प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।२८ गते ०५:०० बजे देखि २०८२।१०।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-१०-२९

  • A
  • A-
  • A+
Share

ज.ज.क. बाल यौन दुर्व्यवहार,

झापा, मिति २०८२।१०।२७ गते अं.१०:३० बजे मेचीनगर न.पा.१२ कालीझोडा टोल बस्ने वर्ष ३९ को पुरूष ब्यक्तिले आफ्नै छोरी वर्ष १६ की बालिकालाई जवरजस्ती करणी उद्योग गरेको भनी पीडितको आमाले ऐ.१०।२८ गते अं.१४:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दरखास्त दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटिई गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारीमा ल्याई दुवै पक्षलाई आवश्यक यौनजन्य स्वास्थ्य परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा लगिएको ।

 

उदयपुर, जि.खोटाङ बाह्रपोखरी गा.पा.५ बस्ने अं. वर्ष १६ की बालिकालाई मिति२०८२।१०।२६ गते अं.१९:०० बजे जि.खोटाङ बाह्रपोखरी गा.पा.४ वस्ने वर्ष ३२ को रोहित राउतले विवाह गर्छु भन्ने प्रलोभनमा पारी घुम्न जाउँ भन्दै ललाई फकाई जि.उदयपुर बेलका न.पा.२ सुन्दरटोल स्थित आफन्तको घरको कोठामा लगि बेलुका जबरजस्ती करणी गरेको भनि ऐ.२८ गते १०:०० बजे पीडितको काकाले इ.प्र.का.रामपुर ठोक्सिला उदयपुरमा लिखित जाहेरी दिनासाथ इ.प्र.का रामपुर ठोक्सिला उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घटनास्थल मुचुल्का लगायतका अनुसन्धान कार्य सम्पन्न गरी घटनामा संलग्न पीडक रोहित राउतलाई नियन्त्रणमा लिई इ.प्र.का. रामपुर ठोक्सिला उदयपुरमा ल्याई थप अनुसन्धान भइरहेको ।

 

कञ्चनपुर, बेलौरी न.पा.३ खिरिया बस्ने वर्ष अं.२२ की महिलालाई घरमा कोही नभएको मौका पारी निजकै ससुरा वर्ष ५५ को पुरुषले आफ्नै घरको बरण्डा र कोठाको ढोका बन्द गरी कोठा भित्र समेत हातपात तथा ज.ज.क.गर्न खोजेको भनी निज महिलाको आफन्तले टे.फो.मार्फत ऐ.११:२० बजे प्र.चौ.टेडुवामा जानकारी गराउनासाथ इ.प्र.का.बेलौरीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलौरीमा राखी आ.अ.भईरहेको ।

 

बन्दुकको छर्रा लागी मानिस मृत्यु,

डोटी, बोगटान फुड्सिल गा.पा.१ पोखरी स्थित दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा ऐ.वडा नं. १ बस्ने वर्ष अं.३० को कलम धामी वायरिङ काम गरिरहेको अवस्थामा सोही कोठामा राखिएको भरुवा बन्दुक पड्कन गई बाँया कन्चटमा छर्रा लागी मृत्यु भएको भनी ऐ.बस्ने राम धामीले ऐ.२९ गते ०१:०० बजे जानकारी गराउनासाथ प्र.चौ.चमराचौताराबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको । ऐ. ०५:५० बजेको समयमा थप अनुसन्धानको लागि जि.प्र.का. डोटीबाट प्र.नि. नवराज रावल (९८५८४९००१७)को कमाण्डमा SOCO सहित ६ जनाको टोली खटि गएको ।

 

फुटकर ज्यान (शंकास्पद मृत्यु),

धनुषा, जनकपुर उ.म.न.पा.१७ तेतरिया स्थित तेतरिया पौडेश्वर सडक-खण्डको सडक छेउमा हाल नामथर,वतन नखुलेको अं.वर्ष २८/३० को मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.कपिलेश्वर र जि.प्र.का.धनुषाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई अनुसन्धान गर्ने क्रममा मृतक जि.धनुषा विदेह न.पा.०९ तरही बस्ने मुस्लिम नदाफको छोरी अं.वर्ष २३ की हलिमा खातुन रहेको भनी निजको दाई नविब नदाफले सनाखत गरेको, उक्त स्थानमा मधेश प्रदेश केनाईन शाखा लालगढबाट प्र.ना.नि.को कमाण्डमा कुकुर सहितको टोली र फरेन्सिक डाक्टर समेत खटिएको, शवको कानूनी प्रकृया पुरा गरी पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको ।

 

