प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।२६ गते ०५:०० बजे देखि २०८२।१०।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-२७

  • A
  • A-
  • A+
Share

ज.ज.क./ बाल यौन दुर्व्यवहार,

उदयपुर, जि.खोटाङ खोटेहाङ गा.पा.६ घर भई जि.उदयपुर त्रियुगा न.पा.९ रातमाटे स्थित आफन्तको घरमा बस्ने वर्ष १६ की बालिकालाई जि. उदयपुर त्रियुगा न.पा.९ रातमाटे बस्ने वर्ष २३ को लक्ष्मण पाठकले ऐ.१०।१३ गते अं.२१:३० बजे ऐ. त्रियुगा न.पा.९ रातमाटे स्थितमा पार्किङ गरी राखेको गाडीमा गाडीको ढोका बन्द गरी मुख थुनी जबरजस्ति करणी गरेको भनी ऐ.१०।२६ गते अं.१४:०० बजे जि.प्र.का.उदयपुरमा जाहेरी दरखास्त प्राप्त हुनासाथ प्रहरी टोली खटी गई पीडक लक्ष्मण पाठकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

 

सुर्खेत, मिति २०८२-१०-२४ गते ०९:३० बजे,वीरेन्द्रनगर न.पा.१० चन्द्रमान टोलको जाहेरवालाको घरनजिकको ईत्राम खोला किनारामा  ऐ.बस्ने वर्ष २० की बालिकालाई ऐ.वडा नं.१० बस्ने वर्ष ३० को बले खाँडले ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का.सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको ।

 

डडेल्धुरा, नवदुर्गा गा.पा.१ कोटेली बस्ने वर्ष १५ की बालिकालाई ऐ. अमरगढी न.पा.११ बस्ने अं.वर्ष.२९ को सुरेश सार्कीले ऐ. अमरगढी न.पा.१ स्याउले स्थित सहस्त्रलिङग होटलको कोठामा ऐ.१०।२३ गते अं.२१:०० बजे ज.ज.क.गरेको भनी ऐ.१०।२६ गते अं.१४:०० बजे पीडितले जि.प्र.का.डडेल्धुरामा जाहेरी दरखास्त दिए पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गई निज सुरेश सार्कीलाई  निजकै घर ठेगानाबाट पक्राउ गरी जिल्ला अदालत डडेल्धुरामा पेश गरी दिन ५ म्याद थप गरी ऐ.१७:०० बजे जि.प्र.का.डडेल्धुराको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य भईरहेको ।

 

हातहतियार बरामद,

मोरङ, सुन्दरहरैचा न.पा.२ बेलडाँगी बस्ने अं.वर्ष २८ को सिलास लिम्बुको घरमा हातहरियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.बेलबारीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सिलास लिम्बुको घर कोठा तलासी लिने क्रममा निज सुत्ने कोठामा अवैध हतियार MADE IN USA  लेखिएको पेस्तोल थान १,BAOFENG  लेखिएको हेण्डसेड थान २(दुई) र भरुवा बन्दुक जस्तो देखिने काठको हतियार थान-१ फेला पारी बरामद गरी सोधपुछ गर्ने क्रममा जि.मोरङ सुन्दरहरैचा न.पा.वडा नं. ३ बस्ने प्रेम बहादुर गुरुङसँग लिएको हुँ भनि बताएकोले निज प्रेम बहादुर गुरुङ समेतलाई खो.त.गरी दुबैजनालाई नियन्यन्त्रमा लिई इ.प्र.का.बेलबारीमा ल्याई राखिएको ।

 

फुटकर ज्यान,

स्याङजा, भिरकोट न.पा.६ चिउरेनी बस्ने अं. वर्ष २६ को अमृत माझी ऐ. न.पा.७ आँधीखोलाको किनारमा लडिरहेको अवस्थामा  (बेहोस) ,   ऐ. बस्ने निजको २ जना साथीहरु ऐ. भिरकोट न.पा. ६ चिउरेनी बस्ने वर्ष २४ सुनिल माझी र ऐ. बस्ने २२ को गोविन्द घर्तीले देखि उपचारको लागि प्रदेश अस्पताल स्याङ्जामा लगेकोमा चिकित्सकले चेकजाँच गरी ऐ.१५:१५ बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भनी सोही अस्पतालमा खटिएको प्र.क.मार्फत जानकारी प्राप्त भएकोशरिरमा चोट नभएको, उक्त स्थानमा प्र.चौ.दहथुमबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई मृतकका साथीहरु दुबै जनालाई सोधपुछको लागि नियन्त्रणमा लिई सोधपुछ गर्दा  करेन्ट  लगाई  माछा मार्दा मृतक माझीलाई करेन्ट लागेको भनी जानकारी गराएको, थप अनुसन्धानको लागि जि.प्र.का.स्याङ्जाबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली प्रदेश अस्पताल पुतलीवजरको लागि खटी  गएको, ऐ.न.पा.७ छेपाङथुमबाट मो.सा.को ब्याट्री थान १ तार, कन्ट्रोलर थान १ र माछा अं.१ पाउ जती आँधीखोलामा फेला परेको, ऐ. १७:५० बजे  ऐ. भिरकोट न.पा.६ बस्ने वर्ष १५ को  दिपक माझी (मुलपानीको काले ) लाई व.प्र.का.वालिङको टोलीले सोधपुछको लागि नियन्त्रणमा लिएको ।

