प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।१४ गते ०५:०० बजे देखि २०८२।१०।१५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-१५

  • A
  • A-
  • A+
Share

फुटकर ज्यान,

सप्तरी, राजविराज न.पा.६ थानगाछि स्थित देश भारत सुपौल जिल्ला घर भई हाल किरण होटल संचालन गर्दै आएकी किरण देवी रावतको होटलमा काम गर्ने ऐ.राजविराज न.पा.१५ देउरीभरुवा बस्ने उमाशंकर शर्माको श्रीमती अं.वर्ष ३५ की कुन्ति कुमारी शर्मा २।३ दिन देखि बिरामी भई औषधी सेवन गरीरहेकोमा मृत्यु भएको र मृतकको आफन्त कोही कसैलाई जानकारी नगराई लाश घरमा ऐ.०७:०० बजे एम्बुलेन्समा राखी होटल संचालकले पुर्‍याएकोमा शंका लागि सोही वडाको वडा सदस्यले अ.प्र.पोष्ट तितरीगाँछीमा जानकारी गराउनासाथ प्र.स.नि. र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाईएको, उल्लेखित होटल संचालक किरण देवि रावतलाई जि.प्र.का.सप्तरीले नियन्त्रणमा लिई   आवश्यक अनुसन्धान भइरहेको , लास कानुनि प्रक्रिया पुरा गरी ऐ. १०;२५ बजेको समयमा लाश पो.मा.को लागी गजेन्द्र नारायण अस्पताल राजबिराज सप्तरीको शब गृहमा ।

 

पर्सा, मिति २०८२/१०।१३ गते अं.१६:०० बजे वीरगंज म.न.पा.१२ मुर्ली चौक स्थित सम्झना होटलको रुम नं.२०१ मा बसिरहेको देश भारत हिमाञ्चल प्रदेश बस्ने लालचन्द शर्माको छोरा अं.वर्ष २५ को अभिषेक शर्मा बेहोस अवस्थामा रहेको भन्ने खबर ऐ.१४ गते १२:१५ बजे प्राप्त हुनासाथ व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई सोही रुममा बस्ने शंकित वीरगंज म.न.पा.११ रानीघाट बस्ने वर्ष २० को बाल कुमार जैसवाल र जि.सर्लाही मंलगवा न.पा.९ शिवसागर चोक घर भई हाल वीरगंज म.न.पा.१ रानीघाटमा डेरा गरी बस्ने वर्ष २४ को अमिष झालाई नियन्त्रणमा लिई व.प्र.का.श्रीपुरमा राखिएको, निज बेहोस व्यक्तिलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज पठाएकोमा चिकित्सकले ऐ.१२:५५ बजे चेकजाँच गर्दा मृत घोषणा गरेको, ऐ. १८:०० बजे पो.मा. पश्चात मृतकको दाई आशिष शर्माले बुझि लगेको

 

जबरजस्ति करणी/ बाल यौन दुर्व्यवहार,

दाङ, मिति २०८२।१०।१२ गते अं.२१:३० बजे घोराही उ.म.न.पा.४ सुनपुर बस्ने वर्ष २२ को पुरुषले निजकै घरमा पाहुना आएकी वर्ष २१ की महिलालाई घरकोठामा कोही नभएको अवस्थामा ज.ज.क.गरेको भनी मिति २०८२।१०।१३ गते १७:०० बजे प्रतिवादी मधुसुदन भुषालको नाममा किटानी जाहेरी दरखास्त दिएकोले जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादी मधुसुदन भुषाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

 

दाङ, घोराही उ.म.न.पा.१०नारायणपुर बजार बस्ने वर्ष २८ को रिगल डाँगीसँग बिगत २ वर्ष अगाडी देखिनै सामाजिक संजालबाट चिनजान भई कुराकानी हुदै आएकोमा मिति २०८२।१०।१० गते निज र निजको भाउजु कल्पना डाँगी समेतले बोलाई बिवाह गर्ने भनी जि.रोल्पा न.पा.५ घर भई जि.दाङ घोराही उ.म.न.पा.१० नारायणपुर डेरा गरी बस्ने वर्ष २२ की महिलालाई निजको घरमा गई घरबाट लिई गएकोमा ऐ.११ गते ईच्छा बिपरित ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ  जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई मिति २०८२।१०।१३ गते देखी लागु हुने गरी पहिलो पटक दिन ७ म्यादथप अनुमती लिई जि.प्र.का.दाङको हिरासतमा राखी आ.अ.भईरहेको, पिडित लाई बिस्तृत स्वास्थ्य परीक्षणको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा पठाई बिस्तृत स्वास्थ्य परीक्षणको कार्य नभ्याई पिडित लाई घोराही स्थित रहेको सेफ हाउसमा पठाईएको ।