बिष्फोटक पदार्थ बरामद,

काठमाडौँ, दक्षिणकाली न.पा.५ फर्पिङ बसपार्क स्थित फर्पिङ नाका भई आवतजावत गर्ने विभिन्न सवारी साधन तथा मानिसहरुलाई इ.प्र.का.फर्पिङबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा चन्द्रनिगाहपुर(चपुर)बाट काठमाडौँ आउँदै गरेको ना.१ ज २१७२ नं. को यात्रुवाहक टाटा सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त टाटा सुमो गाडीको सिट नं.७ मा बसी सवार रहेका जि. रौतहट चन्द्रपुर न.पा.१ बलेरी खोर घर भई बस्ने वर्ष २७ को राज लामाले साथमा बोकी ल्याएको झोला चेकजाँच गर्दा उक्त झोलाभित्र लुकाई-छिपाई प्लाष्टिकमा पोका बनाई ल्याएको अवस्थामा बिष्फोटक पदार्थ जस्तो देखिने कालो धुलो (बारुद) अं.२४२.२५० ग्राम फेला पारी नियन्त्रणमा लिई  इ.प्र.का.फर्पिङमा ल्याई राखिएको ।

 

नक्कली नोट सहित मानिस नियन्त्रणमा,

रौतहट, बृन्दाबन न.पा.२ बिश्रामपुर बजारमा रहेको विशाल किराना पसलमा ऐ. बृन्दाबन न.पा.२ बिश्रामपुर बस्ने अं.वर्ष २९ को दिपेश पटेल र जिल्ला सर्लाही वरहथवा न.पा.१ बरहथवा बस्ने अं.वर्ष २० को विवेक प्रसाद यादवले पेट्रोल किन्दा किराना पसले ऐ.ऐ.बस्ने भुपेन्द्र पटेललाई नक्कली नेपाली नोट दिएकोमा प्र.चौ.बिश्रामपुरमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई  BR30AR7755 नं.को मो.सा सहित, निजहरुलाई नियन्त्रणमा लिई प्र.चौ.बिश्रामपुरमा ल्याई चेकजाँच गर्दा निजहरुको साथबाट १ हजार दरको १४ वटा नोट गरी १४ हजार बरामद गरी थप अनुसन्धानको लागि इ.प्र.का.गरुडा पठाएको ।

 

गौबध,

पाँचथर, मिति २०८२। १०।२४ गते दिउँसोको समयमा फिदिम न.पा.८ इथुङ बस्ने अर्जुन सुनुवार मुखियाको कोरली गाई ऐ.स्थित हिमशिखर सामुदायिक वनमा चरणको लागि छाडेकोमा गाई घर फर्की नआएको हुँदा निज गाई धनीले खोज तलास तथा सोधपुछ गर्दै जाने क्रममा ऐ.२७ गते अं.१७:०० बजेको समयमा ऐ.बस्ने वर्ष अं.३० को शेखर सुनार मुखियाको घर नजिकै हिमशिखर सामुदायिक वनमा निज शेखर सुनुवार मुखिया, ऐ.बस्ने वर्ष अं.२४ को अन्जन सुनार मुखिया र ऐ.बस्ने वर्ष अं.३० को सुमन सुनार मुखियाले गाई काटेर गाड्दै गरेको अवस्थामा देखेको भनी ऐ.ईथुङ बस्ने वर्ष २० को अर्जुन मुखियाले देखेको भनी ऐ.२८ गते बिहान निज गाई धनिलाई जानकारी गराएकोमा ऐ.१३:०० बजे जि.प्र.का.पाँचथरबाट प्र.नि.को कमाण्डमा र जिल्ला पशुपंक्षी विकास कार्यालय, पाँचथरका भेटेनरी पशु चिकित्सक समेतको टोली खटी गई पुरी राखेको गाई निकाली गाई धनिलाई पहिचान गराई आवश्यक कानूनी प्रकृया पूरा गरि गौ-हत्यामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.पाँचथरमा ल्याई स्वास्थ्य परिक्षण गरी हिरासत कक्षमा राखी आवश्यक अनुसन्धान भइरहेको ।

 

ला.औ.,

पर्सा, प्र.चौ.धोरे पर्साबाट प्र.स.नि. भन्टु राय यादवको कमाण्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा  जिल्ला पर्सा पकहामैनपुर गा.पा.१ धोरे स्थित धिरेन्द्र यादव र बिनोद यादवको भुस राख्ने दुवै गोठ घरको गल्ली (चेप) मा शंका लागी चेक जाँच गर्दा ११ वटा रातो प्लाष्टिकको पोकामा प्लाष्टिक सहित ११०(एक सय दश) किलोग्राम ला.औ. गाँजा जस्तो देखिने पदार्थ बेबारिसे फेला पारी रितपुर्वक बरामदी मुचुल्का गरी नियन्त्रणमा लिई तालुक ई.प्र.का. पोखरिया पर्सामा बुझाईएको ।

सम्बन्धित समाचार
मिति २०८३।०१।०३ गते ०५:०० बजे देखि २०८३।०१।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०४

