प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।०७ गते ०५:०० बजे देखि २०८२।१०।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-०८

  • A
  • A-
  • A+
Share

ज.ज.क./ बाल यौन दुर्व्यवहार,

काठमाण्डौ, काभ्रेपलाञ्चोक बनेपा न.पा.५ घर भई हाल का.जि.का.म.न.पा.१० बानेश्वर बस्ने वर्ष १७ की बालिकालाई जि.ईलाम साबिक धुसेनी गा.बि.स.०४ घर भई हाल का.जि.का.म.न.पा.१० बानेश्वर बस्ने वर्ष ४१ को नेत्र प्रसाद चापागाईले (बिपक्षी र जाहेरवालाको बुबाको पसल ऐ.बानेश्वरमा रहेको र बुबाको मोबाईल पसलमा जाँदा चिनजान भएको) ऐ.स्थित निज बिपक्षीको पसल मै पटक-पटक ज.ज.क.गरेकोमा अन्तिम पटक ऐ.स्थित ब्वाईज होस्टेलमा काम लगाई दिन्छु भनि होस्टेलमा लगि मिति २०७९।०७।०५ गते १०:०० बजे जबरजस्ति करणी गरेको भन्ने जाहेरी दरखास्त जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा मिति २०८२।१०।०७ गते अं.१६:२५ बजे पेश गरेकोले ज.ज.क.मुद्दा दर्ता गरी फरार प्रतिबादीको खो.त.कार्य भईरहेको ।

 

बाँके, कोहलपुर न.पा.२ प्रेमनगर बस्ने वर्ष अं.४१ को अरुण बहादुर बमले ऐ.बस्ने वर्ष अं.११ की बालिकालाई निज अरुण ब.बमले संचालन गरेको किराना पसलमा कलम किन्न गएको समयमा कोही नभएको मौका छोपी बाल यौन दुरुपयोग गरेको भनी ऐ.२१:१० बजे इ.प्र.का.कोहलपुरमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.कोहलपुरबाट प्र.ना.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज अरुण ब.बमलाई नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुरमा राखिएको ।

 

कुटपिट,

ताप्लेजुङ, फक्तालुङ गा.पा.५ हेल्लोक बस्ने अं.वर्ष ४५ को दिल कुमार लिम्बुले ऐ.बस्ने अर्जुन लिम्बुको श्रीमती वर्ष २२ की सरीता राई संग एउटै कोठामा बसेको देखी अर्जुन लिम्बुले दिल कुमार लिम्बुलाई कुटपिट गरी घाईते बनाएको भन्ने खबर स्थानीयले प्रहरी चौकी लेलेपमा जानकारी गराउनासाथ प्र.चौ.लेलेपबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइको, टाँउकोबाट रगत बगेको, हल्का बोल्न सक्ने, अवस्था गम्भीर रहेको, कुटपिट गर्ने अर्जुन लिम्बु र सरीता राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा राखिएको ।

बिदेशी नागरिक मृत्यु,

काठमाण्डौ, का.म.न.पा.०६ फुलबारी टोल स्थित सडक पेटीमा विदेशि नागरिक देश डेनमार्क (Denmark) घर भई हाल नेपाल घुम्न आएको वर्ष ७० को Hand Oiriclc Lionhird लाई बेवारिसे अवस्थामा फेलापारी का.जि.नागार्जुन न.पा.१ रानिवन स्थित मानवसेवा आश्रममा राखिएकोमा एक्कासि बिरामी भई मिति २०८२।०९।२८ गते महारजगंज स्थित नेपाल प्रहरी अस्पतालमा लगि उपचार भई रहेकोमा ऐ.०६ गते अं.१५:४५ बजे डाक्टर द्वारा मृत्यु घोषणा भन्ने खबर प्राप्त हुनासाथ वृत्त स्वयम्भुबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।

 

विदेशि नागरिक हराएको,

काठमाण्डौ, मिति २०८२।१०।०६ गते अं.१८:०० बजे देश चिन घर भई हाल का.जि.ठमेल बस्ने वर्ष ५५ की Wei Gui (महिला) स्वयम्भू स्तुपा हाइट घुम्न आउने क्रममा हराएकोमा हाल सम्म पनि संगै घुम्न आउने साथि संग सम्पर्कमा नआएको भनी मिति २०८२।१०।०७  गते २२:१५ बजे जानकारी गराएको हुँदा खो.त.भइरहेको ।

