प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।११।०७ गते ०५:०० बजे देखि २०८२।११।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-११-०८

  • A
  • A-
  • A+
Share

पेस्तोल पड्किएर बालक घाइते,

सर्लाही, मलंगवा न.पा. ४ ढाँका गाउँ बस्ने रामविश्वास रामको छोरा अं. वर्ष १५ को आकाश कुमार राम घर देखी १०० मिटर पूर्वमा रहेको निर्माणाधिन हनुमान मन्दिरको भित्र कुनामा रातो कपडाले बेरी राखिएको बस्तु खोली हेर्दा पेस्तोल रहेकोमा सो पेस्तोल नक्कली हो भनि चलाउने क्रममा पेस्तोल पड्की निज आकाश रामको दाहिने हातको पन्जामा गोली लागी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जि.प्र.का. सर्लाहीबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई घाइतेलाई प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा ल्याई उपचार भईरहेको, अवस्था मध्यम, घटनास्थलमा थान-१ कुटुवा पेस्तोल र पड्किएको खो.का. पेस्तोलमा अड्किएको अवस्थामा फेला परेको, थप अनुसन्धान कार्य भईरहको । ऐ.१८:२५ बजेको समयमा निज घाईते प्रादेशिक अस्पताल जनकपुर धनुषामा पुगी उपचार भईरहेको , अबस्था सामान्य ।

 

ज.ज.क.,

इलाम, मिति २०८२।११।०६ गते बिहानको राति अं. ०३:०० बजे जि.इलाम माङसेबुङ गा.पा. ५ कुरुम्बा बस्ने सन्तोष लावतिको घरमा बिगत १ वर्ष देखि काम गरी बस्दै गरेको ऐ. ३ बस्ने राज कुमार लिम्बुको छोरा वर्ष २० को पुरुषले जि.पाँचथर मिक्लाजुङ गा.पा. ५ घर भई ऐ. ३ बरभञ्ज्याङ स्थित मामली घरमा ३ दिन अगाडि आई बसेकी वर्ष १५ की बालिकालाई सन्तोष लावतिको घरमा ज.ज.क. गरेको भनि पिडितको बुवाले ऐ. २१:०० बजे टे.फो. मार्फत प्र.चौ. बाँझो इलाममा जानकारी गराउनसाथ प्र.ना.नि.को कमाण्डमा टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. मंगलबारे इलाममा ल्याई राखि ऐ. ०७ गते १०:०० बजे पिडितको आमाले लिखित जाहेरी दिनासाथ पिडकलाई जिल्ला अदालत इलाममा उपस्थित गराई मुद्धा दर्ता भई थप अनुसन्धान कार्य भई रहेको ।

 

कञ्चनपुर, मिति २०८२।११।०६ गते अं. १७:३० बजे, जि.कञ्चनपुर लालझाडी गा.पा. वडा न.६ बस्ने वर्ष  अं.७ कि बालिकालाई घरमा कोहि नभएको अवस्थामा ऐ.बस्ने वर्ष अं.१५ बालकलले ज.ज.क. गरेको भनि ऐ.०७ गते १३:०० बजे, पिडितका आफन्तले इ.प्र.का.बेलौरीमा आई जाहेरी दिनासाथ, प्र.नि.को कमाण्डमा टोली खटी निज बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

 

श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रण,

महोत्तरी, मनरासिस्वा न.पा.३ सोनौल बजार स्थित प्रहरी टोलिले  पोखरभिण्डबाट सोनौल बजारतर्फ जि.महोत्तरी सम्सी गा.पा.७ बस्ने गौतम साहले चलाइ आँउदै गरेको म.प्र.०२-००९प.१५१७ नं.को मो.सा.लाई शंका लागि मो.सा.रोकी चेकजाचँ गर्दा सोही मो.सा.पछाडी सवार निजको छोरा अं.वर्ष ८ को छोटु कुमार साहको साथबाट प्लाष्टिकको पोकामा स्रोत नखुलेको रुपैयाँ ११ लाख ५१ हजार ३ सय मात्र शंकास्पद देखिएको हुँदा मो.सा.सहित दुबै जना मानिसलाइ नियन्त्रणमा लिइ जि.प्र.का.महोत्तरीमा पठाइएको,  आवश्यक अनुसन्धानको भइरहेको  ।

