प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।१२ गते ०५:०० बजे देखि २०८२।१०।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-१३

  • A
  • A-
  • A+
Share

झडप,

रौतहट, परोहा न.पा. ९ रामपुर बिद्यालय रामपुरखाँप स्थितबाट सरस्वती पुजाको मुर्ती सेलाउनको लागि अं. ८०० को जनाको संख्यामा मुर्ती सहित ट्याक्टर, पिकअप , पैदल र्‍याली निकालेको, उक्त र्‍याली पटेलटोल रामपुर्वा हुँदै जामे मस्जिद क्रस गरी मस्जिद भन्दा अगाडी निस्किदा मुस्लिम समुदायको घरको छतमाथीबाट ढुङ्गा हान्दा दुई पक्ष बीच झडप भएको, उक्त झडप नियन्त्रणमा लिनको लागि नेपल प्रहरीबाट ग्यास गनबाट अं.६८ सेल फायर भएको, सट गनबाट रबर छर्रा १ राउण्ड फाईर भएको र सशस्त्र प्रहरीबाट ६ राउण्ड अश्रु ग्यास फाएर भएको,हालको अवस्था सामान्य रहेको, सम्झाई बुझाई भईरहेको, ढुङ्गा प्रहार गर्ने जि.रौतहट बौधिमाई न.पा.०७ बस्ने अं.वर्ष २३ को शेख ईब्राहिम जि.प्र.का.रौतहटको नियन्त्रणमा रहेको, उक्त स्थानमा जि.प्र.का. रौतहटबाट प्र.उ.को कमाण्डमा १५२ जनाको टोली र स.प्र.ना.उ.को कमाण्डमा ११७ जनाको टोली खटी गएकोमा ऐ.२२:०५ बजे सबै जना तितर बितर भई आ-आफ्नो घर तर्फ गएको, ऐ.१३ गते बिहान ०६:०० बजे सम्म प्र.ना.उ.को कमाण्डमा ४६ जनाको टोली खटिएको,अन्य प्रहरी टोली आ-आफ्नो कार्यालय तर्फ फिर्ता भएको,झडपको क्रममा ढुङ्गाले लागि जि.रौतहट परोहा न.पा.०९ रामपुरखाँप बस्ने सत्यनारायण ठाकुरको छोरा अं.वर्ष ३० को बिनोद शर्मा लगायत ११ जना घाइते भई प्रादेशिक अस्पताल गौर रौतहट पठाएकोमा उपचार पश्चात घाईते सबै जना डिस्चार्ज भई घर तर्फ गएको ।

 

जबरजस्ति करणी/ बाल यौन दुर्व्यवहार,

काठमाण्डौ, जि. सिन्धुली कमलामाई न.पा.७ घर भई हाल का.म.न.पा.१० बानेश्वर बस्ने वर्ष १९ की बालिकालाई जि.काठमाडौं दक्षिणकाली न.पा.२ बस्ने वर्ष २९ को सनम महर्जनसँग पुतलिसडक स्थित रहेको एमबिशन गुरुमा ना.सु.को क्लासमा चिनजान भई नम्बर मागेर whatsapp बाट कुरा हुन थाली मिति २०८२।१०।०८ गते अं.१६:०० बजे कोठामा बोलाएर ज.ज.क.गरेको भनी पीडितले मिति २०८२।१०।११ गते अं.२०:०० बजे महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा जाहेरी दरखास्त पेश गरेकोमा मुदा दर्ता गरी फरार प्रतिबादीको आ.अ. तथा खो.त.भइरहेको ।

 

रोल्पा, मिति २०८२।१०।०८ गते दिउँसो अं.१५:०० बजे जि.रोल्पा गंगादेव गा.पा.६ रातामाटा स्थित कमानसिंह खत्रीको घरमा कोही नभएको अवस्थामा ऐ.माटाबिरे बस्ने वर्ष १८ कि परिवर्तित नाम ५३ घर्तिगाउँ ३ (ज) लाई ऐ.रातामाटा बस्ने वर्ष ५५ को नदिराम खड्काले ज.ज.क.गरी फरार रहेको भनी ऐ.१२ गते बिहान अं.१०:०० बजे पिडितले इ.प्र.का.घर्तिगाँउ रोल्पामा जाहेरी दरखास्त दिए पश्चात  इ.प्र.का.जिनावाङ रोल्पाबाट प्रहरी टोली खटि गई पिडकको खो.त.कार्य भईरहेको ।