 

कैदी मृत्यु,

सुनसरी, जि.सुनसरी ईनरुवा न.पा.६ घर भई झुम्का कारागार सुनसरीमा ला.औ.मुद्दामा कैद भुक्तान गरीरहेको वर्ष २६ को सुशान्त खनाललाई मिति २०८२।०९।१३ गते १८:३० बजे पेट दुख्नेपिसाब पोल्ने समस्या भएको हुँदा उपचारको लागि वि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सुनसरी पठाई उपचार भइरहेकोमा उपचारको क्रममा मिति २०८२।१०।२७ गते अं.०६:५० बजे मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, मृतकको आफन्तलाई जानकारी गराईसकेको ।

 

लागु औषध,

कास्की, पोखरा म.न.पा.११ काँहुडाँडा स्थित ऐ. बस्ने वर्ष ३० को रोशन गुरुङले ला.औ.खरीद बिक्री गरीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई निजलाई सोधपुछ तथा घर कोठा खानतलासी गर्दा आफु सुत्ने कोठाको वेड मुनि लुकाई छिपाई राखेको अवस्थामा २२ ग्राम ६०० मिलिग्राम ला.औ.ब्राउन सुगर फेला पारी सोही कोठामा निज संगै रहेको साथि ऐ.बस्ने वर्ष ४४ को बिश्वस गुरुङलाई समेत नियन्त्रणमा लिई व.प्र.क.रामबजार ल्याई राखिएको ।

सम्बन्धित समाचार
मिति २०८३।०१।०१ गते ०५:०० बजे देखि २०८३।०१।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०२

ज.ज.क./बाल यौन दुर्व्यवहार,मोरङ, उर्लाबारी न.पा. १ बानडाँडा स्थितमा ऐ.बस्ने वर्ष ४० को पुरुषले ऐ. बस्ने वर्ष १४ की बालिकालाई जबरजस्ती करणी गरेको भनी ऐ.१३:०० बजे पीडितको आफन्त आई इ.प्र.का. उर्लाबारीमा जाहेरी दिना साथ तत्काल प्र.नि.को कमाण्डमा टोली खटि गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का. उर्लाबारीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको । सुर्खेत, बीरेन्द्रनगर न.पा. ५ चिसापानी बस्ने वर्ष ४ की बालिकालाई ऐ.बस्ने वर्ष २३ को राजु सुनारले बालिकाको आमा पसलमा गएको अवस्थामा ज.ज.क.गरेको भनी ऐ.२३:०० बजे पीडितको आमाले जि.प्र.का.मा जानकारी गराएको हुँदा न.प्र.का. सुर्खेतबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज राजु सुनारलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी थप अनुसन्धान कार्य भई रहेको । भरुवा बन्दुकको छर्रा लागि घाईते,उदयपुर, उदयपुरगढी गा.पा.६ चिपचपे बस्ने पुर्ण बहादुर राईको छोरा वर्ष अं.२० को अरुण राईलाई निजकै छिमेकी अं वर्ष ३५ को गुन्सुरे राईले(मापसे गरी) फलामको व्यारिङ लोड भएको भरुवा बन्दुकले हानी घाईते भएको र निज अरुण राईको श्रीमती वर्ष अं.१८/२० की मनिसा मगरको दाहिने हातको औंलामा सामान्य चोट लागी घाईते भई स्थानीय मेडिकलमा उपचार भई रहेको भनी ऐ.२ गते ०३:१५ बजे जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाइएको, घटना सम्बन्धमा बुझ्दा निज गुन्सुरे राई मा.प.से गरेर स्याल मार्न भनी व्यारिङ लोड भएको भरुवा बन्दुक बोकेर निज अरुण राईको घरमा आई बसेकोमा घर जानुस बन्दुक बोकेर मेरो घरमा नबस्नु भनि भन्दा सामान्य बिवाद भई निजले आवेशमा आई उक्त घटना घटाएको भन्ने बुझिएको, निज गुन्सुरे राई बन्दुक सहित फरार रहेकोले खो.त.भइरहेको, निज मनिसा मगरको हातको औलामा सामान्य चोट लागेकोले उपचारको लागि नपठाईएको । निज गुन्सुरे राईलाई बन्दुक सहित ऐ.०५:३० बजे नियन्त्रणमा लिएको । ला.औ.,काठमाण्डौं, का.म.न.पा.९ स्थित थाई एयरको उडान नं. TG-309 द्वारा बैङ्ककबाट काठमाडौं आगमन भएको यात्रु भारतीय नागरिक राहदानी नम्बर X5527152 वाहक वर्ष २२को AKSHAY KUMAR को गतिविधि शंकास्पद देखिएकोले सादा पोशाकमा खटिएको प्रहरी टोलि र ला.औ.ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र पश्‍चात् टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट ला.औ.अं.८ के.जी.५६० ग्राम (प्लाष्टिक सहित) प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने पदार्थ लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा निज व्यक्ति र बरामद ला.औ.सहित ला.औ.ब्युरो कोठेश्वरको जिम्मा लगाई पठाईएको ।  सुनसरी, बराहक्षेत्र न.पा.६ पटवारी स्थित कोशी नदीबाट बाँसको बिटो मुनीको भागमा लुकाई छिपाई लागु औषध गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई अनुगमन गर्दा दुइजना व्यक्तिहरुले नदीको भंगालो छेउमा ल्याई बाँधिराखेको बाँसको बिटो देखी निजहरु उपर शंका लागी हेर्दा बासको बिटो  मुनि प्लाष्टिकले पोको पारी राखेको अवस्थामा लागु औषध गाँजा शुद्ध तौल २२५ के.जि. फेला परेकोले उक्त ला.औ.सहित जि.सुनसरी बराहक्षेत्र न.पा.६ बस्ने बर्ष अं.२० बिशेष माझी र ऐ.बस्ने बर्ष अं.१८ को रोशन श्रेष्ठलाइ नियन्त्रणमा लिई इ.प्र.का.महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भईरहेको ।