 

चोरी,

रुपन्देही, मिति २०८२।११।०३ गते जि.रूपन्देही सिद्धार्थनगर न.पा.१ बेलहिया बस्ने अं.वर्ष ६५ को रमेश कुमार गुप्ताको स-परिवार सहित भारतको कोलकत्ता आफन्तको बिहेमा गएकोमा ऐ.०७ गते अं.१७:३० बजे निजको छोरा अभिशेक गुप्ता भारतकोबाट आफ्नो घर फिर्ता भई कम्पाउण्डको गेट खोली भित्र हेर्दा घरमा निजको एक तले घरको अगाडीको ढोकाको ताला झुन्ड्याउने कुन्डी तोडी भित्र पसी चोरी भएको भनी जानकारी गराउनासाथ इ.प्र.का.बेलहियाबाट प्र.नि.को कमाण्डमा टोली खटीई गई बुझ्दा कोठामा भएको २ वटा दराजको लक तोडी दराजमा रहेको नगद रु. ५,२८,०००।–(पाँच लाख अठ्ठाईस हजार), सुन र चाँदिको बिभिन्न गरगहनाहरुको अं. मुल्य रु.२३ लाख बराबरको चोरी भएको, कपडाहरु यत्रतत्र छरेको अवस्थामा रहेको,चोरी गर्ने व्यक्तिहरुको खो.त.कार्य भईरहेको ।

 

बालिका हराएको,

सप्तरी, मिति २०८२।११।०५ गते अं.१९:०० बजे,जि.सप्तरी खड्क न.पा. ८ लालपटी टोल घर भई हाल ऐ.वडा नं.८ बिसनपुर बस्दै गरेको इमरान खानको छोरी अ.बर्ष-७ की नेहा खातुनले घरमा कोहि कसैलाई केही नभनी घरबाट निस्केको भन्ने खबर प्र.चौ.बिसनपुर सप्तरीमा ऐ.१९:३० बजे जानकारी प्राप्त हुनासाथ प्र.नि. संजीब बोगटीको कमाण्डमा टोली खटी गई खो.त.कार्य भईरहेकोमा उल्लेखित बालिकालाई Manually र Technically Analysis गरि खो.त.गर्दै जाने क्रममा ऐ.११।०७ गते अ.११:०० बजे जि.सप्तरी खडक न.पा.९ लालपट्टी टोल बस्ने मो.सफि रहमानको छोरा अं.वर्ष ३० को ईम्तियाज अहमदले बच्चाको बुवालाई फोन गरी १ करोड रकम र ५ किलो सुन फिरौती माग गरेको हुँदा माग बमोजिमको रकम तयार पार्छु छोरी फिर्ता गरि दिनु भनी रकम लिन बोलाउँदा निज ईम्तियाज अहमदले ऐ. रुपनी गा.पा.१ खाँडो खोला स्थितमा उल्लेखित बालिकालाई लिई आएको अवस्थामा जि.प्र.का.सप्तरीको निर्देशानुसार इ.प्र.का.कल्याणपुरबाट प्र.नि.को टोलीले घेरा बन्दी गरी ऐ.१७:०० बजे निज ईम्तियाज अहमदलाई नियन्त्रणमा लिई इ.प्र.का.कल्याणपुर सप्तरीमा ल्याई राखिएको, निज नेहा खातुनलाई सकुशल उद्धार गरी दुबै जनालाई OCMC(बिस्तृत स्वास्थ्य परिक्षण) चेकजाँचको लागी गजेन्द्र नारायण सिंह असप्ताल राजबिराज सप्तरी पठाईएको ।

 

लागु औषध,

धनकुटा, साँगुरीगढी गापा-१ लावरबोटे स्थित कोशी लोक मार्गमा प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको प्र१-०२-०५८ प ७८३३ नम्वरको स्कुटर रोकी चेकजाँच गर्दा जम्मा १४ (चौध) किलोग्राम (गाँजा) सहित स्कुटर, स्कुटर चालक जि.धनकुटा शहिदभुमि गा.पा.४ वस्ने वर्ष २१ को दिनेश राई र स्कुटरमा पछाडी सवार ऐ.वस्ने वर्ष २० को प्रमोद राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको ।

