प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।१०।२९ गते ०५:०० बजे देखि २०८२।११।०१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-११-०१

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

दैलेख, दुल्लु न.पा. ७ नगरपालिका नजिक ऐ.वडा नं.४ शान्तिबजार बस्ने वर्ष १८ को प्रकाश खनाललाई ऐ.वडा नं.१० सातखम्बा बस्ने वर्ष १८ को मुकुन्द्र बहादुर शाहीले धारिलो हतियार प्रयोग गरी प्रकाश खनालको पिठ्युँमा प्रहार गर्दा घाईते भई निज प्रकाश खनाललाई दुल्लु अस्पताल दुल्लु दैलेखमा ल्याई उपचार भईरहेकोमा ऐ.१५:४० बजे घाईते प्रकाश खनालको मृत्यु भएको, कुटपिटमा संलग्न ऐ.वडा नं.१० सातखम्बा बस्ने वर्ष १८ को मुकुन्द्र बहादुर शाही र ऐ.बस्ने वर्ष १९ को बिभुषण शाहीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.तर्फ पठाईएको ।

 

ज.ज.क./बाल यौन दुर्व्यवहार,

काठमाडौ, का.म.न.पा.२९ डिल्लीबजार स्थित पद्मकन्या बिद्यालयवाट वर्ष १२ कि परिवर्तित नाम सिंहदरवार (ग) (०८२।०८३) लाई साउन महिनामा ऐ.२९ घट्टेकुलो स्थित अम्बिका सुबेदी (घरपेटी) को घरमा अंकल अन्टीसँग डेरा गरी बस्ने परिवर्तित नाम सिंहदरवार (ग) (०८२।०८३) लाई अंकलले यौन दुरव्यवहार गरेको भनि विद्यालयवाट सुचना प्राप्त हुनासाथ वृत्त सिंहदरबारवाट प्र.नि.समेतको टोली खटि गई सो घटना सम्बन्धमा घटनास्थल मुचुल्का समेतको कार्य सम्पन्न गरी बालिकालाई समेत उद्धार गरी बालिकालाई संरक्षणका लागि श्री बाल हेल्पलाईन १०९८ नेपाल,कलंकी तिनथाना काठमाण्डौमा कार्यरत मनोबिमर्शकर्ता हिरा देवी खतिवडाको जिम्मा लगाई पठाईएको र सो घटना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको,दुरव्यवहार गर्ने मानिस फरार रहेकोले खो.त.कार्य जारी,दुरव्यवहार गर्ने मानिसको कुनैपनी विवरण नखुलेको ।

 

झापा, मिति २०८२/१०/२८ गते अं २१:३० बजेको समयमा जिल्ला झापा अर्जुनधारा न.पा ९ बाह्रघरे स्थित जिल्ला इलाम माई नपा ५ घर भई बिगत ६।७ महिना देखी ऐ अर्जुनधारा न.पा ९ बाहघरे मामा घरमा बस्दै आएकी सांकेतिक नाम (२७ (क) -अनारमनी-०८२-०८३) लाई जिल्ला सुनसरी बाह्रक्षेत्र नपा ७ बस्ने बर्ष ६४ को प्रमानन्द पौडेलले जबर जस्ती करणी गरेको भन्ने खबर ऐ २९ गते अं १९:०० बजे प्रचौ शनिश्चरेमा पिडित पक्षले जानकारी गराउना साथ तत्काल प्रचौ शनिश्चरेबाट प्रबनानि नुमराज केशीको कमाण्डमा टोली खटी गई पिडित र पिडकलाई इप्रका अनारमनीमा ल्याई अनुसन्धान गरी दुबैलाई स्वास्थ्य परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाएको ।

 