मिति २०८२।१२।३० गते ०५:०० बजे देखि २०८३।०१०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०१

ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, २०८२।१२।३० १२:३०         मिति २०८२।१२।१९ गते ११:०० बजे गौरीगंज गा.पा.५ हरिरा बस्ने वर्ष १७ की बालिकालाई  ऐ.बस्ने वर्ष ५८ को टुपानु राजवंशीले ऐ.बस्ने जोग ब. राजवंशीको मकैबारीमा लगि जवरजस्ती करणी गरेको भनी ऐ.३०गते १२:३० बजे इ.प्र.का.गौरीगंजमा आई लिखित जाहेरी दिनासाथ प्र.ह.को कमाण्डमा टोली खटी गई फरार टुपानु राजवंशीको खो.त.भईरहेको, पीडित बालिकालाई स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको, कैलाली, २०८२।१२।३० १६:३०     गौरीगंगा न.पा.२ उदासी बस्ने अं.वर्ष २२ को रतन रावलले जि.बाजुरा त्रिवेणी न.पा. ९ घर भई हाल जि. कैलाली गौरीगंगा न.पा.२ उदासी बस्ने अं.वर्ष १९ की बालिकालाई निजकै घर कोठामा गई मिति २०८२।११।११ गते अं.२२:०० बजे ज.ज.क.गरेको भनी ऐ.१२।३० गते १६:३० बजे इ.प्र.का.मालाखेतीमा जाहेरी दरखास्त दिएकोमा पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको, ज.ज.क.मा संलग्न रतन रावल फरार रहेकोमा इ.प्र.का.चौमालाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, काठमाडौं, २०८२।१२।३० १७:३५   चन्द्रागिरी न.पा.१५ तिनथाना राउत टोल स्थित माया मोक्तानको घरकोठा भाडामा लिई बस्ने मानिसले आफ्नै छोरीलाई ज.ज.क.गरेको भन्ने सुचना प्राप्त भएकोमा वृत्त थानकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज माया मोक्तानको घरमा बस्ने स्थायी वतन जि.सिन्धुली हरिहरगढी गा.पा.१ घर हुने वर्ष ३६ को पुरूषले आफ्नै छोरी वर्ष १३ की बालिकालाई आफु बस्ने गरेको कोठामा पटक-पटक ज.ज.क.गरेको भनि पीडित बालिकाबाट खुल्न आएकोले निज पुरूषलाई नियन्त्रणमा लिई प्र.वृत्त थानकोटमा ल्याई आ.अ.कार्य भईरहेको ,ग्याँस लिग भई आगलागी  । स्कुटरबाट नगद चोरी भएको, काठमाडौं, २०८२।१२।३० १९:५७   मिति २०८२।१२।३० गते अन्दाजी ११:३५ बजेदेखि ११:४५ बजेको समयमा का.जि.का.म.न.पा. वडा न. २६ गोंगबु चोक स्थित रहेको ICI PROEDENTAL INSURANCE LIMITED कम्पनीमा कार्यरत जिल्ला दोलखा गा.पा. वडा न. ४ स्थायी घर हुने बर्ष ४५ की कमला तामाङले ग्लोबल आई एम ई बैंकको अगाडी पार्किङ गरी राखेको बा ६६ प ७०३४ नम्बरको कालो रङको DIO स्कुटरको डिग्गी भित्र ICI PROEDENTAL INSURANCE LIMITED कम्पनीबाट  सानिमा बैंकमा जम्मा गर्ने भनि राखेको नेपाली नगद रु ४,९६,०००।– ( अक्षेरुपी चार लाख छयानब्बे हजार) अपरिचित व्यक्तिले डिग्गी खोली पैसा चोरी भएको भन्ने १२:४५ बजेको समयमा खबर प्राप्त हुना साथ तत्काल यस कार्यालयबाट प्र.ब.ना.नि. प्रकाश बहादुर रावत (९८५१२८९१०२) सहितको टोली र सादा पोशाक सहितको टोली खटिई गई सि.सि.टि.भि. फुटेजको आधारमा खो.त. कार्य भईरहेको, चोरी गर्ने मानिस फरार रहेको, हुलिया कुनै नखुलेको ।

