेको वर्ष ५१ को पुरुषले ललाई फकाई गरी बिर्तामोडबाट चारली हुदै इलाम तर्फ ल्याई इलामको कन्याम लेखेको आसपास रहेको होटेलमा लगि जबरजस्ति करणी गरेको भनि मिति २०८२।०९।२९ गते इप्रका पशुपतिनगर इलाममा पिडित उपस्थित भई जाहेरी दरखास्त दिनसाथ निज अभियुक्तको खो.त. भईरहेकोमा १०।०४ गते अं. १०:०० बजे निज अभियुक्त आफै इप्रका पशुपतिनगर इलाममा उपस्थित भएको थप अनुसन्धान भईरहेको ।

 

पाँचथर, मिति २०८२।१०।०१ गते २३:५० बजे मिक्लाजुङ गा.पा.-३ बाजोघरा बस्ने परिवर्तित नाम ०२-०८२/०८३ "१३/ख" को छोरी वर्ष १२ कि पिडित परिवर्तित नाम ०२-०८२/०८३ "१३" लाई ऐ. बस्ने वर्ष अं.३४ को पुरुषले घरमा कोही नभएको बेला मौकाछोपी ज.ज.क. गर्न खोजेको भनि पिडितको बुबाले मौखिक रूपमा ऐ.०२ गते १५:०० बजे अप्रपोष्ट आरूबोटे पाँचथरमा जानकारी गराउन साथ इ.प्र.का. रवि पाँचथरबाट प्र.नि.को कमाण्डमा टोली खटि गई  पिडकलाई नियन्त्रणमा लिई ऐ. ३ गते जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई थप अनुसन्धान भइरहेको ।

 

धादिङ, मिति२०८२।१०।०२ गते अं.१९:०० बजे जि.धादिङ निलकण्ठ न.पा.१० ढकालडाँडा स्थित ऐ.ज्यामरूङ केराबारी बस्ने अर्जुन नेपालीको श्रीमती वर्ष अं.२६ की परिवर्तित नाम धादिङ २४ (११४) ०८२।०८३ लाई जि.धादिङ निलकण्ठ न.पा.१० बस्ने वर्ष अं.३१ पुरुष र जि.धादिङ निलकण्ठ न.पा. ११ बस्ने वर्ष अं.२८को पुरुषले ऐ.ऐ.स्थित एकान्त स्थानमा ज.ज.क. गरेको भनी पिडितले जि.प्र.का.धादिङमा ०४ गते अ.१५:००बजे आई प्रतिवादी बिरूद किटानी जाहेरी दिए पश्वात उक्त स्थानमा प्र.चौ. टोडकेबाट प्र.स.नि.को कमाण्डमा टोली खटिई निज दुवै प्रतिवादीहरूलाई पक्राउ गरी जि.प्र.का.धादिङमा ल्याई मुद्वा दर्ता गरी (६ दिन म्याद थप) गरी राखेको ।

 

हात हतियार बरामद,

गुल्मी, छत्रकोट गा.पा. ३ नरम, रिपाहा टोल बस्ने पबिकला रेश्मीले मेरो घरमा पालेको कुकुरलाई छिमेकी वर्ष ८२ को धन बहादुर बुढाथोकीले भरुवा बन्दुकको छर्राले कुकुरलाई हानी घाईते बनाएको भनी  जानकारी गराए पश्चात उक्त स्थानमा टोली खटि गई बुझ्दा निज धन बहादुर बुढाथोकीले कुकुरले कुखुरा खाएको भनी भरुवा बन्दुकको छर्राले हानेको हो भन्ने बुझिएको, उक्त भरुवा बन्दुक थान १ र निजकै नाममा रहेको बन्दुकको लाईसेन्स नियन्त्रणमा ल्याई चौकीमा ल्याई राखेको, लाईसेन्सको रिनु नभएको, निज धन बहादुर बुढाथोकी घरमै रहेको, घाईते कुकुरको अवस्था गम्भिर घरेलु उपचार भई रहेको । अपडेट-ऐ.१९;४५ बजेको समयमा निज धन ब.बुढाथोकीलाई नियन्त्रणमा लिइ भरुवा बन्दुक सहित जि.प्र.का.गुल्मीमा ल्याई राखिएको ।

 

भरुवा बन्दुकको गोली लागी घाइते,

तनहुँ, ब्यास न.पा. १३ बेनिकोट बस्ने वर्ष ५० को मन ब. थापाले बादरलाई भरुवा बन्दुक (लाइसेन्स नभएको) पड्काई धपाउने क्रममा बन्दुकको गोलीले निजकै दाहिने हातको कुहिनामा लागी घाइते भई उपचारको लागी रत्नहरी मेमोरियल अस्पताल दमौली आएको अवस्था मध्यम बोल्न सक्ने रहेकोमा थप उपचारको लागी CMC अस्पतालमा भरतपुर चितवन रिफर भएको, भनि जि.प्र.का. तनहुँबाट ट्राफिक चोकमा डिउटी खटिएका प्र.ह.मार्फत ऐ. १५:२० बजे जानकारी प्राप्त भएको, घटनास्थल थप अनुसन्धान र उक्त भरुवा बन्दुक नियन्त्रणको लागी जि.प्र.का. तनहुँबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गएको  । थप अपडेट:-  ऐ, १९:५० बजे मुचुल्का  कार्य समाप्त पश्चात  भरुवा बन्दुक जि.प्र.का. तनहुँ ल्याएको घाईतेको सोही अस्पतालमा उपचार भई रहेको  अस्पतालको प्रहरीको निगरानीमा रहेको अवस्था  ऐ. रहेको ।

