प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।२२ गते ०५:०० बजे देखि २०८२।१०।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-२३

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

झापा, भद्रपुर न.पा.-१० धनुषमोड बस्ने वर्ष ६४ को खेमराज ढकाललाई निजको घरमा जि.सिरहा बिष्णुपुर गा.पा.१ बस्ने वर्ष २६ को दिनेश कुमार सिंहले सुईले घाँटिमा घोपी घाईते बनाएको र निजलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा लगी चेकजाँच गाराउदा डाक्टरले ऐ.१९:२५ बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा जि.प्र.का.झापाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, सुई प्रहार गरी कर्तव्य गर्ने व्यक्तिलाई सुई सहित नियन्त्रणमा लिई जि.प्र.का.झापामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

शंकास्पद मृत्यु,

नुवाकोट, बेलकोगढी न.पा.९ चिउरेनी स्थितमा वतन नखुलेको अं.वर्ष ४४ को सन्तमान तामाङको शव शंकास्पत रुपमा जमीनमुनी गाडीएको अवस्थामा फेला परेको भनी स्थानीयले प्र.चौ.बाघखोरमा जानकारी गराउनासाथ जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको, ऐ.१४;३० बजे शंकास्पद ब्यक्ति ऐ. बस्ने अं.वर्ष ३३ को शिव तामाङ र ऐ.बस्ने अं.वर्ष ३५ को शेषमान तामाङलाई नियन्त्रणमा लिएको, थप अनुसन्धानको लागि ऐ.१५:३५ बजे प्रहरी प्रधान कार्यालय K-9 शाखाबाट प्र.ना.उ.को कमाण्डमा २ वटा Dog सहित टोली खटी गई घटनास्थल पुगी स्न्यापिङ कार्य सुरु भएको, मृतक जिल्ला नुवाकोट बेलकोटगढी न.पा.६ पञ्चासेपानी घर भई हाल ६/७ वर्ष देखी बेलकोगढी न.पा.९ चिउरेनी ससुराली घरमा बस्दै आएको, ऐ.२०.१५ बजे प्रारम्भिक अनुसन्धान गरी प्र.प्र.का.बाट खटी आएको dog snapping टोली फिर्ता भएको, ऐ.२०.३० बजे मुचुल्का पश्चात शव पो.मा.को लागि जिल्ला अस्पताल त्रिशुली पठाएको ।

 

ज.ज.क.,

जाजरकोट, मिति २०८२।०४।१६ गते २०:४५ बजे भेरी न.पा.७ डौरीखोला बस्ने सन्तोष परियारको छोरी वर्ष अं.१६ की नाबालिकालाई निजकै घरमा कोही नभएको अवस्थामा ऐ.बस्ने वर्ष अं.१८ को हेमन्त बिश्वकर्माले ज.ज.क.गरी गर्भ समेत रहन गएको भनी भेरी न.पा.महिला तथा बालबालिका शाखा प्रमुख सारदा शर्माले मिति २०८२।१०।२२ गते १७:०० बजे जि.प्र.का.जाजरकोटमा जानकारी गराउनासाथ इ.प्र.का.जगतीपुरबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज पिडीतलाई उद्दार गरी भेरी न.पा.स्थित सेभ हाउस (Safe House) मा राख्न पठाएको, पिडक फरार, खो.त.भईरहेको

 

श्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा,

काठमाण्डौ, बुढानिलकण्ठ न.पा.१ तौलुङ एरियामा प्रहरी प्रभाग बुढानिलकण्ठबाट प्र.ना.नि.को कमाण्डमा खटिएको मोवाईल टोलीले गस्ती गर्ने क्रममा रातको समयमा शंकास्पद तरिकाले सडकमा हिँडिरहेको अवस्थामा फेला पारी निजलाई सोधपुछ तथा शरीर चेकजाँच गर्दा जि.उदयपुर घर भई हाल का.जि.कोटेश्वर बस्ने अं.वर्ष ४५ को प्रबिन किसनको साथबाट हाल सम्म श्रोत नखुलेको नगद  रु. १८,५०,०००/- (अठार लाख पँचास हजार हजार) फेला पारी बरामद गरी प्रहरी प्रभाग बुढानिलकण्ठको नियन्त्रणमा लिई थप आ.अ.कार्य भईरहेको ।

 