मिति २०८२।१२।२९ गते ०५:०० बजे देखि २०८२।१२।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-३०

कर्तव्य ज्यान (प्र.क.),पर्सा, बीरगंज म.न.पा.११ रानीघाट स्थित ऐ.कालिकामाई गा.पा.१ मुर्ली बतन भएको इ.प्र.का.निजगढ बारा दरबन्दी भई जि.प्र.का.सप्तरीमा कार्यरत (मिति २०८२ ।१२।२४ गतेबाट लागु हुनेगरी दिन १० घ.बि.बसेको) अं.वर्ष २८ को प्र.ज.बिकाश चौरासियालाई जि.रौतहट माधवनारायण न.पा.१ घर भई हाल जि.पर्सा बीरगंज म.न.पा.११ स्थित फिरोज मियाको घरमा डेरा गरी बस्ने हंषराज साहको छोरा अं.वर्ष २६ को संतोष साह लगायत ४ जना मानिसहरु मिली कुटपिट गर्दा गम्भीर घाईते भई उपचारको लागि नारायणी अस्पताल पठाएकोमा डा.ले चेकजाच गर्दा अं.१७:३० बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, व.प्र.का.श्रीपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा राखिएको, थप अनुसन्धान भईरहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२.१२.२७ गते अं.१६:३० बजे बुद्धशान्ती गा.पा.८ चुल्ठे स्थित ऐ.बस्ने अं.वर्ष ५३ को नारद अधिकारीले ऐ.बस्ने अं.वर्ष १२ की बालिकालाई "बाल यौन दुरुपयोग" गरेको भनी पीडितको बुवाले मिति२०८२।१२।२९ गते १८:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दखास्त दिनासाथ इ.प्र.का.धुलाबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सल्यान, मिति २०८२।१२।१२ गते रातको समयमा जिल्ला सल्यान कुमाख गा.पा. वडा नं.५ झारकाँडा बस्ने संकेत नामथर ५५F(१९)को संरक्षक (क) ले मेरो बहिनी बर्ष १५ की परिवर्तित संकेत नामथर ५५ F (१९) लाई ऐ.ऐ. बस्ने बर्ष ३२ को धन ब. थापाले जबरजस्ति करणी गरेको भनि संरक्षक परिवर्तित संकेत नामथर (क) ले जि.प्र.का.सल्यानमा मिति २०८२।१२।२९ गते निवेदन पेश गरेको हुदाँ उक्त स्थानमा इ.प्र.का. रागेचौर सल्यान बाट प्रहरी टोली खटि गई निजलाई प्रकाउ गरि थप अनुसन्धान भईरहेको । ग्याँस लिग भई आगलागी,जाजरकोट, नलगाड न.पा.२ छेप्का स्थित ऐ.बस्ने थालु प्रसाद जैशीको भान्सा कोठामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुन जाँदा निजको श्रीमती वर्ष ४२ की माया जैशीले लाईटरले आगो बाल्ने क्रममा आगोलागी हुँदा माया जैशी सहित ३ जना घाईते भई उपचारको लागी नलगाड नगर अस्पताल दल्ली लगि उपचार भईरहेको, अवस्था २ जनाको गम्भीर र १ जनाको मध्यम रहेको भन्ने खबर इ.प्र.का.दल्लीमा आउनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई, स्थानीय तथा प्रहरीको सहयोगमा ऐ.१०:१५ बजे उक्त आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको, तिनै जना घाइतेहरुलाई थप उपचारको लागि हे.क.मार्फत नेपालगंजको लागी नेपालगंजबाट बुद्द एयरको उडानद्वारा काठमाण्डौ पठाई किर्तिपुरमा उपचार भईरहेको माछा मार्ने क्रममा बारुद बिष्फोट भई मृत्यु (फुटकर ज्यान),न.प.(पूर्व), मध्यबिन्दु न.पा.१४ राइकोटे स्थित अरुणखोला किनारमा बारुद जन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा अचानक बिष्फोट भई जि.पाल्पा निस्दी गा.पा.५ बस्ने वर्ष ३८ को खुम ब.सुनारी (कोखा, दाहिने खुट्टा र बाँया हातमा चोट, अवस्था गम्भीर) र ऐ.बस्ने वर्ष ३५ को रोमन सिंह खरु मगर (बाँया हातमा चोट, अवस्था मध्यम) घाईते भई उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा ऐ.२१:५५ बजे घाईते खुम ब.सुनारीलाई डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, जि.प्र.का.न.प.(पूर्व)बाट प्र.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान भईरहेको । लागु औषध,बाँके, कोहलपुर न.पा.१० बस्ने वर्ष २४ को सुदिप रैदास भारतको रुपैडिहा बजारबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा नेपालगंज उ.म.न.पा.१५ जमुनाहा चेक प्वाईन्ट स्थित प्रहरी टोलिले चेकजाँच गर्दा निजको साथबाट लागु पदार्थ खैरो हिरोईन जस्तो देखिने शुद्व तौल ११ ग्राम ७०० मि लिग्राम फेला पारी निजलाई नियण्त्रणमा लिई थप अनुसन्धानको भई रहेको ।  सिरहा, धनगढीमाइ न.पा.१० जिरोमाइल चौक स्थित इ.प्र.का.धनगढी र सुरक्षा वेश सुखिपुरबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ति टोलीले धनगढी जिरोमाईल बजारबाट सुखीपुर तर्फ जादै गरेको को.२.ह ७१९४ नं.को अटोमा स.२.प ९१६९ नं. को मो.सा. टोचन गरी लादै गरेको अवस्थामा संका लागी चेकजाँच गर्दा, उक्त अटो भित्र सागको बोरामा लुकाइ छिपाइ राखिएको बोरा सहित १९ के.जी. ११० ग्राम ला.औ.गाँजा फेला परेको, नामथर, वतन नखुलेको मो.सा.चालक फरार रहेको, अटो चालक ऐ.धनगढीमाई न.पा.९ चैनपुर बस्ने रामकरण दासको छोरा अं.वर्ष ३३ को राजेश दास, अटो, मो.सा र ला.औ.गाँजा सहित आवश्यक अनुसन्धन तथा कार्वाहीको लागि इ.प्र.का.लहानमा पठाएको ।