ज.ज.क./बाल यौन दुर्व्यवहार,मकवानपुर, मिति २०८३।०१।०१ गते अं.१९:३० बजे जि.मकवानपुर थाहा न.पा.२ चुनिवन बस्ने अं.वर्ष १७ की बालिकाले घरमा कोही कसैलाई नसोधी आफूखुसी निस्की हिडेकोमा छरछिमेकमा खो.त.गर्दा समेत फेला नपरेकोले खो.त.गरीपाउँ भनि बालिकाको बुवाले इ.प्र.का.पालुङमा ऐ.०२ गते १०:०० बजे निवेदन दिएकोमा ऐ.०३ गते ऐ.मकवानपुर थाहा न.पा.०२ इन्द्रायणी बस्ती बस्ने अं.वर्ष २६ को सन्तोष देउलासँग गएको भन्ने जानकारी इ.प्र.का.पालुङमा प्राप्त हुनासाथ प्र.ना.नि.को कमाण्डमा टोली गई दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का.पालुङमा ल्याई  बालिकालाई  आफन्त समेतको उपस्थितमा सोधपुछ गर्दा शारीरिक सम्पर्क भएको भनि बालिकाबाट बुझिन आएकोले ऐ.१७:०० बजे निजको बुवाले करणी सम्बन्धी कसुरमा जाहेरी दिएकोले दुबै जनालाई इ.प्र.का.पालुङमा राखि थप अनुसन्धान भईरहेको । अर्घाखाँची, छत्रदेव गा.पा.५ म्यालपानी वस्ने वर्ष ४६ को नारायण थापाले ऐ.बस्ने आमा परिवर्तित नाम सन्धिखर्क (१६) कि छोरी वर्ष १३ कि सन्धिखर्क १६ (क) लाई पीडकले घरमा कोही नभएको समयमा आफ्नो घरको सुत्ने कोठामा लगि ज.ज.क.प्रयास गरेको भन्ने जानकारी मिति २०८३।०१।०३ गते अं.२३:३० बजे जानकारी प्राप्त हुनसाथ प्र.स.नि.को कमाण्डमा टोली खटिगई ऐ.०४ गते ०१:०० बजे निज पीडकलाई जि.अर्घाखाँची सन्धिखर्क न.पा. ६ जौरी स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । हातहतियार बरामद,रौतहट, बौधिमाई न.पा.०७ स्थित बंकुल माँ ईट्टा उद्योग नजिक नहरको बाटोमा विशेष सूचनाको आधारमा जि.प्र.का.रौतहटबाट प्र.ब.ना.नि.को कमाण्डमा खटी गएको टोलीले नहरको बाटोबाट हनुमान चोक तर्फ  पैदल आउँदै गरेको देश भारत पूर्वी चम्पारण जिल्ला मौवाह पंचायत टोल चरमा बस्ने सनिचर दासको छोरा अं.वर्ष २० को सुर्य कुमार दासलाई चेकजाँच गर्दा निजले आफुसँग लुकाई छिपाई राखेको नलकटुवा बन्दुक थान-१ फेला परेकोले निजलाई बन्दुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । कैदीबन्दी मृत्यु,झापा, हल्दीबारी गा.पा.४ झापा घर भई कारागार कार्यालय भद्रपुर झापामा चोरी मुद्दामा पुर्पक्षको लागि राखिएको बन्दी वर्ष ४८ को  कुमार राउतको खुट्टा सुनिएर बिरामी भएको हुँदा उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर झापा लगिएकोमा डाक्टरको सल्लाह अनुसार सोही अस्पतालको ईमरजेन्सीमा भर्ना गरी उपचार भईरहेकोमा ऐ.१८:०५ बजे निज बन्दीको उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालको शव गृहमा रहेको । डुङ्गा पल्टी मानिस बेपत्ता,अछाम, तुर्माखाँद गा.पा.३ बल्दे बस्ने अं.वर्ष ३५ को पहल सिंह बुढाले चलाएको डुङ्गामा सुर्खेत पञ्चकुरी न.पा.७ बनबाट घाँस काटी ल्याउने क्रममा कर्णाली नदीमा एक्कासी पल्टिन जाँदा डुङ्गामा सवार निजको छोरा अं.वर्ष ११ को नरी बुढा र चालक पहल सिंह बुढा हराई बेपत्ता भएको भनि स्थानीयले जानकारी गराउना साथ प्र.ब.ह.को कमाण्डमा टोली र स्थानीयहरुको संयुक्त टोलीद्वारा खो.त.कार्य भईरहेको, हालसम्म फेला नपरेको ।ला.औ.,काठमाडौं, चन्द्रागिरी न.पा.२ नागढुङ्गा स्थित चेक प्वाइन्टमा धादिङ देखि काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५९९५ नं.को कारलाई प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जि.धादिङ थाक्रे गा.पा.१ बस्ने अं.वर्ष १९ को सुमन तामाङलाई शंका लागी चेकजाँच गर्दा लागू औषध गाँजा २ किलो ८०० ग्राम ल्याएको अवस्थामा फेला पारी पक्राउ गरी पुन: सवारी साधनलाई चेकजाँच गर्दा बसको पछाडिको डिक्कीमा प्लाष्टिकमा बेरी लुकाई राखेको अवस्थामा २ किलो ९०० ग्राम गरी जम्मा ५ किलो ७०० ग्राम पक्राउ गरी थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट काठमाण्डौ पठाईएको । मोरङ, ला.औ.व्युरो विराटनगरबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको टोलीले जि.मोरङ विराटनगर म.न.पा.११ स्थित पारस अस्पताल गेट अगाडी शंकास्पद तरिकाले उभिई एक आपसमा गफ गरिरहेको देश भारत,राज्य बिहार,जिल्ला अररिया,सिक्टि,अमरगाछी,मजरख बस्ने वर्ष ४४ को मो.सरिफ र जि.मोरङ जहदा गा.पा.७ बस्ने वर्ष ४० की लालमन मुखियाको साथबाट ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ १०० ग्राम १८० मिलिग्राम सहित फेला पारी निजहरु दुवै जनालाई नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  काठमाडौं, टोखा न.पा.८ बाँनियाटार स्थित सडक खण्डमा ला.औ.सहितको मानिसहरु रहेको भन्ने विशेष सूचनाको आधारमा प्रभाग गोंगबु,  नयाँ बसपार्कका सादा पोशाकमा प्र.स.ह.सहितको टोली खटी गई उक्त स्थानमा शंकास्पद रुपमा हिड्डुल गरिरहेका जि.दाङ घोराही उ.म.न.पा.१५ स्थायी घरवतन भई का.जि.नयाँ बसपार्क बस्ने वर्ष २५ को रोहित महराको साथबाट ला.औ.खैरो हिरोईन ७.७३ ग्राम फेला पारी स्थानीय मानिसहरुको रोहवरमा कानून बमोजिम बरामद गरेको र सोही स्थानबाट निज रोहित महरासँगै फेला परेका ला.औ. सेवनकर्ता जस्तो देखिने शंकास्पद मानिस जि.लमजुङ बेशीसहर न.पा.३ घर भई का.जि.तार्केश्वर बस्ने वर्ष २६ को अशोक अधिकारीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८३।०१।०२ गते ०५:०० बजे देखि २०८३।०१/०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०३