 

सिन्धुपाल्चोक, मिति २०८२।१०।१२ गते अं.१७:३० बजे चौतारा साँगाचोकगढी न.पा.१२ साँगाचोक बजार स्थित ऐ.घर भई जनजागृती मा.वि.को शिक्षक वर्ष ४६ को जित राज गिरीले ऐ.साँगाचोक भञ्ज्याङ घर भई सोही विद्यालयमा कक्षा ७ मा अध्यनरत वर्ष  १२ की बालिकालाई यौनजन्य दुर्व्यबहार गरेको भनी ऐ. १४ गते अं.१३:०० बजे प्र.चौ. साँगाचोकमा निवेदन दिनासाथ प्र.चौ. साँगाचोकबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज शिक्षक जित राज गिरीलाई नियन्त्रणमा लिई प्र.चौ. साँगाचोकमा राखेको,. साँगाचोकमा स्थानीयहरु अं. १५० जना भेलाजम्मा भएको, उक्त स्थानमा जि.प्र.का. बाट प्र.नि.को कमाण्डमा १५ जनाको थप टोली खटी गएको ऐ. शिक्षकलाई जि.प्र.का.मा राखिएको, भेला जम्मा भएको मानिसहरु सबै तितरवितर भएको, अवस्था सामान्य रहेको ।

 

ठगी,

काठमाडौं, तारकेश्वर न.पा.१ साङ्ला छाप स्थित जि.ओखलढुङ्गा सिद्धिचरण न.पा.६ घर भई हाल का.जि.सुन्दरीजल बस्ने वर्ष ३३ को दावा शेर्पालाई मिति २०८२।१०।१२ गते देखी हाल नामथर वतन केही नखुलेको  ९८१२८८६८१२ नं.बाट फोन गरी कुरा भई अल्फाबेट नं.नखुलेको NS पल्सर मो.सा.मा सवार दुई जना मानिसहरुले अमेरिकि डलर सस्तोमा मिलाइदिने भनी बोलाई निज दावा शेर्पालाई कालो रुमालमा कागजको पोको दिई निजसंग रहेको नगद रु.१०,००,००० (दश लाख) लिई फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट प्र.नि.को कमाण्डमा सादा पोशाकको टोली सहित १५ जनाको टोली खटी गई फरार ब्यक्तिहरुको खो.त.तथा CCTV फुटेज हेर्ने क्रममा मो.सा.चालकले सेतो हुडि, कालो माक्स लगाएको र पछाडि बस्नेले रातो ज्याकेट रातो/रातो जस्तो देखिने हेल्मेट लगाएको अन्य हुलिया नखुलेको र कालो रंगको मो.सा.खुल्न आएको, खो.त.कार्य भईरहेको ।

 