मिति २०८२।१२।२८ गते ०५:०० बजे देखि २०८२।१२।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२९

ज.ज.क./बाल यौन दुर्व्यवहार,रुपन्देही, तिलोत्तमा न.पा.१४ बागदुरा बस्ने  वर्ष ७ की बालिकालाई ऐ.बस्ने वर्ष १२ को बालकले जबरजस्ती करणी गरेको भनी ऐ.२८ गते १६:०० बजे निज पीडितले जि.प्र.का.मा जाहेरी दरखास्त दिएको हुँदा प्र.चौ.चिल्हियाबाट प्र.स.नि.को टोली खटी गई निजलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको । शंकास्पद मृत,सिरहा, मिति २०८२।१२।२८ गते अं. ०७;५० बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा. २ छजना टोल अं. वर्ष २८ को सन्तोष मलिकको श्रीमती अं. वर्ष २७ कि रिमा देवी मलिक आफ्नै घरभित्र सुत्ने कोठाको बेडमा शंकास्पद मृत अवस्थामा रहेको भन्ने खबर इ.प्र.का सुखिपुर सिरहामा जानकारी प्राप्त हुनसाथ प्र.ना.नि इन्द्र नारायण साह (९८१६७५०५७५) को कमाण्डमा टोली खटिगई घटनास्थल सुरक्षित राखि अनुसन्धानको लागि मृतकको ससुरा अं. वर्ष ६५ को दोरिक मलिक, मृतकको सासु अं. वर्ष ६० कि मुर्ती देवी  मलिक, मृतकको श्रीमान अं. वर्ष २८ को सन्तोष मलिक सहित ३ जना नियन्त्रणमा लिएको, साथै थप अनुसन्धानको लागि तालुक इ.प्र.का महेशपुरपतार सिरहा बाट प्र.ना.नि संजय कुमार शर्मा (९८५५०९०८५५) को कमाण्डमा मुचुल्का SOCO सहितको टोली खटिगई अनुसन्धान कार्य भइरहेको तथा ऐ.०९;२० बजेको समयमा थप अनुसन्धानको लागि तालुक जि.प्र.का सिरहा बाट प्र.नि सुमन नेपाली (९८४००६४०१८) को कमाण्डमा टोली खटी गएको । ऐ. ११;३० बजेको समयमा लासको कानुनि प्रकृया पुरा गरी लास पो.मा.को लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाइएको । ला.औ., धादिङ, गजुरी गा. पा ०१ गजुरी बजार स्थित पृथ्वीलोकमार्ग सडकखण्डमा बिशेष सुराकीको आधारमा इ.प्र.का. गजुरीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली खटि गई आदमघाटबाट गजुरी तर्फ आउदै गरेको बा ५ ख ७५३७ नं. को आईचरलाई  रोकी चेकजाँच गर्ने क्रममा उक्त आइचरको पछाडी ढालामा कोलो त्रिपालले छोपेको ९ वटा सेतो कलरको बोरा भित्र खोली हेर्दा पहेलो कलरको प्लाष्टिकले बेरि पोका पारी राखेको अबस्थामा अं.२५० के.जि. (तौल गर्न बाँकी) लागु औषध गाँजा जस्तो देखिने वस्तु फेला परेकोले उक्त ला.औ.र गाडी सहित  चालक जि.धादिङ निलकण्ठ न.पा. ८ बस्ने वर्ष २२ को सम्मर बि.क. समेत २ जनालाई नियन्त्रणमा लिई आ.अ.भइरहेको ।

