प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।२० गते ०५:०० बजे देखि २०८२।१०।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-२१

  • A
  • A-
  • A+
Share

निर्वाचन प्रहरी लडि मृत्यु,

बैतडी, दशरथचन्द न.पा. ०४ खरकटे सल्लेरी भन्ने स्थानमा ऐ.ऐ.०४ बस्ने वर्ष अं.२७ को दर्ता नं.६६३ को निवार्चन प्रहरी प्रकाश चन्द ऐ.०५ चमखाली खेलकुद मैदानमा संचालन भई रहेको निवार्चन प्रहरी तालिम सकिएर घर तर्फ जाने क्रममा भिर बाट अं.३००।४०० मिटर तल खसेको भन्ने स्थानियले टे.फो.मार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्र.नि.बलदेव बडु(९८५८७९००८७) को कमाण्डमा SOCO सहित ९ जनाको टोलि खटि गएको,  थप टिपोट:-ऐ.२२:४५ बजेको समयमा प्र.नि बलदेव बडुको कमाण्डमा खटिएको टोलि घट्नास्थलमा पुगि बुझ्दा निजको मृत्यु भईसकेको बि.बि पछि ।

 

ज.ज.क. , उद्योग,  बाल यौन दुर्व्यवहार,

डडेल्धुरा, मिति २०८२।१०।१८ गते १९:०० बजे, ऐ.परशुराम न.पा.१२ तुलाभाडी स्थित ऐ. बस्ने वर्ष १५ की बालिकालाई ऐ. बस्ने वर्ष ६९ को धौले  धामीले  घर नजिकै रहेको शौचालयबाट फर्कने क्रममा एक्लै भएको मौका पारी ललाई फकाई गरी ज.ज.क.गर्न खोजेको भनि जि.प्र.का.मा जानकारी गराउनासाथ ऐ.१०।१९ गते निज धौले धामीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएकोमा ऐ.१०।२० गते १६:०० बजे पीडितका आफन्तहरुले किटानी जाहेरी दिए पश्चात धौले धामीलाई जिल्ला अदालत डडेल्धुरामा पेश गराई दिन ०७ म्याद थप गरी जि.प्र.का.डडेल्धुराको हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भईरहेको ।

 

धादिङ, मिति २०८२/०९/१८ गते अं.१८:३० बजे,गजुरी गा.पा.५ खहरे जंगलको छेउमा ऐ.बस्ने वर्ष २६ महिलालाई जि.धादिङ गल्छी गा.पा.१ बस्ने वर्ष २४ को बिशाल खतिवडाले खहरे जंगलमा ज.ज.क.गरेको भन्ने ऐ.२० गते इ.प्र.का.गजुरीमा किटानी जाहेरी दिए पश्चात इ.प्र.का.गजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, ।

 

चोरी,

काठमाण्डौ, काठमाण्डौ म.न.पा.०६ बौद्ध टुसाल नजिक घर भई बस्ने रिन्जी लामाको ५ तले घरको चौथो तलामा कोई नभएको अवस्थामा अपरिचित मानिसहरु कोठाभित्र प्रवेश गरी दराजमा रहेको सुनको माला १३ तोला लगायत सुन तथा चाँदीका विभिन्न गर-गहनाहरू गरी अं. १,०४,५३,९००/-(एक करोड चार लाख त्रिपन्न हजार नौ सय) बराबरको सामान चोरी भएको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त बौद्धबाट प्र.ना.उ.को कमाण्डमा सादा पोशाकको टोली खटी गएको, चोरी गर्ने मानिसहरु फरार रहेकोले खो.त.कार्य भईरहेको ।

 

