मिति २०८२।१२।२८ गते ०५:०० बजे देखि २०८२।१२।२९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-१२-२९
- A
- A-
- A+
ज.ज.क./बाल
यौन दुर्व्यवहार,
रुपन्देही, तिलोत्तमा
न.पा.१४ बागदुरा बस्ने वर्ष ७ की
बालिकालाई ऐ.बस्ने वर्ष १२ को बालकले जबरजस्ती करणी गरेको भनी ऐ.२८ गते १६:०० बजे
निज पीडितले जि.प्र.का.मा जाहेरी दरखास्त दिएको हुँदा प्र.चौ.चिल्हियाबाट
प्र.स.नि.को टोली खटी गई निजलाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको ।
शंकास्पद
मृत,
सिरहा, मिति
२०८२।१२।२८ गते अं. ०७;५० बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा. २
छजना टोल अं. वर्ष २८ को सन्तोष मलिकको श्रीमती अं. वर्ष २७ कि रिमा देवी मलिक
आफ्नै घरभित्र सुत्ने कोठाको बेडमा शंकास्पद मृत अवस्थामा रहेको भन्ने खबर
इ.प्र.का सुखिपुर सिरहामा जानकारी प्राप्त हुनसाथ प्र.ना.नि इन्द्र नारायण साह
(९८१६७५०५७५) को कमाण्डमा टोली खटिगई घटनास्थल सुरक्षित राखि अनुसन्धानको लागि
मृतकको ससुरा अं. वर्ष ६५ को दोरिक मलिक, मृतकको सासु अं. वर्ष
६० कि मुर्ती देवी मलिक, मृतकको श्रीमान
अं. वर्ष २८ को सन्तोष मलिक सहित ३ जना नियन्त्रणमा लिएको, साथै थप अनुसन्धानको
लागि तालुक इ.प्र.का महेशपुरपतार सिरहा बाट प्र.ना.नि संजय कुमार शर्मा
(९८५५०९०८५५) को कमाण्डमा मुचुल्का SOCO सहितको टोली खटिगई
अनुसन्धान कार्य भइरहेको तथा ऐ.०९;२० बजेको समयमा थप अनुसन्धानको लागि तालुक
जि.प्र.का सिरहा बाट प्र.नि सुमन नेपाली (९८४००६४०१८) को कमाण्डमा टोली खटी गएको ।
ऐ. ११;३० बजेको समयमा
लासको कानुनि प्रकृया पुरा गरी लास पो.मा.को लागि प्रादेशिक अस्पताल लहान सिरहा
पठाइएको ।
ला.औ.,
धादिङ, गजुरी गा. पा
०१ गजुरी बजार स्थित पृथ्वीलोकमार्ग सडकखण्डमा बिशेष सुराकीको आधारमा इ.प्र.का.
गजुरीबाट प्र.नि. को कमाण्डमा ७ जनाको टोली खटि गई आदमघाटबाट गजुरी तर्फ आउदै
गरेको बा ५ ख ७५३७ नं. को आईचरलाई रोकी
चेकजाँच गर्ने क्रममा उक्त आइचरको पछाडी ढालामा कोलो त्रिपालले छोपेको ९ वटा सेतो
कलरको बोरा भित्र खोली हेर्दा पहेलो कलरको प्लाष्टिकले बेरि पोका पारी राखेको
अबस्थामा अं.२५० के.जि. (तौल गर्न बाँकी) लागु औषध गाँजा जस्तो देखिने वस्तु फेला
परेकोले उक्त ला.औ.र गाडी सहित चालक
जि.धादिङ निलकण्ठ न.पा. ८ बस्ने वर्ष २२ को सम्मर बि.क. समेत २ जनालाई नियन्त्रणमा
लिई आ.अ.भइरहेको ।