 

बाटो अवरोध,

सिरहा, मिति २०८२\१०\०१० गते अं.११:३० बजे ऐ. सिरहा गोलबजार न.पा.०३ जमदह टोल बस्ने रमेश बानियाको छोरी अं.वर्ष १८ की एन्जल बानिया (अविवाहित) ले फुस र जस्ताले बनेको आफ्नै घरमा सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झु.आ.ह.गरेको भनी निजको भाईले देखि इ.प्र.का.गोलबजारमा जानकारी गराउनसाथ प्र.नि.को कमाण्डमा SOCO सहितको टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाएकोमा ऐ.१०/१२ गते अं.१२:३० बजे पो.मा.को लागि इ.प्र.का.गोलबजारबाट मृतकको आफन्तहरुले कागज पत्रहरु लिई प्रादेशिक अस्पताल लहान पुगेकोमा मृतक अं.वर्ष १८ की एन्जल बानियाको शव प्रादेशिक अस्पताल लहानमा नभेटिएकोले मृतकको आफन्तहरुले ऐ. १७:२५ बजे अं.१००/१५० जनाको संख्यामा भेलाजम्मा भई ऐ.गोलबजार न.पा.०६ लाईफ लङग अस्पताल अगाडी पूर्व-पश्चिम लोक मार्गमा आई दुइतर्फी बाटो अवरोध गरेको, उक्त स्थानमा इ.प्र.का.गोलबजारबाट प्र.नि.को कमाण्डमा, सशस्त्र बेस क्याम्प गोलबजारबाट स.प्र.नि.को कमाण्डमा ,इ.प्र.का.मिर्चैयाबाट प्र.नि.को कमाण्डमा र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा जम्मा ५० जनाको टोली खटी गई सम्झाई-बुझाई कार्य भईरहेकोमा ऐ. १८:२५ बजे ऐ.१३ गते १०:०० बजे भित्र शव फिर्ता नआएमा आन्दोलन पुन: गर्ने, सम्बन्धित दोषीलाई कानूनी कारबाहि हुनुपर्ने र छानबिन समिति गठन गर्नुपर्ने सहमतिमा दुइतर्फी बाटो सुचारू भई सबै जना तितर बितर भएको ।

थप टिपोट-  ई.प्र.का. गोलबजार सिरहाको  एरियामा झुण्डी मृत्यु भएको अं.वर्ष १८ की एन्जल बानियाको शव  र इ.प्र.का.कडरबोना सप्तरी एरियाको झुण्डी मृत्यु भएको राधा कुमारी साहको शव सम्बन्धमा मिति २०८२।१०।११ गते ०९;४० बजे राधा कुमारी साहको शव पो.मा.पश्चात निजको काका सचिप साहले लाश बुझि दाह संस्कार समेत गरेको र आज  मिति २०८२।१०।१२ गते गोलबजार एरियाको एन्जल बानियाको आफन्तहरुले शव बुझ्न प्रादेशिक अस्पताल लहान सिरहा गएकोमा उक्त एन्जल बानियाको शव नरहेकोले छानबिन हुदा  राधा कुमारी साहको शव पो.मा.पश्चात निज काका सचिप साहले बुझी लगिएको हुदा राधा कुमारी साहको शव नभई गोलबजार एरियाको एन्जल बानियाको शव रहेको हुदा मिति २०८२।१०।१२ गते १८;०० बजे बुझी लाने मानिसलाई पक्राउ गरी प्रादेशिक अस्पताल लहान सिरहामा राखी, सोही प्रादेशिक अस्पतालको डक्टर  र पिडित पक्ष बिच प्रादेशिक अस्पताल लहान सिरहमा छलफल भईरहेको, इ.प्र.का. लहान सिरहाबाट प्र.ना.उ कैलाश राइ (९८५२८३३८८९) को कमाण्डमा २५ जनाको टोली खटीएको, निज काका सचिप साहलाई इ.प्र.का. लहान को नियन्त्रणमा राखिएको  ।