कपिलवस्तु, कपिलवस्तु न.पा.वडा नं.०९ निग्लिहवा स्थित सुग्रिम कुर्मीको घरमा ३ जना व्यक्तिहरु घर भित्र  पसि हसिया देखाई सुग्रिम कुर्मीको श्रीमती वर्ष ३८/४० की रुकमिडि कुर्मीको कानमा लगाएको ५ आनाको सुनको टप,नाकमा लगाएको १.५ आनाको सुनको फुली,चाँदिको अं.२ तोला बराबरको २  वटा मोवाईल समेत लुटी भाग्दै गरेको अवस्थामा स्थानियहरुले देखि देश भारत जिल्ला सिद्धार्थनगर जोगियाथाना ग्राम गोपिजोत बस्ने वर्ष २७ को मोहम्मद संसाद मुसलवानलाई नियन्त्रणमा लिई स्थानिय ब्यक्तिहरुले कुटपिट गर्दा निजको अनुहार,दाहिने खुट्टा र टाउकोमा चोट अबस्था सामान्य,रहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पो.जगदिशपुरताल कपिलवस्तुबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई भारतिय नम्बर प्लेटको  UP55AX3908 नं.को अपाच्य  मो.सा.नियन्त्रणमा लिईएको अन्य २ जना फरार खो.त.भईरहेको ।

कैदी मृत्यु

काठमाण्डौ, काठमाण्डौ म.न.पा.११ जगन्नाथदेवल स्थित भद्र बन्दी सुधार गृहमा (कारागार दाखिला मिति २०८०।०५।२५ गते, सजाय :-५ वर्ष कैद) जि. धनुषा जनकपुरधाम उ.म.न.पा.०७ स्थायी वतन भएका वर्ष ४८ को ज्या.मा.उ.मुद्दाका कैदी गणेश प्रसाद साह कलेजो सम्बन्धी बिरामी भई मिति २०८२।१०।१६ गते उपचारको लागि वि.पी.स्मृती अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा ऐ.१०।२० गते १०:०० बजे उपचारको क्रममा मृत्यु भएको, शव आफन्तले बुझी लगेको ।

 

काठमाण्डौ, जिवन राई समेत ८८ जनाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जि. काठमाण्डौ काठमाण्डौ म.न.पा.०५ बस्ने वर्ष ५७ को कान्छा भाई डंगोल श्री काठमाण्डौ जिल्ला अदालतको मिति २०८१।०६।११ गतेको आदेशानुसार ठगी मुद्धामा डिल्लीबजार कारागारमा थुनामा रहँदै आएकोमा मिति २०८२।१०।१७ गते १६:०० बजे बिरामी भई उपचारका लागि वीर अस्पताल लगिएकोमा ऐ.२० गते ०७:३५ बजे उपचारको क्रममा मृत्यु भएको, घटनास्थल मुचुल्काको लागि प्रहरी वृत्त जनसेवाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि  शिक्षण अस्पताल महाराजगञ्ज पठाएको ।

 

हातहतियार बरामद,

बांके, नेपालगंज उ.म.न.पा.२१ पुरैना स्थित ऐ.ऐ.बस्ने पराना अहिरको खेतमा रहेको परालको कुन्युमा पेस्तोल लुकाई राखिएको छ भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.नि.को कमाण्डमा ५ जना प्रहरी टोलि खटिगई परालको कुन्युमा लुकाई छिपाई राखिएको कटुवा पेस्तोल(साबुत) थान १ र ऐ.को कार्टिज थान २ बेवारिसे अवस्थामा फेलापारी बरामद गरी थप अनुसन्धानको लागी जि.प्र.का.बाँकेमा ल्याई राखिएको ।

 

ललितपुर, जि.दोलखा भिमेश्वर न.पा.०९ खरिढुङगा घरभई हाल जि.ललितपुर ललितपुर म.न.पा.११ चाकुपाट खटल टोल स्थित विजय शाक्यको साडे तीन तले घरको पहिलो तलामा डेरा गरी बस्ने वर्ष ५५ को हेम बहादुर तामाङको कोठामा पेस्तोल लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग पुल्चोकबाट प्र.नि.को कमाण्डमा टोली खटी गई  खानतलासी गर्दा 100634F नं. रिभोल्बर (मेडिन USA) थान-१ बरामद गरी जि.रौतहट चन्द्रनिघापुर नगरपालिका घर भई हाल का.जि.पेप्सिकोला बस्ने वर्ष २२ को सुशिल स्याङ्ताङ लगायत ३ जनालाई नियन्त्रणमा लिई जि.प्र.परिसर ललितपुरमा पठाईएको ।