पक्राउ नियन्त्रण,

काठमाण्डौ, का.जि.कागेश्वरी मनोहरा न.पा.६ मुलपानी  स्थित काठमाण्डौ उपत्यकामा बिगत ३ महिना देखी रातको समयमा ३/३ जनाको दरले चढी २ वा ३ वटा मो.सा.मा आई एक्लै दुक्लै सार्बजनिक सडक-खण्डमा हिडिरहेका मानिसहरुले लगाएको गर-गहना लुटपाट गर्ने मानिसहरुलाई जि.प्रहरी परिसर काठमाण्डौ भद्रकाली र बृत्त बौद्धबाट खटी गएको संयुक्त  प्रहरी टोलीले काठमाण्डौका बिभिन्न स्थानमा शंका लागी चेकजाच गर्ने क्रममा जि.काभ्रे सल्ले भुम्लु गा.पा.३ घर भई हाल ऐ.मुलपानी बस्ने वर्ष २३ को बिनय तामाङले चलाई ल्याएको बा ७० प २९८० नं.को मो.सा.चेकजाँच गर्न खोज्दा बृत्त स्वयम्भु दरबन्दी भई जि.प्रहरी परिसर काठमाण्डौमा कार्यरत प्र.स.ह.मोहन भट्ट र वृत्त बौद्धमा कार्यरत प्र.ज.पुष्पराज भण्डारीलाई मो.सा.ले हान्न खोजी भाग्ने क्रममा घाईते भई स्तुपा सामुदायिक अस्पतालमा उपचार भईरहेको,प्र.स.ह. मोहन भट्टको दुबै हात र घाँटीमा चोट,अवस्था मध्यम,प्र.ज.पुष्पराज भण्डारीको दुबै हात,खुट्ट्मा चोट,बोल्न सक्ने मध्यम र उक्त मो.सा.चालक बिनय तामाङलाई नियन्त्रणमा लिने क्रममा बेरेटा US  लेखेको पेस्तोलबाट २ राउण्ड गोली फायर गर्दा निज बिनय तामाङ पनि घाईते भई उपचारको लागी ट्रमा सेन्टर लगि उपचार भईरहेको,दाहिने खुट्टाको पिडुलामा चोट,बोल्न सक्ने,अवस्था मध्यम,बृत्त बौद्धबाट प्र.ना.उ.को कमाण्डमा २५ जनाको प्रहरी टोली खटी गएको,उक्त स्थानमा चेकजाच गर्ने क्रममा जि.रामेछाप दोरम्बा गा.पा.८ घर भै हाल का.जि.कागेश्वरी मनोहरा न.पा.६ मुलपानी बस्ने वर्ष २२ को बिशाल तामाङ लगायत ९ जनालाई (२ मो.सा.,१ ट्याक्सी,१ फिगो )सहित नियन्त्रणमा लिई बृत्त बौद्धमा ल्याई राखिएको ।

 

विरोध/ भेलाजम्मा,

बर्दिया, मिति २०८२।१०।१४  गते ११:०० बजे निर्वाचन प्रहरी भर्ना छनोटमा नाम नभएका अं.२५।३० जना जिल्ला प्रशासन कार्यालयको गेटमा आई सम्झाई बुझाई गरी निजहरु जि.प्र.का.को गेटमा आई बिभिन्न माग राखी भेलाजम्मा भएकोले प्र.नि.को कमाण्डमा २० जनाको टोलीले सम्झाई बुझाई गर्दा समेत नमानेकोले गुलरिया न.पा.१ खैरापुर बस्ने वर्ष २२ को अर्जुन रसाईली (दर्ता नं.२०६३), मधुवन न.पा.७ दशरथ बस्ती बस्ने वर्ष अं.३९ को पूर्ण बहादुर सुनार (दर्ता नं.१३०),  बढैयाताल गा.पा.२ फुटाहा बस्ने वर्ष १९ की कबिता पुरी (दर्ता नं.३३२४) र गुलरिया न.पा.३ बस्ने वर्ष २१ को धुर्ब सिंह बन्जारा  निर्वाचन प्रहरीमा फर्म नभरेको) नियन्त्रणमा लिई जि.प्र.का.बर्दियामा राखिएको ।

 

ला.औ.,

बाँके, नेपालगंज उ.म.न.पा.११ स्थित CST होटलमा जि.बर्दिया बढैयाताल गा.पा.५ जगतपुर बस्ने वर्ष २५ सन्देश थारु र निजको श्रीमती वर्ष २३ की कनिना थारु मिति २०८२।१०।१३ गते राती बास बसेकोमा निज सन्देश थारुले मा.प.से.गरी होटल तोडफोड गर्न खोज्दा निजलाई होटल संचालक सन्तोष खड्काले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरे पश्चात व.प्र.का.नेपालगंजबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निजहरुलाई नियन्त्रण लिने क्रममा निजहरुको साथबाट ६१ ग्राम २०० मिलिग्राम ला.औ.ब्राउन सुगर जस्तो देखी खैरो धुलो पदार्थ, मो.सा.भे १० प ८२७५ नं.को मो.सा.फेला पारी फेला पारी उक्त ला.औ सहित दुबैलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।