ज.ज.क./बाल यौन दुर्व्यवहारधनकुटा महालक्ष्मी न.पा.६ गुठ स्थित ऐ.बस्ने अ.वर्ष ४२को धन बहादुर गिरीले अं.वर्ष १३ की बालिकालाई ज.ज.क.गरेको भनि प्र.चौ.लेगुवामा ऐ.२२:०० बजे मौखिक जानकारी प्राप्त हुनासाथ प्र.चौ.लेगुवाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का.धनकुटामा ल्याई थप अनुसन्धानको कार्य भईरहेको। गुल्मी सत्यवती गा.पा.४ नदेवा स्थित दिलिप नेपालीको बारीमा ऐ. बस्ने वर्ष ६१ की महिलालाई ऐ. बस्ने वर्ष २३ को आशिष ज्ञवालीले ऐ.०१।०१ गते अं.१७:०० बजे ज.ज.क.गरेको भनि ऐ.०१।०१ गते जि.प्र.का.गुल्मीमा जाहेरी दिनासाथ उक्त स्थानमा जि.प्र.का.गुल्मीबाट प्र.नि.को कमाण्डमा टोली खटिई गई आशिष ज्ञवालीलाई नियन्त्रणमा लिई ऐ. ०१।०१  गतेबाट लागु हुने गरी दिन ७ को म्याद थप समेत गरी हिरासत कक्षमा राखिएको, पीडितलाई स्वास्थ्य परिक्षण गरी छाडिएको, अवस्था सामान्य रहेको,   ला.औ. सुनसरी देवानगंज गा.पा.७ डेढ नम्बर स्थितमा इ.प्र.का.देवानगंजबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को.१ च ३६११ नं.को कारलाई शंका लागि रोकी चेकजाँच गर्न खोज्दा उक्त कार नरोकी भागेकोमा इ.प्र.का.हरिनगराबाट प्र.व.ना.नि. र  प्र.चौ.टाहाबाट प्र.ना.नि.को कमाण्डमा समेत खटिएको संयुक्त टोली उक्त कारलाई खोज्दै जाने क्रममा ऐ. ईनरुवा न.पा.१० लवटोलिया स्थित भित्री सडक-खण्डमा कार छाडी मानिस भागी फरार भएको, उक्त कार खोली हेर्दा कारभित्र १५ केजी ६०० ग्राम ला.औ.गाँजा फेला पारी गाँजा र कार सहित नियन्त्रणमा लिई जि.प्र.का.सुनसरी पठाईएको, फरार मानिसहरूको खो.त.कार्य भईरहेको।

