प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।१५ गते ०५:०० बजे देखि २०८२।१०।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-१६

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

गुल्मी, मिति २०८२।१०।१४ गते राती २०:०० बजे, इश्मा गा.पा. २ छल्दीटार बस्ने वर्ष ४६ को सन्त ब. कुमालले मा.प.से. गरी आफ्नै ३ महिनाको शिशु छोरा सुवास कुमाललाई भुईमा पछारेर मारेको भनि ऐ.१५ गते ०९:३० बजे निजको जेठी छोरी सरिता कुमालले प्र.चौ. हस्तिचौरमा जानकारी गराउन साथ प्र.स.नि.को कमाण्डमा टोली खटिई गई निज सन्त कुमाललाई नियन्त्रणमा लिएको, शव घटना स्थलमै सुरक्षित रहेको, मार्नुको कारण नखुलेको, थप अनुसन्धानको लागी जि.प्र.का.गुल्मीबाट प्र.नि.को कमाण्डमा टोली खटिएको, थपअपडेट:-मिति २०८२।१०।१५ गते १५;३० बजे लास पो.मा. पश्चातम निजको आमा कमला कुमालले बुझिलिएको ।

 

जबरजस्ति करणी/ बाल यौन दुर्व्यवहार,

काठमाण्डौ, मिति २०८२।१०।१२ गते १२:०० बजे भारत देश सितामढी घर भई हाल का.म.न.पा.२३ बसन्तपुर बस्ने वर्ष १४ की बालिकालाई जि.तनहुँ बन्दीपुर घर भई हाल ऐ.बस्ने वर्ष २८ को पुरुषले पिडितलाई निजको डेराकोठामा सुतिरहेको अवस्थामा निजको संबेदनशील अंगहरुमा छुने गरेको भन्ने जाहेरी दरखास्त मिति २०८२।१०।१४ गते १८:०० बजे जिल्ला प्रहरी परिसर महिला बालाबलिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भद्रकालीमा प्राप्त भए पश्चात प्रहरी बृत्त जनसेवाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटिई ऐ.१९:०० बजे का.म.न.पा.चिकमुगलबाट निज प्रतिबादीलाई नियन्त्रणमा लिई बालयौन दुर्ब्यवहार मुद्दा दर्ता गरी सम्मानित अदालतबाट म्याद थप गरी अ.अ.कार्य भई रहेको ।

 

बाँके, बाँके खजुरा गा.पा.७ घर भई हाल जिल्ला बाँके बैजनाथ गा.पा.६ एच गाँउमा मज्दुरी काम गरी बस्ने बस्ने वर्ष ३० को अंगतराम अहिरले पिडित बर्ष १७ की परिवर्तित नाम थर ६५ कोहलपुर (०८२।०८३ ) २० लाइ दुध लिन गएको अवस्थामा फेला पारी ललाइ फकाइ गरी निजले आफु काम गर्ने गोठमा लगी ज.ज.क गरेको भन्ने प्राप्त सुचनाको आधारमा प्र.चौ. सम्झना बाँके बाट प्र.ना.नि धन बहादुर थापा (९८५८०४२३१०) को कमाण्डमा २ जना र इ.प्र.का कोहलपुर बाँके बाट प्र.नि आच्युतराज आचार्य (९८५७८९०८४२) को कमाण्डमा SOCO सहित ७ जनाको टोली खटी गइ ज.ज.क गर्ने अंगतराम अहिरलाइ नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानको लागी इ.प्र.का. कोहलपुर बाँकेमा लिइ राखिएको,पिडित लाइ स्वस्थ्य परिक्षणको लागी भेरी अस्पताल नेपालगंज बाँके पठाइएको अवस्था सामान्य रहेको ।

 