 

रुपन्देही, गैडहवा गा.पा.३ गोबडौरी स्थित इ.प्र.का.सुर्यपुराबाट खटिएको  टोलीले लुम्बिनी से ३ प ६०० नं. को मो.सा. लाई चेकजाँच गर्ने क्रममा मो.सा. चालक ऐ.मायादेवी गा.पा.१ बसन्तपुर बस्ने बर्ष अं.३४ को जगदिश कुर्मीको साथबाट  ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ८०० मिलिग्राम र सोही मो.सा.पछाडी सवार ऐ.गैडहवा गा.पा.४ कुसुमहवा  बस्ने बर्ष अं. ३१ को महेश कुर्मीको साथबाट  ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल ३ ग्राम २०० मिलिग्राम फेला परेकोले तत्काल निज महेश कुर्मीको घरमा गई खानतलासी गर्दा निज सुत्ने कोठा बाट ब्राउन सुगर जस्तो देखिने शुद्ध तौल ३१ ग्राम ४७० मिलिग्राम फेला परेको ले जम्मा ३६ ग्राम ४७० मिलि ग्राम  लागु औषध ब्राउन सुगर, मो.सा. र दुबै जना मानिसहरु समेतलाई नियन्त्रणामा लिई यस का.मा ल्याई राखेको ।

सम्बन्धित समाचार
मिति २०८३।०५।१५ गते ०५:०० बजे देखि २०८३।०५।१६ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१६