मिति २०८३।०१।०१ गते ०५:०० बजे देखि २०८३।०१।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०२

ज.ज.क./बाल यौन दुर्व्यवहार,मोरङ, उर्लाबारी न.पा. १ बानडाँडा स्थितमा ऐ.बस्ने वर्ष ४० को पुरुषले ऐ. बस्ने वर्ष १४ की बालिकालाई जबरजस्ती करणी गरेको भनी ऐ.१३:०० बजे पीडितको आफन्त आई इ.प्र.का. उर्लाबारीमा जाहेरी दिना साथ तत्काल प्र.नि.को कमाण्डमा टोली खटि गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का. उर्लाबारीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको । सुर्खेत, बीरेन्द्रनगर न.पा. ५ चिसापानी बस्ने वर्ष ४ की बालिकालाई ऐ.बस्ने वर्ष २३ को राजु सुनारले बालिकाको आमा पसलमा गएको अवस्थामा ज.ज.क.गरेको भनी ऐ.२३:०० बजे पीडितको आमाले जि.प्र.का.मा जानकारी गराएको हुँदा न.प्र.का. सुर्खेतबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज राजु सुनारलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी थप अनुसन्धान कार्य भई रहेको । भरुवा बन्दुकको छर्रा लागि घाईते,उदयपुर, उदयपुरगढी गा.पा.६ चिपचपे बस्ने पुर्ण बहादुर राईको छोरा वर्ष अं.२० को अरुण राईलाई निजकै छिमेकी अं वर्ष ३५ को गुन्सुरे राईले(मापसे गरी) फलामको व्यारिङ लोड भएको भरुवा बन्दुकले हानी घाईते भएको र निज अरुण राईको श्रीमती वर्ष अं.१८/२० की मनिसा मगरको दाहिने हातको औंलामा सामान्य चोट लागी घाईते भई स्थानीय मेडिकलमा उपचार भई रहेको भनी ऐ.२ गते ०३:१५ बजे जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाइएको, घटना सम्बन्धमा बुझ्दा निज गुन्सुरे राई मा.प.से गरेर स्याल मार्न भनी व्यारिङ लोड भएको भरुवा बन्दुक बोकेर निज अरुण राईको घरमा आई बसेकोमा घर जानुस बन्दुक बोकेर मेरो घरमा नबस्नु भनि भन्दा सामान्य बिवाद भई निजले आवेशमा आई उक्त घटना घटाएको भन्ने बुझिएको, निज गुन्सुरे राई बन्दुक सहित फरार रहेकोले खो.त.भइरहेको, निज मनिसा मगरको हातको औलामा सामान्य चोट लागेकोले उपचारको लागि नपठाईएको । निज गुन्सुरे राईलाई बन्दुक सहित ऐ.०५:३० बजे नियन्त्रणमा लिएको । ला.औ.,काठमाण्डौं, का.म.न.पा.९ स्थित थाई एयरको उडान नं. TG-309 द्वारा बैङ्ककबाट काठमाडौं आगमन भएको यात्रु भारतीय नागरिक राहदानी नम्बर X5527152 वाहक वर्ष २२को AKSHAY KUMAR को गतिविधि शंकास्पद देखिएकोले सादा पोशाकमा खटिएको प्रहरी टोलि र ला.औ.ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले निजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार क्षेत्र पश्‍चात् टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट ला.औ.अं.८ के.जी.५६० ग्राम (प्लाष्टिक सहित) प्रतिबन्धित लागू औषध गाँजा जस्तो देखिने पदार्थ लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारिएको हुँदा निज व्यक्ति र बरामद ला.औ.सहित ला.औ.ब्युरो कोठेश्वरको जिम्मा लगाई पठाईएको ।  सुनसरी, बराहक्षेत्र न.पा.६ पटवारी स्थित कोशी नदीबाट बाँसको बिटो मुनीको भागमा लुकाई छिपाई लागु औषध गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका महेन्द्रनगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई अनुगमन गर्दा दुइजना व्यक्तिहरुले नदीको भंगालो छेउमा ल्याई बाँधिराखेको बाँसको बिटो देखी निजहरु उपर शंका लागी हेर्दा बासको बिटो  मुनि प्लाष्टिकले पोको पारी राखेको अवस्थामा लागु औषध गाँजा शुद्ध तौल २२५ के.जि. फेला परेकोले उक्त ला.औ.सहित जि.सुनसरी बराहक्षेत्र न.पा.६ बस्ने बर्ष अं.२० बिशेष माझी र ऐ.बस्ने बर्ष अं.१८ को रोशन श्रेष्ठलाइ नियन्त्रणमा लिई इ.प्र.का.महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भईरहेको ।