चोरी, लुटपाट,

सर्लाही, लालबन्दी न.पा.७ लालबन्दी बजारमा रहेको छिमेकी लघु बित्तिय संस्थामा अं.४/ ५ जना मुखमा कालो पट्टी बाँधी आएको अपरिचित मानिसहरुले उक्त संस्थाभित्र प्रवेश गरी काम गरिरहेको कर्मचारीहरुलाई चक्कु देखाई कर्मचारीसँग रहेको नगद अं.२०००।-, मोवाईल तथा संस्थामा रहेको नगद अं.८५,०००।– (पचासी हजार) समेत गरी जम्मा अ.मु.रु. ८७,०००।- र उक्त संस्था भित्र रहेको CCTV को Hard Disk समेत लिई कर्मचारीहरुलाई भित्र नै राखी बाहिरबाट चुकुल लगाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.लालबन्दीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई थप बुझ्ने कार्य भईरहेको, ऐ.१७:०० बजे जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा १० जना र इ.प्र.का.लालबन्दीबाट प्र.नि.को कमाण्डमा ९ जना समेत गरी जम्मा १९ जनाको टोली खटी गई लुटपाटमा संलग्न रहेको मानिसको पहिचान तथा खो.त.भईरहेको, उक्त संस्थामा काम गर्ने जि.मकवानपुर हेटौडा न.पा.९ घर भई हाल जि. सर्लाही लालबन्दी न.पा.७ डेरा गरी बस्ने वर्ष ३७ को नवराज श्रेष्ठ लगायत ४ जना रहेकोमा नवराज श्रेष्ठ सामान्य घाईते भई लालबन्दी स्थित रहेको मेक्स अस्तालमा उपचार भईरहेको, अवस्था सामान्य रहेको, लुटपाटमा संलग्न मानिसहरु मध्ये ४ जनाले खरानी रंगको ट्रयाक लगाएको र एक जनाले कालो रंगको कोट लगाएको भन्ने बुझिएको, थप बुझ्ने क्रममा ऐ.हरिवन न.पा.१० बस्ने छिमेकी लघु बितिय संस्था लि.को सदस्य कल्पना थापाले सोही संस्थाबाट रु.८५,०००-। ऋण निकाली संस्थाबाट बाहिर जाने क्रममा निजलाई बाहिर जान नदिई निजको साथबाट ८५०००/- हजार लुटी लगेको भन्ने खुल्न आएको ।

 

सवारी दुर्घटना,

बैतडी, पुर्चैडी न.पा वडा नं. ०७ बडचौर स्थित ढोल्यामोड पुर्चौडी भित्री सडक खण्डमा पुर्चौडी बैतडी बाट बझाङ तर्फ जादै गरेको चालकको नामथर वतन नखुलेको सु.प.प्र.०२-००१ख १११९ नम्बरको पवनदुत यातायातको बस एक्कासि अनियन्त्रीत भई सडक बाट अं.१५० मिटर तल खस्न गई दुर्घटना हुदा उक्त बसमा सवार संख्या एकिन नभएको, उक्त स्थानमा इ.प्र.का पाटन बाट प्र.नि.ईन्द्र राज भट्ट(९८५८७५१३१०)को कमाण्डम १५ जना टोलि खटि गएको  ।

मृतकहरुको नामावली:-

१)      जिल्ला बझाङ बित्थडचिर गा.पा वडा नं. ०७ बस्ने वर्ष ४० को केशब राज जोशी

२)      ऐ.ऐ.बस्ने वर्ष १३ को अशोक राज जोशी

३)      ऐ.ऐ.बस्ने वर्ष ३५ को बसन्त जोशी

४)      ऐ.ऐ.बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी(उपचारको क्रममा)

५)      ऐ.ऐ.बस्ने वर्ष ४२ को नरेश राज जोशी(उपचारको क्रममा)

६)      ऐ.केदारस्यु गा.पा ०४ बस्ने वर्ष ६० को मोहन देव भट्ट

७)      ऐ.जयपृथ्बी न.पा ०७ बस्ने वर्ष ४० को बसन्त राज रतला

८)      जिल्ला बैतडी पुर्चौडी न.पा ०७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी

९)      जिल्ला बझाङ बित्थडचिर गा.पा ०७ बस्ने वर्ष १७ को बिसन दत्त जोशी ।

१०)    ऐ.ऐ.०७ बस्ने वर्ष २७।२८ को दिपक राज जोशी ।

११)    ऐ.ऐ.०७ बस्ने वर्ष ४५।४६ को किसन दत्त जोशी ।

१२)    ऐ.केदारस्यु गा.पा ०७ बस्ने वर्ष २६।२७ को केशव राज भट्ट ।

१३)    जिल्ला बैतडी पुर्चौडी न.पा ०७ बस्ने वर्ष १४ ।१५ को शुसिल जोशी ।

नोट:- चालक पक्राउ- १, घाईते डिस्चार्ज – १, उपचरार्थ घाईते ३४, मृत्यु- १३ गरी जम्मा सवार ४९ जना । बेहुलि लिएर फर्कदै गरेको सवारी , बेहुला बेहुलि अर्को सवारीमा सवार भएकोले सुरक्षित रहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।