ज.ज.क./बाल यौन दुर्व्यवहार,सिन्धुली, कमलामाई न.पा.४ गणपती होटल पछाडि रहेको झोलुङ्गे पुलमुनि ग्वाङ् खोलामा वर्ष १० की बालिका र निजको साथी वर्ष ९ की बालिका समेत नुहाईरहेको अवस्थामा ऐ.दुधौली न.पा.३ बस्ने वर्ष २३ को भक्त बहादुर कार्कीले आफ्नो कपडा खोली खोला भित्रै पानीमा वर्ष १० की बालिकालाई जबरजस्ती करणी गरेकोमा निज बालिका रोई कराई गरेको अवस्थामा सोही ठाउँमा माछा मार्ने मानिसहरुले देखी निजलाई नियन्त्रणमा लिई प्र.चौ.ढुङ्ग्रेबासमा टे.फो.मार्फत जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज भक्त बहादुर कार्कीलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई ऐ.०५/१५ गते दिन ५ म्याद थप गरी अनुसन्धान कार्य भईरहेको,। संखुवासभा, भोटखोला गा.पा.०४ घर भई हाल जि.संखुवासभा मकालु गा.पा.०५ बस्ने अ.वर्ष ४३ को किरण तामाङले वर्ष २७ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.नुम संखुवासभाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई  पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको । उदयपुर, न.पा.वडा न.६ शिखरटोल बस्ने वर्ष १५ की  बालिकालाई जिल्ला उदयपुर बेलका न.पा. वडा न.०६ कात्तिके बस्ने वर्ष २१ को लाक्पा तामाङले ज.ज.क गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. रामपुरठोक्सिला  उदयपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको,बालिकाको अवस्था सामान्य रहेको । धरिलो हारहतियार प्रहार,बाँके, बैजनाथ गा.पा.८, गुरदयालपुर बस्ने वर्ष ४० की ठगनी थरुनीले निजको श्रीमान वर्ष ४३ को जंग बहादुर थारुलाई घरायसी विवाद हुँदा धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रनियापुरबाट प्र.ह.को कमाण्डमा टोली खटी गई निज घाईतेलाई उपचारको लागी संजिवनी कलेज अफ मेडिकल साईन्सेज प्रा.लि. नेपालगंज, बाँकेमा पठाईएको, अवस्था गम्भीर, निज ठगनी थारू र निजले प्रयोग गरेको हतियार नियन्त्रणमा लिई इ.प्र.का.घनौलीमा पठाईएको,। मुस्ताङ, घरपझोङ गा.पा. वडा नं. २ मार्फा स्थितमा ऐ.बस्ने बर्ष अं. २८ को रोशन मगरले ऐ.ऐ. बस्ने बर्ष अं. २८ को राजेन्द्र परियारलाई धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गरी गम्भिर घाईते भएको छ भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का. मुस्ताङ बाट प्र.नि. ईश्वर महतको ( ९८५६०९१००६ ) कमाण्डमा ७ जनाको टोलि खटिई गई घाईतेलाई मार्फा स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल जोमसोम मुस्ताङ पठाईएको, धारिलो हतियार खुकुरी प्रहार गर्नुको कारण नखुलेको,दुवै जनाले मा.प.से. गरेको,उपचारमा घाईतेको आफन्त संलग्न, धारिलो हतियार खुकुरी प्रहार गर्ने व्यक्ति,खुकुरी जि.प्र.का. मुस्ताङको नियन्त्रणमा रहेको । ऐ.०३:४३ बजेको समयमा घाईते थप उपचारको लागि पोखरा रिफर भएको, उपचारमा श्रीमती निरमाया परियार (९७६३२७०१५४) संलग्न । हाम फाली बेपत्ता,सोलुखुम्बु, महाकुलुङ गा.पा.-५ चाचालुङ बस्ने सुमित कुलुङकी श्रीमती वर्ष अ.१८ की सम्झना नाछिरीङ राई श्रीमान-श्रीमतीबीच घरायासी विवाद भई श्रीमती ऐ. सोताङ गापा-४, नाम्लुङ माईती घर गएकोले श्रीमान पनि सँगै जाँदै गर्दा ऐ. महाकुलुङ गा.पा.५ र सोताङ गा.पा.४ को सिमाना स्थित गुदुङ खोलाको पुलबाट निज श्रीमती सम्झना नाछिरीङ राईले खोलामा हाम फाली बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. सोताङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको, । लागु औषध,उदयपुर, कटारी न.पा.६ बाँकेटार शान्तिवन स्थित वनभित्र ला.औ. गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इ.प्र.का. कटारीबाट प्र.नि.को कमाण्डमा २० जनाको टोली खटी गई उक्त वनभित्र खो.त.गर्दा बा १६ च ५२६९ नं.को बोलेरो गाडी र गाडी नजिकै जंगलमा विभिन्न स्थानमा लुकाई छिपाई राखेको ला.औ. गाँजा ५२ बोरा शुद्ध तौल ११२२ के.जि. ६७ ग्राम गाँजा र सोही स्थानमा ऐ. ताप्ली गा.पा. १ डाँडागाउँ बस्ने वर्ष ५५ को राम बहादुर मगर सहित ३ जनालाई फेला पारी ला.औ., गाडी सहित  तीनै जनालाई इ.प्र.का. कटारी ल्याई अनुसन्धान भइरहेको, ।  न.प.पश्चिम, नवलपरासी (ब.सु.प.) रामग्राम न.पा.०१ निलोगेट स्थितमा ला.औ.कारोबार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ला.औ.नियन्त्रण ब्युरो शाखा कार्यलय भैरहवा रुपन्देहीबाट प्र.ना.नि.को कमाण्डमा २ जना र जि.प्र.का.नवलपरासी (व.सु.प) बाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई परासी देखि सुनवल तर्फ जादै गरेको भारतिय UP 56 AH 6189 न.को मो.सा.लाई रोक्न खोज्दा उक्त मो.सा.नरोकी भाग्ने क्रममा मो.सा.छाडी मो.सा.चालक देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सेखली बस्ने वर्ष अं. ३३ को गिरिजेस श्रीवास्तव र सोही मो.सा. पछाडी सावर देश भारत उत्तर प्रदेश जिल्ला महाराजगंज निचलौल बस्ने वर्ष अं. २७ को दिपक भन्ने मिधलेस श्रीवास्तव भाग्दै गर्दा ब्यारेट पेस्तोलबाट ४ राउण्ड हवाई फाएर गरी निजहरुलाई रितपुर्वक नियन्त्रणमा लिई चेकजाँच गर्दा  ब्राउन सुगर जस्तो देखीने खैरो गिलो पदार्थ प्लाष्टिक रहितको तौल १५८ ग्राम नियन्त्रणमा लिई जि.प्र.का. नवलपरासीमा ल्याई राखिएको,चोटपटक कसैलाई केही नभएको ।