कपिलवस्तु, कपिलवस्तु न.पा. ९ कुश्मा पिपलडाँडा बस्ने मुम बहादुर सुनारको छोरा बर्ष २४ को राजु सुनारले छिमेकी ऐ.ऐ.बस्ने सुरेन्द्र नेपालीको छोरी बर्ष १४ की अनुष्का नेपालीलाई आमा खेतमा गएको अबस्थामा ( घरमा निजको १० बर्षको भाई रहेको)   घरमा गई म तिमिलाई आर्मीको तालिम सिकाउछु भनि हातले मुख थुनिदिएको र  अनुष्का नेपाली चिच्याएकोमा राजु सुनारको आमा कुमारी बिश्वकर्मा आई निजलाई छुट्याएको र ऐ.१९:३० बजे अनुष्का नेपालीको आमा खेतबाट आई सोही बिषयलाई लिई दुबै पक्ष झै-झगडा गरेको भनि अ.प्र.पोष्ट जगदिशपुरताल कपिलवस्तुमा खवर गर्नासाथ उक्त स्थानमा अ.प्र.पो.जगदिशपुरताल कपिलवस्तुबाट प्र.स.नि.दयाशंखर चाई (९८४७०५६४०८) को कमाण्डमा ३ जनाको टोली र तालुक इ.प्र.का.पिपरा कपिलवस्तुबाट प्र.नि.अर्जुन पौडेल (९८५७०९०२७६) को कमाण्डमा ५ जनाको टोलि खटि गई निज राजु सुनारलाई नियन्त्रणमा लिई इ.प्र.का.पिपरा कपिलवस्तु ल्याउदै, अन्य अनुसन्धान कार्य भई रहेको ।

 

चोरी/ ठगी,

ईलाम, माई न.पा.०८ फुलबारी स्थित ऐ.वस्ने हरिचरण भट्टराईको घरमा निजकै श्रीमती वर्ष अं. ६० की इन्द्र माया भट्टराई मात्र भएको समयमा को कुन मानिसले घरको कोठा भित्र पसि काठको बाक्सा भित्र रहेको नगद रु.१०,०००/- (दश हजार),चार आनाको तिलहरी,आठ आनाको काँचो सुन र कानमा लगाएको आठ आनाको माडवारी समेत चोरी फरार रहेको भनि ऐ.०९:३० बजे प्रचौ महमाई इलाममा जानकारी प्राप्त हुन साथ तत्काल प्रचौ महमाईबाट प्रसनि टेक ब.वस्नेतको कमाण्डमा ४ प्रहरी टोली खटि गई चोरी गर्ने मानिसको खो.त. गर्ने क्रममा ऐ. माई.न.पा.८ वस्ने वर्ष अं. ३० को महेश थापालाई ऐ.१६:४० बजे ऐ.माई.न.पा.४ शुक्रबारे बजारबाट निययन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।

 

काठमाडौं, बुढानिलकण्ठ न.पा.१३ स्थित शिवपुरी दरवार रिर्सोट नजिक रहेको जंगलमा जि.सुनसरी धरान उ.म.न.पा.११ घर भई मिति २०८२।१०।२८ गते धरानबाट काठमाण्डौ आई गौशालाको एक होटेलमा बसेका बिजय राईलाई जि.दोलखा घर भएको अं.वर्ष ४२ को तारा बहादुर तामाङ र हुलिया नखुलेको अं.वर्ष ६२ को अर्का व्यक्तिले नेपाली रुपैयाको सट्टामा डलर पैसा साटी दिन्छु भनी निज बिजय राईलाई उल्लेखित जंगलमा लगी ने.रू. ३०,००,०००।– (ने.रू. तीस लाख मात्र ।) नेपाली रुपैयाको सट्टामा ५०,००० $।-( पचास हजार अमेरिकी डलर) दिन्छु भनी अमेरिकी डलरको सट्टामा नेपाली रू.२० को नयाँ नोट राखी रुमालले बाधेँको १४ वटा बन्डलमा अगाडि र पछाडि २० को नोट र बीचमा पैसासँग मिलाएर काटेको कागज टुक्रा राखी नेपाली रुपैया ३०,००,०००।– (तीस लाख) लगेर गई ठगी गरेको भनी निज पीडित राईले मिति ऐ.२९ गते १०:०० बजे प्रभाग बूढानीलकण्ठमा निवेदन लेखी पेश गरे पश्चात प्र.नि.को कमाण्डमा टोली खटी गएको ।

 

लागु औषध,

मकवानपुर, हेटौडा उ.म.न.पा.२ संगम चोक स्थित बाटोमा शंकास्पद तरिकाले हिँडिरहेको देश भारत मोतिहारी जिल्ला पुर्वी चम्पारन थाना रक्सौल बस्ने अं.वर्ष १७ को रबी गुप्तालाई रोकी चेकजाँच गर्ने क्रममा निजको साथबाट प्लाष्टिकमा बेरी राखेको ४ ग्राम ८६० मिलिग्राम (तौल भएको) ला.औ.खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजलाई ला.औ.सहित नियन्त्रणमा लिई जि.प्र.का.पठाएको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।