प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।२४ गते ०५:०० बजे देखि २०८२।१०।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-२५

  • A
  • A-
  • A+
Share

ज.ज.क. बाल यौन दुर्व्यवहार,

बर्दिया, बारबर्दिया न.पा.५ बनघुस्री बस्ने  अं.वर्ष ४ की बालिकालाई ऐ.४ खैरेनी बस्ने अं.वर्ष ५० को चन्द्र प्रकाश  सुवेदीले  पीडितको घर देखि अं.१५ मि.उत्तर पूर्व पर्ने जयनगर कुसुम्बाघाट पक्कि सडकको पुल मुनि लगी ज.ज.क.उद्योग गर्न लागेको अवस्थामा स्थानीयले देखि पीडकलाई नियन्त्रणमा लिई राखेको भनी ऐ.१४:०० बजे इ.प्र.का.जयनगरमा जानकारी गराउनासाथ प्र.ना.नि.को कमाण्डमा SOCO  सहितको टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बानियाभारमा ल्याई राखिएको, पीडितको अवस्था सामान्य रहेको ।

 

कैलाली, देश भारत जि. लखिमपुर सिसवारी घर भई हाल जि.कैलाली बर्दगोरिया गा.पा.१ बौनिया बस्ने उमेद अलीको छोरी अं.वर्ष १५ की बालिका (फरक क्षमता भएकी ) घर देखी २ कि.मि.उत्तर राजकुला सामुदायिक वनको जंगलमा देश भारत जि.उत्तर प्रदेश लखिमपुर तिकुनिया घर भई हाल बर्दगोरिया गा.पा. २ बस्ने अ.वर्ष ५३ को साहिद अलीले ज.ज.क.गरेको भनी निज बालिकाको बुवाले इ.प्र.का.सडकपुरमा टे.फो.मार्फत जानकारी गराएको हुदा, उक्त स्थानमा इ.प्र.का.सडकपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज साहिद अलिलाई नियन्त्रण लिई थप अनुसन्धानको लागी इ.प्र.का.सुखड कैलाली पठाईएको, निज बालिकालाई आफन्तको जिम्मा लगाई पठाईएको ।

 

ओखलढुङ्गा, मिति २०८२।१०।१७ गते अ.१३:०० बजे जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ गा.पा.०१ मोलि बस्ने अ.वर्ष १२ की सांकेतिक नाम २०८२/२०८३ ढ लाई निजकै घरमा ऐ.बस्ने अ.वर्ष ६८ को मक्कर बहादुर थापा मगरले बालयौन दुरुपयोग गरेको हुँदा निजलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भनी ऐ.२४ गते.२०:०० बजे जि.प्र.का.ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनासाथ प्र.चौ.निशंखेबाट प्र.स.नि.को टोली खटी गई खो.त.गर्ने क्रममा निज प्रतिवादीलाई नियन्त्रणमा लिई  जि.प्र.का.ओखलढुङ्गामा ल्याई आवश्यक अनुसन्धान भईरहेको ।

 

हातहतियार बरामद,

हुम्ला, सिमकोट गा.पा.४ बस्ने अं.वर्ष ७४ को कुङगा सुन्दुप लामाको घर कोठामा अवैध रुपमा घरेलु हतियार भरुवा बन्दुक तथा जंगली वन्यजन्तु जनावरको नङ्ग्रा समेत लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जि.प्र.का.हुम्लाबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई निजको घर कोठा खानतलासी गर्दा भरुवा बन्दुक थान १ (एक) र जंगली जनावर भालुको जस्तो देखिने पन्जाको भाग सहितको नंग्रा थान १ (एक) समेत फेला परेकोले कानुन बमोजिम बरामद गरी मानिस समेतलाई नियन्त्रणमा लिई जि.प्र.का.हुम्लामा ल्याई अनुसन्धान कार्य भईरहेको ।

 

चितवन, माडी न.पा.७ देबेन्द्रपुर बस्ने बर्ष २४ को रिदम भन्ने सुर्य बहादुर गुरुङले आफ्नो घरमा घरेलु हतियार जस्तो देखिने एयर पेस्तोल र सोहि पेस्तोलमा प्रयोग हुने स्टिलको छर्रा ८६ थान लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त स्थानमा प्र.नि.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा निजको गोठमा ९ इन्च लम्बाई भएको काठको पेस्तोल र ला.औ.ट्रामाडोल १० क्याप्सुल फेला पारी उक्त सामान बरामद गरी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का.माडीमा ल्याई राखेको ।

 