मिति २०८२।१२।२७ गते ०५:०० बजे देखि २०८२।१२।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२८

ज.ज.क./बाल यौन दुर्व्यवहार, वैवाहिक ज.ज.क. र अप्राकृतिक मैथुन,म्याग्दी, मिति २०८२।१२।१९ गते अं.१५:३० बजे मालिका गा.पा.१ निस्कोट बस्ने अं.वर्ष १५ को बालकले ले ऐ.बस्ने वर्ष ११ की बालिकालाई परिवर्तित जिल्ला ४३ अन्तर्गत खेल्ने क्रममा ज.ज.क.गरेको भन्ने खबर मिति २०८२।१२।२६ गते निजको हजुरआमाले जि.प्र.का.म्याग्दीमा लिखित रुपमा जाहेरी दिनसाथ इ.प्र.का. दरबाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई दुबै जनालाई नियन्त्रणमा लिई जि.प्र.का म्याग्दीमा ल्याई मेडिकल चेकजाँच गरी वर्ष ११ की बालिकालाई आफन्तको जिम्मा लगाई पठाएको र वर्ष १५ को बालकलाई मिति २०८२।१२।२७ गते १३:०० बजे, मुद्दा दर्ता भई थप अनुसन्धान कार्य भईरहेको । कञ्चनपुर, पुनर्वास न.पा. ८ (क) गाँउ बस्ने वर्ष २६ की महिलालाई निजको श्रीमान ऐ. बस्ने वर्ष २७ को पुरुष व्यक्तिले मिति २०८२।११।२३ गते राती १२:०० बजे वैवाहिक ज.ज.क. र अप्राकृतिक मैथुन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ इ.प्र.का.त्रिभुवनबस्तीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा,सुनसरी, कोशी गा.पा.०८ भण्टावारी स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको को.२१ प १४९५ नं.को मो.सा.लाई इ.प्र.का.भण्टावारीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा मो.सा.चालक जि. सप्तरी तिलाठी कोईलारी गा.पा.५ बस्ने अं.वर्ष ५८ को राम लखन यादवको साथबाट ने.रु.५,०१५०५/-, भा.रु. ५,३५०/- र मो.सा.मा पछाडी सवार देश भारत जिल्ला सुपौल छिटही हनुमाननगर ग्राम वडा नं.१५ बस्ने अं.वर्ष ६५ को प्रभु मुखियाको साथबाट ने.रु. १,४७,२०५/- भा.रु. ७,६००/- गरी जम्मा ने.रु.६,४८,७१०।–, भारु १२९५०/- निजहरूको साथबाट स्रोत नखुलेको नगद सहित नियन्त्रणमा थप अनुसन्धान भईरहेको । सर्लाही, ब्रहम्पुरी गा.पा.४ टायलस कम्पनी नजिक स्थित जि.प्र.का. सर्लाहीबाट प्र.नि.को कमाण्डमा खटी गएको टोलीले भारतको सोन बर्षाबाट भेल्ही चोक तर्फ जाँदै गरेको म.प्र.०३-०३७ प ७४५० नं.को मो.सा.लाई शंका लागी रोकी चेकजाँच गर्दा मो.सा.पछाडी सवार जि.सर्लाही चन्द्रनगर गा.पा.४ बस्ने अं.वर्ष २३ को कृष्ण कुमार पासवानको साथबाट श्रोत नखुलेको ८ लाख नेपाली रुपैया फेला परेकोले मो.सा.,नगद रुपैया, निज कृष्ण कुमार पासवान र मो.सा.चालक ऐ.चन्द्रनगर गा.पा.१ बस्ने अं.वर्ष ४१ को शिव नारायण महतोलाई नियन्त्रणमा लिई जि.प्र.का.सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको । ला.औ.,सिन्धुली, कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्गमा सडकखण्डमा इ.प्र.का. भिमानबाट प्र.नि.को कमाण्डमा खटिएको टोली र ला.औ.नियन्त्रण व्युरो शाखा कार्यालय बर्दीबास तथा बा.प्र.प्र.का.हेटौडा केनाईन शाखाबाट खटिएको कुकुर (जुनु ला.औ) सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ९७२६ नं. को हायसको १० नं. सिटमा सवार जि.सुनसरी धरान उ.म.न.पा. ५ बस्ने बर्ष अं. २४ को उज्जल कार्कीको साथबाट SPASTAIN-43 tablet, Tramadol-43 tablet तथा प्लास्टिक भित्र सानो-सानो रातो प्लास्टिकको टुक्राले पोको पारी लुकाई छिपाई राखेको अवस्थामा ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३२० मिलिग्राम फेला परेको साथै धरानबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ७७९५ नं. को हायसको ७ नं.सिटमा सवार जि.कैलाली धनगढी उ.म.न.पा.१ बस्ने वर्ष ३१ को मिन कुमार चौधरीको साथबाट प्लास्टिकले बेरी लुकाई छिपाई ल्याएको ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ३.१५० ग्राम फेला परेकोले उक्त ला.औ.सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।न.प.पश्चिम, सुनवल न.पा.२ मुखिया टोल बस्ने अं.वर्ष ६० की बेली बनियाको घरमा गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधरमा इ.प्र.का.सुनवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निजको घरमा गई हेर्दा सोही घरको कोठामा ४२ पुरिया कागज बाहेक अं.०.४४० ग्राम गाँजा, छतमा हरियो पात र हाँगा सहित अं.९ के.जी.३०८ ग्राम., सुकेको हाँगा सहित ८ के.जी. ९४० ग्राम गरी जम्मा अं.१८ के.जी.६८८ ग्राम गाँजा सहित निज महिलालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जि.प्र.का.नवलपरासीमा पठाईएको,  थप अनुसन्धान भईरहेको ।  ललितपुर, गोदावारी न.पा.०५ लेले स्थित वृत्त चापागाउबाट खटी गएको प्र.ना.उ.को कमाण्डको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा अं.३० किलो गाँजा सहित जि.ललितपुर गोदावारी न.पा.५ लेले घर भई बस्ने वर्ष ४० को किरण कुमार परियार सहित ३ जना पुरुषलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