 

कैदी मृत्यु,

काठमाण्डौ, जि.पर्सा पर्सागढी गा.पा.७ घर भइ भद्र बन्दी सुधार गृह जगन्नाथदेवलमा ला.औ.मुद्दामा कैद भुक्तान गरिरहेको कैदी वर्ष ४७ को देविलाल सहनी पित्त थैलीको क्यान्सर सम्बन्धी बिरामी भई मिति २०८२।१०।११ गते उपचारको लागि वि.पि.स्मृती अस्पतालमा भर्ना भई उपचार गराईरहेकोमा उपचारको क्रममा मिति २०८२।१०।११ गते २१:४५ बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, मृतकको आफन्तलाई जानकारी गराईसकेकोमा मिति २०८२।१०।१२ गते अं.१५:३५ बजे पो.मा.पश्चात आफन्तले लाश बुझी लगेको ।

 

मानिसको कंकाल फेला परे सम्बन्धी,

तनहुँ, आबुँखैरेनी गा.पा.५ द्वोन्रद्राङ बेसी त्रिशुली नदी किनारमा इ.प्र.का.आबुँखैरेनीबाट खटिएको प्र.नि.को कमाण्डमा १२ जना, स.प्र.बल मनकामना गण भानुबाट स.प्र.स.नि. को कमाण्डमा १० जना, प्राविधीक(चेन पुल्ली) ५ जना र भरतपुर अस्पताल चितवनबाट खटी आएका फरेन्सिक मेडिसिन बिभागका डाक्टर सुरज शर्माको संयुक्त टोलीले उक्त पुरिएको गणपती डिलक्स ( बा. प्र.०३-००१ ख.२४९५) नम्बरको बस उत्खनन गरी ग्याँस कटरले काटी निकाल्ने क्रममा मृत मानिसको कम्मरदेखी माथी, शरिरको हड्डी, दाँत, बंगारा, टाउको सहितको कंकाल र पिंक कलरको पुरुषले लगाउने जस्तै देखिने सर्ट समेत फेला पारी कानुन बमोजीम मुचुल्का तयार गरी पो.मा.को लागि भरतपुर अस्पताल चितवन पठाएको, उक्त बसको ४०% भाग काटी नदीको किनारामा राखिएको ।

 

जनावर आक्रमण बाट मानिसको मृत्यु

दैलेख, भैरवी गा.पा. ६ कुर्माकोट बस्ने वर्ष ७७ को प्रदिप सिंह लाई आफ्नै घर नजिक जंगलमा बाख्रा चराउन गएको अवस्थामा एक्कासी जंगली जनावर बदेलले आक्रमण गरी घाईते बनाए पश्चात निजलाई घरमा ल्याई राखिएको अवस्था गम्भिर रहेकोमा ऐ. १६:२० बजे घाईतेको उपचारको लागि हस्पिटल पठाउने क्रममा आफ्नै घरमा मृत्यु भएको, ऐ. १४:३० बजे ऐ. बदेलले ऐ. बस्ने वर्ष ४० को दिपक सिजाली र ऐ. बस्ने वर्ष १८ को मिकेश सिजालीलाई आक्रमण गर्दा दिपक सिजालीको दाहीने खुट्टाको घुँडा, साप्रा , कम्मरमा बायाँ भागमा चोट अवस्था मध्यम रहेको र मिकेश सिजालीको बायाँ खुट्टामा सामान्य चोट अवस्था सामान्य रहेको दुबै जना घाईतेहरुलाई जिल्ला अस्पताल दैलेखमा ल्याई उपचार भैरहेकोमा ऐ. १७:३५ बजे दिपक सिजालीलाई जिल्ला अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी कालागाऊ सुर्खेततर्फ पठाईएकोमा जिल्ला बन सुरक्षा समितिका अध्क्षय एवम प्रमुख जिल्ला अधिकारी आनन्द सारुको अध्क्षतामा बसेको बैठकले कानून बमोजिम उक्त बदेललाई भगाउने प्रयास गर्ने, भाग्न नमानेमा मार्नको लागी जि.प्र.का. दैलेखलाई आदेश दिएकोमा उक्त घटना स्थलमा खटिएको प्रहरी टोलीले बदेललाई खो.त. गर्दै जाने क्रममा ऐ. स्थित रहेको कोलबारी सामुदायीक बनमा फेला पारी भगाउन खोज्दा भाग्न नमानेकोले प्र.ज. टेक बहादुर थापाको जिम्मामा रहेको ३०३ राईफल बाट १ राउण्ड गोली चलाउदा बदेलको दायाँ तर्फको खुट्टाको पाताको भागमा गोली लागी घाईते भई जंगल तर्फ भागेको ।