 

सुन बरामद,

काठमाण्डौ, सुनगाभा सगरमाथा सर्भिस प्रा.ली.कम्पनी मार्फत विमानस्थलमा सरसफाई कार्यमा खटिएका जि.ओखलढुङ्गा चम्पादेवी गा.पा.५ स्थाई वतन भई जि.काठमाडौं, काठमाडौं म.न.पा.६ बौद्ध बस्ने अं.वर्ष ४० को डिक बहादुर राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन अध्यागमन एरियामा रहेको Dustbin को फोहोर संकलन गरी बाहिर निकाल्ने क्रममा आगमन तर्फको पास होल्डर गेट (प्रहरी चेकिङ पोष्ट)मा निजले लिई आएको कालो रंगको प्‍लाष्टिकको फोहोरको पोकालाई X-Ray Machine मा Screening गर्दा शंकास्पद देखिएकोले उक्त पोकालाई खोली हेर्दा कागजमा पोका पारिएको सुन जस्तो देखिने पँहेलो रंगको धातुको सिक्रिलाई कुच्याएको टुक्राहरुको अं.तौल ४.४ ग्राम विमानस्थल बाहिर लैजान लागेको अवस्थामा फेला पारेकोले उक्त धातु सहित निजलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरणमा बुझाएको ।

सवारी दुर्घट्ना (निर्बाचन प्रहरीको मृत्यु),

रूपन्देही, तिलोत्तमा न.पा.१५ स्थित तीन जना सवार चालक जि.रूपन्देही सिद्धार्थ न.पा.९ बस्ने वर्ष २५ को बाबुराम यादवले चलाएको लु.४६ प ३३९ नं.को मो.सा.अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खाई दुर्घटना भएको खबर प्राप्त हुनासाथ इ.प्र.का.मंगलापुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई मो.सा.चालक सहित ३ जना घाईते भई उपचारको लागि क्रिमसन हस्पिटल मणिग्राम पठाएकोमा ऐ.०७:३५ बजे चिकित्सकले चेकजाँच गरी मो.सा.चालकलाई मृत घोषणा गरेको,  मृतक दर्ता नम्बर ८९०३ व.प्र.का.भैरहवामा निर्वाचन प्रहरी सम्बन्धी तालिमरत रहेको भन्ने बुझिएको,शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि लुम्बिनी प्रदेशीक अस्पताल बुटवल पठाएकोमा ऐ.१६:२५ बजे को पो.मा.पश्चात शव निजको दाइले बुझी लगेको, पछाडी सवार ऐ. बस्ने वर्ष ३० को विष्णु अर्याललाई ऐ.१२:२० बजे थप उपचारको लागि भारतको गोरखपुर लगेको, र ऐ. बस्ने वर्ष २५ को इन्द्र राशन केवटलाई ऐ.१३:४५ बजे थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेको, घाईते दुवैको अवस्था मध्यम ।

 

SLR को राउण्ड र ला.औ. सहित नियन्त्रणमा,

मकवानपुर, मनहरी गा.पा. ९ खरङ्गा स्थित जेठान अजय लामाले बैनि ज्वाई नाता पर्ने जि.रौतहट बागमती गा.पा.९ बागमती घर भएको वर्ष२९ को बिकाश तामाङलाई बस्न दिएको घरमा ला.औ.सेवन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.नेवारपानी मकवानपुरबाट प्र.ना.नि.को कमाण्डमा टोलि खटी गई बिकाश तामाङ, ला.औ.सेवन गरिरहेको जि.मकवानपुर मनहरी गा.पा.९ खरङ्गा बस्ने वर्ष १९ को समिर दोङलाई नियन्त्रणमा लिई निजहरु बसेको स्थानमा चेकजाँच गर्दा बिकाश तामाङको बेडमा  SLR राईफलमा लाग्ने गोली १ राउण्ड र  समिर दोङ बसेको स्थान नजिक ला.औ.खैरोहिरोईन जस्तो देखिने प्लाष्टिक बाहेक २६० मिलिग्राम फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याई आ.अ.भईरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।