मिति २०८३।०१।०२ गते ०५:०० बजे देखि २०८३।०१/०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८३-०१-०३
- A
- A-
- A+
ज.ज.क./बाल
यौन दुर्व्यवहार
धनकुटा
महालक्ष्मी न.पा.६ गुठ स्थित ऐ.बस्ने अ.वर्ष ४२को धन बहादुर गिरीले अं.वर्ष १३ की
बालिकालाई ज.ज.क.गरेको भनि प्र.चौ.लेगुवामा ऐ.२२:०० बजे मौखिक जानकारी प्राप्त
हुनासाथ प्र.चौ.लेगुवाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा
लिई जि.प्र.का.धनकुटामा ल्याई थप अनुसन्धानको कार्य भईरहेको।
गुल्मी
सत्यवती गा.पा.४ नदेवा स्थित दिलिप नेपालीको बारीमा ऐ. बस्ने वर्ष ६१ की महिलालाई
ऐ. बस्ने वर्ष २३ को आशिष ज्ञवालीले ऐ.०१।०१ गते अं.१७:०० बजे ज.ज.क.गरेको भनि
ऐ.०१।०१ गते जि.प्र.का.गुल्मीमा जाहेरी दिनासाथ उक्त स्थानमा जि.प्र.का.गुल्मीबाट
प्र.नि.को कमाण्डमा टोली खटिई गई आशिष ज्ञवालीलाई नियन्त्रणमा लिई ऐ. ०१।०१ गतेबाट लागु हुने गरी दिन ७ को म्याद थप समेत
गरी हिरासत कक्षमा राखिएको, पीडितलाई स्वास्थ्य
परिक्षण गरी छाडिएको, अवस्था सामान्य रहेको,
ला.औ.
सुनसरी देवानगंज
गा.पा.७ डेढ नम्बर स्थितमा इ.प्र.का.देवानगंजबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले
उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को.१ च ३६११ नं.को कारलाई शंका लागि रोकी
चेकजाँच गर्न खोज्दा उक्त कार नरोकी भागेकोमा इ.प्र.का.हरिनगराबाट प्र.व.ना.नि. र प्र.चौ.टाहाबाट प्र.ना.नि.को कमाण्डमा समेत
खटिएको संयुक्त टोली उक्त कारलाई खोज्दै जाने क्रममा ऐ. ईनरुवा न.पा.१० लवटोलिया
स्थित भित्री सडक-खण्डमा कार छाडी मानिस भागी फरार भएको, उक्त कार खोली
हेर्दा कारभित्र १५ केजी ६०० ग्राम ला.औ.गाँजा फेला पारी गाँजा र कार सहित नियन्त्रणमा
लिई जि.प्र.का.सुनसरी पठाईएको, फरार मानिसहरूको
खो.त.कार्य भईरहेको।