 

सवारी दुर्घटना,

सुनसरी, धरान १३ जिरोप्वाइन्ट स्थित कोशी राजमार्गमा भेडेटारबाट धरान तर्फ आँउदै गरेको को १ ख ७११९ नम्बरको बस(टाइम्स इन्टरनेशनल एकेडेमी स्कुल जनकपुर भन्ने बुझिएको) अनियन्त्रित भई श्री कृष्ण प्रणामी मन्दिरको सटरमा न्यूसभा मेडिलकमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना मानिस घटनास्थलमा नै मृत्यु भएको खबर प्राप्त हुनासाथ घटनास्थलमा टोली खटि गई बुझ्दा जि.महोत्तरी गैडादेवपुर ८ बस्ने वर्ष ३१ को धैरिया कुमार यादव (स्कुल संचालक) लगायत ५ जनाको मृत्यु भएको, बस चालक जि.महोत्तरी बस्ने वर्ष २५ को महमत गुलाल लगायत १२ जना घाइते, सम्पुर्ण घाईतेहरुको वी.पी.कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको, बसलाई क्रेनले तानि नेपाल प्रदेश प्रहरI कार्यालय धरान सुनसरिमा लगी राखिएको, बाटो सुचारु भएको, ।

मृतकहरु;-

(१)       जिल्ला महोत्तरी गैडादेवपुर ८ बस्ने रोहित कुमार मण्डलको छोरा १८ महिना  को रिसब कुमार मण्डलको मृत्यु भएको,

(२)       ऐ.ऐ. वस्ने ३१ को धैरिया कुमार यादवको मृत्यु भएको,(स्कुल संचालक)

(३)       जिल्ला सुनसरी बराक्षेत्र न.पा. ३ बस्ने वर्ष २० को ओमेश राईको मृत्यु भएको,

(४)       जिल्ला झापा मेचीनगर न.पा. बस्ने वर्ष १९ को नयन थापा मगरको मृत्यु भएको,

(५)       जिल्ला सुनसरी धरान उप-मनपा १३ बस्ने वर्ष २४ की सुवेक्षा सुब्बाको मृत्यु भएको,

नोट;- मृतक-५ जना,गंभिर-६ जना,मध्यम-४ जना,सामान्य-२ जना जम्मा-१७ जना

 

गोली बरामद,

झापा, दमक न.पा. ८ आर्गनिक कृषी भवनको पूर्व पट्टी गेटछेउमा ढुङगाको च्यापको कालो प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा इप्रका दमकबाट QRT मोसा टोलीमा खटीएको प्र.स.ह.को टोलीले फेला पारी शंका लागी पोका खोली हेर्दा उक्त पोको भित्र इन्सास(INSAS) राईफलको जंगी राउण्ड थान २१ फेला पारी बरामत गरी इ.प्र.का. दमक ल्याई थप अनुसन्धान भईरहेको, (उक्त राउण्ड इप्रका दमकबाट जेन्जि आन्दोलनको क्रममा लुटिएको भन्ने बुझिएको)।

 

विदेशी नागरीक पक्राउ,

काठमाण्डौ, मिति २०८२/१०/०३ गते अं.२३:२५ बजे फ्लाई दुबई एयरको (उडान न. FZ-573) द्वारा काठमाण्डौ आगमन भएका यात्रु भारत महाराष्ट्र स्थायी वतन भएका वर्ष २५ को मोहित जितेन्द्र खतार (राहदानी नं.U8604699) लाई अराईभल भन्सार चेकजाँच पश्चात टनेल गेट बाट निजको गतिबिधी शंकास्पद देखिएकोले त्यहाँ डिउटी खटिएको प्र.क ले नियन्त्रणमा लिई चेकजाच गर्दा निजको साथमा ल्याएका lenovo thinkpad intel core i5 थान२ अ.मु.रु.१२००००/-, iPhone lT Pro Max 256G8 थान १ अ.मु.रु.२३००००/- , iPhonel5 Pro 256 GB थान १ अ.मु.रु. ९००००/- र सुन जस्तो देखीने पहेलो रंगको लेपन/पेष्ट गरिएको कालो रंगको सुटकेशको भित्री भाग अ.५५० ग्राम सहित निजलाई नियन्त्रणमा लिई १ रातको लागी वृत गौशालामा पठाईएकोमा ऐ.०४ गते १६:५० बजे उक्त सामान सहित निजलाइ भन्सार कार्यालय सिनामंगलमा बुझाईएको ।

 

ला.औ.,

मोरङ, सुन्दरहरैचा न.पा.९ स्थित बुधबार बजारमा इ.प्र.का. बिराटचोकबाट प्र.ना.नि. र अ.प्र.पोष्ट त्रिबेणबाट प्रह.को कमाण्डमा संयुक्त टोलीले गस्ती गर्ने क्रंममा बेलबारीन.पा.३०५-२०८१/८२ नम्बरको सिटिसफारी लाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा सिटिसफारीको डिकीमालुकाई छिपाई ल्याउदै गरेको ला.औ. गाँजा ३७ के.जी.३६ ग्राम, सिटी,सिटी चालक जि.मोरङ सुन्दरहरैचा न.पा.१० बस्ने वर्ष अं ४२ को योगेन्द्र श्रेष्ठलाई नियन्त्रणमा लिइ इ.प्र.का. बिराटचोकमा ल्याइ राखेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।