नवजात शिशू मृत फेला,

काठमाण्डौ, का.म.न.पा.८ पशुपती बिश्वरुपा मन्दिर नजिकै महिना पुगि जन्मिएको जस्तो देखिने छोरा जातको नवजात शिशू बेवारिसे मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी बिट पशुपतीबाट प्र.स.ह.को कमाण्डमा र प्रहरी वृत्त गौशालाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.बि.शिक्षण अस्पताल महाराजगंज पठाएको ।

 

चोरी,

झापा, मिति २०८२।१०।१५ गते राती के-कुन समयमा बिर्तामोड न.पा.१ पञ्चकन्या प्लटिङ स्थित रहेको पुनम देवी साहको २ तले घरमा कोही नभएको अवस्थामा सुत्ने कोठाको ताल्चा फुटाई दराज भित्र रहेको बिभिन्न सुनको गरगहना ६ तोला, चाँदीको गरगहना १२ तोला र नगद रु.२० हजार गरी अं.मु.रु.१९ लाख बराबरको धनमाल चोरी भएको भनी ऐ.०९:०० बजे इ.प्र.का.अनारमनीमा जानकारी प्राप्त हुनासाथ इ.प्र.का.अनारमनीबाट प्र.नि.को कमाण्डमा टोली खटी गइ चोरी हर्ने व्यक्तिको खो.ता.कार्य भई रहेको ।

 

मानिस मृत फेला,

म्याग्दी, मिति २०८२।१०।१५ गते ०८:०० बजे जि.म्याग्दी रघुगंगा गा.पा.३ चमेरे स्थितमा रहेको J.P. हाइड्रो पावर निर्माण कम्पनिले निर्माण गरी राखेको निर्माणाधिन ४० मेघावाट क्षमताको राहुघाट हाइड्रो पावरको पावर हाउसमा सेक्युरिटी गार्डको काम गर्ने जि.ईलाम माई न.पा.९ घर भएको अ.वर्ष ५५ को भिष्म पौडेल (ऐ.१४ गते २०:०० बजे देखि ऐ.१५ गते ०८:०० बजे सम्मको लागि डियुटी बसेको) सोही हाइड्रो पावरको निर्माणाधिन पावर हाउसको भुईतलामा मृत अवस्थामा रहेको भनी सोही हाइड्रोमा काम गर्ने बिकास लामाले ०८:३० बजे टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा २ जनाको प्रहरी टोलि खटिगई घटना स्थल सुरक्षित राखेकोमा थप अनुसन्धानको लागि जि.प्र.का.म्याग्दीबाट प्र.ना.उ.को कमाण्डमा SOCO सहित ९ जनाको प्रहरी टोली खटिगएको, थप अपडेट:- ऐ.१३:२५ बजे गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन उपशाखा पोखराबाट प्र.ना.नि.मिलन के.सी.को कमाण्डमा ४ जनाको टोलीले टाईसन नाम को ट्रयाकर बिषयको कुकुर ल्याई अनुसन्धान कार्य भईरहेको । ऐ.१४:५० बजे घटना स्थल तथा लाश जाँच मुचुल्का समाप्त पश्चात शव पो.मा.को लागि प्रदेश अस्पताल बेनी म्याग्दी पठाईएकोमा ऐ.१६:०० बजे गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन उपशाखा पोखराबाट प्र.ना.नि.मिलन के.सी.को कमाण्डमा ४ जनाको टोलीले टाईसन नामको ट्रयाकर बिषयको कुकुर ल्याई अनुसन्धान कार्य पश्चात खटि आएको टोलि फिर्ता भएको, अनुसन्धानको लागि J.P. हाइड्रोपावर निर्माण कम्पनिमा सेक्युरिटी गार्डको काम गर्ने निम्न ४ जना व्यतिहरु नियन्त्रणमा ल्याई थप अनुसन्धन कार्य भई रहेको ।