भवितब्य घाईते,

सप्तरी, रुपनी गा.पा.६ बिरेन्द्रबजार बस्ने बाल-बालिकाहरु ऐ.गा.पा.६ दुधौला खोला स्थितमा बनभोज खान गएको र दाउरा खोज्ने क्रममा रकेट जस्तो खेलौना फेला पारी चुलोको छेउमा ल्याई खेलाउने क्रममा ऐ.१२:१० बजे अचानक बिष्पोट भई जि.सप्तरी रुपनी गा.पा.६ बस्ने कर्ण बहादुर थापाको छोरा अं.वर्ष १६ को कबिर थापा मगर लगायत ४ जना बालबालिकाहरु घाईते भई मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.१२:५० बजे छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा पठाईएको, अवस्था मध्यम रहेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. सप्तरीबाट प्र.ना.उ.डम्बर बहादुर पुरीको कमाण्डमा टोली खटि गई अस्पतालमा घाईतेहरुको अवस्था तथा घटनाबारेमा थप बुझ्ने कार्य भईरहेको, घाईतेहरु मध्ये सुरज बि.क., साहस आले मगर, कबिर थापा मगर लगाएत ३ जनाको अवस्थामा सुधार भई उपचार भई रहेको र देव थापा मगरको अप्रेशन गरि ICU वार्डमा  उपचार भई रहेको अवस्था मध्यम रहेको,  घट्ना स्थलमा स-सानो फलामको टुक्राहरु फेला परेकोमा आवश्यक अनुसन्धानको लागी बरामद गरी जि.प्र.का.सप्तरीमा ल्याईएको । थप- कबिर थापा मगर डिस्चार्ज भएको ।

 

सुन बरामद,

काठमाडौँ, एयर इन्डियाको (उडान नं. AI-211) दिल्लीबाट काठमाडौँ आगमन भएका फिनल्याण्ड नागरिक अं.वर्ष ६४ को AHMED IMTIAZ (पुरुष) PP.NO. FP ५२१६४६२ बाहक यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय उडान तर्फको आगमन एरीयामा भन्सार एरिया क्रस गरे पश्चात टनेल गेटमा खटिएका प्रहरी टोलिले निज ब्यक्तिलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथबाट सुन जस्तो देखिने पहेलो धातुबाट बनेको बिस्कुट थान -४ जम्मा अ.४० ग्राम तौल भएको समान बरामद गरी त्रि.अ.वि.सु.का गौचरको लेखा शाखामा राखि,  निज AHMED IMTIAZ लाई   प्रहरी बृत्त गौशाला पठाएको, ऐ.१०/२५ गते कार्यालय समयमा आबश्यक थप अनुसन्धानको लागी बरामद समान सहित निजलाई  त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाईने ।

 

करेन्ट लागि घाईते,

धनगढी, उ.म.न.पा.१७ डमौलिया बस्ने भैरव साउँदको छोरा अं.वर्ष ७/८ को बिपिन साउँद घरबाट हराएको भनि स्थानियहरूले खो.त.गर्दै जाँदा जिल्ला कैलाली गौरीगंगा न.पा.३ स्थित शिव सोरानी सामुदायिक वनमा बन्यजन्तु शिकार गर्ने उद्देश्यले बिजुलीको पोलबाट विद्युत चोरी गरी बिछ्याएको तारबाट जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ बस्ने अं.वर्ष ३४ की चन्द्रा देवी वली, ऐ.बस्ने वर्ष २४ को तेज बहादुर खत्री र ऐ.बस्ने वर्ष १६ को श्याम साउँदलाई करेन्ट लागि घाईते भई उपचारको लागि कैलाली अस्पताल धनगढी पठाई उपचार भईरहेको, तिनै जनाको अवस्था गम्भीर रहेको, उक्त विद्युतको तार बिछ्याउने संकास्पद ऐ.१७ पथरी बस्ने अं.वर्ष ३० को रेमन चौधरी र निजले प्रयोग गरेको सु.प.प्र.०१-०११ प ४४४२ नं.को मो.सा.समेत नियन्त्रणमा लिई इ.प्र.का.मालाखेतीको हिरासतमा राखेको, हराएको बालक ऐ.२२:०० बजे ऐ. धनगढी उ.म.न.पा.१६ रामपुर स्थित आफन्तको घरमा फेला परिसकेको, उक्त स्थानमा इ.प्र.का.चौमालाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिएको ।

 

लागु औषध,

मुखियापट्टी, मुसहरनिया गा.पा.६ बैरिया स्थितमा अबैध रुपमा ला.औ.गाँजा रहेको भन्ने गोप्य सुचना प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली खटिई गई ऐ. बस्ने अं.वर्ष ५० को सिबन यादको गोठघरबाट १३ वटा पोकाबाट १०० के.जी.३१६ ग्राम र ऐ.बस्ने अं.वर्ष ४० को रामपृत यादवको केराउको खेतबाट तीनवटा बोरा भित्र राखेको २४ वटा पोकाबाट १२७ के.जी.११ ग्राम गरी जम्मा २२७ के.जी.४२६ ग्राम बरामद गरी आवश्यक अनुसन्धानको लागि जि.प्र.का.धनुषा तर्फ पठाइएको, मानिस नियन्त्रणमा नरहेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।