मिति २०८२।१२।३० गते ०५:०० बजे देखि २०८३।०१०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०१

ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, २०८२।१२।३० १२:३०         मिति २०८२।१२।१९ गते ११:०० बजे गौरीगंज गा.पा.५ हरिरा बस्ने वर्ष १७ की बालिकालाई  ऐ.बस्ने वर्ष ५८ को टुपानु राजवंशीले ऐ.बस्ने जोग ब. राजवंशीको मकैबारीमा लगि जवरजस्ती करणी गरेको भनी ऐ.३०गते १२:३० बजे इ.प्र.का.गौरीगंजमा आई लिखित जाहेरी दिनासाथ प्र.ह.को कमाण्डमा टोली खटी गई फरार टुपानु राजवंशीको खो.त.भईरहेको, पीडित बालिकालाई स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको, कैलाली, २०८२।१२।३० १६:३०     गौरीगंगा न.पा.२ उदासी बस्ने अं.वर्ष २२ को रतन रावलले जि.बाजुरा त्रिवेणी न.पा. ९ घर भई हाल जि. कैलाली गौरीगंगा न.पा.२ उदासी बस्ने अं.वर्ष १९ की बालिकालाई निजकै घर कोठामा गई मिति २०८२।११।११ गते अं.२२:०० बजे ज.ज.क.गरेको भनी ऐ.१२।३० गते १६:३० बजे इ.प्र.का.मालाखेतीमा जाहेरी दरखास्त दिएकोमा पीडितलाई यौनजन्य स्वास्थ्य परीक्षणको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाईएको, ज.ज.क.मा संलग्न रतन रावल फरार रहेकोमा इ.प्र.का.चौमालाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, काठमाडौं, २०८२।१२।३० १७:३५   चन्द्रागिरी न.पा.१५ तिनथाना राउत टोल स्थित माया मोक्तानको घरकोठा भाडामा लिई बस्ने मानिसले आफ्नै छोरीलाई ज.ज.क.गरेको भन्ने सुचना प्राप्त भएकोमा वृत्त थानकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा निज माया मोक्तानको घरमा बस्ने स्थायी वतन जि.सिन्धुली हरिहरगढी गा.पा.१ घर हुने वर्ष ३६ को पुरूषले आफ्नै छोरी वर्ष १३ की बालिकालाई आफु बस्ने गरेको कोठामा पटक-पटक ज.ज.क.गरेको भनि पीडित बालिकाबाट खुल्न आएकोले निज पुरूषलाई नियन्त्रणमा लिई प्र.वृत्त थानकोटमा ल्याई आ.अ.कार्य भईरहेको ,ग्याँस लिग भई आगलागी  । स्कुटरबाट नगद चोरी भएको, काठमाडौं, २०८२।१२।३० १९:५७   मिति २०८२।१२।३० गते अन्दाजी ११:३५ बजेदेखि ११:४५ बजेको समयमा का.जि.का.म.न.पा. वडा न. २६ गोंगबु चोक स्थित रहेको ICI PROEDENTAL INSURANCE LIMITED कम्पनीमा कार्यरत जिल्ला दोलखा गा.पा. वडा न. ४ स्थायी घर हुने बर्ष ४५ की कमला तामाङले ग्लोबल आई एम ई बैंकको अगाडी पार्किङ गरी राखेको बा ६६ प ७०३४ नम्बरको कालो रङको DIO स्कुटरको डिग्गी भित्र ICI PROEDENTAL INSURANCE LIMITED कम्पनीबाट  सानिमा बैंकमा जम्मा गर्ने भनि राखेको नेपाली नगद रु ४,९६,०००।– ( अक्षेरुपी चार लाख छयानब्बे हजार) अपरिचित व्यक्तिले डिग्गी खोली पैसा चोरी भएको भन्ने १२:४५ बजेको समयमा खबर प्राप्त हुना साथ तत्काल यस कार्यालयबाट प्र.ब.ना.नि. प्रकाश बहादुर रावत (९८५१२८९१०२) सहितको टोली र सादा पोशाक सहितको टोली खटिई गई सि.सि.टि.भि. फुटेजको आधारमा खो.त. कार्य भईरहेको, चोरी गर्ने मानिस फरार रहेको, हुलिया कुनै नखुलेको ।

मिति २०८२।१२।२९ गते ०५:०० बजे देखि २०८२।१२।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-३०