मिति २०८३।०५।१४ गते ०५:०० बजे देखि २०८३।०५।१५ गते ०५:०० सम्मका मुख्य आपराधिक घटनाहरु
२०८३-०५-१५

ज.ज.क./बाल यौन दुर्व्यवहार,दाङ, मिति २०८२।११।०४ गते बिहान अं. ०४:०० बजेको समयमा जि. दाङ, राजपुर गा.पा.७ मनोहरा स्थित भैसाहीदेखि भौवानाका जाने बाटोमा पर्ने पुर्णबहादुर रोकाले घर बनाएको पुरानो स्थान नजिकैको जंगलमा ऐ. राजपुर गा.पा.७, भौवानाका बस्ने वर्ष ३७ की महिलालाई ऐ. राजपुर गा.पा.७ भित्री सिक्टा बस्ने वर्ष ३२ को जनक कुमालले ज.ज.क. गरेको भनि आज मिति २०८३।०५।१४ गते १७:३० बजे निज पीडितले आफैं इ.प्र.का. गढवामा लिखित जाहेरी दरखास्त दिएपश्चात् प्र.नि.को कमाण्डमा प्रहरी टोलि खटि गई पिडक जनक कुमाललाई ऐ. गढवा गा.पा.६ गढवा बजारमा हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई आ.अ.कार्य भईरहेको, पीडितको अवस्था सामान्य रहेको र निज पीडित गर्भवती रहेको, पीडित पीडक दुवैको मेडिकल परीक्षण हुन बाँकी रहेको । सिन्धुपाल्चोक, लिसंखुपाखर गा.पा.७ धामीटोल बस्ने वर्ष ३६ को पुरुषले कान्छी श्रीमतीको छोरी वर्ष १७ की बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने प्रयास गरेको भनि ऐ.१९:०० बजे खबर प्राप्त पश्चात प्र.चौ.ठुलोपाखरबाट प्र.स.नि.को कमाण्डमा टोलि खटि गई पिडकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको । सुन बरामद,काठमाण्डौं , हिमालयन एयरलाईन्सको उडान द्धारा कतारको हुदै काठमाडौं आएका जिल्ला सर्लाही मलंगवा न.पा.३ बस्ने मोहम्मद जसिम फकिरले  सुनजस्तो देखिने पहेलो धातुको जस्तो देखिने सिक्री थान १ (अं.२५ ग्राम) ल्याएकोमा निजलाई संका लागी सोधपुछ गर्दा निजले भरियाको रुपमा उक्त सुन ल्याएको भनि मुखसावित वताएकोले निजलाई आवश्यक  अनुसन्धानको लागी नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएको कारण दिन एक सुरक्षित साथ राख्नका लागि प्रहरी वृत्त गौशला पठाएको । काठमाण्डौं, का.म.न.पा.९ एयरपोर्ट स्थित हिमालयन एयरलाईन्सको उडान द्धारा कतार हुदै काठमाण्डौ आएका यात्रुहरुलाई प्रयोग गरी नेपालमा सुन ओसारपसार गरी कारोबार गर्ने सिरहा जिल्ला सिरहा न.पा.७ घर भई बस्ने वर्ष ३४ को सन्तोष कुमार यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको पार्किङ क्षेत्रमा बाह्‍य मुलुकबाट आगमन भएका यात्रुहरुले भन्सार छली गरी ल्याएको सुन जस्तो देखिने पहेँलो धातुको सिक्रि थान १ अं.तौल २५ ग्राम रिसिभ(संकलन) गरी अवैध रूपमा लैजान लागेको अवस्थामा नियन्त्रणमा लिई भन्सार कार्यालय बन्द भएकोले ऐ.१९:३० बजे प्रहरी वृत्त गौशला पठाएको । कैदी मृत्यु,चितवन, चितवन कारागार ल्याएको कर्तव्य ज्यान केसको कैदि वन्दि क्यान्सर विरामी जि.पर्वत फलेवास गा.पा.