१. जि.म्याग्दी बेनि न.पा.९ बस्ने वर्ष ३७ को कृष्ण बहादुर चोखाल

२. भारतको उत्तर प्रदेश बस्ने वर्ष २९ को बिनयक सिंह

३. जि.म्याग्दी रघुगंगा गा.पा.३ बस्ने वर्ष ५३ को गिरी बहादुर मल्ल

४. जि.म्याग्दी मंगला गा.पा.२ बस्ने वर्ष २९ को भिम प्रसाद किसान

थप अनुसन्धानको लागी J.P. हाइड्रोपावर निर्माण कम्पनिमा सेक्युरिटी गार्डको काम गर्ने निम्न १ जना, ट्याटर चालक १ जना र अन्य २ जना गरी जम्मा ४ जना व्यतिहरु ऐ.२३:३० बजे नियन्त्रणमा लिई थप अनुसन्धन कार्य भईरहेको

५.जि.म्याग्दी रघुगंगा गा.पा ३ बस्ने वर्ष ५९ को गम बहादुर सेन्चुरी

६.जि.म्याग्दी बेनी न.पा.९ बस्ने ट्याक्सी चालक वर्ष ४१ को शिव पुरी

७.जि.रुपन्देही घर भई हाल सोहि हाईड्रोको ट्याक्टर चालक वर्ष ३१ को तुल बहादुर गुरुङ

८.भारत बिहार घर भई कवाडी उठाउने वर्ष ३९ को सन्तोष कुमार जैसवल

 नोट:-शव प्रदेश अस्पताल म्यग्दी वेनीको शवगृहमा राखीएको, पो.मा.हुन बाँकी ।

 

धारिलो हतियार प्रहार,

भोजपुर, टेम्केमैयुङ गा.पा.७ जौनागी बस्ने वर्ष ६२ को उत्तर कुमार राईले लेनदेनको बिषयलाई लिएर ऐ.वस्ने छिमेकी वर्ष ४४ को दिवस राईलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी घाईते बनाएको दुबै कानको माथील्लो भागमा चोट रहेको,अवस्था बोल्न नसक्ने (गम्भिर) रहेको भन्ने खवर  प्राप्त हुनासाथ प्र.चौ.कोट भोजपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगई घाईतेलाई उपचारको लागी स्वास्थ चौकी कोटमा सामान्य उपचार पश्चात ऐ. १६:३० बजे थप उपचारको लागी जिल्ला अस्पताल भोजपुर पठाइएको, खुकुरी प्रहार गर्ने उत्तर कुमार राईलाई खुकुरी सहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी जि.प्र.का.भोजपुर पठाइएको ।

 

ला.औ.,

भोजपुर, हतुवागढी गा.पा.९ मचुवा स्थित धनकुटा जिल्लाको सहिदभूमी गा.पा.जोड्ने झोलुङ्गे पुलको मुखमा ना.७ त.३५० नं.को ट्याक्टरमा लोड गरी ल्याएको ४३ वटा प्लाष्टिकको बोरामा अं.५०० के.जि.(एकिन तौल गर्न बाँकी) ला.औ.गाँजा मचुवाबाट अखुवाटार जोड्ने झोलुङ्गे पुलबाट भोजपुरको मचुवादेखि धनकुटाको अखुवाटार तर्फ लैजान लागेको अवस्थामा प्र.चौ.हसनपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले पेला पारी उक्त ला.औ.र ट्याक्टर सहित ट्याक्टरमा सवार आमचोक गा.पा.९ बस्ने वर्ष २९ को रुद्र बहादुर श्रेष्ठ समेत ९ जना मनिसहरुलाई नियन्त्रणमा लिई आ.अ. भइरहेको, उक्त ला.औ.गाँजा जि.भोजपुर आमचोक गा.पा.९ बस्ने वर्ष २९ को रुद्र बहादुर श्रेष्ठले आमचोकबाट लगेको भन्ने बुझिन आएको, उक्त स्थानमा इ.प्र.का.घोडेटारबाट प्र.नि.को कमाण्डमा थप टोली खटी गएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।