 

हा.ह.बरामद

डोल्पा, मिति २०८२/१०/११ गतेको १७:३० बजे डोल्पा जिल्लाको त्रिपुरासुन्दरी न.पा.-२ रसी गाउँ नजिकै शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ईलाकामा बन्दुक प‌ड्किएको जस्तो आवाज आएको भनि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयबाट श्री संग्राम सार्दुल गुल्ममा खबर प्राप्त हुनासाथ गुल्मबाट उ.से. गोपाल पुनको कमाण्डमा १/९ को नफ्रि र निकुञ्ज कार्यालयका २ जना कर्मचारी समेत इलाकामा पुगी अनुसन्धान गर्दा सो इलाकामा कुनै पनि किसिमको शंकास्पद वस्तु तथा गतिविधि भएको नपाएको, साथै ऐ.०६:३० बजे श्री संग्राम सार्दुल गुल्ममा सञ्चालन भईरहेको "अप्रेशन संरक्षण-१२" को दौरान गुल्म हैक्वा बाट हु. दिपक वि.क.को कमाण्डमा १/६ (शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी-२ सहित) को संयुक्त पट्रोल टोली सोही ईलाका तर्फ मुभ भई सर्चको कारवाही गर्ने क्रममा ऐ. १०:३० बजे उक्त रसी गाउँ नजिकैको जंगल ईलाकामा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक नाल-१ (एक),ऐ.को गोली गोटा-५ (पाँच),३. ऐ.को छर्रा गोटा-३ (तिन) ,बारुदक्रो सिसि गोटा-२ (दुई), सानो ब्याग गोटा -१ (एक),सलाई गोटा-१ (एक) बमोजिमको हतियार तथा गोली र अन्य सामानहरु फेला पारी निकुञ्ज कार्यालयका कर्मचारीलाई दोहोरो भरपाई गरि बुझाएको ।

 

ला.औ.

सुनसरी, इटहरी उ.म.न.पा.१७ पकली बस्ने मस्लाउदिन मियाको घरमा  ला.औ.कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले ऐ बस्ने वर्ष ३५ की जैतुन खातुन ऐ बस्ने वर्ष १९ को मोहमद सैफुदिन र ऐ बस्ने वर्ष ३५ की मन्जिना खातुनको घरमा लुकाइ छिपाइ राखिएको अवस्थामा रितपूर्वक खानतलासी गर्दा प्लाष्टिकको पोका थान-७ फेला पारी निकाली खोली हेर्दा ला.औ. ( खैरो हिरोईन )जस्तो देखिने लिसाईलो पदार्थ  शुद्ध  तौल ९ ग्राम ३५० मिलिग्राम फेला पारी ३ जनालाई नियन्त्रणमा लिई इ.प्र.का.पकलीमा ल्याई राखिएको ।

 

सुनसरी, अ.प्र.पोष्ट सखुवागाछीबाट खटिएको टोलीले ऐ. ईनरुवा न.पा.६ भोटेपुल स्थित सवारी साधन चेकजाँच गर्ने क्रममा को २ ह ६१२५ नं. को अटोलाई रोक्न खोज्दा नरोकी भगाएकोले शंकालागी उक्त अटोलाई फलो गर्ने क्रममा अटोलाई रोकी चेकजाँच गर्दा अटोमा अं. ९० के.जी.गाँजा जस्तो देखिने पदार्थ (तौल गर्न बाकी) फेला पारी रित पुर्वक बरामद गरी चालक जि.धनकुटा चौबिसे गा.पा.७ बस्ने वर्ष २५ को साजन लिम्बु र सोही अटोमा सवार ऐ. बस्ने वर्ष १९ को गगन लिम्बु समेतलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।