२ वतन भएको वर्ष ४२ को बिनोद विक्रम कुवर मिति २०८३/०३/२२ गते देखि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भई रहेकोमा ऐ.१४ गते उपचारको क्रममा मृत्यु भएको,शव सोहि अस्पतालमा रहेको,आफन्तहरु सगै रहेको । हतकडी सहित मानिस फरार,झापा, बिर्तामोड न.पा.८ स्थित देउनिया नजिकबाट चोरीमा संलग्न ऐ.भद्रपुर न.पा.१० बस्ने बर्ष २४ को सन्देश हस्दालाई अ.प्र.चौ.गरामनीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलिले नियन्त्रण लिने क्रममा हतकडी सहित फरार भएको हुँदा इ.प्र.का.अनारमनीबाट प्र.ना.उ.को कमाण्डमा, जि.प्र.का.झापाबाट प्र.ना.उ.को कमाण्डमा र मातहत समेतबाट प्रहरी परिचालित गरी चेकिङ सहितको डिउटी निकाली खोजतलास भईरहेको । अस्पतालबाट बच्चा चोरी भएको,पर्सा, जि. सर्लाही  रामनगर गा.पा.३ बहुअर्वा बस्ने रन्जय दासको श्रीमती अं.वर्ष २७ की  रिन्कु देवीले  मिति २०८३/०५/१३ गते अं.२३:०० बजे जि.पर्सा विरगंज म.न.पा.०४ स्थित नारायणी अस्पतालमा शल्यक्रियाबाट नवजात शिशु (छोरा) जन्मिएकोमा ऐ.०५।१४ गते अं.१५:०० बजे अपरिचित अं.वर्ष ३५ की महिलाले बच्चा खेलाउछु भनि शिशुको हजुरआमासँग मागी बच्चा लिई गएकोमा हालसम्म सम्पर्कमा नआएकोले चोरी भएको भनि ऐ.१६:४५ बजे ऐ. अस्पतालमा खटिएको प्र.क.लाई जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट  प्र.नि.को कमाण्डमा टोलि खटि गई बुझ्ने तथा खोजतलास कार्य भईरहेको । लागु औषध,कञ्चनपुर, भि.न.पा.११ होल्डिङ्ग सेन्टर (७ नं.पिल्लर) स्थित इ.प्र.का.गड्डाचौकीबाट प्र.ब.ना.नि.को कमान्डमा खटिएको प्रहरी टोलिले भारतबाट नेपाल आँउदै गरेको से. ६ प १५४९ नं.को मो.सा.चालक जि. कैलाली गोदावारी न.पा.०४ बस्ने अं.वर्ष २६ को प्रभाष मल्ल र सोही मो.सा.मा पछाडी सवार जि. डोटी जोरायल गा.पा.०१ बस्ने अं.बर्ष २६ को बिक्रम पातलीलाई शंका लागी चेकजाँच गर्दा शुद्ध तौल ६.५७ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषध सहित बरामद गरी आवश्यक कार्बाहीको लागि जि.प्र.का. पठाईएकोमा,  ऐ. १९:३०बजे सोधपुछको क्रममा निज वर्ष २७ को प्रभास मल्ल कम्प्युटर कोड नं.६३६४२ को स.प्र.बल नेपाल नं.३५ गण हे.क्वा. शैलेश्वरी झलारी कञ्चनपुर दरबन्दी भई नं.५२ गुल्म हे.क्वा. डडेल्धुरामा कार्यरत स.प्र.ज. रहेको भन्ने बुझिएको ।  पर्सा, वीरगञ्ज म.न.पा.१६ माईधिया पोखरी अगाडि सडक-खण्डमा बसपार्क तर्फ पैदल आउँदै गरेको देश भारत विहार राज्य जिल्ला पूर्णिया थाना सदर ग्राम हाजिरगञ्ज वडा नं.४५ बस्ने वर्ष १९ को कृष्णा कुजुँर लगायत ३ जना  व्यक्तिहरू माथि शंका लागि जि.प्र.का.बाट खटिएको प्र.नि.को विशेष टोलिले रोकी चेकजाँच गर्दा निजहरूको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ १०० ग्राम फेला पारी बरामद गरी ला.औ. सहित ३ जनालाई  नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।