 

चोरी,

काठमाण्डौ, काठमाण्डौ का.म.न.पा.१४ कुमारी क्लब स्थित अर्जुन प्रसाद महर्जनको ५ तले घरको सटर फोरेर पहिलो तलामा रहेको महिला शक्ति बचत सहकारी कार्यालयको  ढोका फोरेर भित्र प्रवेश गरि स्टिल दराज भित्र रहेको लकरमा राखेको नगद रु.१४,००,०००।–(चौध लाख) चोरी र १० वटा CCTV क्यामेरामा क्षति भएको भनि ऐ. सहकारी अध्यक्ष सुनिता सिग्देलले ऐ.७ गते अं.१०:१५ बजे प्रहरी वृत्त कालिमाटीमा खबर गरे पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई चोरी गर्ने मानिसहरुको खोजी कार्य भईरहेको ।

 

ला.औ.,

सुनसरी, धरान उ.म.न.पा.२ चिनियाँचोक स्थित जि.ट्रा.प्र.का.धरान सुनसरीबाट प्र.स.ह.को कमाण्डमा खटिएको २ जना QRT टोलीले रत्नारोडबाट पुरानो बजार तर्फ जाँदै गरेको प्र.१-०२-०४६ प ८९९१ नं.को मो.सा.लाई शंका लागि रोक्न खोज्दा मो.सा.सोही स्थानमा छाडी चालक फरार रहेको, उक्त मो.सा.पछाडी सवार जि. धनकुटा चौबिसे गा.पा.७ बस्ने वर्ष ३३ की मनमाया लिम्बुले बोकेको कालो झोलाबाट ला.औ.गाँजा अं.१२ के.जी.फेला पारी ला.औ.गाँजा, मो.सा.सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई राखिएको, थप अनुसन्धान कार्य भईरहेको, मो.सा.चालक ऐ. बस्ने अं.वर्ष २६ को मौसम लिम्बु फरार रहेकोले खो.त.कार्य भईरहेको ।

 

सर्लाही, मलंगवा न.पा.४ गणेशिया चोक स्थितमा जि.प्र.का.बाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेकजाँच गर्ने क्रममा सुखचैना देखी शिवसागर बजार तर्फ जाँदै गरेको BR 06 2729 नं.को HONDA CB SHINE मो.सा.चालक ऐ. कौडेना गा.पा.१ बस्ने दिलिप मण्डलको छोरा अं.वर्ष १९ को नितेश मण्डल र सोही मो.सा.पछाडी सवार ऐ.चक्रघट्टा गा.पा.३ बस्ने वर्ष ३२ को शेष मोफिजलाई चेकजाँच गर्ने क्रममा मो.सा.को सिट मुनि रातो रंगको प्लाष्टिकमा लुकाई छिपाई गरी सिट जतिको साईज बनाएको १ पोका प्रतिवन्धित लागु औषध (गाँजा) जस्तो देखिने प्लाष्टिक सहित तौल गर्दा ७ कि.लो. ८०० ग्राम ला.औ. गाँजा फेला परेकोले दुवै जनालाई मो.सा.सहित नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको।

 

काठमाण्डौ, टोखा न.पा.७ बसुन्धारा खरिबोट स्थित सडक खण्डमा प्रहरी बृत्त कालिमाटीमा कार्यरत रही सेफ्टीपिनमा खटिएका प्र.स.नि.को कमाण्डमा र प्रभाग गोँगबुबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागू औषध खरिद बिक्री गरीहेको अवस्थामा पक्राउ पश्चात जि.ईलाम ईलाम न.पा.४ घर भई हाल का.जि. टोखा न.पा.६ ग्राण्डी बस्ने बर्ष ३७ को दिपक राईलाई फेला पारी सोधपुछ् चेकजाँच तथा निजको शरिर खानतलासी गर्दा निजले लगाएको निलो रङको ज्याकेटको बायाँ गोजीमा यार्सा वाजीकर लेखिएको सेतो बट्टामा भित्र रातो प्लाष्टिकमा पोका पारी लुकाई छिपाई राखेको अवस्थामा ७.१८ ग्राम लागू औषध खैरो हेरोईन ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई प्रभाग गोँगबुमा राखी अ.अ.कार्य भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।