कर्तव्य ज्यान (प्र.क.),पर्सा, बीरगंज म.न.पा.११ रानीघाट स्थित ऐ.कालिकामाई गा.पा.१ मुर्ली बतन भएको इ.प्र.का.निजगढ बारा दरबन्दी भई जि.प्र.का.सप्तरीमा कार्यरत (मिति २०८२ ।१२।२४ गतेबाट लागु हुनेगरी दिन १० घ.बि.बसेको) अं.वर्ष २८ को प्र.ज.बिकाश चौरासियालाई जि.रौतहट माधवनारायण न.पा.१ घर भई हाल जि.पर्सा बीरगंज म.न.पा.११ स्थित फिरोज मियाको घरमा डेरा गरी बस्ने हंषराज साहको छोरा अं.वर्ष २६ को संतोष साह लगायत ४ जना मानिसहरु मिली कुटपिट गर्दा गम्भीर घाईते भई उपचारको लागि नारायणी अस्पताल पठाएकोमा डा.ले चेकजाच गर्दा अं.१७:३० बजे मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, व.प्र.का.श्रीपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने मानिसहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.पर्सामा राखिएको, थप अनुसन्धान भईरहेको । ज.ज.क./बाल यौन दुर्व्यवहार,झापा, मिति २०८२.१२.२७ गते अं.१६:३० बजे बुद्धशान्ती गा.पा.८ चुल्ठे स्थित ऐ.बस्ने अं.वर्ष ५३ को नारद अधिकारीले ऐ.बस्ने अं.वर्ष १२ की बालिकालाई "बाल यौन दुरुपयोग" गरेको भनी पीडितको बुवाले मिति२०८२।१२।२९ गते १८:०० बजे इ.प्र.का.धुलाबारीमा आई जाहेरी दखास्त दिनासाथ इ.प्र.का.धुलाबारीबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सल्यान, मिति २०८२।१२।१२ गते रातको समयमा जिल्ला सल्यान कुमाख गा.पा. वडा नं.५ झारकाँडा बस्ने संकेत नामथर ५५F(१९)को संरक्षक (क) ले मेरो बहिनी बर्ष १५ की परिवर्तित संकेत नामथर ५५ F (१९) लाई ऐ.ऐ. बस्ने बर्ष ३२ को धन ब. थापाले जबरजस्ति करणी गरेको भनि संरक्षक परिवर्तित संकेत नामथर (क) ले जि.प्र.का.सल्यानमा मिति २०८२।१२।२९ गते निवेदन पेश गरेको हुदाँ उक्त स्थानमा इ.प्र.का. रागेचौर सल्यान बाट प्रहरी टोली खटि गई निजलाई प्रकाउ गरि थप अनुसन्धान भईरहेको । ग्याँस लिग भई आगलागी,जाजरकोट, नलगाड न.पा.२ छेप्का स्थित ऐ.बस्ने थालु प्रसाद जैशीको भान्सा कोठामा खाना पकाउने ग्यास सिलिन्डर लिक हुन जाँदा निजको श्रीमती वर्ष ४२ की माया जैशीले लाईटरले आगो बाल्ने क्रममा आगोलागी हुँदा माया जैशी सहित ३ जना घाईते भई उपचारको लागी नलगाड नगर अस्पताल दल्ली लगि उपचार भईरहेको, अवस्था २ जनाको गम्भीर र १ जनाको मध्यम रहेको भन्ने खबर इ.प्र.का.दल्लीमा आउनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई, स्थानीय तथा प्रहरीको सहयोगमा ऐ.१०:१५ बजे उक्त आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको, तिनै जना घाइतेहरुलाई थप उपचारको लागि हे.क.मार्फत नेपालगंजको लागी नेपालगंजबाट बुद्द एयरको उडानद्वारा काठमाण्डौ पठाई किर्तिपुरमा उपचार भईरहेको माछा मार्ने क्रममा बारुद बिष्फोट भई मृत्यु (फुटकर ज्यान),न.प.(पूर्व), मध्यबिन्दु न.पा.१४ राइकोटे स्थित अरुणखोला किनारमा बारुद जन्य पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा अचानक बिष्फोट भई जि.पाल्पा निस्दी गा.पा.५ बस्ने वर्ष ३८ को खुम ब.सुनारी (कोखा, दाहिने खुट्टा र बाँया हातमा चोट, अवस्था गम्भीर) र ऐ.बस्ने वर्ष ३५ को रोमन सिंह खरु मगर (बाँया हातमा चोट, अवस्था मध्यम) घाईते भई उपचारको लागि रामपुर अस्पताल पाल्पा पठाएकोमा ऐ.२१:५५ बजे घाईते खुम ब.सुनारीलाई डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, जि.प्र.का.न.प.(पूर्व)बाट प्र.नि.को कमाण्डमा टोली खटी गई थप अनुसन्धान भईरहेको । लागु औषध,बाँके, कोहलपुर न.पा.१० बस्ने वर्ष २४ को सुदिप रैदास भारतको रुपैडिहा बजारबाट नेपालतर्फ पैदल आँउदै गरेको अवस्थामा नेपालगंज उ.म.न.पा.१५ जमुनाहा चेक प्वाईन्ट स्थित प्रहरी टोलिले चेकजाँच गर्दा निजको साथबाट लागु पदार्थ खैरो हिरोईन जस्तो देखिने शुद्व तौल ११ ग्राम ७०० मि लिग्राम फेला पारी निजलाई नियण्त्रणमा लिई थप अनुसन्धानको भई रहेको ।  सिरहा, धनगढीमाइ न.पा.१० जिरोमाइल चौक स्थित इ.प्र.का.धनगढी र सुरक्षा वेश सुखिपुरबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ति टोलीले धनगढी जिरोमाईल बजारबाट सुखीपुर तर्फ जादै गरेको को.२.ह ७१९४ नं.को अटोमा स.२.प ९१६९ नं. को मो.सा. टोचन गरी लादै गरेको अवस्थामा संका लागी चेकजाँच गर्दा, उक्त अटो भित्र सागको बोरामा लुकाइ छिपाइ राखिएको बोरा सहित १९ के.जी. ११० ग्राम ला.औ.गाँजा फेला परेको, नामथर, वतन नखुलेको मो.सा.चालक फरार रहेको, अटो चालक ऐ.धनगढीमाई न.पा.९ चैनपुर बस्ने रामकरण दासको छोरा अं.वर्ष ३३ को राजेश दास, अटो, मो.सा र ला.औ.गाँजा सहित आवश्यक अनुसन्धन तथा कार्वाहीको लागि इ.प्र.का.लहानमा पठाएको ।