मिति २०८२।१२।२६ गते ०५:०० बजे देखि २०८२।१२।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२७

ज.ज.क./ज.ज.क.उधोग,काठमाण्डौ, जिल्ला इलाम इलाम न.पा.७ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.४ बस्ने बर्ष २२ को परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ ले प्रतिवादी जि.इलाम इलाम न.पा.७ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा.४ बस्ने बर्ष ५७ को सुनिल खवासले आफ्नै छोरी (जाहेरवालाको सहोदर बहिनी) लाई घरमा कोही नभएको बेला कोठामा लगी कार्टुन देखाउछु भन्दै अश्लिल भिडियो देखाएर संवेदनशिल अंगमा चलाएको भन्ने व्यहोराको जाहेरी दरखास्त मिति २०८२।१२।२६ गते १५;३० बजे जि.प्रहरी परिसर,भद्रकाली,महिला वालवलिका तथा जेष्ठ नागरीक सेवा केन्द्रमा प्राप्त भए पश्चात निज सुनिल खवास फरार रहेकोले खो.त.तथा अ.अ.कार्य भईरहेको । नोट;- पीडित बालिका जाहेरवालाको बहिनि रहेकि,पीडितको अन्य विवरण नखुलाईएको,जाहेरी पीडितको सहोदर दाई परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ ले दिएको,जाहेरवाला बर्ष २२ को परिवर्तित नाम २६ परिसर (९२) ख ०८२।०८३ रहेको । काठमाण्डौ, मिति २०८२।०१।२४ गते अ.१७:०० बजे का.म.न.पा. ११ बबरमहल स्थित डेरा कोठामा जि.डोटी सिलगढी न.पा.५ स्थायी घर भई हाल का.म.न.पा. ११ बस्ने वर्ष २५ की महिलालाई प्रतिवादी जि.बैतडी शिवनाथ गा.पा.२ मडैगाउँ स्थायी घर भई हाल दुबईबाट काठमाडौं त्रिभुवन बिमानस्थलमा मिति २०८२।१२।२७ गते बिहान अवतरण गर्दै गरेको वर्ष २४ को रोशन मडैले जबरजस्ती करणी गरेको व्यहोराको जाहेरी दरखास्तले जिल्ला प्रहरी परिसर महिला बालबालिका तथा जेष्ठ नागरिका सेवा केन्द्र भद्रकाली काठमाण्डौमा मिति २०८२।१२।२६ गतेको १८:२० बजे निवेदन दिएको  आ.अ.भईरहेको । कैलाली, कैलारी गा.पा.३ हसुलिया बस्ने वर्ष २३ को सनि चौधरीले जि.कन्चनपुर बेलडाडी गा.पा.३ बस्ने वर्ष २८ की महिलालाई जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ बुद्ध चोक स्थित साथिको कोठामा लगी ज.ज.क.गरेको भनी ऐ.२१:०० बजे जि.प्र.का.कैलालीमा आई लिखित निबेदन दिएको हुँदा जि.प्र.का.कैलालीबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी निज सनी चौधरीलाई नियन्त्रणमा लिइ जि.प्र.का.कैलालीमा राखिएको, । चोरी,महोत्तरी, जलेश्वर न.पा.५ पर्सा टोल स्थित चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.पर्सापतैलीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ.बस्ने जिवस शर्माको एक तले पक्की घरको पछाडिबाट आइ मेन ढोका खोली घरभित्र पसि कोठामा रहेको दराजबाट सुन, चाँदीका विभिन्न गर-गहनाहरू र नगर भारतीय रुपैयाँ ५०,०००।– गरी अं.मु.रू ९००,०००।– र ऐ.बस्ने जयनन्दन राउत भुहियारको एक तले पक्की घरको छत माथिबाट घरभित्र पसि कोठामा रहेको बाकसबाट नगद ३५,०००।–, मोवाइल र सुन गरी अं.मु.रू. ८०,०००।– बराबरको चोरी भएको भन्ने बुझिएको, चोरी गर्ने ब्यक्तिको पहिचान तथा खो.त.कार्य भइरहेको, उक्त स्थानमा थप जि.प्र.का.बाट प्र.नि.र मधेश प्रदेश केनाईन उप-शाखा लालगढबाट  प्र.ना.नि.को कमाण्डमा Dog Sniffing टोली खटी गई अनुसन्धान कार्य भईरहेकोमा जलेश्वर न.पा.५ पर्सा टोल बस्ने वर्ष २० को सुभम शर्मा र ऐ.बस्ने वर्ष १८ को अनिष शर्माको साथबाट १० ग्राम ला.औ.गाँजा जस्तो देखिने पदार्थ,कैची समेत फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको र मधेश प्रदेश केनाईन उप-शाखा लालगढ धनुषाबाट  प्र.ना.नि.को कमाण्डमा Dog सहितको टोली  फिर्ता भएको, । ला.औ.,सिन्धुली, दुधौली न.पा.१० सिर्जनानगर स्थित मदन भण्डारी राजमार्गमा प्र.चौ.दुधौलीबाट प्र.व.ना.नि.र बागमती प्रदेशबाट आएका तालिम प्राप्त कुकुर सहितको १२ जनाको संयुक्त  टोलीले सवारी  चेकजाँच गर्ने क्रममा दमकबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जि.काभ्रे पनौती न.पा १२ बस्ने वर्ष ३९ को नवराज राउतले चलाएको बा ५ ख ३१५४ नं. हायसको सिटमा सवार जि.उदयपुर कटारी न.पा ८ आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो झोला खोली चेकजाँच गर्दा उक्त झोला भित्र शुद्ध तौल  ६ के.जी ला.औ गाँजा फेला पारी निज टेक बहादुर मगर र ला.औ गाँजा नियन्त्रणमा लिई प्र.चौ.दुधौलीमा राखी अनुसन्धान भईरहेको, उक्त हायस र चालकको कागजपत्र नियन्त्रणमा राखी गन्तव्य तर्फ गएको,उक्त स्थान प्र.चौ.दुधौलीबाट अं.३ कि.मि.उत्तर पश्चिम पर्ने ।  सुसरी, हरिनगरा गा.पा.२ भुटाहा बजार स्थित जिप्रका सुनसरी बाट सादा पोसाकमा खटीएको प्रबह कृष्ण कुमार झुरझारको कमाण्डमा २ जनाको टोलिले मे ८ प ५८७० नं. को स्कुटरमा भुटाहा बाट घुस्की तर्फ जादै गरेको अबस्थामा शंका लागी रोकी चेक जाँच गर्दा स्कुटर चालक जिल्ला सुनसरी हरिनगरा गा.पा. ६ बस्ने बर्ष २१ को अबजल अन्सारीको स्कुटरको डिक्कीमा कालो झोला भित्र ट्रमाडोल औषधी ५०० पत्ता ( ५,०००/- क्यापसुल) लुकाई छिपाई राखिएको अबस्थामा फेला पारी स्कुटर सहित मानिसलाई नियन्त्रणमा लिई जिप्रका सुनसरीमा ल्याउने कार्य भईरहेको, ।