मिति २०८२।१२।२८ गते ०५:०० बजे देखि २०८२।१२।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२९

ज.ज.क./बाल यौन दुर्व्यवहार,रुपन्देही, तिलोत्तमा न.पा.१४ बागदुरा बस्ने  वर्ष ७ की बालिकालाई ऐ.बस्ने वर्ष १२ को बालकले जबरजस्ती करणी गरेको भनी ऐ.२८ गते १६:०० बजे निज पीडितले जि.प्र.का.मा जाहेरी दरखास्त दिएको हुँदा प्र.चौ.चिल्हियाबाट प्र.स.नि.को टोली खटी गई निजलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको । शंकास्पद मृत,सिरहा, मिति २०८२।१२।२८ गते अं. ०७;५० बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा. २ छजना टोल अं. वर्ष २८ को सन्तोष मलिकको श्रीमती अं. वर्ष २७ कि रिमा देवी मलिक आफ्नै घरभित्र सुत्ने कोठाको बेडमा शंकास्पद मृत अवस्थामा रहेको भन्ने खबर इ.प्र.का सुखिपुर सिरहामा जानकारी प्राप्त हुनसाथ प्र.ना.नि इन्द्र नारायण साह (९८१६७५०५७५) को कमाण्डमा टोली खटिगई घटनास्थल सुरक्षित राखि अनुसन्धानको लागि मृतकको ससुरा अं. वर्ष ६५ को दोरिक मलिक, मृतकको सासु अं. वर्ष ६० कि मुर्ती देवी  मलिक, मृतकको श्रीमान अं. वर्ष २८ को सन्तोष मलिक सहित ३ जना नियन्त्रणमा लिएको, साथै थप अनुसन्धानको लागि तालुक इ.प्र.का महेशपुरपतार सिरहा बाट प्र.ना.नि संजय कुमार शर्मा (९८५५०९०८५५) को कमाण्डमा मुचुल्का SOCO सहितको टोली खटिगई अनुसन्धान कार्य भइरहेको तथा ऐ.०९;२० बजेको समयमा थप अनुसन्धानको लागि तालुक जि.प्र.का सिरहा बाट प्र.नि सुमन नेपाली (९८४००६४०१८) को कमाण्डमा टोली खटी गएको । ऐ. ११;३० बजेको समयमा लासको कानुनि प्रकृया पुरा गरी लास पो.मा.को लागि प्रादेशिक अस्पताल लहान सिरहा पठाइएको । ला.औ., धादिङ, गजुरी गा. पा ०१ गजुरी बजार स्थित पृथ्वीलोकमार्ग सडकखण्डमा बिशेष सुराकीको आधारमा इ.प्र.का. गजुरीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली खटि गई आदमघाटबाट गजुरी तर्फ आउदै गरेको बा ५ ख ७५३७ नं. को आईचरलाई  रोकी चेकजाँच गर्ने क्रममा उक्त आइचरको पछाडी ढालामा कोलो त्रिपालले छोपेको ९ वटा सेतो कलरको बोरा भित्र खोली हेर्दा पहेलो कलरको प्लाष्टिकले बेरि पोका पारी राखेको अबस्थामा अं.२५० के.जि. (तौल गर्न बाँकी) लागु औषध गाँजा जस्तो देखिने वस्तु फेला परेकोले उक्त ला.औ.र गाडी सहित  चालक जि.धादिङ निलकण्ठ न.पा. ८ बस्ने वर्ष २२ को सम्मर बि.क. समेत २ जनालाई नियन्त्रणमा लिई आ.अ.भइरहेको ।